२०८२ पुष ७

महासंघको चुनावमा अध्यक्षमा हार ब्यहोरेका बुढाथोकीले सार्वजनिक गरे खर्च विवरण

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचनमा अध्यक्ष पदमा निर्वाचित हुन असफल भएका पत्रकार गजेन्द्र बुढाथोकीले चुनाव खर्च विवरण सार्वजनिक गरेका छन् । शुक्रबार आफ्नो फेसबुक पेजमार्फत उनले चुनावका लागि प्राप्त चन्दा सहयोग, त्यसबाट भएको खर्च र बचेको पैसामा थप गरेर स्पाइनल इन्जरी भएका बालबालिकालाई सहयोगको घोषणा गरेका छन् । 


Advertisement


यस्तो छ उनको आम्दानी र खर्च विवरण

उनले नेपाल पत्रकार महासंघको अध्यक्षमा उम्मेदवारी दिँदा साथीहरुले रु १ सय रुपैयाँका दरले दिएको रकम ४२ हजार रुपैयाँ प्राप्त भएको उल्लेख गरेका छन् ।  उम्मेदवारी शुल्कका लागि १० हजार रुपैयाँ खर्च भएको जनाएका छन् । ट्याक्सी भाडा र स्टेशनरी लगायतमा ३६ हजार ४ सय खर्च भएको जानकारी दिएका छन् । 

उनले लेखेका छन्– ‘जतिसुकै किफायती गर्दा पनि मेरो शारीरिक अवस्थाका कारण ट्याक्सी रिजर्भमा लिनुपर्दा भाडा, डाइपर, स्टेशनरी, खाजारपानी तथा सञ्चार गरि कुल खर्च ३६४०० भएको छ, बचेको पैसा रु ५ हजार ८ सय रहेको छ । यसपूर्व मैले गरेको प्रतिबद्धताअनुसार बचेको रकममा केही आफ्नातर्फबाट थपेर स्पाइनल इन्जरी नेटवर्कमा रहेका १५ जना स्पाइनल इन्जरी भएका बच्चाहरुको किताब कापीका लागि १५ हजार रुपैयाँ दिँदैछु ।’ 

राजनीतिक दल निकट पत्रकार संगठनका प्यानलबाट उठेका उमेदवारविरुद्ध पत्रकार बुढाथोकीले अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । 

साभार: रातोपाटी

Copy link
Powered by Social Snap