२०८१ बैशाख २१

बैतडीमा ओली समूहद्वारा काँग्रेस नेता एनपी साउदमाथि आक्रमण

काठमाडौं । बैतडीमा नेपाली काँग्रेसका नेता एनपी साउद सहभागी कार्यक्रममा नेकपाको केपी ओली समूहले हस्तक्षेप गरेको छ । डिलासैनी गाउँपालिकामा आयोजित आमसभामा नेकपा ओली समूहका जिल्ला अध्यक्ष सुरेन्द्र पालका छोरा मुकेश पालको नेतृत्वमा आएको समूहले आक्रमण गरेको हो । 

आक्रमणमा परी काँग्रेस पूर्वमन्त्री एवम् केन्द्रीय सदस्य एनपी साउदसहितका नेता कार्यकर्ता घाइते भएका छन् । ओली समूहको आक्रमणबाट साउदको पेट र खुट्टामा चोट लागेको छ । आमसभा सभा चलिरहेका बेला ओली समूह आएर एक्कासी आक्रमण गरेको साउदका सहगोगी दिपक जोशीले जानकारी दिए । 


Advertisement


जोशीका अनुसार उनीहरुको ढुंगा लागेर कांग्रेसका स्थानीय कार्यकर्ता जयराज जोशी, सुरेशसिंह विष्टलगायतका घाइते भएका छन् । उनीहरुको टाउकोमा चोट लागेको छ ।

उनीहरुले पाटन नगपालिकाका मेयरले चढ्ने गाडीसहितमा पनि तोडफोड गरेका थिए ।कार्यक्रममा केन्द्रीय सदस्य डिला संग्रौला र नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महर पनि सहभागी थिए ।

ओली समूहका कार्यकर्ताहरुको ढुंगामुढापछि केही समय काँग्रेसको आमसभा बिथोलिएको थियो । जोशीको अनुसार उनीहरुको अवरोधपछि प्रहरी पुगेपछि कांग्रेसले पुनः कार्यक्रम गरेको थियो । कार्यक्रमा नेकपासहितबाट एक सय कार्यकर्ता काँग्रेस प्रवेश गरेका थिए ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap