२०८२ पुष ४

राजनीति

परिवर्तनलाई संस्थागत गर्नुपर्दछ: डा महत

परिवर्तनलाई संस्थागत गर्नुपर्दछ: डा महत

देश, राजनीति, समाचार
नेपाली काँग्रेसका नेता डा रामशरण महतले भण्डै दुईतिहाईको मत प्राप्त सरकारले पार्टीको आन्तरिक कलहका कारणले संसद् विघटन गर्नु दुःखद भएको बताएका छन् । नेपाली काँग्रेसका शुभेच्छुक सस्थाद्वारा संयुक्त रुपमा वीरगञ्जको घण्टाघरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उहाँले संसद् विघटनले मुलुकमा आर्थिक, सामाजिक र राजनीतिक सङ्कट सिर्जना भएको आरोप लगाए ।  Advertisement नेता महतले अब काँग्रेस पार्टीलाई सबै नागरिकको भरोसाको केन्द्र बनाउन आवश्यक रहेको बताउँदै कांग्रेसले संविधानको रक्षा गर्दै ७० वर्षदेखिको परिवर्तनलाई समेत संस्थागत गर्न सक्नुपर्नेमा जोड दिए । नेपाल ट्रेड युनियन कांग्रेस पर्साका अध्यक्ष छोटेलाल साहको अध्यक्षतामा सम्पन्न भएको सभामा कांग्रेस पर्सा अध्यक्ष अजय द्विवेदीले मुलुकमा बढ्दै गएको अपराध, महँगाई, भ्रष्टाचारलाई नियन्त्रण गर्न सरकार चुकेको आ...
छिटो श्वेतपत्र जारी गर्छौँ : प्रचण्ड

छिटो श्वेतपत्र जारी गर्छौँ : प्रचण्ड

देश, राजनीति, समाचार
नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान अवस्थाबारे छिट्टै पार्र्टीका तर्फबाट श्वेतपत्र जारी गर्ने बताएका छन् ।  शनिबार काठमाडौंमा आयोजित मिडिया एलाइन्ससँगको अन्तरक्रिया कार्यक्रलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सशस्त्र संघर्ष, शान्ति सम्झौता, संविधानसभा हुँदै पछिल्लो निर्वाचन शान्ति, सम्मृद्धि र सुशासनका लागि भएपनि त्यो अनुरुप मुलुक अघि बढ्न नसकेको बताए । उनले नेकपामा पछिल्लो पटक देखिएको विवाद किन र के कारणले देखिएको र यसले के कस्तो असर पारेको हो भन्नेबारे श्वेतपत्र जारी गर्न लागिएको बताएका हुन् ।  ‘अहिलेको अवस्थाबारे हामी छिटोभन्दा छिटो श्वेतपत्र जारी गर्ने तयारी गर्दैछौ’, अध्यक्ष प्रचण्डको भनाइ छ ।   Advertisement उनले संविधानको रक्षा र ठुलो बलिदानबाट प्राप्त उपलब्धि जोगाउनु अहिलेको प्राथमिकता भएको भन्दै सत्य...
संयुक्त आन्दोलन गरे ओली एक हप्तामा घुँडा टेक्न निश्चित : बाबुराम

संयुक्त आन्दोलन गरे ओली एक हप्तामा घुँडा टेक्न निश्चित : बाबुराम

देश, राजनीति, समाचार
२४ माघ, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले संसद विघटनको विरोधमा संयुक्त आन्दोलन गर्न आव्हान गरेका छन् । प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै शनिबार धनकुटामा आयोजित विरोधसभामा भट्टराईले सबै दल र नागरिक समाजलाई मतभेद विर्सेर आन्दोलनमा आउन आहृवान गरे । Advertisement ‘कांग्रेस, नेकपा माधव-प्रचण्ड पक्ष, जसपा, जनमोर्चा, विवेकशील लगायतका पार्टी, नागरिक समाज सबै मिलेर एउटा आन्दोलनको आँधी बेहरी सिर्जना गर्‍यौं भने एक हप्ताभित्र केपी ओलीले घुँडा टेक्छन्’ उनले भने, ‘ओलीको प्रतिक्रान्ति सच्याउने २०६२/०६३ मा जस्तो १९ दिन आन्दोलन गर्नुपर्दैन ।’ ओलीको प्रतिगामी कदमविरुद्ध सडक संघर्ष नै उपर्युक्त विकल्प भएको उनको भनाइ छ । ‘हाम्रा मतभिन्नता छाडेर सात दिन सडक ठप्प पारौं, यो प्रतिक्रान्ति ...
विप्लव नेता धर्मेन्द्र फेरी पक्राउ

विप्लव नेता धर्मेन्द्र फेरी पक्राउ

देश, राजनीति, समाचार
काठमाडौं । प्रतिबन्धित (नेकपा) नेत्रविक्रम चन्द विप्लव समूहका नेता धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई सर्वोच्च अदालतले रिहाइको आदेश दिएपनि प्रहरीले फेरी उनलाई पक्राउ गरेको छ ।  पुस २९ मा प्रहरीले उनलाई ललितपुर र मकवानपुरको सिमानाबाट पक्राउ गरेको थियो । महानगरीय प्रहरी परिसर ललितपुरले उनलाई नख्खु स्थित एनसेल मुख्यालय अगाडी गराएको बम विष्फोट तथा ज्यानमुद्धा अगाडि बढाएको थियो ।  Advertisement धमेन्द्र पत्नी हिमा बास्तोलाले बन्दी प्रत्यक्षीकरणको रिट हालेपछि सर्वोच्च अदालतले उनलाई बिहिबार छाड्न आदेश गरेको थियो । सर्वेच्चका रजिष्टार र बारका अध्यक्षको रोहबरमा छुटेका उनलाई प्रहरीले भने छाडेको छैन् ।  बिहिबार पुनः पक्राउ गरेर प्रहरीले उनलाई महानगरीय प्रहरी वृत कमलपोखरीको हिरासतमा थुनेको थियो ।  शुक्रवार जिल्ला अदालत काठमाडौंले साधारण तारेखमा छाड्...
नियुक्ति भइसक्दा पनि आएन मुद्दाको पालो

नियुक्ति भइसक्दा पनि आएन मुद्दाको पालो

देश, राजनीति, समाचार
२३ माघ, काठमाडौं । संवैधानिक आयोगहरूमा नियुक्ति भइसक्दा पनि सर्वोच्च अदालतमा यससम्बन्धी मुद्दाको पालो आएको छैन । संवैधानिक परिषद् सम्बन्धी अध्यादेश, अध्यादेश अनुसार बसेको बैठक र सिफारिस कार्यान्वयन नगर्न माग गरिएका रिटहरूमा आजका लागि संवैधानिक इजलासमा पेसी चढे पनि स्थगनमा परेका हुन । Advertisement अध्यादेश खारेजी र संसदीय सुनुवाईको माग राखेर १ पुसमा अधिवक्ता ओमप्रकाश अर्याल, २ पुसमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र ९ पुसमा समृत खरेललगायतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । ती सबै रिट प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराकोे प्राथमिकतामा नपरेका हुन । ३० मंसिरमा बसेको प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश जबरा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सम्मिलित बैठकले सिफारिस गरेका ३८ मध्ये ३२ जनाले पद तथा गोपनियताको सपथ ग्रहण गर...
मार्ने उद्देश्यले जनकपुरमा प्रहरीद्वारा आक्रमण भएको प्रचण्ड–माधव पक्षको आरोप

मार्ने उद्देश्यले जनकपुरमा प्रहरीद्वारा आक्रमण भएको प्रचण्ड–माधव पक्षको आरोप

देश, राजनीति, समाचार
जनकपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षले बिहीबार घोषणा गरिएको आमहड्तालको क्रममा जनकपुरधाममा प्रहरीले योजनावद्ध ढंगले आफ्ना केही नेतालाई मार्ने उद्देश्यले आक्रमण गरेको आरोप लगाएको छ । शुक्रबार जनकपुरधाममा सो पार्टीको धनुषा जिल्ला कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदेश २ का संसदीय दलका नेता शत्रुधन महतोले प्रहरीले केही नेताको हत्या गर्ने उद्देश्यले आन्दोलनकारीमाथि अन्धाधुन्द गोली चलाएको र लाठी प्रहार गरेको आरोप लगाए । Advertisement ‘हामी शान्तिपूर्ण ढंगले आन्दोलन गरिरहेको क्रममा प्रहरी एक्कासी जनकपुरधामको शिव चोकमा आएर सुनुयोजित ढंगले स्थायी समिति सदस्य मातृकाप्रसाद यादव र नेता रामचन्द्र झालाई मार्ने योजना अनुसार प्रहरीले फायरिङ गरेको हो,’ उनले भने । उनले भने, ‘प्रहरीले योजनावद्ध ढंगले प्रदर्शनकारीमाथि ढुंगामुढा स...
ज्ञानेन्द्रसँग लडेर आएका हौं, सेनाका गाडीले नतर्साए हुन्छ: वर्षमान पुन

ज्ञानेन्द्रसँग लडेर आएका हौं, सेनाका गाडीले नतर्साए हुन्छ: वर्षमान पुन

देश, राजनीति, समाचार
काठमाडौं । नेकपा स्थायी समिति सदस्य एवं पूर्वमन्त्री वर्षमान पुन अनन्तले लडेर आएका आफूहरु सेना र प्रहरीका बन्दुकसँग नडराउने चेतावनी दिएका छन् । संवैधानिक परिषदमा गरिएको नियुक्तिको विरोधमा नेकपाको प्रचण्ड–नेपाल पक्षले बिहीबार गरेको आमहड्तालका सहभागीलाई चाबहिलमा सम्बोधन गर्दै पुनले ज्ञानेन्द्र शाहको निरंकुशतासँग लडेर आएका आफूहरु ओली र रामबहादुर थापासँग नतर्सने बताए । बिहीबार बुटवलमा  र केही दिनअघि काठमाडौंको चक्रपथमा सेनाका बख्तरबन्द गाडी र ट्याङकर गुडाएर तर्साउन खोजिएको पुनको भनाइ थियो । ओली सधैं प्रधानमन्त्री र थापा सधैं गृहमन्त्री रहिनरहने भन्दै पुनले आन्दोलन सफल भएर पदबाट हटेका दिन सेना र प्रहरीले नै उनीहरुलाई उठाएर हिरासतमा राख्ने दाबी गरे । Advertisement केही समयअघिसम्म आफ्नै पार्टीका अध्यक्ष र नेता रहेका प्रचण्डलाई गृहमन्त्रीले सडकबाटै उठा...
बन्द सफल पार्न ‘ चिउरा – पानि’ लिएर सडकमा प्रचण्ड

बन्द सफल पार्न ‘ चिउरा – पानि’ लिएर सडकमा प्रचण्ड

देश, राजनीति, समाचार
काठमाडौं । संवैधानिक नियुक्तिको विरोधमा देशव्यापी आमहड्ताल गरेको नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सडकमा निस्किएका छन् । अध्यक्ष प्रचण्ड नेता कार्यकर्ताका साथमा ललितपुरको सातदोवाटो, कोटेश्वर, पुल्चोकलगायतका क्षेत्रमा प्रदर्शनमा उत्रिएका हुन् ।  सातदोवाटोमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले ओली कदमका विरुद्ध आगामी फागुन पहिलो साताबाट जनआन्दोलन नै सुरु गर्ने प्रतिक्रिया दिए । ‘लोकतन्त्रमाथि प्रहार भएको छ । जसरी असंवैधानिक र अलोकतान्त्रिक तरिकाले संसद् विघटन गरिएको छ त्यसको विरुद्धमा हाम्रो आन्दोलन हो,’ प्रचण्डले भने, ‘यो आन्दोलन केपी र प्रचण्डबीचको जुहारी नभइ गणतन्त्र पक्षधर गणतन्त्रविरोधीबीको लडाइँ हो ।’  Advertisement साभार: रातोपाटी ...
बन्दको अवज्ञा गरेको भन्दै चार वटा ट्रकमा तोडफोड

बन्दको अवज्ञा गरेको भन्दै चार वटा ट्रकमा तोडफोड

देश, राजनीति, समाचार, सामाजिक
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आयोजना गरेको बन्दका क्रममा सञ्चालन गरेको भन्दै बन्दकर्ताले चार ट्रकमा तोडफोड गरेका छन् ।  जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेका दुइ र वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको एउटा ट्रक तोडफोड गरेका हुन् ।  Advertisement बन्दकर्ताले ना३ख ३९३, ना१क १४३५ र ना८ख ४४८० नम्बरको ट्रक तोडफोड गरेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा आएका बन्द कर्ताले भरतपुर महानगरपालिका–१ भतेरीमा ट्रक तोडफोड गरेका हुन् ।  यस्तै टाँडीबाट नारायणगढतर्फ आउँदै गरेको ना४ख ८८५५ नम्बरको मालबाहक ट्रकलाई भरतपुर महानगरपालिका–१२ मिलनचोकमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।  साभार: रातोपाटी ...
फागुन पहिलो साताबाट संयुक्त आन्दोलन : प्रचण्ड

फागुन पहिलो साताबाट संयुक्त आन्दोलन : प्रचण्ड

देश, राजनीति, समाचार
२३ माघ, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्भवतः फागुन पहिलो साताबाट संयुक्त आन्दोलन हुने बताएका छन् । संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोध गर्दै आफ्नो समूहले आहृवान गरेको आमहड्तालका क्रममा प्रचण्ड सातदोबाटो चोकमा पुगेर नाराबाजी गरेका छन् । Advertisement त्यसक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले हड्ताल आफूहरुको बाध्यता भएको बताए । सरकारले बलमिच्याई गरेर संवैधानिक निकायहरुमा नियुक्ति गरेकाले त्यसबारे जनतालाई जानकारी दिन सडकमा आउनु परेको उनले बताए । यो लोकतन्त्र र लोकतन्त्र विरोधीको लडाइँ भएको भन्दै उनले भने, ‘यस्तो नभइदिए हुन्थ्यो भन्ने जनताको भावना हामीले बुझेका छौं, सम्मान पनि गर्छौं । तर कहिले काँही यस्तो बाध्यात्मक अवस्था आउँछ । यो संविधानको रक्षाका लागि हो ।’ संसद विघटन र संवैधानिक नि...