२०८२ चैत्र १३

राजनीति

मन्त्रिपरिषद् बैठकका दुई निर्णय : विज्ञापन बोर्डमा हुमागाईं नियुक्त

मन्त्रिपरिषद् बैठकका दुई निर्णय : विज्ञापन बोर्डमा हुमागाईं नियुक्त

देश, राजनीति, समाचार
काठमाडौं । सरकारले विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले सुचना तथा सञ्चार प्रविधि मन्त्रालयको प्रस्तावमा बोर्ड अध्यक्षमा हुमागाईंलाई नियुक्त गरेको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए । बोर्डको अध्यक्ष बन्न तीन जनाको आवेदन परेको थियो । आवेदन दिनेमा लेखनाथ शर्मा (पंगेनी), रमेशकुमार खड्का र लक्ष्मण हुमागाईं  थिए । Advertisement सञ्चार तथा सुचना प्रविधि  मन्त्रालयले फागुन २० गते मात्रै सूचना जारी गर्दै विज्ञापन बोर्डको अध्यक्ष बन्न इच्छुक व्यक्तिहरुलाई आवेदन माग गरेको थियो । त्यस्तै सरकारले राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिको अध्यक्षमा डा. किरण पौडेललाई नियुक्त गरेको छ । समितिका सदस्यहरूमा पूर्व जर्नेल बाबुकृष्ण कार्की सहित डा. सुस्मिता ढकाल, शशी शर्मा र भेषराज...
कास्कीमा नेपाल समूहले बनायो छुट्टै कमिटी

कास्कीमा नेपाल समूहले बनायो छुट्टै कमिटी

देश, राजनीति, समाचार
१९ चैत, पोखरा । नेकपा एमालेको माधवकुमार नेपाल समूहले कास्कीमा छुट्टै जिल्ला कमिटी घोषणा गरेको छ । पोखरामा बिहीबार भएको अगुवा कार्यकर्ता भेलाले धनराज आचार्यको नेतृत्वमा ७५ सदस्यीय कमिटी घोषणा गरेको हो । कमिटीको सचिवमा होमबहादुर नेपाली छन् । Advertisement छिट्टै अर्को भेला गरेर पूर्ण कमिटीको घोषणा गर्ने नेता नेपालले जानकारी दिएका छन् । Credit: OnlineKhabar ...
मुख्य न्यायाधिवक्तालाई राज्यमन्त्रीसरहको प्रोटोकल माग

मुख्य न्यायाधिवक्तालाई राज्यमन्त्रीसरहको प्रोटोकल माग

देश, राजनीति, समाचार
१८ चैत, जनकपुरधाम । प्रदेश २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले प्रदेशका मुख्य न्यायाधिवक्तालाई राज्यमन्त्रीसरहको प्रोटोकल (वरियताक्रम) मा राख्ने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् । बुधबार महान्यायाधिवक्ता रमेश बडाललाई ६ बुँदे मागपत्र बुझाउँदै प्रदेशका मुख्य न्यायाधिवक्ताको वरियता सुधारका लागि गृह मन्त्रालयमा पहल गरिदिन आग्रह गरेका हुन् । Advertisement यसअघि सातै प्रदेशका मुख्य न्यायाधिवक्ताको प्रोटोकल राज्यमन्त्रीसरह रहे पनि पछि गृह मन्त्रालयले संशोधन गरी निकै तल राखेको भन्दै झाले पहिलेझैं राज्यमन्त्रीसरहको प्रोटोकलमा राख्न गृह मन्त्रालयसँग पहल गरिदिन महान्यायाधिवक्तालाई आग्रह गरेका हुन् । मुख्य न्यायाधिवक्ता झाले दक्ष कर्मचारी नहुँदा काम प्रभावित भएको भन्दै सुहाउँदो क्षमताका कर्मचारी निश्चित अवधि तोकेर पठाउन महान्यायाधिवक्ता कार्यालयलाई...
मन्त्री आङ्बुहाङलाई माओवादी केन्द्रको प्रश्न : तपाईंलाई किन पदमुक्त नगर्ने ?

मन्त्री आङ्बुहाङलाई माओवादी केन्द्रको प्रश्न : तपाईंलाई किन पदमुक्त नगर्ने ?

देश, राजनीति, समाचार
१७ चैत, विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलले दल त्याग गर्दै प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री बनेका प्रदेशसभा सदस्य टङ्क आङबुहाङलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । पार्टीको निर्णय बिना प्रदेश सरकारमा किन सहभागी भएको भनी स्पष्टीकरण मागेको हो । Advertisement ‘पार्टीको अनुमतिमा अर्काे दलको मन्त्रिपरिषदमा सहभागी हुनुभएको हो ?,’ पत्रमा भनिएको छ,‘प्रदेशसभा संसदीय दलको विधान २०७७ को धरा ११(५), राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३१(१) ३२(२)ख को प्रतिकुल तपाईंको गतिविधि देखिएकाले तपाईंलाई यस दलको सदस्यसमेतबाट पदमुक्त किन नगर्ने ?’ तत्कालीन नेकपा संसदीय दलका उपनेता रहेका ताप्लेजुङ ‘ख’ बाट निर्वाचित टंक आङ्बुहाङ नेकपा एमाले प्रवेश गरेका थिए । हाल एमाले केन्द्रीय सदस्य उनलाई शुक्रबार मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा...
मानन्धरको निधनले कम्युनिस्ट आन्दोलनमा अपुरणीय क्षति : प्रचण्ड

मानन्धरको निधनले कम्युनिस्ट आन्दोलनमा अपुरणीय क्षति : प्रचण्ड

देश, राजनीति, समाचार
१७ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधनले नेपालको सिंगो किसान आन्दोलन र कम्युनिस्ट आन्दोलनमा अपुरणीय क्षति भएको बताएका छन् । मंगलबार शोक वक्तव्य जारी गर्दै प्रचण्डले सो धारणा राखेका हुन् । मानन्धरले नेपालको वामपन्थी आन्दोलनमा पुर्‍याएको योगदान सधैं स्मरणीय रहीरहने विश्वास पनि प्रचण्डले व्यक्त गरेका छन् । Advertisement ‘२००७ सालमा आफ्नै घरबाट विद्रोहको बिगुल फुक्नुभएका उहाँले २००९ सालको रौतहटको चर्चित किसान आन्दोलनमा अग्रणी भूमिका खेल्नुभएको थियो । कमरेड मानन्धरले नेपालको वामपन्थी आन्दोलनमा पुर्‍याउनु भएको योगदानको सधैं स्मरणीय रहीरहने विश्वास लिएको छु,’ प्रचण्डले जारी गरेको शोक वक्तव्यमा लेखिएको छ । मानन्धरको ९१ वर्षको उमेरमा आइतबार राति निधन भएको थियो । उनको मंग...
सर्वोच्चको न्यायाधीशमा सिफारिस चुडाल र सुवेदीविरुद्ध ७ उजुरी

सर्वोच्चको न्यायाधीशमा सिफारिस चुडाल र सुवेदीविरुद्ध ७ उजुरी

देश, राजनीति, समाचार
१६ चैत, काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस कुमार चुडाल र नहकुल सुवेदीविरुद्ध संसदीय सुनुवाइ समितिमा ७ वटा उजुरी परेको छ । ४ चैतमा बसेको संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीशद्वय चुडाल र सुवेदीविरुद्ध १० दिन भित्र उजुरी दिन आह्वान गरेको थियो । सोमबारसम्म चुडालविरुद्ध २ र सुवेदीविरुद्ध ५ वटा उजुरी परेका छन् । Advertisement चुडालविरुद्ध सरकारी जग्गा हिनामिना गरेको उजुरी परेको छ भने सुवेदीविरुद्ध योग्यताको प्रश्न उठाइएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सोमबार सुवेदीको योग्यतामा प्रश्न उठाउँदै उजुरी दिएका छन् । सर्वोच्च अदालतको न्यायाधीश हुन सुवेदीको न्यूनतम योग्यता पनि नपुग्ने त्रिपाठीको दाबी छ । नेपालको संविधान २०७२ को धारा १२९ (५) मा सर्वोच्च अदालतको न्यायाधीशका लागि ४ वटा योग्यता तोकिएको छ । कानुनमा स्नातक उपाधि प्राप्त गरी...
सिके राउतलाई नवलपरासी अदालतमा हाजिर हुन आदेश

सिके राउतलाई नवलपरासी अदालतमा हाजिर हुन आदेश

देश, राजनीति, समाचार
१६ चैत, काठमाडौं । मुलधारको राजनीतिमा आएर जनमत पार्टीमार्फत गतिविधि गरिरहेका सिके राउतलाई ३५ दिनभित्र हाजिर हुन अदालतले भनेको छ । जिल्ला अदालत, नवलपरासीले चन्द्रकान्त राउत भनेर समेत चिनिने उनलाई ३५ दिनभित्र हाजिर हुन म्याद सूचना जारी गरेको हो । Advertisement न्यायाधीश ध्रुवकुमार शाहको इजलासले २१ फागुनमा पत्रिकामा म्याद सूचना प्रकाशित गर्ने आदेश दिएको थियो । पक्राउ पूर्जीसहितको म्याद सूचना प्रकाशित गरे पनि नभेटिएपछि उनलाई हाजिर हुन भनिएको थियो । अदालतले तोकेको समयमा हाजिर नभए कानून अनुसार हुने भनिएको छ । राउतविरुद्ध राज्यविरुद्धको संगठित अपराध अन्तरगत दफा ४९ को नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, खण्डता वा राष्ट्रिय एकतामा खलल पारेको अभियोग लगाइएको छ । राउतसँगै यो मुद्दामा कृष्ण यादव र कैलाश महतो प्रतिवादी थिए । Credit: OnlineKhabar ...
मुलुकको शैक्षिक अवस्था राम्रो हुन सकेन : पूर्वराष्ट्रपति यादव

मुलुकको शैक्षिक अवस्था राम्रो हुन सकेन : पूर्वराष्ट्रपति यादव

देश, राजनीति, समाचार
१४ चैत, काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले देशको शैक्षिक अवस्था अझै राम्रो हुन नसकेको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित शैक्षिक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति यादवले देशको अहिलेको शिक्षा राम्रो नभएको र त्यसमा पनि प्रदेश नम्बर २ को शैक्षिक अवस्था झनै खस्किएको बताए । Advertisement पहाडी क्षेत्र र पश्चिम मधेसमा शिक्षाको अवस्था राम्रो भएपनि पूर्वी मधेसका बारादेखि सप्तरीसम्मका जिल्लामा शिक्षाको अवस्था खस्कँदो रहेको उनले बताए । राष्ट्र र समाज निर्माणका लागि शिक्षा नै महत्वपूर्ण हुने भन्दै पूर्वराष्ट्रपति यादवले शिक्षित जनशक्ति निर्माण गर्न सकेमात्रै देशको विकास हुने पनि धारणा राखे । Credit: OnlineKhabar ...
जोशीको निधनले मुलुकले इमानदार राजनीतिज्ञ गुमाएको छ :  राष्ट्रपति

जोशीको निधनले मुलुकले इमानदार राजनीतिज्ञ गुमाएको छ : राष्ट्रपति

देश, राजनीति, समाचार
राष्ट्रपति विद्यादेवी भण्डारीले इमान्दार एवं स्वच्छ छवि भएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको असामयिक निधनमा दुःख व्यक्त गरेकी छन् ।  Advertisement राष्ट्रपति भण्डारीले आज बिहान ट्वीट गर्दै उनको निधनबाट मुलुकले एक इमान्दार राजनीतिज्ञ गुमाएको जनाएकी छन् ।  स्वर्गीय जोशीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै राष्ट्रपतिले शोकसन्तप्त परिवारमा समवेदना पनि प्रकट गरेकी छन् । साभार: रातोपाटी ...
ओलीलाई योगेशको आग्रह : परिस्थिति निकै चुनौतीपूर्ण छ, पहलकदमी लिनुस्

ओलीलाई योगेशको आग्रह : परिस्थिति निकै चुनौतीपूर्ण छ, पहलकदमी लिनुस्

देश, राजनीति, समाचार
काठमाडौं ।  नेकपा एमालेका नेता एवं सांसद योगेश भट्टराईले विगतका तीता मीठा कुरा बिर्सिएर संयम र धैर्यताका साथ अगाडि बढ्नुपर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग उनले भने,  ‘हिजोका कतिपय तीता मीठा कुरा बिर्सिऔं । उत्तेजित भएर हैन संयम र धैर्यताका साथ अगाडि बढ्नुपर्छ । किनभने परिस्थिति निकै खतरा, चुनौतीपूर्ण छ । यो मुलुकले एमालेको एकता खोजेको छ । सिंगो वामपन्थीहरूको एकता खोजेको छ ।’ Advertisement जनमतको कदर  र सरकारको स्थायित्व खोजेको भन्दै राजनीतिक स्थायित्व दिँदै, पार्टी एकताबद्ध बनाउँ भनेर प्रधानमन्त्रीलाई आग्रह गरेको भट्टराईको भनाइ छ । उनले भने , ‘फागुन २३ पछाडि बसेको संसदीय दलको बैठकमा पहिलो पटक सहभागी भयौं । हामीहरुले पार्टी पूर्ववत् अवस्थामा फर्काएपछि पार्टीका सम्पूर्ण कमिटीहरु जेठ २...