२०८२ पुष ७

राजनीति

झलनाथ खनालको उपचारमा यथेष्ठ ध्यान दिन माधव नेपालको आग्रह

झलनाथ खनालको उपचारमा यथेष्ठ ध्यान दिन माधव नेपालको आग्रह

देश, राजनीति, समाचार
१९ वैशाख, काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचारमा यथेष्ठ ध्यान दिन सम्बद्ध पक्षसँग आग्रह गरेका छन् । Advertisement खनालको स्वास्थ्य लाभको कामना गर्दै नेता नेपालले उपचारमा आवश्यक ध्यान दिन आग्रह गरेका हुन् । ‘उहाँको उपचारमा यथेष्ठ ध्यान दिन सम्बद्ध सबैको ध्यानाकर्षण समेत गराउँछु’, नेता नेपालले सामाजिक सञ्जालमा लेखेका छन् । कोरोना संक्रमण भएपछि पूर्वप्रधानमन्त्री खनाल नर्भिक अस्पतालमा उपचारत छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको पारिवारिक श्रोतले जनाएको छ । पखाला लागेपछि मनमोहन अस्पतालमा भर्ना भएका खनाललाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि शनिबार साँझ नर्भिक अस्पतालमा भर्ना गरिएको छ । Credit: OnlineKhabar ...
विप्लवका दाइ वीरजंग धरौटी बुझाएर छुटे

विप्लवका दाइ वीरजंग धरौटी बुझाएर छुटे

देश, राजनीति, समाचार
१७ वैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका दाइ चन्द्रबहादुर चन्द वीरजंग थुनामुक्त भएका छन् । जिल्ला कारागार, चितवनमा बसिरहेका जिल्ला अदालत, नवलपरासीमा धरौटी बुझाएर उनी छुटेका हुन् । चन्दलाई जिल्ला अदालत नवलपरासीले २२ भदौ २०७७ मा २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । तर, उनी धरौटी नबुझाइ जेलमा बसिरहेका थिए । Advertisement स्वास्थ्यमा समस्या भएपछि उनलाई उपचारका लागि चितवन लगिएको थियो । चन्द्रबहादुर पक्राउ पर्नुअघि पार्टीको मध्यकमाण्ड इञ्चार्ज थिए । विप्लव समूह हिंसा त्यागेर मूलधारको राजनीतिमा आएसँगै सरकारले सबैको मुद्दा फिर्ता लिने समझदारी गरेको थियो । त्यसपछि पार्टीले थुनामा रहेका सबै कार्यकर्ताहरु नछुटेसम्म धरौटी माग भएका नेताहरु पनि ननिस्किने नीति लिँदै आएको थियो । तर, सहमति कार्यान्वयन नभएपछि धरौटी बुझा...
सरकारले ‘संघीयता खारेज गरें’ भन्यो भने अनौठो नमाने हुन्छ : देव गुरुङ

सरकारले ‘संघीयता खारेज गरें’ भन्यो भने अनौठो नमाने हुन्छ : देव गुरुङ

देश, राजनीति, समाचार
१९ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले वर्तमान सरकारले संघीयता, धर्मनिरपेक्षता, समानुपातिक–समावेशिता नै खारेजीको घोषणा गरे पनि अनौठो मान्नु नपर्ने टिप्पणी गरेका छन् । नोबेल कोरोनाभfइरस (कोभिड–१९) को महामारी रोकथामका नाममा जारी भएको निषेधाज्ञा पनि संकटकालपूर्वको ट्रायल हुनसक्ने उनको गम्भीर आशंका छ । Advertisement ‘संघीय संसदको बजेट अधिवेशन शुरु गर्ने बेला भयो, सरकारले परामर्श लिएको छ कि छैन ?’ भनेर गरिएको प्रश्नमा नेता गुरुङले सरकारप्रति यस्तो तीखो टिप्पणी गरेका हुन् । संविधान, कानून, राजनीतिक मूल्यमान्यता सबै वर्तमान सरकारले लत्याउँदै हिंडेका कारण आफूहरुको खबरदारीले कुनै काम नगरेको, अर्थ नराखेको उनको गुनासो छ ।बजेट अधिवेशन बोलाउने बेला त भयो, तर बोलाउने/नबोलाउने सरकारको कुरा हो । बरु संकटकाल लगाए अधिवेशन बोलाउनु पर...
महान्यायाधिवक्ता भन्छन् : रेशम चौधरीको मुद्धा यथास्थितिमा फिर्ता हुँदैन

महान्यायाधिवक्ता भन्छन् : रेशम चौधरीको मुद्धा यथास्थितिमा फिर्ता हुँदैन

देश, राजनीति, समाचार
१५ वैशाख, काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले रेशम चौधरीको मुद्धा यथास्थितिमा फिर्ता हुन नसक्ने बताएका छन् । वैशाख १३ गते बसेको मन्त्रिपरिषद बैठकले सरकारले जनता समाजवादी पार्टी (जसपा) का १२० जना नेता/कार्यकर्तामाथि लागेका मुद्धा फिर्ता लिएको छ । तर जसपाले माग गरेबमोजिम रेशम चौधरीको मुद्धा भने फिर्ता भएको छैन । Advertisement किन फिर्ता हुन सकेन रेशम चौधरीको मुद्धा, तपाईंले सरकारलाई दिनुभएको राय के थियो ? भन्ने अनलाइनखबरको प्रश्नमा महान्यायाधिवक्ता रमेश बडालले भने, ‘रेशम चौधरीको मुद्धा यथास्थितिमा फिर्ता हुन सक्दैन । सरकारलाई मैले दिने राय यही हो र छ ।’ थरुहट आन्दोलन चलिरहेका बेला ७ भदौ २०७२ मा कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ सुरक्षाकर्मी र एक बालकको मृत्यु भएको थियो । उक...
राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा एक करोड ६१ लाख खर्च हुने अनुमान

राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा एक करोड ६१ लाख खर्च हुने अनुमान

देश, राजनीति, समाचार
१४ वैशाख, काठमाडौँ । निर्वाचन आयोगले आगामी जेठ ६ गते हुने वाग्मती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचन सञ्चालनका लागि आर्थिक कार्यविधि तयार पारेको छ । निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि रु एक करोड ६१ लाख ३० हजार बजेट अनुमान गरिएको छ । कार्यविधिमा सहमति र अनुमानित बजेट निकासाका लागि अर्थ मन्त्रालयलाई पत्राचारसमेत गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । Advertisement यसैबीच, आयोगले न्याय परिषद्को परामर्शमा प्राप्त नामावलीका आधारमा मकवानपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश डिल्ली रत्न श्रेष्ठलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको छ । Credit: OnlineKhabar ...
पूर्वराजामा कोरोनाको लक्षण कम हुँदै गएको छ : नर्भिक अस्पताल

पूर्वराजामा कोरोनाको लक्षण कम हुँदै गएको छ : नर्भिक अस्पताल

देश, राजनीति, समाचार
१२ वैशाख, काठमाडौं । कोरोना संक्रमित भई अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल राज्यलक्ष्मी शाह र पूर्वअधिराजकुमारी प्रेरणा शाहको अवस्थामा सुधार भइरहेको छ । Advertisement पूर्वराजपरिवारका सदस्य उपचाररत नर्भिक अस्पतालका अनुसार उनीहरुमा कोरोनाका लक्षणहरु कम हुँदै गएको छ । कोरोना संक्रमण पुष्टि भएपछि केही दिन होम आइसोलेसनमा बसेका पूर्वराजपरिवारका तीनै जना सदस्य शनिबार दिउँसो १ बजे अस्पताल भर्ना भएका थिए । Credit: OnlineKhabar ...
मन्त्री पाण्डेलाई आफ्नै पार्टीका नेता कार्यकर्ताले देखाए कालोझण्डा

मन्त्री पाण्डेलाई आफ्नै पार्टीका नेता कार्यकर्ताले देखाए कालोझण्डा

देश, राजनीति, समाचार
११ वैसाख, बुटवल । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सन्तोष पाण्डेलाई आफ्नै पार्टीका नेता तथा कार्यकर्ताले रुपन्देहीमा कालोझण्डा देखाएर विरोध जनाएका छन् । मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको दुई घण्टामै निर्णय बदलेर लुम्बिनी प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्री बनेका सन्तोष पाण्डेलाई आफ्नै पार्टीका नेता–कार्यकर्ताले कालो झण्डा देखाउँदै विरोध जनाएका हुन् । Advertisement रुपन्देहीको मर्चवारमा एक कार्यक्रममा जाने क्रममा मन्त्री पाण्डेलाई मर्यादपुर, मझगावा र गोनहिया लगायतका स्थानमा जनता समाजवादी पार्टीकै नेता कार्यकर्ताले सडकमा टायर बालेर तथा कालो झण्डा देखाएर विरोध जनाए । जसपा रुपन्देहीका अध्यक्ष रामअवतार यादव, पूर्वसांसद ओमप्रकाश यादव, केन्द्रीय परिषद सदस्य रुपा मल्ल, केन्द्रीय सदस्य उमाशंकर यादवलगायतले मन्त्री ...
बिपीसँग हिँडेका नारायणदत्त भन्छन् : देश र जनतालाई केन्द्रबिन्दुमा राख्नुपर्छ

बिपीसँग हिँडेका नारायणदत्त भन्छन् : देश र जनतालाई केन्द्रबिन्दुमा राख्नुपर्छ

देश, राजनीति, समाचार
नेपालमा २००७ सालको क्रान्तिको सफलतासँगै भएका विभिन्न राजनीतिक आन्दोलन र त्यसबाट भएको परिवर्तनका जगमा देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । परिवर्तनकै लागि धेरै नेपालीले बलिदानी दिएका छन् । पटकपटकको सङ्घर्षको जगमा स्थापित लोकतन्त्र दिवस मनाइरहँदा तत्कालीन समयमा योगदान गर्नेहरू अझै पनि ओझेलमा छन् । तत्कालीन समयमा राणा शासनको अन्त्यका लागि २००६ सालमा मुक्ति सेनामा खटिएका व्यक्ति हुन् तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीका ९१ वर्षीय नारायणदत्त खनाल ।  Advertisement राजनीतिज्ञ श्रीभद्र खनालको प्रेरणाले आफू तत्कालीन समयमा मुक्ति सेनामा आबद्ध भएको बताउँदै उनले सो क्रममा आफूसहितका साथीहरूले धेरै दुःख कष्ट भोग्नुपरेको अनुभव सुनाए । विसं २००७ को परिवर्तन पछि २००८ सालमा मुक्ति सेनालाई रक्षा दलमा परिणत गरिएको थियो । तत्कालीन समयमा जनपक्षीय से...
एमालेको स्थायी कमिटी महिला विहीन

एमालेको स्थायी कमिटी महिला विहीन

देश, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेको नवगठित स्थायी कमिटी महिला विहीन भएको छ । साविक शुक्रबार एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले तत्कालीन नेकपामा स्थायी कमिटी सदस्यको रुपमा रहेका १९ जना सदस्यहरुलाई स्थायी कमिटी सदस्य बनाएको हो । Advertisement १९ सदस्यीय स्थायी कमिटीमा एक जना महिलाले पनि हटाउन सकेनन् ।  साविकको एमालेको २२ सदस्यीय स्थायी कमिटीमा एक जना महिलाको प्रतिनिधित्व थियो । २२ जनामध्ये स्थायी कमिटीमा अष्टलक्ष्मी शाक्यले महिलाको प्रतिनिधित्व गरेकी थिइन्। शाक्य खनाल–नेपाल समूहमा लागेपछि ओली नेतृत्वको एमालेमा महिला प्रतिनिधित्व शुन्य हुन पुगेको छ । खनाल–नेपाल समूहलाई अलग राखेर गठन गरिएको स्थायी कमिटीमा केपी शर्मा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा (बादल), विष्णु पौडेल टोपबहादुर रायमाझी, किरण गुरुङ, सुवास नेम्वाङ, शंकर पोखरेल, लेखराज भट्ट,प्...
बागमती प्रदेशमा बलात्कार बढ्यो, ज्यान मुद्दा घट्यो

बागमती प्रदेशमा बलात्कार बढ्यो, ज्यान मुद्दा घट्यो

देश, राजनीति, समाचार
काठमाडौं । बागमती प्रदेशका उपत्यका बाहेक १० जिल्लामा बलात्कार बढेको छ । पछिल्लो एक वर्षमा बलात्कारका बढेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । अघिल्ला दुई वर्षको तुलनामा ०७७ मा बलात्कार, ज्यान मार्ने उद्योग र बोक्सीको आरोप लगाउने जस्ता अपराध बढेको छ । Advertisement ०७५ मा प्रदेशका प्रहरी युनिटमा २ सय ३६ बलात्कारका घटना दर्ता भएको थियो । सो संख्या ०७६ मा बढेर २ सय ४८ पुगेको थियो । ०७७ मा बलात्कार बढेर ३ सय ७ पुगेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । अघिल्ला दुई वर्षको तुलनामा ज्यान मार्ने उद्योग बढेको छ । ०७५ मा १०६ वटा ज्यान मार्ने उद्योगका घटना दर्ता भएका थिए । ०७६ मा ९२ वटा घटना भएका थिए । सो संख्या बढेर ०७७ मा ११० पुगेको छ । ०७७ मा १२ वटा बोक्सीका आरोपका घटना दर्ता भएको बागमती प्रदेश प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरेर जानक...