२०८२ पुष ७

राजनीति

राष्ट्रिय सभा सदस्य उपनिर्वाचन : आयोगद्वारा निर्वाचन कार्यतालिका स्वीकृत

राष्ट्रिय सभा सदस्य उपनिर्वाचन : आयोगद्वारा निर्वाचन कार्यतालिका स्वीकृत

देश, राजनीति, समाचार
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाको स्थानमा रिक्त रहेको राष्ट्रिय सभा सदस्यको पदको उपनिर्वाचनका लागि निर्वाचनले आयोगले तयारी थालेको छ । आयोगले बागमती प्रदेशको अन्य समूह तर्पmबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सदस्यको रिक्त रहेको पदको लागि जेठ ६ गते बिहीबारका लागि उपनिर्वाचन तय गरेको हो । Advertisement उपनिर्वाचनको तयारीका आयोगको शुक्रबार बसेको बैठकले निर्वाचनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न निर्वाचनपूर्व, निर्वाचनको समयमा र निर्वाचनपश्चात् गर्नुपर्ने क्रियाकलापहरू समेटिएको निर्वाचन कार्यतालिका स्वीकृत गरी उपनिर्वाचनको लागि मतदानको समय बिहान ९ः०० बजेदेखि अपरान्ह ३ः०० बजेसम्म निर्धारण गरेको छ । त्यस्तै, बैठकले बागमती प्रदेशको राजधानी रहेको मकवानपुर जिल्लाको सदरमुकाम हेटौंडास्थित प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना...
बहिर्गमित जनमुक्ति सेनाले भन्यो– एमालेमा प्रवेश गरेको हल्ला गलत

बहिर्गमित जनमुक्ति सेनाले भन्यो– एमालेमा प्रवेश गरेको हल्ला गलत

देश, राजनीति, समाचार
काठमाडौँ । बहिर्गमित जनमुक्ति सेना नेपालले सरकारले अयोग्य बिल्ला हटाएर ‘लोकतन्त्रका योद्धा’ सम्मान गरेको भन्दै धन्यवाद दिएको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेर सरकारले आफ्नो भूमिकालाई सम्मान गरेको नेताहरुले आफूहरु कुनै पार्टीमा प्रवेश नगरेको समेत बताएका छन् । एमालेमा प्रवेश गरेका कारण सम्मान गरेको भन्ने हल्ला सत्य नभएको समेत पत्रकार सम्मेलनमा स्पष्ट पारिएको छ । Advertisement संगठनका इन्चार्ज अशिल लिम्बु ‘सुनिल’ले आफूहरुले उठाउँदै आएका ९ वटा मागमध्ये पहिलो माग सरकारले सम्बोधन गरेको बताए । उनले आफूहरुलाई अयोग्यको बिल्ला भिराएर शिविरबाट धपाइएको पीडा भुल्ने वातावरण सरकारले बनाएको भन्दै सरकारलाई धन्यवाद दिए । इन्चार्ज सुनिलले आफूहरुले जनयुद्धका सर्वोच्च कमाण्डरबाटै सम्मानपत्र लिने इच्छा भएपनि दुईपटक सरकारको नेतृत्व गर्दा समेत बेवास्ता ...
दलको सकारात्मक भूमिकाको खाँचो : सभामुख सापकोटा

दलको सकारात्मक भूमिकाको खाँचो : सभामुख सापकोटा

देश, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले अहिलेको अवस्थामा राजनीतिक दलले सकारात्मक भूमिका खेल्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।  Advertisement सभामुख सापकोटाले आज नेपाल पत्रकार महासङ्घ शाखा सिन्धुपाल्चोकको निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण तथा कार्यभार हस्तान्तरण कार्यक्रममा मा स्वतन्त्रता नैसर्गिक अधिकार भएको चर्चा गर्दै प्रेस स्वतन्त्रता भन्नु नै लोकतन्त्र हो भने ।  एकअर्को प्रसङ्गमा, गएको बर्खामा बाह्रबीसे, नाकबुचे र लिदीमा गएको पहिरोबाट विस्थापित भई पीडित परिवारको संरक्षण गर्नु आफ्नो दायित्व भएको उल्लेख गर्दै उनले प्राकृतिक मात्र नभई मानव निर्मित यस प्रकारको विपत्ति सामना गर्न योजनाबद्धरुपमा अगाडि बढ्नुपर्नेमा जोड दिए । कार्यक्रममा महासङ्घका नवनिर्वाचित अध्यक्ष जीवन श्रेष्ठले पनि आफ्नो धारणा राखेका थिए । साभार: रा...
माधव नेपालसहित ३२ सांसदलाई एमालेले सोध्यो स्पष्टीकरण (पत्रसहित)

माधव नेपालसहित ३२ सांसदलाई एमालेले सोध्यो स्पष्टीकरण (पत्रसहित)

देश, राजनीति, समाचार
काठमाडौं । नेकपा (एमाले) ले माधवकुमार नेपाल पक्षीय ३२ जना सांसदहरुलाई स्पष्टीकरण सोधेको छ ।  नेपाल पक्षीय संघीय २७ र प्रदेश सांसद ५ सहित ३२ जनालाई मंगलबार स्पष्टीकरण सोधेको एमाले केन्द्रीय कार्यालयका कार्यालय सचिव ईश्वरी रिजालले रातोपाटीलाई जानकारी दिए ।  Advertisement ‘माधवकुमार नेपालसहित संघका २७ र प्रदेशका ५ जनालाई आज पत्र पठाइएको छ’, रिजालको भनाई छ ।  उनीहरुमाथि पार्टी विधि विधान उलंघन गरेको आरोप लगाइएको छ ।  स्पष्टीकरण पत्रमा तीन दिनभित्र प्रष्टिकरण पेश गर्न भनिएको छ ।  ‘छुट्टै राजनीतिक दल गठन गरेकोमा कारवाही किन नगर्ने ? संसद सदस्यबाट किन नहटाउने ?’ स्पष्टिकरण पत्रमा प्रश्न सोधिएको छ । यी हुन् स्पष्टिकरण सोधिएका नेताहरुमा :१) माधवकुमार नेपाल२) भीम रावल३) सुरेन्द्र पाण्डे४) घनश्याम भुसाल५) पवित्रा निरौला६) झपट रावल७) मे...
कञ्चनपुरको लालझाडीमा पाँच दर्जन कार्यकर्ता माओवादीमा प्रवेश

कञ्चनपुरको लालझाडीमा पाँच दर्जन कार्यकर्ता माओवादीमा प्रवेश

देश, राजनीति, समाचार
कन्चनपुर। कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा (एमाले) का ६० जना कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।  Advertisement लालझाडी गाउँपालिकाको बिस्तारित बैठकमा विभिन्न पार्टी परित्याग गरी ६० कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। नवआगन्तुक नेता कार्यकर्तालाई पूर्वमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य बिना मगरले र प्रदेश सांसद तथा माओवादी केन्द्रका कञ्चनपुर जिल्ला इञ्चार्ज देवीलाल चौधरीले पार्टी प्रवेश गराएका हुन्। कार्यक्रममा नेपाली कांग्रेसका नेता शारदा रानाको नेतृत्वको टोली प्रवेश गरेको हो। साभार: रातोपाटी ...
संसद अधिवेशन अन्त्य गरिएकोमा काँग्रेसद्वारा भर्त्सना

संसद अधिवेशन अन्त्य गरिएकोमा काँग्रेसद्वारा भर्त्सना

देश, राजनीति, समाचार
नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले  प्रतिनिधि सभाको अधिवेशन आकस्मिक स्थगन गरिएकोमा आपत्ति जनाएको छ । सोमबार साँझ पार्टी कार्यालय सानेपामा बसेको बैठकले संसद अधिवेशन अप्रत्याशित र हठात अन्त्य गरेको विषयलाई गम्भीरतापूर्वक लिएको जनाएको छ । वैशाख ७ गते बैठक बस्ने निर्धारित कार्यक्रम र छलफल गर्नुपर्ने जनसरोकारका कयौं महत्वपूर्ण विषय विद्यमान भएको अवस्थामा त्यसलाई नजरअन्दाज गरेर संसदबाट भाग्ने काम लोकतान्त्रिक मूल्य, मान्यता र संसदीय पद्धति बर्खिलाप रहेको ठहर काँग्रेस बैठकले गरेको छ । Advertisement काँग्रेसले सरकारको स्वेच्छाचारी प्रवृतिको घोर भर्त्सना पनि गरेको छ । यस्तै काँग्रेसले कोरोनाबाट जनताको सुरक्षा विशेष कार्ययोजना तत्काल निर्माण गर्न माग गरेको छ । बैठकको निर्णयमा  भनिएको छ, कोरोना महामारीको पछिल्लो चरणमा बढ्दो प्रतिकूलता दृष्टिगत ग...
प्रचण्डमाथि ओलीको आरोप – चुनावपछि काँग्रेससँग मिलेर एमालेलाई एक्ल्याउने अनैतिक प्रयास

प्रचण्डमाथि ओलीको आरोप – चुनावपछि काँग्रेससँग मिलेर एमालेलाई एक्ल्याउने अनैतिक प्रयास

देश, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०७४ सालको निर्वाचनपछि नै एमालेलाई एक्ल्याउने प्रयासमा लागेको आरोप लगाएका छन् । नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका अध्यक्षसमेत रहेका ओलीले सोमबार आयोजित बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा प्रचण्डमाथि यस्तो आरोप लगाएका हुन् । Advertisement ‘एकातिर जनताका उच्च आकाङ्क्षा थिए भने अर्कातिर हामीहरू सीमित साधनस्रोत र पुरानै मानसिकताका राज्यसंयन्त्र जस्ता समस्यासँग जुधिरहेका थियौं,’ राजनीतिक प्रतिवेदनमा ओलीले भनेका छन्, ‘त्यसमाथि, वाम गठबन्धन बनाएर चुनावमा होमिएका, त्यसकै बलमा राम्रो उपलब्धि हासिल गर्न सफल प्रचण्ड र उहाँका कतिपय साथीहरुको ध्यान अन्यत्रै थियो । उहाँहरु निर्वाचनपछि रातोदिन नेपाली काँग्रेससँग गठबन्धन सरकार बनाउन र नेकपा (एमाले...
एमाले बैठक बस्दै, नेपाल समूह आक्रोशित

एमाले बैठक बस्दै, नेपाल समूह आक्रोशित

देश, राजनीति, समाचार
नेकपा एमालेको केन्द्रीय समिति बैठक सोमबार बस्दैछ ।   प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो ।  Advertisement केन्द्रीय सदस्य शेरबहादुर तामाङले बैठकमा समसामयिक विषयमा छलफल हुने बताए  । साथै राजनीतिक प्रतिवेदन, महाधिवेशन र कार्य विभाजनका बारेमा छलफल र निर्णय हुने नेता तामाङको भनाइ छ ।  ओलीले एकपक्षीय रुपमा बैठक बोलाएपछि एमालेको माधव नेपाल झलनाथ खनाल समूह भने रुष्ट बनेको छ ।  पार्टीभित्रको विवादका विषयमा निर्णय दिन आग्रह गर्दै सो समूह आइतबार नै निर्वाचन आयोग पुगेको थियो । साभार: रातोपाटी ...
‘निजी क्षेत्र एक ढिक्का भएमात्र उद्योग व्यवसायको क्षेत्र बलियो हुन्छ’

‘निजी क्षेत्र एक ढिक्का भएमात्र उद्योग व्यवसायको क्षेत्र बलियो हुन्छ’

देश, राजनीति, समाचार
काठमाडौं । नीजि व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरूले निजी क्षेत्रको एकताले मात्र व्यवसायिक क्षेत्र मजबुत हुने निश्कर्ष निकालेका छन् ।  आइतबार राजधानीमा आयोजित नेपाल चेम्बर अफ कमर्सको हालै मात्र सम्पन्न ७० औं वार्षिक साधारणसभाबाट निर्वाचित अध्यक्ष सहित पदाधिकारीहरूको स्वागत कार्यक्रममा यी दुई संस्थाका पदाधिकारीहरुले यस्तो निश्कर्ष निकालेका हुन् । Advertisement निजी क्षेत्र एक ढिक्का भएर जान सकेमात्र उद्योग व्यवसाय क्षेत्र बलियो हुने, निजी क्षेत्रले उठाएका मुद्दाहरू कार्यान्वयन हुने र आर्थिक विकासमा समेत बलियो उपस्थिति जनाउन सकिने हुँदा संस्थागत सहकार्य र कार्यगत एकताको विषयलाई जोडतोडका साथ अगाडि बढाउनुपर्ने कुरामा दुवै संस्थाका पदाधिकारीहरूले जोड दिएका छन् ।  संस्थागत सहकार्य र कार्यगत एकत...
बाख्राफार्ममा आगलागी हुँदा ६० लाखको क्षति

बाख्राफार्ममा आगलागी हुँदा ६० लाखको क्षति

देश, राजनीति, समाचार
झापाको बुद्धशान्ति गाउँपालिका–४ देवीवस्तीमा मध्यरातमा बाख्राफार्ममा आगलागी हुँदा ४० बोयर जातका खसीबाख्रा जलेर मरेका छन् ।  ज्योति बिमलीको एकल लगानीमा सञ्चालित सो फार्ममा गएराति अन्दाजी साढे १२ बजेतिर अचानक आगलागी भएको र मरेका खसीबाख्रा र दानासमेत गरेर रु ६० लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले जानकारी दिए । Advertisement विर्तामोड र भद्रपुर नगरपालिकाको दमकलसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीको सहयोगमा दुई घण्टामा आगो नियन्त्रण भएको थियो ।  इँटा, काठ र छिनको छानोले सो बाख्राफार्म निर्माण भएको थियो । आगलागीमा परी फार्म र त्यहाँ भण्डारण गरिएको दानाको ठूलो मात्रा जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ । घटनास्थल बुधवारे बजारबाट चार किलोमिटर उत्तर गाउँमा रहेको छ । इलाका प्रहरी कार्यालय बुधब...