२०८२ चैत्र १२

राजनीति

प्रदेश १ मा सत्ता पक्षका सांसदबाटै प्रदेशसभा बैठक अवरोध

प्रदेश १ मा सत्ता पक्षका सांसदबाटै प्रदेशसभा बैठक अवरोध

देश, राजनीति, समाचार
काठमाडौं । प्रदेश नम्बर १ को प्रदेशसभा बैठक नेकपा ओली समूहले अवरुद्ध गरेको छ । आइतबार दिउँसो बसेको प्रदेशसभा बैठक ओली समूहका सांसदहरुले अवरुद्ध गरेका हुन् । उनीहरुले बैठक अवरुद्ध गरेपछि अविश्वासको प्रस्ताव दर्ता हुन सकेन । Advertisement ओली समूहका सांसदहरुले विरोध जनाएलगत्तै सभामुख प्रदीप भण्डारीले फागुन ९ गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका थिए । ओली पक्षका सांसदहरुले संसदीय दलका नेताले निलम्बन गरेका १६ जना सांसदहरुलाई प्रवेश गर्न दिएको भन्दै बैठक अवरुद्ध गरेका हुन् । साभार: रातोपाटी ...
प्रदेश १ प्रदेशसभा बैठक आज : ओली पक्षले अवरोध गरे प्रतिकार गर्ने प्रचण्ड–माधव पक्षको तयारी

प्रदेश १ प्रदेशसभा बैठक आज : ओली पक्षले अवरोध गरे प्रतिकार गर्ने प्रचण्ड–माधव पक्षको तयारी

देश, राजनीति, समाचार
काठमाडौं । प्रदेश १ को प्रदेशसभा बैठक बस्दैछ । सातौँ हिउँदे अधिवेशनको दोस्रो बैठक आइतबार दिउँसो २ बजेलाई बोलाइएको छ ।  गत ७ माघमा करिब ३ मिनेट बसेर स्थगित भएको प्रदेश सभाको बैठक अघि ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएको प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले बताएका छन् । आज बस्ने बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रचण्ड–माधव पक्षका १६ जना सांसदलाई ओली पक्षले निलम्बन गरेको भन्दै बैठकमा सहभागी गराउन नहुने बताउँदै आएको छ । उनीहरु बैठकमा प्रवेश गरे बैठक सञ्चालन हुनै नदिने ओली पक्षको तयारी छ । तर, प्रचण्ड–माधव पक्षका भीम आचार्यसहित ओली पक्षले कारवाही गरेका सांसदहरु बैठकमा जसरी पनि सहभागी हुने तयारीमा छन् । त्यसका लागि ओली पक्षले अवरोध गरे प्रतिकार गर्ने तयारी समेत उनीहरुको छ । Advertisement प्रदेश सांसद र...
‘नेकपा प्रवेशको लहर चल्यो’

‘नेकपा प्रवेशको लहर चल्यो’

देश, राजनीति, समाचार
बनेपा नगरपालिका–१० मा विभिन्न पार्टी परित्याग गरी ८५ राजनीतिकर्मी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । शनिबार बनेपा नगरकै सात नम्बर वडाका ४२ जना अन्य पार्टीबाट नेकपामा प्रवेश गरेका थिए । बृहत् वडास्तरीय दुवै भेलामा नवप्रवेशीलाई पूर्वमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले स्वागत गरे । Advertisement यस्तै यही माघ १७ गते नेकपाको पनौती नगर कमिटीको बृहत् भेलामा विभिन्न पार्टी परित्याग गरी तीन दर्जन नेकपामा प्रवेश गराइएको पार्टीका नगर संयोजक सुरेश हुमागाईँले जानकारी दिए । उक्त कार्यक्रममा बाँस्कोटाले भने, “नेकपामा प्रवेशको लहर चलेको छ ।” नेकपाका काभ्रेपलाञ्चोकको इन्चार्जसमेत रहेका बाँस्कोटाका अनुसार नेकपामा पार्टी प्रवेशको कार्यक्रमले अब तीव्रगतिमा निरन्तरता पाउनेछ । यही माघ १० गते विप्लव समूहका केन्द्रीय सदस्य च...
भागरथीको हत्यारालाई तत्काल कारवाही होस् : प्रचण्ड-माधवले भने

भागरथीको हत्यारालाई तत्काल कारवाही होस् : प्रचण्ड-माधवले भने

देश, राजनीति, समाचार
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहले किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनामा संलग्नलाई कारवाही गर्न माग गरेको छ । अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज एक विज्ञप्तिमार्फत यही माघ २२ गते बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानी निवासी भट्टको बलात्कारपछि हत्या भएको घटनाले आफूहरु स्तब्ध र मर्माहत भएको उल्लेख गरेका छन्  । Advertisement विद्यालयबाट घर फर्किंदै गरेको बेला १७ वर्षीय किशोरी भागरथीमाथि भएको पाशविक र अमानवीय कुकृत्यको नेकपाले घोर भत्र्सना गरेको छ । अध्यक्षद्वयको विज्ञप्तिमा भनिएको छ, “डेढ वर्षअघि निर्मला पन्तको हत्या र त्यसमा न्याय नपाएको अवस्थाले सिर्जना गरेको आम जनताको आक्रोश सेलाउन नपाउँदै बैतडीमा घटेको समान प्रकृतिको घटनाले आम नागरिकलाई शान्ति सुरक्षा दिन राज्यसंयन्त्र असफल भएको तथ्यलाई नै...
परिवर्तनलाई संस्थागत गर्नुपर्दछ: डा महत

परिवर्तनलाई संस्थागत गर्नुपर्दछ: डा महत

देश, राजनीति, समाचार
नेपाली काँग्रेसका नेता डा रामशरण महतले भण्डै दुईतिहाईको मत प्राप्त सरकारले पार्टीको आन्तरिक कलहका कारणले संसद् विघटन गर्नु दुःखद भएको बताएका छन् । नेपाली काँग्रेसका शुभेच्छुक सस्थाद्वारा संयुक्त रुपमा वीरगञ्जको घण्टाघरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उहाँले संसद् विघटनले मुलुकमा आर्थिक, सामाजिक र राजनीतिक सङ्कट सिर्जना भएको आरोप लगाए ।  Advertisement नेता महतले अब काँग्रेस पार्टीलाई सबै नागरिकको भरोसाको केन्द्र बनाउन आवश्यक रहेको बताउँदै कांग्रेसले संविधानको रक्षा गर्दै ७० वर्षदेखिको परिवर्तनलाई समेत संस्थागत गर्न सक्नुपर्नेमा जोड दिए । नेपाल ट्रेड युनियन कांग्रेस पर्साका अध्यक्ष छोटेलाल साहको अध्यक्षतामा सम्पन्न भएको सभामा कांग्रेस पर्सा अध्यक्ष अजय द्विवेदीले मुलुकमा बढ्दै गएको अपराध, महँगाई, भ्रष्टाचारलाई नियन्त्रण गर्न सरकार चुकेको आ...
छिटो श्वेतपत्र जारी गर्छौँ : प्रचण्ड

छिटो श्वेतपत्र जारी गर्छौँ : प्रचण्ड

देश, राजनीति, समाचार
नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान अवस्थाबारे छिट्टै पार्र्टीका तर्फबाट श्वेतपत्र जारी गर्ने बताएका छन् ।  शनिबार काठमाडौंमा आयोजित मिडिया एलाइन्ससँगको अन्तरक्रिया कार्यक्रलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सशस्त्र संघर्ष, शान्ति सम्झौता, संविधानसभा हुँदै पछिल्लो निर्वाचन शान्ति, सम्मृद्धि र सुशासनका लागि भएपनि त्यो अनुरुप मुलुक अघि बढ्न नसकेको बताए । उनले नेकपामा पछिल्लो पटक देखिएको विवाद किन र के कारणले देखिएको र यसले के कस्तो असर पारेको हो भन्नेबारे श्वेतपत्र जारी गर्न लागिएको बताएका हुन् ।  ‘अहिलेको अवस्थाबारे हामी छिटोभन्दा छिटो श्वेतपत्र जारी गर्ने तयारी गर्दैछौ’, अध्यक्ष प्रचण्डको भनाइ छ ।   Advertisement उनले संविधानको रक्षा र ठुलो बलिदानबाट प्राप्त उपलब्धि जोगाउनु अहिलेको प्राथमिकता भएको भन्दै सत्य...
संयुक्त आन्दोलन गरे ओली एक हप्तामा घुँडा टेक्न निश्चित : बाबुराम

संयुक्त आन्दोलन गरे ओली एक हप्तामा घुँडा टेक्न निश्चित : बाबुराम

देश, राजनीति, समाचार
२४ माघ, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले संसद विघटनको विरोधमा संयुक्त आन्दोलन गर्न आव्हान गरेका छन् । प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै शनिबार धनकुटामा आयोजित विरोधसभामा भट्टराईले सबै दल र नागरिक समाजलाई मतभेद विर्सेर आन्दोलनमा आउन आहृवान गरे । Advertisement ‘कांग्रेस, नेकपा माधव-प्रचण्ड पक्ष, जसपा, जनमोर्चा, विवेकशील लगायतका पार्टी, नागरिक समाज सबै मिलेर एउटा आन्दोलनको आँधी बेहरी सिर्जना गर्‍यौं भने एक हप्ताभित्र केपी ओलीले घुँडा टेक्छन्’ उनले भने, ‘ओलीको प्रतिक्रान्ति सच्याउने २०६२/०६३ मा जस्तो १९ दिन आन्दोलन गर्नुपर्दैन ।’ ओलीको प्रतिगामी कदमविरुद्ध सडक संघर्ष नै उपर्युक्त विकल्प भएको उनको भनाइ छ । ‘हाम्रा मतभिन्नता छाडेर सात दिन सडक ठप्प पारौं, यो प्रतिक्रान्ति ...
विप्लव नेता धर्मेन्द्र फेरी पक्राउ

विप्लव नेता धर्मेन्द्र फेरी पक्राउ

देश, राजनीति, समाचार
काठमाडौं । प्रतिबन्धित (नेकपा) नेत्रविक्रम चन्द विप्लव समूहका नेता धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई सर्वोच्च अदालतले रिहाइको आदेश दिएपनि प्रहरीले फेरी उनलाई पक्राउ गरेको छ ।  पुस २९ मा प्रहरीले उनलाई ललितपुर र मकवानपुरको सिमानाबाट पक्राउ गरेको थियो । महानगरीय प्रहरी परिसर ललितपुरले उनलाई नख्खु स्थित एनसेल मुख्यालय अगाडी गराएको बम विष्फोट तथा ज्यानमुद्धा अगाडि बढाएको थियो ।  Advertisement धमेन्द्र पत्नी हिमा बास्तोलाले बन्दी प्रत्यक्षीकरणको रिट हालेपछि सर्वोच्च अदालतले उनलाई बिहिबार छाड्न आदेश गरेको थियो । सर्वेच्चका रजिष्टार र बारका अध्यक्षको रोहबरमा छुटेका उनलाई प्रहरीले भने छाडेको छैन् ।  बिहिबार पुनः पक्राउ गरेर प्रहरीले उनलाई महानगरीय प्रहरी वृत कमलपोखरीको हिरासतमा थुनेको थियो ।  शुक्रवार जिल्ला अदालत काठमाडौंले साधारण तारेखमा छाड्...
नियुक्ति भइसक्दा पनि आएन मुद्दाको पालो

नियुक्ति भइसक्दा पनि आएन मुद्दाको पालो

देश, राजनीति, समाचार
२३ माघ, काठमाडौं । संवैधानिक आयोगहरूमा नियुक्ति भइसक्दा पनि सर्वोच्च अदालतमा यससम्बन्धी मुद्दाको पालो आएको छैन । संवैधानिक परिषद् सम्बन्धी अध्यादेश, अध्यादेश अनुसार बसेको बैठक र सिफारिस कार्यान्वयन नगर्न माग गरिएका रिटहरूमा आजका लागि संवैधानिक इजलासमा पेसी चढे पनि स्थगनमा परेका हुन । Advertisement अध्यादेश खारेजी र संसदीय सुनुवाईको माग राखेर १ पुसमा अधिवक्ता ओमप्रकाश अर्याल, २ पुसमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र ९ पुसमा समृत खरेललगायतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । ती सबै रिट प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराकोे प्राथमिकतामा नपरेका हुन । ३० मंसिरमा बसेको प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश जबरा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सम्मिलित बैठकले सिफारिस गरेका ३८ मध्ये ३२ जनाले पद तथा गोपनियताको सपथ ग्रहण गर...
मार्ने उद्देश्यले जनकपुरमा प्रहरीद्वारा आक्रमण भएको प्रचण्ड–माधव पक्षको आरोप

मार्ने उद्देश्यले जनकपुरमा प्रहरीद्वारा आक्रमण भएको प्रचण्ड–माधव पक्षको आरोप

देश, राजनीति, समाचार
जनकपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षले बिहीबार घोषणा गरिएको आमहड्तालको क्रममा जनकपुरधाममा प्रहरीले योजनावद्ध ढंगले आफ्ना केही नेतालाई मार्ने उद्देश्यले आक्रमण गरेको आरोप लगाएको छ । शुक्रबार जनकपुरधाममा सो पार्टीको धनुषा जिल्ला कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदेश २ का संसदीय दलका नेता शत्रुधन महतोले प्रहरीले केही नेताको हत्या गर्ने उद्देश्यले आन्दोलनकारीमाथि अन्धाधुन्द गोली चलाएको र लाठी प्रहार गरेको आरोप लगाए । Advertisement ‘हामी शान्तिपूर्ण ढंगले आन्दोलन गरिरहेको क्रममा प्रहरी एक्कासी जनकपुरधामको शिव चोकमा आएर सुनुयोजित ढंगले स्थायी समिति सदस्य मातृकाप्रसाद यादव र नेता रामचन्द्र झालाई मार्ने योजना अनुसार प्रहरीले फायरिङ गरेको हो,’ उनले भने । उनले भने, ‘प्रहरीले योजनावद्ध ढंगले प्रदर्शनकारीमाथि ढुंगामुढा स...