२०८२ पुष ५

राजनीति

राष्ट्रियसभा अध्यक्षले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

राष्ट्रियसभा अध्यक्षले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

राजनीति
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बैठकमा राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरू सहभागी हुनेछन् ।  बैठक संसद्को जारी गतिरोध अन्त्यका विषयमा केन्द्रित हुने बताइएको छ । दिउँसो १ बजे अध्यक्ष तिमिल्सिनाको कार्यकक्ष सिंहदरबारमा बैठक बस्नेछ ।  राष्ट्रियसभाको बैठक भदौ ५ गते (भोलि) दिउँसो १ बजेका लागि बोलाइएको छ ।  ...
समाजवादी मोर्चाले भदौ ८ देखि प्रदेशस्तरमा घोषणासभा गर्ने

समाजवादी मोर्चाले भदौ ८ देखि प्रदेशस्तरमा घोषणासभा गर्ने

राजनीति
काठमाडौं । चारदलीय समाजवादी मोर्चाले प्रदेशस्तरमा घोषणासभाको आयोजना गर्ने भएको छ । सोमबार बिहान नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकबाट यही भदौ ८ गतेदेखि प्रदेशस्तरमा घोषणासभा गर्ने निर्णय गरिएको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले बैठकमा समाजवादी मोर्चाको कामलाई प्रभावकारी बनाएर लैजाने बारेमा छलफल भएको बताए । भ्रष्टाचारविरोधी आन्दोलनलाई समर्थन गर्ने निर्णय भएको उनले जानकारी दिए । “छलफल राम्रो भयो । तरंगमय वातावरणमा मोर्चा घोषणा भएको थियो । समय लम्बिँदा बाहिर के हो, के हो ? भन्ने थियो,” उनले भने, “हामीले ८ गतेदेखि प्रदेशस्तरको घोषणासभा गर्ने निर्णय गरेका छौँ । भ्रष्टाचारविरोधी आन्दोलनलाई समर्थन गर्ने निर्णय भएको छ ।” यस्तै, एकीकृत समाजवादीका नेता प्रमेश हमालले भदौ...
उपसभामुख काठमाडौं उडेपछि कोशीमा सत्ता गठनबन्धनको आकस्मिक बैठक

उपसभामुख काठमाडौं उडेपछि कोशीमा सत्ता गठनबन्धनको आकस्मिक बैठक

राजनीति
कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवार काठमाडौं उडेपछी विराटनगरमा सत्ता गठबन्धनको आकस्मिक बैठक बसेको छ। बिहान ८ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर उपसभामुख दनुवार ८ बजेकै यति एअरलाइन्सको फ्लाइटबाट काठमाडौं उडेपछि मुख्यमन्त्री उद्धव थापासहित गठबन्धनका नेताहरूको आकस्मिक बैठक बसेको हो। बैठक विराटनगरको एक होटलमा बसिरहेको छ। मुख्यमन्त्री थापाले आज विश्वासको मत लिने कार्यसूची थियो। उनलाई विश्वासको मत पुग्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भरमग्दुर प्रयास गरिरहेको छ। उपसभामुखको अनुपस्थितिमा प्रदेश सभा बैठक चलाउने जिम्मा ज्येष्ठ सदस्यलाई रहने भएपनि एमालेका सात ज्येष्ठ सदस्यहरूले यसअघि नै बिदा लिइसकेका छन्। प्रदेशसभाको बैठक अनिश्चित बनेपछि सत्ता गठबन्धन छलफलमा जुटेका हुन्।  ...
समाजवादी मोर्चाको बैठक जारी

समाजवादी मोर्चाको बैठक जारी

राजनीति
समाजवादी मोर्चाको बैठक जारी छ। नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ८ बजेपछि बैठक सुरू भएको हो। यसअघि बैठक आइतबारका लागि तय भएको थियो । तर मोर्चाको घटक एकीकृत समाजवादीको पोलिटब्युरो बैठक चलिरहेकाले बैठक आज बिहानका लागि सारिएको थियो। बैठकमा सदनको गतिरोध, सातै प्रदेशमा मोर्चाले गर्ने भनिएको कार्यक्रमलगायतका विषयमा छलफल हुने बताइएको छ। मोर्चाको गत असार ३० गते बसेको बैठकले ४–४ महिनामा नेतृत्व फेरिने, मोर्चाको सदस्य सचिव एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल रहने निर्णय गरेको थियो। अहिले मोर्चाको संयोजक एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रहेका छन्। नेपाली मौलिकता सहितको समाजवाद स्थापना गर्ने र नेपालको संविधानको रक्षा, कार्यान्वयन र विकास गर्ने, विभेदरहित समाज स्थापना गर्ने लक्ष्यसहित गत असार ४ गते समाजवादी मोर्चा घोषणा गरिएको ...
सदनको अवरोध खुलाउन प्रधानमन्त्रीले पुनः बोलाए शीर्ष नेताको बैठक

सदनको अवरोध खुलाउन प्रधानमन्त्रीले पुनः बोलाए शीर्ष नेताको बैठक

राजनीति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शीर्ष नेताको बैठक बोलाएका छन् । संसद्‌मा जारी अवरोधका विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले अपराह्न ४ बजेका लागि शीर्ष नेताको बैठक बोलाएका हुन् ।  प्रधानमन्त्रीले हिजो बोलाएको सर्वदलीय बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका थिए । ओली उपस्थित नभएपछि आज पुनः बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।  साउन १० गतेयता प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसद् अवरोध गर्दै आएको छ । ब्रेक–सु मा राखेर भित्र्याइएको ६० किलो सुन प्रकरणमा एमालेले उच्चस्तरीय छानबिन समितिमार्फत अनुसन्धान हुनुपर्ने अडान राख्दै आएको छ । त्यसमा सरकारले असहमति राख्दै नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखा सीआईबीमार्फत नै अनुसन्धान अघि बढाउने भन्दै राज्यका निकायमाथि अविश्वास नगर्न गृहन्त्रीले आग्रह गरेका छन् । ...
प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको सुनुवाइ आज हुँदै

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको सुनुवाइ आज हुँदै

राजनीति
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई संसदीय सुनुवाइ समितिले आज छलफलका लागि बोलाएको छ ।  समितिले आजै श्रेष्ठविरुद्ध उजुरी दिएका उजुरीकर्तासँग छलफल गर्दै छ ।  उजुरीकर्तासँग बिहान साढे १० बजे र प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठसँग साढे ११ बजे छलफल गर्ने समय तोकिएको छ । श्रेष्ठविरुद्ध इमेलबाट तीनवटा उजुरी परेका छन् ।  आइतबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा उनीविरुद्धका उजुरी खोलिएको थियो ।  गएको साउन २४ गते समितिले उनीविरुद्ध उजुरी आह्वान गरेको थियो । त्यसअघि, साउन १८ गते बसेको संवैधानिक परिषद्को बैठकबाट सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरिएको थियो । समितिले संसदीय सुनुवाइ प्रक्रिया पूरा गरी नाम अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने व्यवस्...
मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै

मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै

राजनीति
विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज विश्वासको मत लिने भएका छन् । साउन १६ गते थापा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नेपाली कांग्रेसका थापालाई गठबन्धन दलको साथ छ । उनले यही भदौ १४ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक बाध्यता छ । विश्वासको मत लिन थापाले शुक्रबार कोसी प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराएका थिए । गठबन्धनसँग ठिक्क बहुमत पुग्ने ४७ सांसद संख्या छ । तर, सभा सञ्चालन गर्न उपसभामुख अनुपस्थित भए के गर्ने भन्नेमा गठबन्धनमा अन्योल देखिएको छ । ...
वक्ता बाहेकलाई मञ्चमा नलैजाने एमाले निर्णय लुम्बिनीबाट कार्यान्वयन हुन्छ: सचिव अर्याल

वक्ता बाहेकलाई मञ्चमा नलैजाने एमाले निर्णय लुम्बिनीबाट कार्यान्वयन हुन्छ: सचिव अर्याल

राजनीति
नेकपा (एमाले) की सचिव पद्मा अर्यालले कार्यक्रमको मञ्चमा वक्ताबाहेकलाई अतिथि आसन ग्रहण नगराउने पार्टीको निर्णय लुम्बिनी प्रदेशको अधिवेशनबाट कार्यान्वयनमा जाने बताएकी छन्। एमाले लुम्बिनी प्रदेशका इन्चार्जसमेत रहेकी अर्यालले प्रदेश अधिवेशनमा पार्टी अध्यक्ष केपी ओलीसहित आधा दर्जनभन्दा बढी पदाधिकारी सहभागी हुने भए पनि पदाधिकारी सबैको आसन मञ्चमा नभई प्रतिनिधिको लहरमै रहने बताएकी हुन्। ‘पार्टीको लुम्बिनी प्रदेश अधिवेशनमा अध्यक्ष केपी ओलीसहित आधा दर्जनभन्दा बढी पदाधिकारी सहभागी हुनुहुन्छ तर उहाँहरू सबै प्रतिनिधिकै लहरमा बस्नुहुन्छ,’ अर्यालले भनिन्। एमालेले अब हरेक कार्यक्रममा आसन ग्रहण नगराउने र वक्तालाई मात्र मञ्चमा उपस्थित गराउने निर्णय गरिसकेको र यो निर्णयको कार्यान्वयन लुम्बिनीबाटै हुने उनले उल्लेख गरिन्। अन्य प्रदेशभन्दा पहिले हुन लागेको लुम्बिनी प्रदेशको अधिवेशनले सिंगो प...
रवि लामिछानेले भेटे राष्ट्रपति पौडेल 

रवि लामिछानेले भेटे राष्ट्रपति पौडेल 

राजनीति
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । आइतबार बेलुका राष्ट्रपति निवास शीतलनिवासमा भेटवार्ता भएको थियो । राष्ट्रपति पौडेलले संसद्को गतिरोध अन्त्यका लागि राजनीतिक दलका नेताहरुसँग पछिल्ला दिनमा छलफल गर्दै आएका छन् । यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि कुराकानी गरेका थिए ।  पौडेलले मंगलबार बिहान साढे ८ बजे संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधि बोलाएका छन् । ...
हामी भ्रष्टाचार विरोधी हौँ, एकीकृत समाजवादीको महत्त्व झन् बढ्दै छ : माधव नेपाल

हामी भ्रष्टाचार विरोधी हौँ, एकीकृत समाजवादीको महत्त्व झन् बढ्दै छ : माधव नेपाल

राजनीति
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले आफूहरू सधैँ भ्रष्टाचारको विरुद्धमा रहेको बताएका छन् । आजदेखि सुरु भएको पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले सरकारलाई पनि भ्रष्टाचारविरोधी अभियानलाई निरन्तर अगाडि बढाउन आग्रह गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । अध्यक्ष नेपालले पार्टी अगाडि बढ्न कम्मर कसेर लागेको बताएका छन् । उनले एकीकृत समाजवादीको महत्त्व दिन प्रतिदिन बढिरहेको पनि दाबी गरे । "नेकपा (एकीकृत समाजवादी) समयको माग हो । यसको महत्त्व दिनदिनै बढिरहेको छ । यो नै कम्युनिस्ट विचारधाराभित्रको उत्तम विकल्प हो । पार्टी सधैँ राष्ट्रियताको रक्षा र सम्बर्धन गर्न जनजीविकाका लागि संघर्ष गर्न समाजवादको धेय पूरा गर्न र जनतालाई सुशासन  प्रदान गर्न लागि नै रहने छ," नेपालको भनाइ उद्धृत गर्दै खतिवडाले भने । आज पहिलो दिन २६ जनाले धारणा राखेका छन् । बैठक...