रक्षा मन्त्रालयमा कांग्रेसका मन्त्रीहरूले गरे २ विषयमा छलफल
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा नेपाली कांग्रेसबाट सहभागी भएका मन्त्रीहरू मंगलबार छलफलमा जुटे।
उपप्रधान, रक्षामन्त्रीसमेत रहेका कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पार्टीबाट सरकारमा सहभागी भएका सबै मन्त्रीलाई छलफलमा निम्त्याएका थिए।
अर्थमन्त्री प्रकाशशरण महतबाहेक अरू मन्त्रीहरू छलफलमा सहभागी रहे। अर्थमन्त्री महत क्यानडामा छन्। दाहाल नेतृत्वको सरकारमा कांग्रेसका ९ मन्त्री छन्।
उपसभापति खड्का नेतृत्वमा २०७९ चैतमा कांग्रेस दाहाल नेतृत्वको सरकारमा सहभागी भएको थियो।
खड्काले पार्टीका मन्त्रीहरूलाई छलफलमा बोलाउनुका केही कारण छन्।
पहिलो हो- मन्त्रीहरूका कामकारबाही प्रभावकारी भएन भन्ने गुनासो पार्टीभित्रैबाट उठ्नु।
दोस्रो, सरकारले ल्याएका संघीय शिक्षा, संघीय निजामतीलगायत विधेयकमा कांग्रेसकै मन्त्रीहरूबाटै फरक धारणा आइरहनु।
...









