२०८३ कार्तिक २९

कोरोना महामारीविरूद्ध प्रधानमन्त्री इमान्दार भएर लाग्ने हो भने साथ दिन तयार छौं: गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ‌ओली इमान्दार रूपमा कोरोना महामारीविरूद्ध काम गर्ने हो भने आफूहरूले सहयोग गर्ने बताएका छन्।

महामारीसँगै लडिरहेका नेपालीका ज्यान जोगाउनलाई प्रधानमन्त्री ओली लाग्ने हो भने आफूजस्ता कयौंले साथ दिने उनको भनाइ छ।

‘तपाईं इमान्दारितापूर्वक यो महामारीसँग जुधिरहेका नेपाली जनताको जीवन जोगाउन लाग्ने हो भने म र मजस्ता कयौंलाई नदीको अर्को किनारामा होइन तपाईंसँगै उभिएको पाउनु हुनेछ,’ थापाले भनेका छन्।


Advertisement


प्रधानमन्त्रीले सबै ध्यान र समय कोरोना महामारीविरूद्ध लगाएमा सरकारलाई सफल बनाउन सबैले सहयोग गर्ने पनि उनले बताए।

‘योपटक फरक ढंगले काम गरौं। अक्सिजन नपाएर छटपटाएकालाई सास दियौं र आर्यघाट पुग्ने शवलाई घटाउने काम गरौं। महामारीविरूद्ध मिलेर काम गरौं,’ उनले भने।

थापाले एक भिडिओ सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीलाई उद्घाटन र शिलान्यास तथा पार्टीभित्रका विवाद केही दिनलाई छाडेर महामारीविरूद्ध समय दिन पनि आग्रह गरेका छन्।

प्रधानमन्त्रीका विचार र कामबारे थुप्रै असहमति भए पनि महामारीका बेला सँगै काम गर्न चाहेको थापाको भनाइ छ।

भिडिओ:


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap