२०८२ पुष ५

राजनीति

लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ : प्रधानमन्त्री

लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ : प्रधानमन्त्री

राजनीति
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ भन्ने पक्षमा आफू रहेको बताएका छन् । आइतबार १७औं राष्ट्रिय सूचना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री दाहालले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नबाट रोक्न आयोगका सचिव फेरेको भ्रम फैलाइएको भन्दै आफूले सचिव नफेरिएको बताए । उनले आफू प्रधानमन्त्री भएयता सूचनाको हकबारे धेरै कामहरू गरेको उल्लेख गरे । प्रधानमन्त्री दाहालले सार्वजनिक ओहोदामा रहेका हरेक व्यक्तिको सम्पत्तिसहितका व्यक्तिगत विवरण गोप्य राख्ने प्रचलन हटाउन पनि कानुनी व्यवस्था गर्न जरूरी रहेको बताए । उनले सार्वजनिक निकायमा घुस, ढिलासुस्ती, गलत निर्णय, अपारदर्शी व्यवहारजस्ता विषयमा सूचना दिन उत्प्रेरित गर्न सूचनाको साक्षी संरक्षणसम्बन्धी कानुनी व्यवस्था गर्न जरूरी भइसकेको उल्ले...
प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, संसद्को गतिरोध अन्त्यबारे छलफल हुने

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, संसद्को गतिरोध अन्त्यबारे छलफल हुने

राजनीति
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वदलीय बैठक बोलाएका छन् । संसद्को गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री दाहालले सर्वदलीय बैठक बोलाएका हुन् । आइतबार मध्याह्न साढे १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संसद्‌मा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यताप्राप्त दलका शीर्ष नेताहरुसँग छलफल गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्री दाहालले अवरुद्ध संसद् खुलाउने विषयमा राष्ट्रिय मान्यताप्राप्त दलहरुसँग छलफलका लागि आह्वान गरेको जानकारी दिए । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले साउन १० गतेदेखि संसद् अवरुद्ध गर्दै आएको छ । त्यसयता संसद्का दुवै सदन चल्न सकेका छैनन् । प्रधानमन्त्री दाहालले शनिबार मात्रै पन...
मुख्यमन्त्री थापाले भोलि विश्वासको मत लिँदै, १० करोड ‘अफरको अनैतिक हल्ला चलाइयो’ 

मुख्यमन्त्री थापाले भोलि विश्वासको मत लिँदै, १० करोड ‘अफरको अनैतिक हल्ला चलाइयो’ 

राजनीति
विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भोलि (सोमबार) विश्वासको मत लिने भएका छन् । गएको साउन १६ गते थापा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । नेपाली कांग्रेसका थापालाई गठबन्धन दलको साथ छ । उनले यही भदौ १४ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक बाध्यता छ । आज (आइतबार) विश्वासको मत लिन थापाले शुक्रबार कोसी प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराएका थिए । तर, उपसभामुख सिर्जना दनुवारले सोमबारका लागि समय तोकिदिएकी थिइन् । गठबन्धनसँग ठिक्क बहुमत पुग्ने ४७ सांसद संख्या छ । तर, सभा सञ्चालन गर्न उपसभामुख अनुपस्थित भए के गर्ने भन्नेमा गठबन्धनमा अन्योल देखिएको छ । उपसभामुख दनुवार बैठकमा अनुपस्थित हुने भन्ने कुरा आफूहरूले कल्पना नगरेको कोसी प्रदेशसभामा कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्की बताउँछन् । “उहाँ उपसभामुखज्यूले नै विश्वासको मत लिने समय तोक्नुभएकोले अन...
सदनको अवरोध हटाउन सभामुखले पाँच दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै

सदनको अवरोध हटाउन सभामुखले पाँच दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै

राजनीति
सदनको अवरोध हटाउन सभामुख देवराज घिमिरेले पहल थालेका छन्। सभामुख घिमिरेले आइतबार बिहान ११ बजे सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा प्रमुख सचेतकहरूसँग छलफल गर्न लागेको उनका सञ्चार सल्लाहकार शेखर अधिकारीले जानकारी दिए। छलफलका लागि सत्ता साझेदार नेपाली कांग्रेस, माओवादी केन्द्र, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रमुख सचेतकलाई बोलाइएको छ। त्यस्तै विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका पार्टीका प्रमुख सचेतकलाई पनि बोलाइएको सभामुखका प्रेस सल्लाहकार अधिकारीले जानकारी दिए। सदन खुलाउन सभामुखले गरेको यो छैठौं प्रयास हो। शुक्रबार बिहान साढे ९ बजे सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि छलफल गरेका थिए। प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी दलका नेतासँग आफूले कुरा गर्ने बताएका थिए। गत साउन २ गते त्रिभुवन विमानस्थलअग...
नागरिकले सूचनाको हकको व्यापक प्रयोग गर्न पाएका छैनन्: प्रधानमन्त्री

नागरिकले सूचनाको हकको व्यापक प्रयोग गर्न पाएका छैनन्: प्रधानमन्त्री

राजनीति
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  सूचनाको हकसम्बन्धी कानुन निर्माण भएको १६ वर्ष पूरा भएपनि नागरिकले यसको व्यापक प्रयोग गर्न नपाएको बताएका छन्। १७ औं राष्ट्रिय सूचना दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले लोकतान्त्रिक व्यवस्थामा सूचनाको अधिकार सुनिश्चित गरिनुको अर्थ हरेक सार्वजनिक निकायका काम कारबाहीमा नागरिकको निगरानी, हस्तक्षेप र खबरदारी बढाउनु भएपनि त्यसो हुन नसकेको बताएका हुन्। ‘यति लामो समय हुँदा पनि नागरिकले जुन रूपमा यो अधिकारको व्यापक प्रयोग गर्नुपर्ने हो त्यसो हुन सकिरहेको छैन,’ शुभकामना सन्देशमा प्रधानमन्त्रीले भनेका छन्। वास्तविक लोकतन्त्रको अभ्यास गर्नेहरूले सूचना नलुकाउने बरु कोही माग्न नआए पनि कानून बमोजिम गोप्य राख्नैपर्ने सूचनाबाहेक सबै प्रकारका सार्वजनिक सूचना नियमित रूपमा सार्वजनिक गर्नुपर्ने प्रधानमन्त्रीले बताए। ‘राष्...
सभामुखले बोलाए प्रमुख सचेतकहरुको बैठक 

सभामुखले बोलाए प्रमुख सचेतकहरुको बैठक 

राजनीति
काठमाडौं । सभामुख देवराज घिमिरले सदनको अवरोध हटाउने विषयमा छलफल गर्न प्रमुख सचेतकहरुको बैठक बोलाएका छन् । अहिले ११ बजे उनले सिंहदरबारस्थित आफ्नै सचिवालयमा बैठक बोलाएका हुन् । सत्तापक्ष र प्रतिपक्षमा रहेका पाँच राजनीतिक दलका प्रमुख सचेतकहरुलाई छलफलमा बोलाएका हुन् । साउन १० गतेदेखि अवरुद्ध भएको सदन अझै सुचारु हुन सकेको छैन । ...
समाजवादी मोर्चाको बैठक बस्दै

समाजवादी मोर्चाको बैठक बस्दै

राजनीति
काठमाडौं । चारदलीय समाजवादी मोर्चाको बैठक आज बस्ने भएको छ । काठमाडौंको आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा बैठक बस्नेछ । साँझ ६ बजे समाजवादी मोर्चाको बैठक बस्ने एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । पछिल्लो समय उक्त मोर्चा निष्क्रियजस्तै देखिएको छ । मोर्चामा नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आबद्ध छन् । ...
सदनको गतिरोध अन्त्य गर्ने जिम्मा कसको ?

सदनको गतिरोध अन्त्य गर्ने जिम्मा कसको ?

देश, राजनीति, समाचार
काठमाडौं । प्रमुख विपक्षी दल एमालेले साउन महिनाभर संसद्मा निरन्तर गतिरोध राख्यो । उसको माग पूरा नभएको हुँदा भदौमा पनि संसद् बन्धक बन्ने सम्भावना बढेको छ । सुन–काण्डको छानबिन गर्न उच्चस्तरीय आयोग बनाइनुपर्ने माग राखी एमालेले निरन्तर संसद् अवरोध जारी राखेको छ । प्रतिनिधिसभाका बैठक साउन १० गतेदेखि लगातार अवरुद्ध छ । सभामुख देवराज घिमिरेले भदौ ३ गतेका लागि प्रतिनिधिसभाको अर्को बैठक डाकेका छन् । गत साउन २९ मा प्रमुख प्रतिपक्षी एमालेको अवरोधका कारण स्थगित भएको थियो । संसद् लगातार अवरोधमा परेपछि चासो देखाउँदै राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई सितल निवासमा डाकी छलफल गरेका थिए । त्यसक्रममा सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सदनको अवरोध हटाउने भूमिकाका लागि राष्ट्रपति पौडेलसँग आग्रह गरेका थिए । उनीहरुको अनुरोधप...
नेकपा (एकीकृत समाजवादी)को पोलिटब्यूरो बैठक बस्दै

नेकपा (एकीकृत समाजवादी)को पोलिटब्यूरो बैठक बस्दै

राजनीति
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को पोलिटब्यूरो बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा आज दिउँसो बस्ने सो बैठकमा पार्टीको आसन्न केन्द्रीय कमिटी बैठकको लागि कार्यसूची तय गर्नेलगायत विभिन्न विषयमा छलफल हुनेछ ।  महासचिव घनश्याम भुसालल बैठकमा पार्टीले अवलम्बन गर्ने वैचारिक दृष्टिकोण, जनताको बहुदलीय जनवादको सान्दर्भिकता, पार्टीको संरचना र सामथ्र्य विस्तारका लागि आवश्यक रणनीति, संगठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना, समसामयिक परिस्थिति र राजनीतिक प्रतिवेदनलगायत विविध विषयमा छलफल हुने  जानकारी दिए । उनले बैठकमा सबै जनवर्गीय संगठनको कार्यसम्पादनको समीक्षा, पछिल्लो समयमा विकसित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रमको विश्लेषण, आसन्न केन्द्रीय कमिटी बैठक र पार्टीको महाधिवेशनको निर्णय गर्ने विषयमा छलफल गरिने बताए । समाजवादी अर्थ व्यवस्...
सामुदायिक विद्युतीकरणलाई थप विस्तार गर्छौं: मन्त्री बस्नेत

सामुदायिक विद्युतीकरणलाई थप विस्तार गर्छौं: मन्त्री बस्नेत

राजनीति
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकार सामुदायिक ग्रामीण विद्युतीकरण अभियानलाई थप व्यवस्थित गर्न तयार रहेको बताएका छन‍्।  शनिबार दक्षिण ललितपुर ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडमार्फत विद्युतीकरणको १९औं वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा उनले जनतालाई विकास अभियानको साझेदार बनाउने पद्धतिलाई थप विस्तार गरिने विश्वास दिलाए। ‘सरकारले सामुदायिक ग्रामीण विद्युतीकरण अभियानलाई साथ दिन्छ, संविधानले सार्वजनिक–निजी साझेदारीका साथै नागरिकको सहभागितामा गरिने विकासको अवधारणालाई प्रवर्द्धन गरेको छ। विद्युत् सहकारीले गरिरहेको कामलाई हामी राज्यकै हिस्साका रूपमा बुझ्छौं’, उनले भने, ‘विकासमा जनताको सहभागिता र अपनत्व, प्रतिफलमा साझेदारी सुनिश्चित हुनुपर्छ। हामीले यसलाई अझ बढी महत्त्व दिनुपर्छ।’ मन्त्री बस्नेतले सामुदायिक विद्युतीकरणको महत्त्वपूर्ण भाग स...