२०८२ पुष ३

राजनीति

संसद विघटनको मुद्दा : सर्वोच्चले अन्तरिम आदेश दिएन

संसद विघटनको मुद्दा : सर्वोच्चले अन्तरिम आदेश दिएन

देश, राजनीति, समाचार
८ पुस, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । संसद विघटनविरुद्ध परेको १२ वटा रिटको बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासमा सुनुवाई भएको थियो । इजलासले सबै रिटहरु संवैधानिक इजलासबाट सुनुवाई गर्ने गरी पठाउन आदेश दिएका छन् । तर संसद विघटनको कदम रोक्ने गरी अन्तरिम आदेश दिन अस्वीकार गरे । अब यी सबै रिटमा शुक्रबार सं‌वैधानिक इजलासमा सुनुवाई हुनेछ । Advertisement प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्न गरेको सिफारिस र राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको स्वीकृति असंवैधानिक भन्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सां‌सदहरु देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीसमेत रिट लिएर सर्वोच्च अदालत पुगेका थिए । बुधबार कञ्चनकृष्ण न्यौपाने, समृत ...
मुख्यमन्त्री भट्ट भन्छन ‘मन्त्री हटाउने विषयमा छलफल भएको छैन’

मुख्यमन्त्री भट्ट भन्छन ‘मन्त्री हटाउने विषयमा छलफल भएको छैन’

देश, राजनीति, समाचार
CPN-Maoist Centre leader Trilochan Bhatta. Photo: THT ८ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली र प्रचण्ड–माधव समूहमा विभाजित भएपछि प्रदेश सरकारहरुको भविश्यबारे समेत संशय छाएको छ । सातमध्ये ६ प्रदेशमा नेकपाको सरकार थियो । तर पार्टी फुट्दा अध्यक्ष केपी शर्मा ओली एकातिर र अर्का अध्यक्ष र माधवकुमार नेपाल अर्कातिर भएका छन् । यसले प्रदेश सरकारहरु पनि आ–आफ्नो समूह अनुकुल हुने त होइन भन्ने प्रश्न जन्मिएको छ । अरुको तुलनामा सुरक्षित मानिएका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सुरक्षित देखिएका छन् । Advertisement ५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा तत्कालीन एमालेबाट २५ र माओवादीबाट १४ जना सांसद छन् । नेकपाका ३९ प्रदेशसभा सदस्यमध्ये अधिकांश प्रचण्ड–नेपाल समूहमा छन् । ओली समूहलाई नेपाली काँग्रेस र जनता समाजवाद...
सरकारद्वारा बेलायतबाट आउनेलाई प्रवेशमा रोक

सरकारद्वारा बेलायतबाट आउनेलाई प्रवेशमा रोक

देश, राजनीति, समाचार
काठमाडौँ — सरकारले बेलायतबाट आउनेलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । बेलायतमा कोरोना भाइरसले स्वरूप बदलेर संक्रमण तीव्र फैलिएसँगै  मंगलबार अपरान्ह बसेको कोभिड नियन्त्रणसम्बन्धी उच्चस्तरीय निर्देशक समितिको बैठकले बेलायतबाट नेपाल आउने सम्पूर्ण यात्रुहरुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।  वैज्ञानिकहरूले बेलायतमा कोरोना भाइरसले स्वरूप बदलेर संक्रमण तीव्र फैलिएको अवगत गराएपछि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आइतबारदेखि डिसेम्बर अन्त्यसम्म टियर फोरको नयाँ प्रतिबन्ध लागू गर्ने घोषणा गरेका थिए । Advertisement यस्तै, निर्देशक समितिले बेलायतबाहेक अन्य देशबाट बेलायतको ट्रान्जिट हुँदै नेपाल आउन समेत रोक लगाएको छ। पुस १ गते यता नेपाल आएकाहरुले अनिवार्य रुपमा ७ दिन क्वारेन्टाइन बसी जाँच गरेपछि मात्र घर/गन्तव्य जान पनि अनुरोध गरेको छ। ...
राष्ट्रपतिलाई भेट्न चिनियाँ राजदूत पुगिन् शितलनिवास

राष्ट्रपतिलाई भेट्न चिनियाँ राजदूत पुगिन् शितलनिवास

देश, राजनीति, समाचार
काठमाडौँ — नेपालस्थित चिनियाँ राजदूत होउ यान्छी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न शितलनिवास पुगेकी छन् । साँझ करिब ६ बजे राजदूत यान्छी राष्ट्रपति निवास पुगेको शितलनिवास स्रोतले बताएको छ ।  Advertisement नेपालमा विकसित भएको राजनीतिक घटनाक्रम र सत्तारुढ नेकपामा विभाजन देखिएका बेला राजदूत भेटवार्ताका लागि पुगेकी हुन् । एक साताअघि देखि नै राष्ट्रपतिसँग भेटका लागि चिनियाँ दूतावासले मन्त्रालयमार्फत् समय मागेको र कोभिड-१९ विरुद्ध चिनियाँ भ्याक्सिन नेपाललाई उपलब्ध गराउने विषयमा राजदूतले कुरा गर्न खोजेको स्रोतले जनाएको छ । सत्तारुढ नेकपामा विवाद बढ्दा अघिल्लोपटक सक्रियता देखाउने गरेकी राजदूत यान्छी यसपटको विवादमा भेटघाटमा सक्रिय थिइनन् । Credit: eKantipur ...
कलुषित राजनीतिले निम्त्याएको संकट

कलुषित राजनीतिले निम्त्याएको संकट

देश, राजनीति, समाचार
कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली भन्छन् एक थोक, गर्छन् अर्कै । समकक्षीहरू सबैको गुनासो यही थियो । अहिले उनले जे गरे, त्यो पनि उनले भन्दै आएको भन्दा ठीक उल्टो नै गरे । उनका पुराना अभिव्यक्ति सुन्दा लाग्छ— उनी विधिका पक्षपाती हुन्, पद्धतिका अनुयायी हुन् र ‘तानाशाहीकरण’ का चर्का आलोचक ।  सत्ताबाहिर रहँदा एउटा कार्यकर्ता भेलामा शेरबहादुर देउवाको नेतृत्वको चुनावी गठबन्धन सरकारलाई लक्षित गर्दै उनले भनेका रहेछन्, ‘अहिलेको गठबन्धन सरकारले न्यायको हुर्मत लिएको छ । राज्यका अंग र निकायलाई निरीह बनाउने, अशक्त बनाउने र सत्तास्वार्थमा दुरुपयोगको स्थिति खडा गर्नु नै तानाशाहीकरण हो । हिटलरले त्यसै गरेका थिए । आउन त लटरपटर गरेर चुनावी माध्यमबाट आयो । त्यसपछि राज्यका निकाय र अंगलाई नियन्त्रणमा लिइँदो रहेछ ।’ हिजो उनले विपक्षीलाई जे आरोप लगाए, आज उनी आफैं त्यसै...
टिप्पणी : कार्यकर्ता र जनतामाथि धोका

टिप्पणी : कार्यकर्ता र जनतामाथि धोका

देश, राजनीति, समाचार
काठमाडौँ — ‘एकता नेपालका आम न्यायप्रेमी, प्रगतिशील र देशभक्त जनताको सम्मानको परिचायक हो । यो एकता प्रयत्न २००७ सालदेखि सुरु भएको राजनीतिक अस्थिरता अन्त्यको सूचक हो । यो नेपाली जनतामा रहेको गरिबी, अभाव, पछौटेपन, भेदभाव र असमानता समाप्त गर्दै सामाजिक न्याय र समानतामा आधारित सुसंस्कृत र समृद्ध राष्ट्र निर्माणको प्रतिबद्धता पनि हो । यो एकता राष्ट्र पुनर्निर्माण गर्ने संकल्पको द्योतक हो,’ तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकताको औचित्य पूष्टि गर्न दुवैतिरका नेताहरुले गरेको यो ब्याख्या लगभग गलत भएको छ ।  Advertisement नेकपा विभाजनले उनीहरुबीचको चुनावी तालमेल र एकता तथा जनतामा बाँडेका सपना शक्ति आर्जनको अस्त्रमात्रै थियो भन्ने आंशकालाई बल पुगेको छ । र, विभाजनै विभाजनको विरासत बोकेको कम्युनिष्ट आन्दोलनमा नेकपाको विभाजन एउटा नयाँ कडी बनेर आएको छ । प्र...
कांग्रेस तातियो : आज केन्द्रीय समिति बैठक

कांग्रेस तातियो : आज केन्द्रीय समिति बैठक

देश, राजनीति, समाचार
७ पुस, काठमाडौं । बदलिँदो राजनीतिक परिस्थितिबारे छलफल गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद भंग गरी आगामी बैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको मिति घोषणा गरेपछि त्यसबारे कांग्रेसले औपचारिक धारणा बनाउन लागेको हो । Advertisement कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरुले यसअघि नै ओलीको कदम गलत भएको प्रतिक्रिया सार्वजनिक गरिसकेका छन् । कांग्रेसका युवा नेता गगन थापालगायतका नेताहरुले यस्तो अवस्थामा कांग्रेसले सशक्त प्रतिरोध गर्नुपर्ने आवाज पनि उठाउँदै आएका छन् । यसअघि कांग्रेसको आयोजनामा सोमबार बसेको प्रमुख तीन दलको संयुक्त बैठकले संसद विघटन असंवैधानिक र अलोकता...
हरिबोल ले समाते प्रचण्ड पथ

हरिबोल ले समाते प्रचण्ड पथ

देश, राजनीति, समाचार
७ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का हरिबोल गजुरेल प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा नजाने भएका छन् । Advertisement गजुरेल सोमबार दुबै पक्षले बोलाएको सांसदहरुको बैठकमा गएका थिएनन् । ‘पार्टी एकताका लागि अन्तिमसम्म प्रयास गरेका हौं । त्यो सफल भएन । त्यसको विरोध जनाउन हिजो कतै नगएको हुँ’, गजुरेलले अनलाइनखबरसँग भने । तर, आज (मंगलबार) कार्यकारी अध्यक्ष प्रचण्डले बोलाएको केन्द्रीय कमिटी बैठकमा जाने बताए । Credit: OnlineKhabar ...
राष्ट्रिय जनमोर्चालको समर्थन फिर्ता लियो

राष्ट्रिय जनमोर्चालको समर्थन फिर्ता लियो

देश, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय जनमोर्चाले केपी ओली नेतृत्वको सरकारको संसद विघटनको कदम असंवैधानिक, अप्रजातान्त्रिक र अधिनायकवादी कदम भएको जनाएको छ । सोमबार सो पार्टीको केन्द्रीय कार्यालय बैठकले उक्त निश्कर्ष निकालेको हो । बेठकपछि अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति जारी गरी सरकारको उक्त कदमको तिव्र विरोध र भर्त्सर्ना गरेका छन् । साथै ओली नेतृत्वको सकारलाई दिएको समर्थन समेत उक्त पार्टीले फिर्ता लिएको छ । Advertisement जारी विज्ञप्तिमा भनिएको छः ‘ हामीले ओली नेतृत्वको सरकारलाई विगतमा त्यसले गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताका विषयमा लिएको अडानका कारणले समर्थन गरेका थियौँ । तर त्यसको प्रतिनिधिसभा विघटन गर्ने गलत काम र त्यसले स्वयं गणतन्त्र, राष्ट्रियता तथा धर्म निरपेक्षतामाथि पार्ने प्रतिकूल स्थितिमाथि विचार गरेर ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फि...
कर्णाली प्रदेश सभामा प्रचण्ड नेपाल बहुमत

कर्णाली प्रदेश सभामा प्रचण्ड नेपाल बहुमत

देश, राजनीति, समाचार
६ पुस, सुर्खेत । संवैधानिक व्यवस्था विपरीत प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरिदिएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको अवस्थामा पुगेको छ । योसँगै पार्टीभित्र कुन गुटको शक्ति कति भन्ने लेखाजोखा सुरू भएको छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले आइतबार संसद् विघटन गरेपछि प्रदेशहरू पनि शक्तिको हिसाब सुरू भएको छ । यसक्रममा सबभन्दा पहिला कर्णाली प्रदेशमा देखिने गरी गणतीय जोडघटाउ सुरू भएको हो, जहाँ यसअघि नै किचलो भएको थियो । Advertisement कर्णालीमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका महेन्द्रबहादुर शाहीको नेतृत्वमा बहुमतको सरकार छ । ४० सांसद रहेको कर्णाली प्रदेशमा साविकको एमाले र माओवादीबीचको चुनावी गठबन्धनबाट ३३ ज...