२०८२ चैत्र १४

राजनीति

गण्डकी प्रदेश : प्रदेश प्रमुखको व्यवहारप्रति दलहरु असन्तुष्ट

गण्डकी प्रदेश : प्रदेश प्रमुखको व्यवहारप्रति दलहरु असन्तुष्ट

देश, राजनीति, समाचार
पोखरा । गण्डकी प्रदेश प्रमुखले निर्वाह गरेको भूमिकाप्रति विपक्षी दलहरुले असन्तुष्टि जनाएका छन् । बुधबार प्रदेश प्रमुख सीता कुमारी पौडेलले प्रदेशसभामा ठुलो दलको हैसियतले एमालेलाई सरकार गठनका लागि निम्त्याएकोमा विपक्षी दलहरुले आपत्ति जनाएका हुन् । ​नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले प्रदेश प्रमुखको भूमिका संविधान सम्मत नदेखिएको गुनासो गरेका छन् । नेपाली काँग्रेसका सांसद कुमार खड्काले संसदमा अविश्वास प्रस्ताव दर्ता भएपछि त्यसको सामना गर्न डराएर मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएको स्मरण गर्दै त्यसयता पनि विभिन्न जालझेल हुँदै आएको बताए । Advertisement प्रदेश प्रमुखले आह्वान गरे बमोजिम हस्ताक्षरसहित प्रदेश प्रमुखको कार्यालयमा पुग्दा दलहरूलाई अमर्यादित व्यवहार गरिएको सांसद खड्काको गुनासो छ । ‘हामी प्रदेश प्रमुखको कार्यालयमा निव...
भारतीय सञ्चारमाध्यमको विश्लेषण : भारतको ‘सुझाव’ मा महन्थ ‘तटस्थ’, दिल्ली पछि हट्नुपर्छ

भारतीय सञ्चारमाध्यमको विश्लेषण : भारतको ‘सुझाव’ मा महन्थ ‘तटस्थ’, दिल्ली पछि हट्नुपर्छ

देश, राजनीति, समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सत्ता समीकरणका लागि यतिबेला रस्साकस्सी चलिरहेको छ । माओवादी केन्द्र तथा जनता समाजवादी पार्टीको समर्थनमा काँग्रेस सभापति शेरबहादुर देउवा नयाँ सरकार गठनको प्रयासमा छन् । तर, जसपा नेपालभित्रको अन्तरद्वन्द्वले देउवाको सत्तारोहण कठिन देखिन थालेको छ । Advertisement भारतीय सञ्चारमाध्यम द हिन्दुस्तान टाइम्सले प्रधानमन्त्री ओलीले विश्वासको मत गुमाएपछि नेपालमा अर्को राजनीतिक अस्थिरताको शुरुवात भएको विश्लेषण गरेको छ । पत्रिकाले एक सम्पादकीय लेख्दै भनेको छ, ‘वैकल्पिक सरकार गठनका लागि काँग्रेस, माओवादी, एमालेको नेपाल पक्ष र जसपा एक ठाउँमा आउन जरुरी छ । तर, जसपा यतिबेला विभाजित छ । महन्थ ठाकुरको नेतृत्वमा एक पक्षले यतिबेला ओली र देउवा दुवैसँग समदूरीमा बस्ने नीति अख्तियार गरेको छ ।’ पत्रिकाका अनुस...
घनश्याम भुसालको उद्घोष–हामी ओलीसामू आत्मसमर्पण गर्दैनौं

घनश्याम भुसालको उद्घोष–हामी ओलीसामू आत्मसमर्पण गर्दैनौं

देश, राजनीति, समाचार
एमाले नेता घनश्याम भुसालले आफूहरुले कुनैपनि हालतमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसामू आत्मसमर्पण नगर्ने उद्घोष गरेका छन् । आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा आफूहरुलाई राम्ररी थाहा भएको भन्दै भुसालले ओलीविरुद्ध संघर्ष जारी राख्ने बताएका हुन् ।  एमालेको झलनाथ खनाल –माधव नेपाल समूहका नेता भुसालले बुधबार रातोपाटीसँग कुरा गर्दै भने, ‘हामी ओलीसँग आत्मसमर्पण गर्दैनौं । पार्टीमा छलफल गरेर उपयुक्त निर्णय गरेर अघि बढ्छौं ।’ वैशाख २७ गते ओलीले प्रतिनिधिसभाको विश्वासको मत लिँदा खनाल–नेपाल समूहका २८ सांसदले बैठक बहिस्कार गर्दै ओलीलाई पदमुक्त गर्न महत्वपूर्ण भूमिका लेखेका थिए । त्यसयता ओली समूहले नेपाल समूहलाई कारबाही गर्ने चर्चाका बीच नेता भुसालले आफूहरु अडानमा अडिग रहेकाले ओलीसामू आत्मसमर्पण नगर्ने बताएका हुन् ।  Advertisement ...
कर्णालीमा नयाँ ३ मन्त्री नियुक्त, एक मन्त्रालय फुटाइयो

कर्णालीमा नयाँ ३ मन्त्री नियुक्त, एक मन्त्रालय फुटाइयो

देश, राजनीति, समाचार
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । मुख्यमन्त्री शाहीले बुधबार तीन नयाँ अनुहारलाई मन्त्री नियुक्त गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् स्रोतले रातोपाटीलाई बतायो ।  मन्त्री बन्नेमा रुकुम पश्चिमका गोपाल शर्मा (आर्थिक मामिला तथा योजनामन्त्री), सुर्खेतका बिन्दमान विष्ट (आन्तरिक मामिला तथा कानुनमन्त्री) बनेका छन् ।  यस्तै माओवादी केन्द्रकी समानुपातिक सांसद तथा प्रमुख सचेतक सीता नेपाली पनि मन्त्री बनेकी छिन् । उनी जलस्रोत मन्त्री बनेकी छिन् ।  भौतिक पूर्वाधार मन्त्रालय फुटाएर जलस्रोत मन्त्रालय बनाएर नेपालीलाई मन्त्रीको जिम्मेवारी दिइएको मुख्यमन्त्री कार्यालय स्रोतले बताएको छ।   Advertisement आजै कर्णाली सरकारका दुई मन्त्रीले राजीनामा दिएपछि मुख्यमन्त्रीले तीन नयाँ अनुहारलाई क्याबिनेटमा ल्याएका...
देउवालाई छेक्ने ओलीको बाटो : जसपालाई तटस्थ राख्ने, माधव नेपाललाई के गर्ने ?

देउवालाई छेक्ने ओलीको बाटो : जसपालाई तटस्थ राख्ने, माधव नेपाललाई के गर्ने ?

देश, राजनीति
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत गुमाइसकेका छन् । सोमबार राति नै राष्ट्रपतिले ओली पदमुक्त भएको बताउँदै नयाँ प्रधानमन्त्रीका लागि दाबी प्रस्तुत गर्न दलहरूलाई बैशाख ३० गते राति ९ बजेसम्मको समय दिइसकेकी छिन् । यो अवस्थामा अब ओलीको रणनीति के होला ? अब केपी ओलीले चाल्न सक्ने ‘स्टेप’ दुईवटा हुन सक्छन् । एक– जसपाको महन्थ ठाकुर पक्षलाई तटस्थ नै राख्न प्रयास गर्ने र शेरबहादुर देउवालाई बहुमत पुग्न नदिने । दुई– आफूलाई मतदान नगरेका माधव नेपाल पक्षका २८ सांसदमाथि कारवाही चलाउने । जसपा तटस्थ बस्दा ओलीलाई फाइदा सोमबार प्रतिनिधिसभामा मतदान हुँदा जसपाका १५ सांसद तटस्थ बसेका थिए । एमालेका सबै १२१ सांसदले नै ओलीलाई मत दिने र जसपाका १५ जनाले सघाउने हो भने फेरि पनि ओलीकै बहुमत पुग्ने तर्क अहिले ओली समर्थकहरुले गरिरहेका छन् । महन्थ ठाकुरले भनिसकेका छ...
औषधि र अक्सिजनको सहज आपूर्ति बनाउन सर्वोच्च अदालतको अन्तरिम आदेश

औषधि र अक्सिजनको सहज आपूर्ति बनाउन सर्वोच्च अदालतको अन्तरिम आदेश

देश, राजनीति, समाचार
काठमाडौं । सर्वोच्च अदालतले औषधि र अक्सिजनको सहज आपूर्ति बनाउन, थप स्रोत–साधनयुक्त अस्पतालहरू सञ्चालनमा ल्याउनका साथै बिरामीको चापलाई ख्याल गरी तत्काल अस्पतालहरुमा जनशक्तिको आपूर्ति गर्न सरकारलाई अन्तरिम आदेश दिएको छ । Advertisement राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्यसमेत रहेकी अधिवक्ता मोहना अन्सारी र अधिवक्ता शैलेन्द्र अम्बेडकरले दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले मंगलबार यस्तो अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्च अदालतका न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले विपक्षीहरूलाई जेठ ७ गतेभित्र लिखित जवाफ पेश गर्नसमेत आदेश दिएको छ । विषय वस्तुको गाम्भीर्यता समेतलाई ध्यानमा राखी विवादको निरुपण यथासमयमा हुनुपर्ने भन्दै इजलासले जेठ ९ गते नियमानुसार पेश गर्न आदेशसमेत दिएको छ । रिट निवेदकले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको का...
संसदले ओली सरकारलाई विधिवत् विदाइ  गर्‍यो  : बाबुराम भट्टराई

संसदले ओली सरकारलाई विधिवत् विदाइ गर्‍यो : बाबुराम भट्टराई

देश, राजनीति, समाचार
जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले अन्तत संसदले केपी ओली सरकारलाई विधिवत् विदाई गरेको बताएका छन् । सोमबार साँझ ट्वीट गर्दै उनले केही समयदेखि हुर्केको निरंकुश ओली प्रवृत्ति भने परास्त भइनसकेको बताए । Advertisement उनले लेखेका छन्, 'अन्तत संसदले ओली सरकारलाई विधिवत् विदाई गरेको छ। तर केही समयदेखि हुर्केको निरंकुश ओली प्रवृत्ति परास्त भैसकेको छैन। '  अब राष्ट्रपतिले तुरुन्त धारा ७६ (२)अनुरूप २ वा २ भन्दा बढी दलको नयॉ सरकार गठन गर्न आह्वान गर्नुपर्ने उनको भनाइ छ । 'देशमा बचेखुचेको लोकतान्त्रिक मूल्यमान्यता कायम गर्ने हो भने राष्ट्रपतिले तुरुन्त धारा ७६(२)अनुरूप २ वा २ भन्दा बढी दलको नयॉ सरकार गठन गर्ने आह्वान गरून् !। दलहरूले स्वीकारून् !,' भट्टराईले भने । साभार: रातोपाटी ...
प्रधानमन्त्री ओली पदमुक्त, ढल्यो कम्युनिष्ट सरकार

प्रधानमन्त्री ओली पदमुक्त, ढल्यो कम्युनिष्ट सरकार

राजनीति, समाचार
पाएनन् विश्वासको मत प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । प्रधानमन्त्री पदमुक्त भएसँगै कम्युनिष्ट पार्टीको सरकार ढलेको छ । प्रतिनिधिसभाबाट आवश्यक पर्ने विश्वासको मत नपाएपछि सोमबारदेखि प्रधानमन्त्री ओली स्वतः पदमुक्त बनेका हुन् । प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत पुस्ट्याइँका लागि भएको मतदानमा हुन्छ भन्ने पक्षमा ९३ मत मात्रै पाए । प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् १३६ मत गर्न आवश्यक हुन्थ्यो । प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा १२४ मत खसेको छ । सोमबार प्रतिनिधिसभामा भएको मतदानमा २३२ सांसदहरु सहभागी थिए । तीमध्ये १५ सांसदहरु तटस्थ बसेका थिए । एमालेको माधव नेपाल पक्षका सांसद अनुपस्थित रहे । त्यस्तै राप्रपा सांसद राजेन्द्र लिङ्देन पनि अनुपस्थित ...
‘संसद्को विश्‍वास ममाथि छ भन्‍ने कुराको पुष्टि हुँदैन भने मैले मार्ग प्रशस्त गरिदिनुपर्छ’

‘संसद्को विश्‍वास ममाथि छ भन्‍ने कुराको पुष्टि हुँदैन भने मैले मार्ग प्रशस्त गरिदिनुपर्छ’

राजनीति, विचार
प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावमाथि मतविभाजन प्रक्रिया सुरु काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को विश्वास आफूमाथि नरहेमा नयाँ सरकार गठनको लागि मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् । आफूले राखेको विश्वासको प्रस्तावमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा ओलीले भने, 'संसद्को विश्वास ममाथि छ भन्ने कुराको पुष्टि हुँदैन भने मैले मार्ग प्रशस्त गरिदिनुपर्छ ।' प्रतिनिधिसभाको सोमबारको बैठकमा ओलीले आगामी दिनमा संवाद, सहमति, एकताका साथ अगाडि बढ्नुपर्ने बताए । उनले संसद्‌मा प्रक्रिया अपनाउन आएको बताए । Advertisement  'विश्वासको मत भनेको संसद् बाहिर गरिएको हल्ला होइन । यो संसद्‌भित्रको प्रक्रिया हो । संसद्ले फैसला गरोस् । मैले सरकारको नेतृत्व गर्न आवश्यक छ कि छैन भन्ने फैसला गरोस् । मार...
मलाई भोट दिएर संसद् बचाउँ : प्रधानमन्त्री ओली

मलाई भोट दिएर संसद् बचाउँ : प्रधानमन्त्री ओली

राजनीति
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत दिए प्रतिनिधिसभा फेरि विघटन नहुने बताएका छन् ।  प्रतिनिधिसभामा विश्वासको प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा ओलीले आफूलाई भोट नदिए संसद् विघटनतिर धकेलिने बताए । Advertisement 'मलाई मत दिनुस् कसरी संसद् विघटन हुन्छ ? आफै मत नदिने, विघटनतिर धकेल्ने अनि दोष अरुलाई दिने,' ओलीले भने । उनले प्रतिपक्षी दलहरूलाई सोधे, 'आफै भीरतिर हाम फाल्ने अनि गुरुत्वाकर्षणलाई दोष दिने ?' 'विश्वासको मत दिँएर स्थिरताको पक्षमा काम गरौं,' ओलीले भने । पुस ५ गते प्रतिनिधिसभा विघटन गरी सर्वोच्चले पुनःस्थापना गरेको प्रतिनिधिसभासँग ओलीले जोड दिएर विश्वासको मत मागिरहेका छन् । उनले प्रतिपक्षी दलहरूलाई भने, 'संसद्को‌ स्थायित्वका लागि मुद्दा लडेर ल्याएको संसद् बचाउँ, भोट दिउँ ।' एउटै प्...