२०८२ पुष ६

राजनीति

सर्वोच्चको न्यायाधीशमा सिफारिस चुडाल र सुवेदीविरुद्ध ७ उजुरी

सर्वोच्चको न्यायाधीशमा सिफारिस चुडाल र सुवेदीविरुद्ध ७ उजुरी

देश, राजनीति, समाचार
१६ चैत, काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस कुमार चुडाल र नहकुल सुवेदीविरुद्ध संसदीय सुनुवाइ समितिमा ७ वटा उजुरी परेको छ । ४ चैतमा बसेको संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीशद्वय चुडाल र सुवेदीविरुद्ध १० दिन भित्र उजुरी दिन आह्वान गरेको थियो । सोमबारसम्म चुडालविरुद्ध २ र सुवेदीविरुद्ध ५ वटा उजुरी परेका छन् । Advertisement चुडालविरुद्ध सरकारी जग्गा हिनामिना गरेको उजुरी परेको छ भने सुवेदीविरुद्ध योग्यताको प्रश्न उठाइएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सोमबार सुवेदीको योग्यतामा प्रश्न उठाउँदै उजुरी दिएका छन् । सर्वोच्च अदालतको न्यायाधीश हुन सुवेदीको न्यूनतम योग्यता पनि नपुग्ने त्रिपाठीको दाबी छ । नेपालको संविधान २०७२ को धारा १२९ (५) मा सर्वोच्च अदालतको न्यायाधीशका लागि ४ वटा योग्यता तोकिएको छ । कानुनमा स्नातक उपाधि प्राप्त गरी...
सिके राउतलाई नवलपरासी अदालतमा हाजिर हुन आदेश

सिके राउतलाई नवलपरासी अदालतमा हाजिर हुन आदेश

देश, राजनीति, समाचार
१६ चैत, काठमाडौं । मुलधारको राजनीतिमा आएर जनमत पार्टीमार्फत गतिविधि गरिरहेका सिके राउतलाई ३५ दिनभित्र हाजिर हुन अदालतले भनेको छ । जिल्ला अदालत, नवलपरासीले चन्द्रकान्त राउत भनेर समेत चिनिने उनलाई ३५ दिनभित्र हाजिर हुन म्याद सूचना जारी गरेको हो । Advertisement न्यायाधीश ध्रुवकुमार शाहको इजलासले २१ फागुनमा पत्रिकामा म्याद सूचना प्रकाशित गर्ने आदेश दिएको थियो । पक्राउ पूर्जीसहितको म्याद सूचना प्रकाशित गरे पनि नभेटिएपछि उनलाई हाजिर हुन भनिएको थियो । अदालतले तोकेको समयमा हाजिर नभए कानून अनुसार हुने भनिएको छ । राउतविरुद्ध राज्यविरुद्धको संगठित अपराध अन्तरगत दफा ४९ को नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, खण्डता वा राष्ट्रिय एकतामा खलल पारेको अभियोग लगाइएको छ । राउतसँगै यो मुद्दामा कृष्ण यादव र कैलाश महतो प्रतिवादी थिए । Credit: OnlineKhabar ...
मुलुकको शैक्षिक अवस्था राम्रो हुन सकेन : पूर्वराष्ट्रपति यादव

मुलुकको शैक्षिक अवस्था राम्रो हुन सकेन : पूर्वराष्ट्रपति यादव

देश, राजनीति, समाचार
१४ चैत, काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले देशको शैक्षिक अवस्था अझै राम्रो हुन नसकेको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित शैक्षिक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति यादवले देशको अहिलेको शिक्षा राम्रो नभएको र त्यसमा पनि प्रदेश नम्बर २ को शैक्षिक अवस्था झनै खस्किएको बताए । Advertisement पहाडी क्षेत्र र पश्चिम मधेसमा शिक्षाको अवस्था राम्रो भएपनि पूर्वी मधेसका बारादेखि सप्तरीसम्मका जिल्लामा शिक्षाको अवस्था खस्कँदो रहेको उनले बताए । राष्ट्र र समाज निर्माणका लागि शिक्षा नै महत्वपूर्ण हुने भन्दै पूर्वराष्ट्रपति यादवले शिक्षित जनशक्ति निर्माण गर्न सकेमात्रै देशको विकास हुने पनि धारणा राखे । Credit: OnlineKhabar ...
जोशीको निधनले मुलुकले इमानदार राजनीतिज्ञ गुमाएको छ :  राष्ट्रपति

जोशीको निधनले मुलुकले इमानदार राजनीतिज्ञ गुमाएको छ : राष्ट्रपति

देश, राजनीति, समाचार
राष्ट्रपति विद्यादेवी भण्डारीले इमान्दार एवं स्वच्छ छवि भएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको असामयिक निधनमा दुःख व्यक्त गरेकी छन् ।  Advertisement राष्ट्रपति भण्डारीले आज बिहान ट्वीट गर्दै उनको निधनबाट मुलुकले एक इमान्दार राजनीतिज्ञ गुमाएको जनाएकी छन् ।  स्वर्गीय जोशीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै राष्ट्रपतिले शोकसन्तप्त परिवारमा समवेदना पनि प्रकट गरेकी छन् । साभार: रातोपाटी ...
ओलीलाई योगेशको आग्रह : परिस्थिति निकै चुनौतीपूर्ण छ, पहलकदमी लिनुस्

ओलीलाई योगेशको आग्रह : परिस्थिति निकै चुनौतीपूर्ण छ, पहलकदमी लिनुस्

देश, राजनीति, समाचार
काठमाडौं ।  नेकपा एमालेका नेता एवं सांसद योगेश भट्टराईले विगतका तीता मीठा कुरा बिर्सिएर संयम र धैर्यताका साथ अगाडि बढ्नुपर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग उनले भने,  ‘हिजोका कतिपय तीता मीठा कुरा बिर्सिऔं । उत्तेजित भएर हैन संयम र धैर्यताका साथ अगाडि बढ्नुपर्छ । किनभने परिस्थिति निकै खतरा, चुनौतीपूर्ण छ । यो मुलुकले एमालेको एकता खोजेको छ । सिंगो वामपन्थीहरूको एकता खोजेको छ ।’ Advertisement जनमतको कदर  र सरकारको स्थायित्व खोजेको भन्दै राजनीतिक स्थायित्व दिँदै, पार्टी एकताबद्ध बनाउँ भनेर प्रधानमन्त्रीलाई आग्रह गरेको भट्टराईको भनाइ छ । उनले भने , ‘फागुन २३ पछाडि बसेको संसदीय दलको बैठकमा पहिलो पटक सहभागी भयौं । हामीहरुले पार्टी पूर्ववत् अवस्थामा फर्काएपछि पार्टीका सम्पूर्ण कमिटीहरु जेठ २...
ताप्लेजुङका विप्लव समूहका नेतालाई धरौटीमा छाड्न आदेश

ताप्लेजुङका विप्लव समूहका नेतालाई धरौटीमा छाड्न आदेश

देश, राजनीति, समाचार
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका ताप्लेजुङ जिल्ला समिति सदस्य सागर लिम्बु ‘सक्कल’लाई प्रहरीले पक्राउ गरेर अदालतमा उपस्थित गराएको छ । बिहिबार राती उनलाई पक्राउ गरेर अदालतमा उपस्थित गराइएको ताप्लेजुङका डिएसपी बालनरसिंह राणाले रातोपाटीलाई बताए । सरकारले २१ फागुनमा चन्द नेतृत्वको पार्टीमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्दै सवै मुद्दा खारेज गर्ने सहमति गरेको थियो । तर, ताप्लेजुङ प्रहरीले सो सहमती बिपरित विप्लवका नेतालाई पक्राउ गरेको छ । पुरानो मुद्दा बाँकी रहेको हुनाले उनलाई पक्राउ गरिएको डिएसपी राणाले बताएका छन् । Advertisement विष्फोटक पदार्थ सम्बन्धी मुद्दामा प्रतिवादी कायम गरिएका लिम्बुलाई जिल्ला अदालत ताप्लेजुङले धरौटीमा छाड्न आदेश गरेको छ । अदालतले १ लाख धरौटीमा उनलाई रिहा गर्न आदेश गरेको जिप्रका ताप्लेजुङका इन्स्पेक्टर मोहन पोखरेलले ब...
ओलीसँग जसपा सती पनि जाँदैन, फुट्दा पनि फुट्दैन : उपेन्द्र यादव

ओलीसँग जसपा सती पनि जाँदैन, फुट्दा पनि फुट्दैन : उपेन्द्र यादव

देश, राजनीति, समाचार
जनता समाजवादी पार्टी (जसपा) नेपाल का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै पनि हालतमा सत्ता साझेदारी नगर्ने बताएका छन् । प्रेस मञ्च नेपालले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले संविधानविराेधी, लोकतन्त्र र संघीयता बिरोधी, प्रतिगामी शक्तिसँग सत्ता साझेदारी गर्न, सती जान र लगनगाँठो कस्न नसकिने बताएका हुन् । उनले आफ्नो पार्टी नफुट्ने र कुनैपनि बहानामा केपी ओली र ओली प्रवृत्तिसँग साँठगाँठ नहुने प्रष्ट पारे । ‘अहिलेको ओली नेतृत्वको सरकार विस्थापित लोकतन्त्रको पक्षमा रहेका दलहरु मिलेर नयाँ सरकार गठन गरी निर्वाचनमा जानुपर्छ,’ उनले भने । उनले आफ्नो पार्टीले ओली सरकारलाई विस्थापित गर्न खोजेपनि अन्य दलहरुले निर्णय गर्न नसक्दा सो कुरा पूरा हुन नसकेको जिकिर गरे । संघीय लोकतान्त्रिक गणतन्त्र बलियो बनाउनका लागि अब नयाँ सरकार बनाउनुपर्...
माधव नेपालले ओलीलाई पठाए स्पष्टीकरणको जवाफी पत्र: तपाईंले पार्टीको नाम, चिन्ह र झण्डाको दुरुपयोग गर्नुभयो

माधव नेपालले ओलीलाई पठाए स्पष्टीकरणको जवाफी पत्र: तपाईंले पार्टीको नाम, चिन्ह र झण्डाको दुरुपयोग गर्नुभयो

देश, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीलाई नै स्पष्टीकरणको जवाफ दिएका छन् । नेता नेपालले आफुलाई सोधेको १० बुँदे स्पष्टीकरणको जवाफमा ओलीलाई नै प्रतिपश्न गरेका छन् । १३ बुँदामा नौ पेज लामो जवाफी प्रश्नमा नेता नेपालले पार्टी अध्यक्ष ओलीले नै विधान उल्लंघन गरेको र ओलीमाथि कारबाही गर्नुपर्ने जनाएका छन् । उनले आफु र प्रचण्डबीचको सम्बन्धलाई लिएर ओलीले गरेको प्रश्नमा ‘नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को विधान र नीति विपरित तपाईले उक्त प्रकार अनाधिकृत गतिविधि  गरेकोमा  त्यस्ता  गलत  कार्यलाई  रोक्न  पार्टीमा  संस्थागतरूपमा  भएका  काम  र  तपाई स्वयंको  हस्ताक्षरमा  कार्यकारी  अधिकार  प्राप्त  अर्का  अध्यक्ष  पुष्पकमल  दाहाल  ‘प्रचण्ड’  समेत संलग्न  कार्यक्रममा  मेरो  सहभागितालाई  कसैको  ‘मतियार’  भएको  देख्नु  तपाईको  व्यक्तिवादको अभिव्यक्ति  मा...
रासायनिक मल कारखाना खोल्छौं: प्रधानमन्त्री ओली

रासायनिक मल कारखाना खोल्छौं: प्रधानमन्त्री ओली

देश, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रासायनिक मल कारखाना खोल्ने बताएका छन् । बिहीबार पशुपंछीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गर्दै प्रधानमन्त्री ओलीले अब नेपालमा मल कारखाना पनि खोल्ने बताएका हुन् । विद्युतबाट सञ्चालन हुने मल कारखाना खोल्ने सम्बन्धमा छलफल भइरहेको उनले बताए । कृषि मन्त्रालयले मल उत्पादनका लागि किसानहरुलाई तालिम दिन जरुरी रहेको पनि बताए । Advertisement उनले भने, ‘नेपालमै मल कारखाना खोल्ने र एउटा सबभन्दा हामीलाई सजिलो हुने कुरा विद्युतबाट मल कारखाना, यस सम्बन्धमा छलफल भइरहेको छ । हामी महंगो पर्छ भने पनि केही छैन, एउटा प्रोजेक्ट नै डेडिकेटेड गरिदिन सक्छौँ मल कारखानाका लागि । प्रोजेक्ट नै डेडिकेटेड गरिदिएपछि त्यसमा नाफा, नोक्सान भन्ने कुरा भएन त्यो प्रोजेक्ट सञ्चालन गरेर मल कारखानाको लागि खपत गर्ने हो । कृषि मन्त्...
प्रचण्ड र माधव नेपालबीच कोटेश्वरमा भेटवार्ता

प्रचण्ड र माधव नेपालबीच कोटेश्वरमा भेटवार्ता

देश, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच छलफल भएको छ । सर्वोच्च अदालतद्वारा २३ फागुनमा भएको नेकपा खारेजीको फैसलाबारे पुनरावलोकनका सन्दर्भमा कोटेश्वरस्थित एक व्यवसायीको घरमा प्रचण्ड र नेपालबीच छलफल भएको हो ।  Advertisement स्रोतका अनुसार प्रचण्ड र नेपालबीच भेटवार्तामा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए । सर्वोच्चको फैसलाविरुद्ध माओवादी केन्द्रले न्यायिक पुनरावलोकनमा जाने निर्णय लिएपछि प्रचण्ड र नेपालबीच छलफल भएको बुझिएको  छ । साभार: रातोपाटी ...