२०८२ चैत्र १३

राजनीति

अक्सिजन नपाएर जनता मरेको टुलुटुलु हेर्ने प्रधानमन्त्री हुनु विडम्बना हो: देउवा

अक्सिजन नपाएर जनता मरेको टुलुटुलु हेर्ने प्रधानमन्त्री हुनु विडम्बना हो: देउवा

SYM शुद्ध सकारात्मकता, राजनीति
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीले अक्सिजन, भेन्टिलेटर, खोपलगायत नपाएर जनता मरिरहेको टुलुटुलु हेर्ने प्रधानमन्त्री देशमा रहनु विडम्बना भएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा विश्वासको मतको प्रस्ताव राखेपछि छलफलमा भाग लिएका देउवाले प्रधानमन्त्री ओलीकै कारण अहिलेको अवस्था सिर्जना भएको बताए। ‘आफ्ना जनताका लागि अक्सिजन बेड व्यवस्थापन गर्न नसक्ने, जनता मरेको टुलुटुलु हेर्ने प्रधानमन्त्री हुनु विडम्बना हो,’ देउवाले भने। उनले प्रधानमन्त्री ओलीको दम्भ र अंकगणितीय खेलले अहिलेको अवस्था आएको बताए। तीन वर्षमै प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्था अरूका कारण नभई प्रधानमन्त्री आफैँको कारण भएको देउवाको भनाइ छ। Advertisement ‘तीन वर्षमै विश्वासको मतका लागि आउनुपरेको छ यो परिस्थितिका ला...
ओलीलाई दाहालको प्रश्न : यो सदन र यी सांसदसँग विश्वासको मत माग्ने तपाईंसँग नैतिक अधिकार छ ?

ओलीलाई दाहालको प्रश्न : यो सदन र यी सांसदसँग विश्वासको मत माग्ने तपाईंसँग नैतिक अधिकार छ ?

देश, राजनीति
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुष्पकमल दाहालले प्रतिनिधिसभासँग 'विश्वासको मत माग्ने नैतिक अधिकार रहेको छ ?' भनेर प्रश्न गरेका छन् ।  प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले विश्वासको मतको प्रस्ताव राखेपछि सोमबार बोल्दै दाहालले सोधे, 'प्रधानमन्त्रीजी, यो सदनसँग, यी माननीयसँग विश्वासको मत माग्ने तपाईंलाई नैतिक अधिकार छ र ?' प्रधानमन्त्री ओली प्रतिनिधिसभा विघटन गर्ने मनसायका साथ विश्वासको मत लिएर आएका हुन् कि भन्ने आशंका पनि व्यक्त गरेका थिए । Advertisement उनले राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा पनि प्रतिनिधिसभा फेरि विघटन गर्ने अभिव्यक्ति दिएको बताए । विगतमा प्रतिनिधिसभा विघटन गर्ने बुझेर माओवादीले समर्थन जारी राखेको दाहालको भनाइ थियो । अहिले विश्वासको मत लिने कुरा स्वाभाविक, प्राकृतिक नलागेको र नाटकीय लागेको द...
अर्को सरकार कसरी बन्छ ?

अर्को सरकार कसरी बन्छ ?

देश, राजनीति
धारा ७६ (२) अनुसार दुई वा बढी दलको समर्थनमा बहुमत जुटाउने कुनै सांसदलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुपर्नेमा ओलीले सिधै धारा ७६ (३) बमोजिम प्रधानमन्त्रीमा आफूलाई नियुक्त गरियोस् भनी प्रस्ताव गर्ने आशंका पनि छ ।राष्ट्रपतिले आफूलाई अनुकूल हुने उपधाराअनुसार प्रधानमन्त्री चयन गर्न मिल्दैन । मनोमानी भयो भने अदालतमा चुनौती हुन्छ । प्रतिनिधिसभा विघटनकैझैं नतिजा आउने अवस्था रहन्छ । – राजु चापागाईं, अध्यक्ष, संवैधानिक कानुन व्यवसायी मञ्च काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन बोलाइएको प्रतिनिधिसभाको अधिवेशन सुरु भएको छ । सत्तारुढ एमालेकै झलनाथ खनाल–माधवकुमार नेपाल समूह, सत्ता साझेदार माओवादी केन्द्रको समर्थन फिर्ता र जनता समाजवादी पार्टीको ओलीलाई समर्थन गर्न नसक्ने निर्णयलगायतका आधारमा उनले विश्वासको मत नपाउने करिब निश्चितजस्तै भइसकेको छ । प्रधा...
लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनका निर्वाचन अधिकृत नियुक्त

लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनका निर्वाचन अधिकृत नियुक्त

देश, राजनीति, समाचार
निर्वाचन आयोगले लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी जेठ १७ गते लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचन हुँदैछ ।  Advertisement आयोगले दाङ जिल्ला अदालतका जिल्ला न्यायाधीश रीतेन्द्र थापालाई निर्वाचन अधिकृत नियुक्त गरेको हो । आयोगद्वारा जारी विज्ञप्तिमा राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम न्याय परिषद्को परामर्शमा प्राप्त नामावलीका आधारमा थापालाई नियुक्त गरिएको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् । साभार: रातोपाटी ...
प्रधानमन्त्रीले विश्वास नपाउने भएकाले नयाँ सरकार गठन प्रक्रिया अघि बढ्नुपर्छ : देउवा

प्रधानमन्त्रीले विश्वास नपाउने भएकाले नयाँ सरकार गठन प्रक्रिया अघि बढ्नुपर्छ : देउवा

देश, राजनीति
काठमाडौँ — कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्नुपर्ने माग गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त नगर्ने प्रष्ट भएकाले नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्नुपर्ने देउवाको माग थियो ।  प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत माग्ने प्रस्ताव राखेपछि बोल्दै देउवाले सोमबार प्रतिनिधिसभामा भने, 'प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसक्ने अवस्था छ । Advertisement  त्यसकारण अर्को सरकार गठन गर्न संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रक्रिया अगाडि बढ्नुपर्छ भन्ने नेपाली कांग्रेसको धारणा छ ।' संविधानको उक्त धारामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी राजनीतिक दलको गठबन्धनको सरकार गठन हुनसक्ने व्यवस्था छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविध...
देउवाले ओलीलाई सम्झाए पुरानो भाषण र एजेण्डा

देउवाले ओलीलाई सम्झाए पुरानो भाषण र एजेण्डा

देश, राजनीति, समाचार
काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीलाई विगतमा आफूले गरेका बाचा र एजेण्डा सम्झाएका छन् । उनले ओलीले पुरानो बाचा भुलेको बरु भ्रष्टाचार मौलाएको आरोप लगाए । उनले आम जनताले सरकारको अनुभूति गर्न नसकेको बताए ।  Advertisement सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै देउवाले भने, ‘म प्रधानमन्त्रीलाई सोध्न चाहन्छु, तपाईँले चुनावमा गरेका बाचा र पछि पटक पटक गरेका भाषण सम्झना छ, रेल, पानी जहाज, घरघरमा ग्यासको पाइप, कोही भोकै बस्नुपर्दैन कोही भोकले मर्दैनन्, सडक बालक हुनेछैनन्, कसैले रोजगारीका लागि बाहिर जानुपर्दैन भन्ने युक्ति कहाँ गए ?’  उनले ओलीलाई विश्वासको मत लिनुपर्ने अवस्था कसरी आयो भन्ने भन्दै प्रश्न पनि गरे ।  यो अवस्था ओलीले नै सिर्जना गरेको राजनीतिक दम्भ, कुशासन र भ्रष्टाचारकै कारण आएको उनको जिकिर  छ । साभार: रातोपाटी ...
नेपाल समूहको माग पूरा गर्ने प्रतिबद्धताका लागि ओलीलाई सोमबार बिहान ९ बजेसम्मको ‘अल्टिमेटम’

नेपाल समूहको माग पूरा गर्ने प्रतिबद्धताका लागि ओलीलाई सोमबार बिहान ९ बजेसम्मको ‘अल्टिमेटम’

देश, राजनीति, समाचार
काठमाडौँ — नेकपा (एमाले) माधवकुमार नेपाल पक्षले आफ्‍ना माग पूरा गर्ने प्रतिबद्धताका लागि अध्यक्ष केपी शर्मा ओलीलाई सोमबार बिहान ९ बजेसम्मको 'अल्टिमेटम' दिएको छ । आइतबार बेलुकी सिंहदरबारमा बसेको झलनाथ खनाल-माधव नेपाल समूहका सांसदहरुको बैठकले २०७५ जेठ २ अनुसार पार्टी फर्काउने र आगामी दिनमा पार्टी सहमतिमा चलाउने प्रतिबद्धताका लागि अध्यक्ष ओलीलाई सोमबार बिहानसम्मको समय दिने निर्णय गरेको नेता योगेश भट्टराईले जानकारी दिए । उनका अनुसार पार्टी एकतालाई जोगाउने, सहमतिका आधारमा पार्टी चलाउने मुख्य जिम्मेवारी अध्यक्षकै रहेको निष्कर्ष बैठकको रहेको छ । Advertisement प्रत्यक्ष र समानुपातिक तर्फबाट निर्वाचित सांसदहरु सहभागी बैठक झण्डै साढे ३ घण्टा चलेको थियो । अध्यक्ष ओलीबाट आफूहरुले भनेबमोजिम नभए कठोर निर्णय लिइने नेता भट्टराईले बताए । 'ह...
राप्रपाका एक्ला सांसद् ओलीलाई विश्वासको मत दिने बैठकमा उपस्थित नहुने

राप्रपाका एक्ला सांसद् ओलीलाई विश्वासको मत दिने बैठकमा उपस्थित नहुने

देश, राजनीति, समाचार
काठमाडौं  । राप्रपाको तर्फबाट प्रतिनिधिसभाका एक्ला सांसद राजेन्द्र लिंदेन सोमबारको प्रतिनिधिसभा बैठकमा उपस्थित नहुने भएका छन् ।  कोरोना संक्रमणका कारण हाल झापास्थित निवासमै रहेका उनी सोमबारको बैठकमा सहभागी नहुने भएका हुन् ।  Advertisement राप्रपाका नेता मोहन श्रेष्ठले लिंदेनलाई आइतबार नै कोरोना पुष्टि भएको र हाल गृहजिल्लामै आइसोलेशनमा बसेको बताए । राप्रपाको प्रतिनिधिसभामा लिंदेनको मात्रै उपस्थिति रहेको र भोलि प्रधानमन्त्रीले विश्वासको मत लिनका लागि बोलाइएको बैठकमा सो भोट निर्णायक पनि नभएकाले लिंदेन काठमाडौं नआउने बुझिएको श्रेष्ठको भनाइ छ ।  यसअघि आजै लिंदेनले एमाले र प्रधानमन्त्री ओलीले आफूसँग मत नमागेको बताउँदै आफ्नो चाहना तटस्थ बस्ने भएको रातोपाटीलाई बताएका थिए । साभार: रातोपाटी ...
छिट्टै बहुमतको नयाँ सरकार बन्छ : नारायणकाजी श्रेष्ठ

छिट्टै बहुमतको नयाँ सरकार बन्छ : नारायणकाजी श्रेष्ठ

देश, राजनीति, समाचार
गोरखा । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता नारायणकाजी श्रेष्ठले केही दिनभित्रै बहुमतको नयाँ सरकार बन्ने बताएका छन् ।  सदरमुकाममा आज पत्रकारसँगको भेटघाटमा उनले ‘अध्यादेशबाट शासन गर्ने शासकीय शैलीका कारण पनि’ वर्तमान सरकारले संसदबाट विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था नरहेको जिकिर गरे । ‘अहिलेको सरकारले भोलि (सोमबार) विश्वासको मत प्राप्त गर्न सक्दैन’, उनले भने, ‘छिट्टै बहुमतको नयाँ सरकार बन्छ ।’ Advertisement प्रवक्ता श्रेष्ठले देशको अहिलेसम्म सामाजिक–आर्थिक रुपान्तरणमा सरकारले छिपछिपेपन मात्र देखाएको तथा कोरोना नियन्त्रण र रोकथाममा समेत प्रभावकारी भूमिका खेल्न असफल भएको आरोप लगाए । ‘अहिले कांग्रेस संसदीय दलका नेतालाई प्रधानमन्त्रीका रुपमा अगाडि बढाउने विपक्षी गठबन्धनको तयारी छ’, प्रवक्ता श्रेष्ठले भने, ‘हाम्रो पार्टीले स्पष्ट रुपमा सरकारलाई विश्वास...
पदाधिकारी बैठकको निर्णयले पार्टी विभाजन रोकियो : सांसद कर्ण

पदाधिकारी बैठकको निर्णयले पार्टी विभाजन रोकियो : सांसद कर्ण

देश, राजनीति, समाचार
काठमाडौँ । जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य लक्ष्मणलाल कर्णले पदाधिकारी बैठकको निर्णयले पार्टी विभाजन रोकिएको बताएका छन् । आज बसेको जसपा पदाधिकारीको बैठकले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले संसदमा लिने विश्वासको मतमा मतदान नगर्ने निर्णय गरेको छ । तर सांसदले संसदमा आफ्नो विवेक प्रयोग गर्न पाउने निर्णय पनि गरेको छ । Advertisement त्यो निर्णयका कारण पार्टी विभाजनबाट जोगिएको उनले बताए । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री ओलीको विपक्षमा मतदान गर्ने पक्षमा छन् भने अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका नेताहरु तटस्थ बस्ने पक्षमा देखिएका छन् । कुनै एउटा पक्षमा निर्णय गरेर सांसदलाई ह्वीप जारी गरेको भए पार्टी विभाजन हुने सम्भावना नजिक थियो । प्रधानमन्त्री ओलीको पक्षमा मतदान नगर्ने तर सांसदले आफ्नो विवेक प्रयोग गर्ने...