२०८१ बैशाख २७

मलाई भोट दिएर संसद् बचाउँ : प्रधानमन्त्री ओली

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत दिए प्रतिनिधिसभा फेरि विघटन नहुने बताएका छन् । 

प्रतिनिधिसभामा विश्वासको प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा ओलीले आफूलाई भोट नदिए संसद् विघटनतिर धकेलिने बताए ।


Advertisement

‘मलाई मत दिनुस् कसरी संसद् विघटन हुन्छ ? आफै मत नदिने, विघटनतिर धकेल्ने अनि दोष अरुलाई दिने,’ ओलीले भने । उनले प्रतिपक्षी दलहरूलाई सोधे, ‘आफै भीरतिर हाम फाल्ने अनि गुरुत्वाकर्षणलाई दोष दिने ?’

‘विश्वासको मत दिँएर स्थिरताको पक्षमा काम गरौं,’ ओलीले भने ।

पुस ५ गते प्रतिनिधिसभा विघटन गरी सर्वोच्चले पुनःस्थापना गरेको प्रतिनिधिसभासँग ओलीले जोड दिएर विश्वासको मत मागिरहेका छन् ।

उनले प्रतिपक्षी दलहरूलाई भने, ‘संसद्को‌ स्थायित्वका लागि मुद्दा लडेर ल्याएको संसद् बचाउँ, भोट दिउँ ।’

एउटै प्रधानमन्त्री रहोस् र स्थायित्व होस् भनेर संविधानमा नै दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने व्यवस्था रहेको पनि ओलीको भनाइ थियो ।

Copy link
Powered by Social Snap