२०८२ चैत्र १३

राजनीति

ताप्लेजुङका विप्लव समूहका नेतालाई धरौटीमा छाड्न आदेश

ताप्लेजुङका विप्लव समूहका नेतालाई धरौटीमा छाड्न आदेश

देश, राजनीति, समाचार
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका ताप्लेजुङ जिल्ला समिति सदस्य सागर लिम्बु ‘सक्कल’लाई प्रहरीले पक्राउ गरेर अदालतमा उपस्थित गराएको छ । बिहिबार राती उनलाई पक्राउ गरेर अदालतमा उपस्थित गराइएको ताप्लेजुङका डिएसपी बालनरसिंह राणाले रातोपाटीलाई बताए । सरकारले २१ फागुनमा चन्द नेतृत्वको पार्टीमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्दै सवै मुद्दा खारेज गर्ने सहमति गरेको थियो । तर, ताप्लेजुङ प्रहरीले सो सहमती बिपरित विप्लवका नेतालाई पक्राउ गरेको छ । पुरानो मुद्दा बाँकी रहेको हुनाले उनलाई पक्राउ गरिएको डिएसपी राणाले बताएका छन् । Advertisement विष्फोटक पदार्थ सम्बन्धी मुद्दामा प्रतिवादी कायम गरिएका लिम्बुलाई जिल्ला अदालत ताप्लेजुङले धरौटीमा छाड्न आदेश गरेको छ । अदालतले १ लाख धरौटीमा उनलाई रिहा गर्न आदेश गरेको जिप्रका ताप्लेजुङका इन्स्पेक्टर मोहन पोखरेलले ब...
ओलीसँग जसपा सती पनि जाँदैन, फुट्दा पनि फुट्दैन : उपेन्द्र यादव

ओलीसँग जसपा सती पनि जाँदैन, फुट्दा पनि फुट्दैन : उपेन्द्र यादव

देश, राजनीति, समाचार
जनता समाजवादी पार्टी (जसपा) नेपाल का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै पनि हालतमा सत्ता साझेदारी नगर्ने बताएका छन् । प्रेस मञ्च नेपालले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले संविधानविराेधी, लोकतन्त्र र संघीयता बिरोधी, प्रतिगामी शक्तिसँग सत्ता साझेदारी गर्न, सती जान र लगनगाँठो कस्न नसकिने बताएका हुन् । उनले आफ्नो पार्टी नफुट्ने र कुनैपनि बहानामा केपी ओली र ओली प्रवृत्तिसँग साँठगाँठ नहुने प्रष्ट पारे । ‘अहिलेको ओली नेतृत्वको सरकार विस्थापित लोकतन्त्रको पक्षमा रहेका दलहरु मिलेर नयाँ सरकार गठन गरी निर्वाचनमा जानुपर्छ,’ उनले भने । उनले आफ्नो पार्टीले ओली सरकारलाई विस्थापित गर्न खोजेपनि अन्य दलहरुले निर्णय गर्न नसक्दा सो कुरा पूरा हुन नसकेको जिकिर गरे । संघीय लोकतान्त्रिक गणतन्त्र बलियो बनाउनका लागि अब नयाँ सरकार बनाउनुपर्...
माधव नेपालले ओलीलाई पठाए स्पष्टीकरणको जवाफी पत्र: तपाईंले पार्टीको नाम, चिन्ह र झण्डाको दुरुपयोग गर्नुभयो

माधव नेपालले ओलीलाई पठाए स्पष्टीकरणको जवाफी पत्र: तपाईंले पार्टीको नाम, चिन्ह र झण्डाको दुरुपयोग गर्नुभयो

देश, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीलाई नै स्पष्टीकरणको जवाफ दिएका छन् । नेता नेपालले आफुलाई सोधेको १० बुँदे स्पष्टीकरणको जवाफमा ओलीलाई नै प्रतिपश्न गरेका छन् । १३ बुँदामा नौ पेज लामो जवाफी प्रश्नमा नेता नेपालले पार्टी अध्यक्ष ओलीले नै विधान उल्लंघन गरेको र ओलीमाथि कारबाही गर्नुपर्ने जनाएका छन् । उनले आफु र प्रचण्डबीचको सम्बन्धलाई लिएर ओलीले गरेको प्रश्नमा ‘नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को विधान र नीति विपरित तपाईले उक्त प्रकार अनाधिकृत गतिविधि  गरेकोमा  त्यस्ता  गलत  कार्यलाई  रोक्न  पार्टीमा  संस्थागतरूपमा  भएका  काम  र  तपाई स्वयंको  हस्ताक्षरमा  कार्यकारी  अधिकार  प्राप्त  अर्का  अध्यक्ष  पुष्पकमल  दाहाल  ‘प्रचण्ड’  समेत संलग्न  कार्यक्रममा  मेरो  सहभागितालाई  कसैको  ‘मतियार’  भएको  देख्नु  तपाईको  व्यक्तिवादको अभिव्यक्ति  मा...
रासायनिक मल कारखाना खोल्छौं: प्रधानमन्त्री ओली

रासायनिक मल कारखाना खोल्छौं: प्रधानमन्त्री ओली

देश, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रासायनिक मल कारखाना खोल्ने बताएका छन् । बिहीबार पशुपंछीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गर्दै प्रधानमन्त्री ओलीले अब नेपालमा मल कारखाना पनि खोल्ने बताएका हुन् । विद्युतबाट सञ्चालन हुने मल कारखाना खोल्ने सम्बन्धमा छलफल भइरहेको उनले बताए । कृषि मन्त्रालयले मल उत्पादनका लागि किसानहरुलाई तालिम दिन जरुरी रहेको पनि बताए । Advertisement उनले भने, ‘नेपालमै मल कारखाना खोल्ने र एउटा सबभन्दा हामीलाई सजिलो हुने कुरा विद्युतबाट मल कारखाना, यस सम्बन्धमा छलफल भइरहेको छ । हामी महंगो पर्छ भने पनि केही छैन, एउटा प्रोजेक्ट नै डेडिकेटेड गरिदिन सक्छौँ मल कारखानाका लागि । प्रोजेक्ट नै डेडिकेटेड गरिदिएपछि त्यसमा नाफा, नोक्सान भन्ने कुरा भएन त्यो प्रोजेक्ट सञ्चालन गरेर मल कारखानाको लागि खपत गर्ने हो । कृषि मन्त्...
प्रचण्ड र माधव नेपालबीच कोटेश्वरमा भेटवार्ता

प्रचण्ड र माधव नेपालबीच कोटेश्वरमा भेटवार्ता

देश, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच छलफल भएको छ । सर्वोच्च अदालतद्वारा २३ फागुनमा भएको नेकपा खारेजीको फैसलाबारे पुनरावलोकनका सन्दर्भमा कोटेश्वरस्थित एक व्यवसायीको घरमा प्रचण्ड र नेपालबीच छलफल भएको हो ।  Advertisement स्रोतका अनुसार प्रचण्ड र नेपालबीच भेटवार्तामा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए । सर्वोच्चको फैसलाविरुद्ध माओवादी केन्द्रले न्यायिक पुनरावलोकनमा जाने निर्णय लिएपछि प्रचण्ड र नेपालबीच छलफल भएको बुझिएको  छ । साभार: रातोपाटी ...
सुनसरी पुगेर देउवाले भने : गच्छदारमाथि अन्याय भयो

सुनसरी पुगेर देउवाले भने : गच्छदारमाथि अन्याय भयो

देश, राजनीति, समाचार
१० चैत, विराटनगर । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले ललिता निवास जग्गा प्रकरणमा मुद्धा खेपिरहेको पूर्वमन्त्री विजयकुमार गच्छदारमाथि अन्याय भएको बताएका छन् । मंगलबार सुनसरीको धरान पुगेका देउवाले कांग्रेस उपसभापतिसमेत रहेका गच्छदारको पक्षमा सार्वजनिक मञ्चबाट बोलेका हुन् । सुनसरी गच्छदारको गृह जिल्ला हो । Advertisement ५६ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलनको दिवसको अवसरमा आयोजित प्रदेशस्तरीय अन्तर्क्रिया कार्यक्रममा देउवाले भने, ‘विजय गच्छदारजी हाम्रो पार्टीको ठूलो नेता हो, उहाँमाथि अन्याय भएको छ ।’ ‘हामी सबै उहाँको पक्षमा छौं, मलाई विश्वास छ । उहाँले न्याय पाउनुहुनेछ’ उनले अघि भने । सभापति देउवाले कर्मचारी र प्रहरीले कांग्रेसका कार्यकर्तालाई दःख दिइरहेको समेत आरोप लगाए । ‘उनीहरु जनताले तिरेको करबाट तलब खान्छन्,’ देउवाले भने, ‘कुन...
कम्युनिस्टहरु संसदीय व्यवस्था असफल बनाउने षडयन्त्रमा लागे : नैनसिंह महर

कम्युनिस्टहरु संसदीय व्यवस्था असफल बनाउने षडयन्त्रमा लागे : नैनसिंह महर

देश, राजनीति, समाचार
१० चैत, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले नेपालका कम्युनिस्टहरु संसदीय व्यवस्था नै असफल पार्ने षडयन्त्रमा लागेको आरोप लगाएका छन् । स्कुल अफ डेमोक्रेसी (एसओडी) विराटनगरले मंगलबार आयोजना गरेको एक कार्यक्रममा प्रमुख वक्ताको रुपमा बोल्दैँ नेता महरले सभामुखले आफ्नो ड्युटी पूरा नगर्ने, सरकारले पनि संसदलाई बिजनेस नदिएर कम्युनिस्टहरुले संसदलाई बन्धक बनाएको आरोप लगाएका हुन् । Advertisement ‘संसदलाई खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलोको रुपमा चित्रण गर्ने कम्युनिस्टहरुले जनतामा वितृष्णा फैलाउन खोजेका छन्,’ महरले भने,’जनताको ठूलो त्याग र बलिदानबाट प्राप्त यो व्यवस्था र प्रजातन्त्रमाथि नै गम्भीर प्रश्न चिह्न खडा गर्न खोजेका छन् कम्यनिस्ट नामधारीहरुले ।’ स्कुल अफ डेमोक्रेसीका केन्द्रीय अध्यक्षसमेत रहेक...
संगठन विभाग प्रमुख श्रेष्ठसँग सुनिल थापा समूहले गर्‍यो परामर्श

संगठन विभाग प्रमुख श्रेष्ठसँग सुनिल थापा समूहले गर्‍यो परामर्श

देश, राजनीति, समाचार
काठमाडौं । नेपाली काँग्रेसका संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठसँग सहमहामन्त्री सुनिल थापा समूहले भेटवार्ता गरेको छ । काँग्रेस पार्टी कार्यालयमा रहेको संगठन विभागको कक्षमा विभाग प्रमुख श्रेष्ठसँग उनीहरुले भेटवार्ता गरेको थिए ।  गत साउनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरी काँग्रेस प्रवेश गरेपछि पहिलो पटक थापा समूहले श्रेष्ठसँग भेटवार्ता गरेको हो । भेटवार्तामा पार्टी संगठन विस्तारबारे छलफल भएको थियो । त्यसमा थापा समूहको पनि ठूलो योगदान रहने श्रेष्ठले विश्वास व्यक्त गरेका थिए । Advertisement थापालाई श्रेष्ठले राप्रपाका अन्य नेता कार्यकर्तालाई पनि काँग्रेसमा ल्याउन पहल गर्ने आग्रह गरेका थिए । यस्तै उनले नवप्रवेशीलाई पार्टीभित्र कुनै विभेद पनि नहुने र नगरिने विश्वास दिलाए । पार्टीलाई सांगठनिक रुपमा बलियो बनाएर आगामी निर्वाचनबाट पह...
शीर्ष नेतालाई क्रियाशील छानविन समितिको ब्रिफिङ : आजसम्म क्रियाशील सदस्यता आधा पनि भएन इन्ट्री

शीर्ष नेतालाई क्रियाशील छानविन समितिको ब्रिफिङ : आजसम्म क्रियाशील सदस्यता आधा पनि भएन इन्ट्री

देश, राजनीति, समाचार
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीसँग पार्टीको क्रियाशील छानविन समितिले परामर्श गरेको छ । ​सोमबार अपराह्न ४ बजेबाट सुरु भइ साँझ साढे ६ बजेसम्म क्रियाशील सदस्यताको सन्दर्भमा छलफल भएको केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिए । क्रियाशील छानविन समितिका संयोजक समेत रहेका लेखकले भने, ‘आजको बैठकमा पार्टीको क्रियाशील सदस्यताबारे प्रारम्भिक छलफल भयो ।’ आज अनौपचारिक बैठक नभएकाले अन्य विषयमा छलफल नभएको बुझिएको छ । क्रियाशील सदस्यता वितरण र नवीकरणको काम कार्यतालिका अनुसार हुन नसकेपछि अब कसरी अगाडि बढ्ने भन्नेबारे छानविन समितिले शीर्षस्थ नेतासँग परामर्श गरेको हो ।  Advertisement बैठकमा क्रियाशिल सदस्यता छानविन समितिले क्रियाशिल सदस्यताको व्यवस्थापनको सम्बन्धमा भएको प्रगति, कमिकमजोरी लगायतबारे जानकारी गराएको थियो । ...
झा दम्पती प्रकरणमा ४ जनालाई प्रहरीले गरे सार्वजनिक

झा दम्पती प्रकरणमा ४ जनालाई प्रहरीले गरे सार्वजनिक

देश, राजनीति, समाचार
जनकपुर । झा दम्पती प्रकरणमा महोत्तरी प्रहरीले ४ जना अभियुक्तलाई सार्वजनिक गरेको छ । महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ५ स्थित सहोडवाबाट बेपत्ता पारिएका झा दम्पती घटनामा एक महिनापछि प्रहरीले ४ जना अभियुक्तलाई सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीले आइतबार पत्रकार सम्मेलन गर्दै झा दम्पतीको अपहरणमा संलग्न रहेको आरोपमा ४ जना अभियुक्तलाई सार्वजनिक गरेको छ । Advertisement प्रहरीले झा दम्पती अपहरणमा संलग्न रहेको आरोपमा पिपरा गाउँपालिका वडा नम्बर ५ स्थित सहोडवा बस्ने ५२ वर्षीय रामबाबु यादव, उनका छोरा २६ वर्षीय सुरेन्द्र यादव, कान्छो छोरो २४ वर्षीय राजेन्द्र यादव र भारत मधुवनी जिल्ला मधवापुरका ५० वर्षीय हरेन्द्र ठाकुरलाई प्रहरीले सार्वजनिक गरेको छ । महोत्तरी प्रहरीले झा दम्पति बेपत्ता भएको सार्वजनिक गर्न नसकेपछि सिआइबीले अनुसन्धान ...