प्रदेशसभाको स्थापना दिवसमा मुख्यमन्त्री नै अनुपस्थित
बुटवल । लुम्बिनी प्रदेश सभाको तेस्रो स्थापना दिवसको समारोहमा मुख्यमन्त्री शंकर पोखरल र आन्तिरक मालिला मन्त्री प्रसाद केसी अनुपस्थीत भएपछि खल्लो महसुह भएको भएको छ । २०७४ माघ २१ गते पहिलो बैठक बसेको मितिका आधारमा लुम्बिनी प्रदेशसभाले बुधबार स्थापना दिवस तामझामबीच मनाउदाँ मुख्यमन्त्री पोखरेल र आन्तरिक मामिला मन्त्री कुल प्रसाद केसी उपस्थति नहुँदा खल्लो महसुस भएको प्रदेससभा सदस्यहरुले बताएका छन् ।
पार्टीको आन्तरिक विवादका कारण प्रदेशमा भन्दा केन्द्रीय राजधानीमा सक्रिय देखिएका उनीहरुले प्रदेश स्थापना दिवसलाई प्राथमिकता नदिएको अनुमान धेरैले लगाएका छन् ।
प्रदेश सभाले मुख्यमन्त्री, मन्त्रीदेखि प्रदेशसभा सदस्यहरु सबैलाई औपचारिक निमन्त्रणा गरेको थियो । लुम्बिनी प्रदेश सभाका प्रवक्ता श्याम प्रसाद श्रेष्ठले कार्यक्रमका लागि मुख्यमन्त्री, मन्त्री तथा प्रदेससभा सदस्यहरु सबैलाई औ...









