२०८२ पुष ७

राजनीति

देउवाले ओलीलाई सम्झाए पुरानो भाषण र एजेण्डा

देउवाले ओलीलाई सम्झाए पुरानो भाषण र एजेण्डा

देश, राजनीति, समाचार
काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीलाई विगतमा आफूले गरेका बाचा र एजेण्डा सम्झाएका छन् । उनले ओलीले पुरानो बाचा भुलेको बरु भ्रष्टाचार मौलाएको आरोप लगाए । उनले आम जनताले सरकारको अनुभूति गर्न नसकेको बताए ।  Advertisement सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै देउवाले भने, ‘म प्रधानमन्त्रीलाई सोध्न चाहन्छु, तपाईँले चुनावमा गरेका बाचा र पछि पटक पटक गरेका भाषण सम्झना छ, रेल, पानी जहाज, घरघरमा ग्यासको पाइप, कोही भोकै बस्नुपर्दैन कोही भोकले मर्दैनन्, सडक बालक हुनेछैनन्, कसैले रोजगारीका लागि बाहिर जानुपर्दैन भन्ने युक्ति कहाँ गए ?’  उनले ओलीलाई विश्वासको मत लिनुपर्ने अवस्था कसरी आयो भन्ने भन्दै प्रश्न पनि गरे ।  यो अवस्था ओलीले नै सिर्जना गरेको राजनीतिक दम्भ, कुशासन र भ्रष्टाचारकै कारण आएको उनको जिकिर  छ । साभार: रातोपाटी ...
नेपाल समूहको माग पूरा गर्ने प्रतिबद्धताका लागि ओलीलाई सोमबार बिहान ९ बजेसम्मको ‘अल्टिमेटम’

नेपाल समूहको माग पूरा गर्ने प्रतिबद्धताका लागि ओलीलाई सोमबार बिहान ९ बजेसम्मको ‘अल्टिमेटम’

देश, राजनीति, समाचार
काठमाडौँ — नेकपा (एमाले) माधवकुमार नेपाल पक्षले आफ्‍ना माग पूरा गर्ने प्रतिबद्धताका लागि अध्यक्ष केपी शर्मा ओलीलाई सोमबार बिहान ९ बजेसम्मको 'अल्टिमेटम' दिएको छ । आइतबार बेलुकी सिंहदरबारमा बसेको झलनाथ खनाल-माधव नेपाल समूहका सांसदहरुको बैठकले २०७५ जेठ २ अनुसार पार्टी फर्काउने र आगामी दिनमा पार्टी सहमतिमा चलाउने प्रतिबद्धताका लागि अध्यक्ष ओलीलाई सोमबार बिहानसम्मको समय दिने निर्णय गरेको नेता योगेश भट्टराईले जानकारी दिए । उनका अनुसार पार्टी एकतालाई जोगाउने, सहमतिका आधारमा पार्टी चलाउने मुख्य जिम्मेवारी अध्यक्षकै रहेको निष्कर्ष बैठकको रहेको छ । Advertisement प्रत्यक्ष र समानुपातिक तर्फबाट निर्वाचित सांसदहरु सहभागी बैठक झण्डै साढे ३ घण्टा चलेको थियो । अध्यक्ष ओलीबाट आफूहरुले भनेबमोजिम नभए कठोर निर्णय लिइने नेता भट्टराईले बताए । 'ह...
राप्रपाका एक्ला सांसद् ओलीलाई विश्वासको मत दिने बैठकमा उपस्थित नहुने

राप्रपाका एक्ला सांसद् ओलीलाई विश्वासको मत दिने बैठकमा उपस्थित नहुने

देश, राजनीति, समाचार
काठमाडौं  । राप्रपाको तर्फबाट प्रतिनिधिसभाका एक्ला सांसद राजेन्द्र लिंदेन सोमबारको प्रतिनिधिसभा बैठकमा उपस्थित नहुने भएका छन् ।  कोरोना संक्रमणका कारण हाल झापास्थित निवासमै रहेका उनी सोमबारको बैठकमा सहभागी नहुने भएका हुन् ।  Advertisement राप्रपाका नेता मोहन श्रेष्ठले लिंदेनलाई आइतबार नै कोरोना पुष्टि भएको र हाल गृहजिल्लामै आइसोलेशनमा बसेको बताए । राप्रपाको प्रतिनिधिसभामा लिंदेनको मात्रै उपस्थिति रहेको र भोलि प्रधानमन्त्रीले विश्वासको मत लिनका लागि बोलाइएको बैठकमा सो भोट निर्णायक पनि नभएकाले लिंदेन काठमाडौं नआउने बुझिएको श्रेष्ठको भनाइ छ ।  यसअघि आजै लिंदेनले एमाले र प्रधानमन्त्री ओलीले आफूसँग मत नमागेको बताउँदै आफ्नो चाहना तटस्थ बस्ने भएको रातोपाटीलाई बताएका थिए । साभार: रातोपाटी ...
छिट्टै बहुमतको नयाँ सरकार बन्छ : नारायणकाजी श्रेष्ठ

छिट्टै बहुमतको नयाँ सरकार बन्छ : नारायणकाजी श्रेष्ठ

देश, राजनीति, समाचार
गोरखा । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता नारायणकाजी श्रेष्ठले केही दिनभित्रै बहुमतको नयाँ सरकार बन्ने बताएका छन् ।  सदरमुकाममा आज पत्रकारसँगको भेटघाटमा उनले ‘अध्यादेशबाट शासन गर्ने शासकीय शैलीका कारण पनि’ वर्तमान सरकारले संसदबाट विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था नरहेको जिकिर गरे । ‘अहिलेको सरकारले भोलि (सोमबार) विश्वासको मत प्राप्त गर्न सक्दैन’, उनले भने, ‘छिट्टै बहुमतको नयाँ सरकार बन्छ ।’ Advertisement प्रवक्ता श्रेष्ठले देशको अहिलेसम्म सामाजिक–आर्थिक रुपान्तरणमा सरकारले छिपछिपेपन मात्र देखाएको तथा कोरोना नियन्त्रण र रोकथाममा समेत प्रभावकारी भूमिका खेल्न असफल भएको आरोप लगाए । ‘अहिले कांग्रेस संसदीय दलका नेतालाई प्रधानमन्त्रीका रुपमा अगाडि बढाउने विपक्षी गठबन्धनको तयारी छ’, प्रवक्ता श्रेष्ठले भने, ‘हाम्रो पार्टीले स्पष्ट रुपमा सरकारलाई विश्वास...
पदाधिकारी बैठकको निर्णयले पार्टी विभाजन रोकियो : सांसद कर्ण

पदाधिकारी बैठकको निर्णयले पार्टी विभाजन रोकियो : सांसद कर्ण

देश, राजनीति, समाचार
काठमाडौँ । जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य लक्ष्मणलाल कर्णले पदाधिकारी बैठकको निर्णयले पार्टी विभाजन रोकिएको बताएका छन् । आज बसेको जसपा पदाधिकारीको बैठकले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले संसदमा लिने विश्वासको मतमा मतदान नगर्ने निर्णय गरेको छ । तर सांसदले संसदमा आफ्नो विवेक प्रयोग गर्न पाउने निर्णय पनि गरेको छ । Advertisement त्यो निर्णयका कारण पार्टी विभाजनबाट जोगिएको उनले बताए । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री ओलीको विपक्षमा मतदान गर्ने पक्षमा छन् भने अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका नेताहरु तटस्थ बस्ने पक्षमा देखिएका छन् । कुनै एउटा पक्षमा निर्णय गरेर सांसदलाई ह्वीप जारी गरेको भए पार्टी विभाजन हुने सम्भावना नजिक थियो । प्रधानमन्त्री ओलीको पक्षमा मतदान नगर्ने तर सांसदले आफ्नो विवेक प्रयोग गर्ने...
जसपा नेपालको पदाधिकारी बैठक बस्दै

जसपा नेपालको पदाधिकारी बैठक बस्दै

देश, राजनीति, समाचार
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको पदाधिकारी बैठक बस्ने भएको छ । जसपा नेपाल संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईको निवासमा आज २ बजे पदाधिकारी बैठक बस्ने भएको हो । बैठक बस्नुअघि जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई भेटेका छन् । सत्ता समीकरणलाई लिएर पार्टीमा आन्तरिक विवाद चर्किएपछि पार्टीको पदाधिकारी बैठक प्रभावित हुँदै आएको थियो । कार्यकारिणी समितिको बैठकबारे छलफल गर्न वैशाख १४ गते पदाधिकारी बैठक बसेको थियो । त्यसपछि लकडाउन सुरु भएका कारण बैठक बस्न नमिल्ने निर्णय भएको थियो । Advertisement अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले कार्यकारिणी समितिको बैठक बस्न नमानेपछि अर्का अध्यक्ष उपेन्द्र यादवले कार...
कोरोना रोकथाम र नियन्त्रणमा युद्धस्तरमा लाग्ने मन्त्रिपरिषदको निर्णय

कोरोना रोकथाम र नियन्त्रणमा युद्धस्तरमा लाग्ने मन्त्रिपरिषदको निर्णय

देश, राजनीति, समाचार
काठमाडौं । सरकारले सम्भव भएसम्म कोरोना रोकथाम तथा नियन्त्रणमा राज्यका अधिकतम् स्रोत साधन परिचालन गर्ने निर्णय गरेको छ । साँझ बसेको मन्त्रिपरिषद बैठकले कोरोना रोकथाम र नियन्त्रण गर्न राज्यका स्रोत साधन र संयन्त्रहरु प्रभावकारी ढंगले परिचालन गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए । Advertisement उनका अनुसार कोरोना रोकथाममा सरकारले अहिलेसम्म गरेका प्रयासहरूको विश्लेषण गर्दै थप प्रभावकारी बनाउनुपर्ने निर्णय गरेको हो । ‘कोरोना रोकथाममा सबै युद्धस्तरमा लाग्ने भन्ने निर्णय भएको छ । त्यसमा अस्पतालहरूको व्यवस्थापनदेखि अक्सिजन, भेन्टिलेटर लगायतको व्यवस्थापन गर्ने तथा महामारीका विरुद्धमा लड्न सबै मन्त्रालयको भूमिकाको आवश्यकतामाथि समिक्षा भएको छ’, मन्त्री त्रिपाठीको भनाइ छ । साभार: रातोपाटी ...
संवैधानिक आयोगहरूमा नियुक्ति प्रयास तत्काल बन्द गर : माधव नेपाल

संवैधानिक आयोगहरूमा नियुक्ति प्रयास तत्काल बन्द गर : माधव नेपाल

देश, राजनीति, समाचार
२५ वैशाख, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले अध्यादेशमार्फत् संवैधानिक आयोगमा पदपूर्ति गर्न खोजिएको भन्दै सरकारको आलोचना गरेका छन् । उनले यसलाई गैरजिम्मेवारीपन र अलोकतान्त्रिक कार्य भनेर टिप्पणी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हालै संवैधानिक परिषदसँग सम्बन्धितसहित सात वटा अध्यादेश एकैदिन जारी गरेकी थिइन् । Advertisement सरकारको सो कदमको विरोध गर्दै एमाले नेता नेपालले सामाजिक सन्जालमा लेखेका छन्, ‘कोरोना (कोभिड–१९) भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याई गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य हो ।’ पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले सरकारलाई गलत बाटोबाट नियुक्ति प्रया...

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

देश, राजनीति, समाचार
२५ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको एक मन्त्रीले बताए । ती मन्त्रीका अनुसार बैठकको एजेण्डाबारे पूर्वजानकारी दिइएको छैन । Advertisement सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्ने गरे पनि शनिबार साँझ आकस्मिक रुपमा बोलाइएको बैठकप्रति चासो छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका एक कर्मचारीले भने, ‘आजको क्याबिनेट मिटिङ आकस्मिक नै हो । सायद अहिलेको समग्र परिस्थितिले तत्काल बस्नुपर्यो होला ।’ प्रधानमन्त्री ओलीले विश्वासको मत लिने दिन नजिकिंदै गर्दा उनको सक्रियता बढेको छ । प्रधानमन्त्री ओलीले आइतबार संवैधानिक परिषद्को बैठक पनि बोलाएका छन् । Credit: OnlineKhabar ...
पार्टी एकता जोगाउन गण्डकीका एमाले अध्यक्षहरुको संयुक्त आग्रह

पार्टी एकता जोगाउन गण्डकीका एमाले अध्यक्षहरुको संयुक्त आग्रह

देश, राजनीति, समाचार
२४ वैशाख, पोखरा । नेकपा एमालेको गण्डकी प्रदेशका जिल्ला अध्यक्षहरुले पार्टी एकता जोगाउन अपिल गरेका छन् । गण्डकीका ११ जिल्ला अध्यक्षहरुले संयुक्त वक्तव्य जारी गर्दै एकता जोगाउन नेताहरुसँग आग्रह गरेका छन् । ‘यो अन्तरसंघर्षले पार्टीलाई क्षति पु¥याइरहेको हामीले महसुस गरिरहेका छौं । कम्युनिष्ट पार्टीको इतिहास, मूल्य मान्यता र जनताप्रतिको जवाफदेहितालाई आत्मसाथ गर्दै हाम्रा आदरणीय नेताहरुलाई एकताबद्ध भई नेकपा (एमाले) पार्टीलाई जोगाउन अनुरोध गर्दछौं’, वक्तव्यमा उल्लेख छ । Advertisement नेताहरु बसेर छलफल गर्दा पार्टीको एकता जोगिने संभावना रहेकाले संयुक्त आग्रह गरेको लमजुङका अध्यक्ष धनञ्जय दवाडीले अनलाइनखबरलाई बताए । ‘अहिलेको आवश्यकता पार्टी एकता नै भएकाले आग्रह गरेका हौं । एकैठाउँ बस्नुको विकल्प छैन’, उनले भने । दवाडीसहित कास्कीका कृष्णबहादुर थापा, तनहुँक...