सुनसरी पुगेर देउवाले भने : गच्छदारमाथि अन्याय भयो
१० चैत, विराटनगर । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले ललिता निवास जग्गा प्रकरणमा मुद्धा खेपिरहेको पूर्वमन्त्री विजयकुमार गच्छदारमाथि अन्याय भएको बताएका छन् ।
मंगलबार सुनसरीको धरान पुगेका देउवाले कांग्रेस उपसभापतिसमेत रहेका गच्छदारको पक्षमा सार्वजनिक मञ्चबाट बोलेका हुन् । सुनसरी गच्छदारको गृह जिल्ला हो ।
Advertisement
५६ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलनको दिवसको अवसरमा आयोजित प्रदेशस्तरीय अन्तर्क्रिया कार्यक्रममा देउवाले भने, ‘विजय गच्छदारजी हाम्रो पार्टीको ठूलो नेता हो, उहाँमाथि अन्याय भएको छ ।’
‘हामी सबै उहाँको पक्षमा छौं, मलाई विश्वास छ । उहाँले न्याय पाउनुहुनेछ’ उनले अघि भने ।
सभापति देउवाले कर्मचारी र प्रहरीले कांग्रेसका कार्यकर्तालाई दःख दिइरहेको समेत आरोप लगाए । ‘उनीहरु जनताले तिरेको करबाट तलब खान्छन्,’ देउवाले भने, ‘कुन...









