२०८२ माघ २३

राजनीति

कानून कार्यान्वयनमा न्यायालय सक्षम हुनुपर्छ : प्रधानमन्त्री ओली

कानून कार्यान्वयनमा न्यायालय सक्षम हुनुपर्छ : प्रधानमन्त्री ओली

देश, राजनीति, समाचार
८ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजको चेतनास्तर, मूल्य, र मान्यताका आधारमा नयाँ परिवेशअनुसार कानूनहरु परिवर्तन हुँदै जाने भएकाले त्यसको कार्यान्वयनमा न्यायालय सक्षम र चनाखो रहनुपर्ने बताएका छन् । रामशाहपथस्थित महान्यायाधिवक्ताको कार्यालयको नवनिर्मित भवनको उद्घाटन तथा सरकारी वकिलहरुको तेस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै बुधबार प्रधानमन्त्री ओलीले समाज र चेतनाको स्तरमा आउने परिवर्तनअनुसार विद्यमान कानून र नियममा परिवर्तन हुने क्रम चल्दै आएको पनि बताए । Advertisement उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको कार्यान्वयनका क्रममा नयाँ ऐन निर्माण, विद्यमान ऐन संशोधन, नयाँ नियमावली र कार्यविधि जारी हुने क्रमवृद्धि भएको उल्लेख गर्दै अनुसन्धान, अभियोजन र बहस–पैरवीको प्रभावकारिताले न्याय सम्पादनमा महत्वपूर्ण भूमिका खेल्ने बता...
संसद विघटनको मुद्दा : सर्वोच्चले अन्तरिम आदेश दिएन

संसद विघटनको मुद्दा : सर्वोच्चले अन्तरिम आदेश दिएन

देश, राजनीति, समाचार
८ पुस, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । संसद विघटनविरुद्ध परेको १२ वटा रिटको बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासमा सुनुवाई भएको थियो । इजलासले सबै रिटहरु संवैधानिक इजलासबाट सुनुवाई गर्ने गरी पठाउन आदेश दिएका छन् । तर संसद विघटनको कदम रोक्ने गरी अन्तरिम आदेश दिन अस्वीकार गरे । अब यी सबै रिटमा शुक्रबार सं‌वैधानिक इजलासमा सुनुवाई हुनेछ । Advertisement प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्न गरेको सिफारिस र राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको स्वीकृति असंवैधानिक भन्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सां‌सदहरु देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीसमेत रिट लिएर सर्वोच्च अदालत पुगेका थिए । बुधबार कञ्चनकृष्ण न्यौपाने, समृत ...
मुख्यमन्त्री भट्ट भन्छन ‘मन्त्री हटाउने विषयमा छलफल भएको छैन’

मुख्यमन्त्री भट्ट भन्छन ‘मन्त्री हटाउने विषयमा छलफल भएको छैन’

देश, राजनीति, समाचार
CPN-Maoist Centre leader Trilochan Bhatta. Photo: THT ८ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली र प्रचण्ड–माधव समूहमा विभाजित भएपछि प्रदेश सरकारहरुको भविश्यबारे समेत संशय छाएको छ । सातमध्ये ६ प्रदेशमा नेकपाको सरकार थियो । तर पार्टी फुट्दा अध्यक्ष केपी शर्मा ओली एकातिर र अर्का अध्यक्ष र माधवकुमार नेपाल अर्कातिर भएका छन् । यसले प्रदेश सरकारहरु पनि आ–आफ्नो समूह अनुकुल हुने त होइन भन्ने प्रश्न जन्मिएको छ । अरुको तुलनामा सुरक्षित मानिएका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सुरक्षित देखिएका छन् । Advertisement ५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा तत्कालीन एमालेबाट २५ र माओवादीबाट १४ जना सांसद छन् । नेकपाका ३९ प्रदेशसभा सदस्यमध्ये अधिकांश प्रचण्ड–नेपाल समूहमा छन् । ओली समूहलाई नेपाली काँग्रेस र जनता समाजवाद...
सरकारद्वारा बेलायतबाट आउनेलाई प्रवेशमा रोक

सरकारद्वारा बेलायतबाट आउनेलाई प्रवेशमा रोक

देश, राजनीति, समाचार
काठमाडौँ — सरकारले बेलायतबाट आउनेलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । बेलायतमा कोरोना भाइरसले स्वरूप बदलेर संक्रमण तीव्र फैलिएसँगै  मंगलबार अपरान्ह बसेको कोभिड नियन्त्रणसम्बन्धी उच्चस्तरीय निर्देशक समितिको बैठकले बेलायतबाट नेपाल आउने सम्पूर्ण यात्रुहरुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।  वैज्ञानिकहरूले बेलायतमा कोरोना भाइरसले स्वरूप बदलेर संक्रमण तीव्र फैलिएको अवगत गराएपछि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आइतबारदेखि डिसेम्बर अन्त्यसम्म टियर फोरको नयाँ प्रतिबन्ध लागू गर्ने घोषणा गरेका थिए । Advertisement यस्तै, निर्देशक समितिले बेलायतबाहेक अन्य देशबाट बेलायतको ट्रान्जिट हुँदै नेपाल आउन समेत रोक लगाएको छ। पुस १ गते यता नेपाल आएकाहरुले अनिवार्य रुपमा ७ दिन क्वारेन्टाइन बसी जाँच गरेपछि मात्र घर/गन्तव्य जान पनि अनुरोध गरेको छ। ...
राष्ट्रपतिलाई भेट्न चिनियाँ राजदूत पुगिन् शितलनिवास

राष्ट्रपतिलाई भेट्न चिनियाँ राजदूत पुगिन् शितलनिवास

देश, राजनीति, समाचार
काठमाडौँ — नेपालस्थित चिनियाँ राजदूत होउ यान्छी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न शितलनिवास पुगेकी छन् । साँझ करिब ६ बजे राजदूत यान्छी राष्ट्रपति निवास पुगेको शितलनिवास स्रोतले बताएको छ ।  Advertisement नेपालमा विकसित भएको राजनीतिक घटनाक्रम र सत्तारुढ नेकपामा विभाजन देखिएका बेला राजदूत भेटवार्ताका लागि पुगेकी हुन् । एक साताअघि देखि नै राष्ट्रपतिसँग भेटका लागि चिनियाँ दूतावासले मन्त्रालयमार्फत् समय मागेको र कोभिड-१९ विरुद्ध चिनियाँ भ्याक्सिन नेपाललाई उपलब्ध गराउने विषयमा राजदूतले कुरा गर्न खोजेको स्रोतले जनाएको छ । सत्तारुढ नेकपामा विवाद बढ्दा अघिल्लोपटक सक्रियता देखाउने गरेकी राजदूत यान्छी यसपटको विवादमा भेटघाटमा सक्रिय थिइनन् । Credit: eKantipur ...
कलुषित राजनीतिले निम्त्याएको संकट

कलुषित राजनीतिले निम्त्याएको संकट

देश, राजनीति, समाचार
कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली भन्छन् एक थोक, गर्छन् अर्कै । समकक्षीहरू सबैको गुनासो यही थियो । अहिले उनले जे गरे, त्यो पनि उनले भन्दै आएको भन्दा ठीक उल्टो नै गरे । उनका पुराना अभिव्यक्ति सुन्दा लाग्छ— उनी विधिका पक्षपाती हुन्, पद्धतिका अनुयायी हुन् र ‘तानाशाहीकरण’ का चर्का आलोचक ।  सत्ताबाहिर रहँदा एउटा कार्यकर्ता भेलामा शेरबहादुर देउवाको नेतृत्वको चुनावी गठबन्धन सरकारलाई लक्षित गर्दै उनले भनेका रहेछन्, ‘अहिलेको गठबन्धन सरकारले न्यायको हुर्मत लिएको छ । राज्यका अंग र निकायलाई निरीह बनाउने, अशक्त बनाउने र सत्तास्वार्थमा दुरुपयोगको स्थिति खडा गर्नु नै तानाशाहीकरण हो । हिटलरले त्यसै गरेका थिए । आउन त लटरपटर गरेर चुनावी माध्यमबाट आयो । त्यसपछि राज्यका निकाय र अंगलाई नियन्त्रणमा लिइँदो रहेछ ।’ हिजो उनले विपक्षीलाई जे आरोप लगाए, आज उनी आफैं त्यसै...
टिप्पणी : कार्यकर्ता र जनतामाथि धोका

टिप्पणी : कार्यकर्ता र जनतामाथि धोका

देश, राजनीति, समाचार
काठमाडौँ — ‘एकता नेपालका आम न्यायप्रेमी, प्रगतिशील र देशभक्त जनताको सम्मानको परिचायक हो । यो एकता प्रयत्न २००७ सालदेखि सुरु भएको राजनीतिक अस्थिरता अन्त्यको सूचक हो । यो नेपाली जनतामा रहेको गरिबी, अभाव, पछौटेपन, भेदभाव र असमानता समाप्त गर्दै सामाजिक न्याय र समानतामा आधारित सुसंस्कृत र समृद्ध राष्ट्र निर्माणको प्रतिबद्धता पनि हो । यो एकता राष्ट्र पुनर्निर्माण गर्ने संकल्पको द्योतक हो,’ तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकताको औचित्य पूष्टि गर्न दुवैतिरका नेताहरुले गरेको यो ब्याख्या लगभग गलत भएको छ ।  Advertisement नेकपा विभाजनले उनीहरुबीचको चुनावी तालमेल र एकता तथा जनतामा बाँडेका सपना शक्ति आर्जनको अस्त्रमात्रै थियो भन्ने आंशकालाई बल पुगेको छ । र, विभाजनै विभाजनको विरासत बोकेको कम्युनिष्ट आन्दोलनमा नेकपाको विभाजन एउटा नयाँ कडी बनेर आएको छ । प्र...
कांग्रेस तातियो : आज केन्द्रीय समिति बैठक

कांग्रेस तातियो : आज केन्द्रीय समिति बैठक

देश, राजनीति, समाचार
७ पुस, काठमाडौं । बदलिँदो राजनीतिक परिस्थितिबारे छलफल गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद भंग गरी आगामी बैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको मिति घोषणा गरेपछि त्यसबारे कांग्रेसले औपचारिक धारणा बनाउन लागेको हो । Advertisement कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरुले यसअघि नै ओलीको कदम गलत भएको प्रतिक्रिया सार्वजनिक गरिसकेका छन् । कांग्रेसका युवा नेता गगन थापालगायतका नेताहरुले यस्तो अवस्थामा कांग्रेसले सशक्त प्रतिरोध गर्नुपर्ने आवाज पनि उठाउँदै आएका छन् । यसअघि कांग्रेसको आयोजनामा सोमबार बसेको प्रमुख तीन दलको संयुक्त बैठकले संसद विघटन असंवैधानिक र अलोकता...
हरिबोल ले समाते प्रचण्ड पथ

हरिबोल ले समाते प्रचण्ड पथ

देश, राजनीति, समाचार
७ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का हरिबोल गजुरेल प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा नजाने भएका छन् । Advertisement गजुरेल सोमबार दुबै पक्षले बोलाएको सांसदहरुको बैठकमा गएका थिएनन् । ‘पार्टी एकताका लागि अन्तिमसम्म प्रयास गरेका हौं । त्यो सफल भएन । त्यसको विरोध जनाउन हिजो कतै नगएको हुँ’, गजुरेलले अनलाइनखबरसँग भने । तर, आज (मंगलबार) कार्यकारी अध्यक्ष प्रचण्डले बोलाएको केन्द्रीय कमिटी बैठकमा जाने बताए । Credit: OnlineKhabar ...
राष्ट्रिय जनमोर्चालको समर्थन फिर्ता लियो

राष्ट्रिय जनमोर्चालको समर्थन फिर्ता लियो

देश, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय जनमोर्चाले केपी ओली नेतृत्वको सरकारको संसद विघटनको कदम असंवैधानिक, अप्रजातान्त्रिक र अधिनायकवादी कदम भएको जनाएको छ । सोमबार सो पार्टीको केन्द्रीय कार्यालय बैठकले उक्त निश्कर्ष निकालेको हो । बेठकपछि अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति जारी गरी सरकारको उक्त कदमको तिव्र विरोध र भर्त्सर्ना गरेका छन् । साथै ओली नेतृत्वको सकारलाई दिएको समर्थन समेत उक्त पार्टीले फिर्ता लिएको छ । Advertisement जारी विज्ञप्तिमा भनिएको छः ‘ हामीले ओली नेतृत्वको सरकारलाई विगतमा त्यसले गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताका विषयमा लिएको अडानका कारणले समर्थन गरेका थियौँ । तर त्यसको प्रतिनिधिसभा विघटन गर्ने गलत काम र त्यसले स्वयं गणतन्त्र, राष्ट्रियता तथा धर्म निरपेक्षतामाथि पार्ने प्रतिकूल स्थितिमाथि विचार गरेर ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फि...