२०८२ चैत्र १२

राजनीति

सरकारको पहिलो प्राथमिकता निर्वाचनः मन्त्री साह

सरकारको पहिलो प्राथमिकता निर्वाचनः मन्त्री साह

देश, राजनीति, समाचार
काठमाडौं । शहरी विकास मन्त्री प्रभु शाहले सरकारले निर्वाचन केन्द्रीत गरेर काम कारबाही अगाडि बढाएको बताएका छन् । बिहिबार शहरी विकास मन्त्रालयले गरेको कामहरुबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री साहले सरकारको पहिलो प्राथमिकता निर्वाचन भएकाले निर्वाचनलाई नै केन्द्रीत गरेर आफ्नो काम कारबाही अगाडी बढाएको बताएका हुन् । Advertisement सरकारको निर्धारित कार्यक्रमलाई प्रभावकारी बनाउनेगरी सरकार अघि बढेको उनको भनाई छ ।  त्यसैगरी सरकारको प्राथमिकतामा सुरक्षित नागरिक आवास कार्यक्रम र जनता आवास कार्यक्रम रहेको पनि उनले बताए । यी दुई कार्यक्रमलाई प्रभावकारी बनाउन विशेषगरी निर्माणाधीन कामलाई पहिलो प्राथमिकता दिएर अगाडी बढाउने निर्देशन दिइसकेको उनको भनाई छ । मन्त्री साहले नयाँ शहरको डिपिआर पुरा हुँदै गरेकाले एक प्रदेशमा एक स्मार्ट सिटी निर्माणकै ...
रामकुमारी झाँक्री पक्राउको काँग्रेस वरिष्ठ नेता पौडेलद्वारा विरोध

रामकुमारी झाँक्री पक्राउको काँग्रेस वरिष्ठ नेता पौडेलद्वारा विरोध

देश, राजनीति, समाचार
सरकारको निर्देशनमा प्रहरीले नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेपछि त्यसको चौतर्फी विरोध भएको छ । यही क्रममा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि पक्राउको विरोध गर्दै उनलाई तत्काल रिहा गर्न माग गरेका छन् ।   Advertisement ‘सरकारले नेकपाकी नेतृ एंव निवर्तमान संसद रामकुमारी झाँक्रीलाई पक्राउ गरेर आफ्नो अधिनायकवादी चरित्र उदाङ्गो पारेको छ’, पौडेलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘संविधानले व्यवस्था गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रता माथि नाङ्गो हस्तक्षेप गर्दै सरकारले झाँक्रीलाई पक्राउ गरेको छ । हामीले ल्याएको लोकतन्त्र बोल्नै नपाउने भन्ने होइन। त्यसैले रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको घटनाको म  घोर भत्सर्ना गर्दछु । साथै उनलाई विना शर्त रिहा गर्न समेत माग गर्दछु ।’ साभार: रातोपाटी ...
प्रधानमन्त्री रोजगार कार्यक्रमः बैतडीमा चार हजारले पाए रोजगारी

प्रधानमन्त्री रोजगार कार्यक्रमः बैतडीमा चार हजारले पाए रोजगारी

देश, राजनीति, रोजगार अवसर, समाचार, सामाजिक
देशभित्रै बेरोजगार युवालाई रोजगारी दिने लक्ष्यसाथ थालिएको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बैतडीमा चार हजारभन्दा बढीले रोजगारी पाएका छन् । जिल्लाका १० वटै स्थानीय तहमा गरी चार हजार २८१ ले रोजगारी पाएका हुन् ।  स्थानीय तहको रोजगार सेवा केन्द्रमा आवेदन दिएकामध्ये उनीहरु छनोट भएका हुन् । छनोट भएका उनीहरुले १०० दिनको रोजगारी पाउने जनाइएको छ । बैतडीमा रहेका स्थानीय तहमध्ये सुर्नया गाउँपालिकामा सबैभन्दा बढी ८३३ ले रोजगारी पाउने भएका छन् । गाउँपालिकामा चार हजार २०० ले आवेदन दिएकोमा उक्त सङ्ख्यामा छनोट भएका रोजगार संयोजक सुरेन्द्र धामीले जानकारी दिए । उनले भने, “उक्त कार्यक्रमका लागि रु चार करोड ३३ लाख निकासा भएको छ ।”  जिल्लाको पुर्चौंडी नगरपालिकामा ४५४ प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि छनोट भएका छन् भने पाटन नगरपालिकामा ७६२ छनोट भएका छन् । पाटनमा सात हजार आवेदन परेको...
प्रहरीले रामकुमारी झाँक्रीलाई सोधपुछका लागि बोलायो

प्रहरीले रामकुमारी झाँक्रीलाई सोधपुछका लागि बोलायो

देश, राजनीति, समाचार
२९ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई सोधपुछका लागि बोलाएको छ । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले सोधपुछका लागि बोलाएको स्वीकार गरे । तर झाँक्रीले आउन अस्वीकार गरेकी छन् । Advertisement गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर नेकपा ओली समूहसम्बद्ध अनेम संघले रामकुमारीलाई कारबाही गर्न माग गरेको थियो । Credit: OnlineKhabar ...
मुद्दा चलाउने विषयमा गहिरिएर अध्ययन गर्नुस्ः महान्यायाधिवक्ता खरेल

मुद्दा चलाउने विषयमा गहिरिएर अध्ययन गर्नुस्ः महान्यायाधिवक्ता खरेल

देश, राजनीति, समाचार
इलाम । महान्यायाधिवक्ता अग्नि खरेलले मुद्दा चलाउने विषयमा गहिरिएर अध्ययन गर्न अधिवक्ताहरुलाई आग्रह गरेका छन् । उच्च सरकारी वकिलको कार्यालय इलामकोे नवनिर्मित भवनको भर्चुअल माध्यमबाट आज उद्घाटन गर्दै उनले विषवस्तुमाथि गहिरिएर अध्ययनपछि मात्र मुद्दाको काम गर्न अधिवक्ताहरुलाई आग्रह गरेका हुन् । “अपराध गर्ने मान्छेले पनि शर्तकताका साथ अपराध गरिरहेको हुन्छ”,  महान्यायाधिवक्ता खरेलले भने, “प्रमाण जुटाउनुपर्ने क्रममा सरकारी वकिलको गम्भीर दायित्व रहेको हुन्छ, त्यसैले राम्ररी अध्ययन अनुसन्धान गरेर मात्र मुद्दा चलाउनुहोस् ।”  Advertisement मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक रु तीन करोड २२ लाख पाँच हजार ३०० को लागतमा निर्माण सम्पन्न भएको सो पाँच तले भवनमा १८ कोठा रहेका छन् । लिफ्टसहितको भवन अपाङ्गमैत्री रहेको उच्च सरकारी वकिल कार्यालय इलामका सहन्यायाधिवक्ता ...
ओलीका दुई मन्त्री हामीतिर आउन वार्ता भइरहेको छ : प्रचण्ड

ओलीका दुई मन्त्री हामीतिर आउन वार्ता भइरहेको छ : प्रचण्ड

देश, राजनीति, समाचार
नेकपा प्रच्ण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीतिर लागेका मानिसहरु आफूहरुतिर फर्किन थालेको दावी गरेका छन् । उनले ओली सरकारका दुईजना मन्त्री प्रचण्ड–माधव पक्षमा फर्किन चाहेको र त्यसका लागि आफूहरुसँग वार्ता भइरहेको दावी समेत गरे ।  बुधबार नेकपा प्रचण्ड–माधव पक्षले काठमाडौंमा आयोजना गरेको बिरोध सभामा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो दावी गरेका हुन्।  Advertisement उनले प्रधानमन्त्री ओलीले आफूसँग पचासौँ वर्ष सँगै काम गर्ने नेता कार्यकताहरुलाई अपमान गरेर गल्ती गरेको पनि बताए । उनले प्रधानमन्त्री ओलीलाई राजीनामा दिन सुझाव पनि दिए ।  ओलीले भूमि आयोग बनाएर किसानमा भ्रम छरेको टिप्पणी समेत गरे ।  उनले ओलीको निरंकुशताको विरुद्ध संयुक्त आन्दोलन गर्न नेपाली कांग्रेसलाई आग्रह समेत गरेका छन् ।  साभार: रातोपाटी ...
सुर्खेत मालपोत प्रकरण : दुईजना पुर्पक्षका लागि थुनामा, छ जना धरौटीमा रिहा

सुर्खेत मालपोत प्रकरण : दुईजना पुर्पक्षका लागि थुनामा, छ जना धरौटीमा रिहा

देश, राजनीति, समाचार
सुर्खेत । जिल्ला अदालतले जग्गा धनीलाई पत्तै नदिएर अर्काको जग्गा नामसारी गर्ने कार्यमा संलग्न दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । मालपोत कार्यालय सुर्खेतका कम्प्युटर अपरेटर सुनिल राना र जग्गा आफ्नो नाममा ल्याएका सहवीर कार्कीलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।  हिजो मंगलबार जिल्ला अदालत सुर्खेतका न्यायाधीश विलप्रसाद सापकोटाको एकल इजलासले मालपोत कार्यालयका नायब सुब्बा विश्वरुप साउदसहित छ जनालाई धरौटीमा छोड्न आदेश दिएको बताइएको  छ ।  Advertisement ‘मालपोत कार्यालयका सुब्बा साउद र खरिदार दीपेन्द्र श्रेष्ठलाई जनही ५/५ लाख, वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ का कार्यवहाक अध्यक्ष रामकुमार दर्लामी र वडा सचिव उत्तम अधिकारीलाई जनही २/२ लाख  र साक्षी बसेका चाँदनी ओली र नारायण बुढाक्षेत्रीलाई २/२ लाखमा धरौट...
संसद विघटनविरुद्धका रिटमा आजबाट पुनः बहस सुरु हुँदै

संसद विघटनविरुद्धका रिटमा आजबाट पुनः बहस सुरु हुँदै

देश, राजनीति, समाचार
२८ माघ, काठमाडौं । संसद विघटनविरुद्ध परेका रिटहरुमा आजबाट पुनः बहस सुरु हुँदैछ । न्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा मंगलबार एक दिन स्थगित गरिएको बहस आजबाट पुनः सुरु हुन लागेको हो । Advertisement संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा मुद्दा परेका छन् । ती मुद्दामाथि माघ चार गतेदेखि निरन्तर बहस हुँदै आएको छ । हाल प्रधानमन्त्रीका निजी कानून व्यवसायीले सरकारी निर्णयको प्रतिरक्षामा बहस चलिरहेको छ । त्यसअघि रिट निवेदकका तर्फबाट ७० जनाभन्दा बढीले बहस गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यसविरुद्ध परेका रिटमाथि सुनुवाइ गर्न प्रधान्यायाधीश चोलेन्द्र शमसेर जबराले आफ्नो नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास गठन गरेका छन् । संवैधानिक इजलासमा दु...
वर्तमान सङ्कटको निकास प्रतिनिधिसभाको प्राप्तिले मात्र हुन्छः  उपसभापति निधि

वर्तमान सङ्कटको निकास प्रतिनिधिसभाको प्राप्तिले मात्र हुन्छः उपसभापति निधि

देश, राजनीति, समाचार
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्रनारायण निधिले मुलुकमा विद्यमान राजनीतिक सङ्कटको निकास प्रतिनिधिसभाको प्राप्तिले मात्र हुने बताएका छन् ।  उनले सरकारकोे असंवैधानिक निर्णयबाट सिर्जना भएको राजनीतिक संवैधानिक सङ्कटको समाधान प्रतिनिधिसभाको प्राप्तिले मात्र हुने प्रष्ट पारे । कांग्रेस बुथ कमिटी बगहीले आइतबार वीरगञ्ज महानगरपालिका–२८ बगहीमा आयोजना गरेको बृहत् आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा उपसभापति निधिले वर्तमान समस्याको समाधान गर्न प्रतिनिधिसभाको पुनःस्थापना वा निर्वाचनबाहेक अर्को विकल्प नभएको बताए ।  Advertisement उनले सर्वोच्च अदालतको संवैधानिक इजलासमा रहेको रिटको फैसला गर्दै प्रतिनिधिसभा पुनःस्थापना भए समस्या समाधान हुन्छ, नभए प्रनिधिसभाको निर्वाचनमार्फत समस्याको समाधान खोज्नु नै उपयुक्त बाटो भएको धारणा व्यक्त गरे ।  प्रतिनिधिस...
दैलेखमा पत्रकार थापाको हत्यामा संलग्न फरार अभियुक्त पक्राउ

दैलेखमा पत्रकार थापाको हत्यामा संलग्न फरार अभियुक्त पक्राउ

देश, राजनीति, समाचार, सामाजिक
सुर्खेत ।  दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न भनिएका फरार एक अभियुक्त लामो समय पछि पक्राउ परेका छन्  । दैलेख प्रहरीले  महाबु गाउँपालिका–६ का ६८ वर्षीय जयबहादुर शाहीलाई पक्राउ गरेको हो ।  खोजतलासका क्रममा दैलेखबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी अनुपम श्रेष्ठले जानकारी दिए ।  Advertisement जिल्ला अदालत दैलेखबाट दुई वर्ष कैद सजाय तोकिएका शाहीले पुर्पक्षका लागि १ वर्ष ७ महिना १ दिन सजाय भुक्तान  गरिसकेका छन् भने बाँकी सजाय दिलाउन उनलाई कारागार चलान गरिएको श्रेष्ठले बताए ।  १ वर्ष ७ महिना १ दिन कैद भुक्तान गरी बन्दीप्रत्यक्षीकरण रिटमामार्फत उनी थुनाभुक्त भइ फरार थिए  ।  पत्रकार थापा द्वन्द्वकालमा तत्कालीन माओवादीबाट मारिएका थिए । द्वन्द्वकालमा तत्कालीन माओवादीले दैलेख बजारको...