प्रधानमन्त्रीको पुरानो पासा, अब वामदेवको पली
४ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली शनिबार बिहान सवा ११ बजेतिर प्रचण्डनिवास खुमलटारमा प्रवेश गरे ।
प्रधानमन्त्री पुगेको १५ मिनेट पनि नबित्दै उपाध्यक्ष वामदेव गौतम पहेंलो टोपी लगाएर प्रचण्डनिवासमा देखा परे । ओली सँगसँगै जस्तो गरी प्रचण्डनिवासमा पुगेका उपाध्यक्ष गौतमको उपस्थिति अर्थपूर्ण देखिएको नेकपाका नेताहरु बताउँछन् ।
Advertisement
पछिल्लो समय प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउने आश्वासन दिन थालेका छन् । पुस १ गते बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकमा अध्यक्ष ओलीले उपाध्यक्ष गौतमतर्फ पुलुक्क हेर्दै अब प्रधानमन्त्री फेर्ने नै भए नयाँलाई बनाउनुपर्ने बताएका थिए ।
स्थायी कमिटीमा ओलीको यस्तो भाषण सुनेपछि उपाध्यक्ष गौतम उत्साहित बनेका थिए । बैठकलगत्त...









