२०८२ पुष ८

राजनीति

‘मान्छेको लासमाथि लास छ, तिमीलाई भोटकै आस छ’

‘मान्छेको लासमाथि लास छ, तिमीलाई भोटकै आस छ’

देश, राजनीति
कोरोना महामारीसँग लड्न आमनागरिकलाई स्वास्थ्य सेवा र कोरोनाविरूद्ध खोप सुनिश्चित गर्नुपर्ने बेला सरकारले संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेको विरोधमा बृहत् नागरिक आन्दोलनले बुधबार कीर्तिपुर मार्च गरेको छ। Advertisement आमजनता महामारीसँग जुधिरहेका बेला सरकारको ध्यान सत्ता र निर्वाचन केन्द्रित देखिएपछि दबाब दिन निषेधाज्ञाकै बीच प्रदर्शन गर्नुपरेको नागरिक अभियन्ताहरूले बताएका छन्। उनीहरूले पछिल्लो प्रतिनिधिसभा विघटनलाई प्रतिगमनको नयाँ शृंखला भनेका छन्। नागरिक अभियन्ताहरूले निषेधाज्ञाबीच सामाजिक दुरी कायम राख्दै यो प्रदर्शन गरेका हुन्। उनीहरूले 'गरिबलाई रोक्न गस्ती छ, शासकहरूलाई मात्र मस्ती छ', 'यो सरकारको छ के पारा- दुष्ट, भ्रष्ट, ज्यानमारा', 'मान्छेको लासमाथि लास छ, तिमीलाई भोटकै आस छ' लगायत नारा लेखिएका प्लेकार्ड बाेकेर मार्चपास ग...
एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक जारी

एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक जारी

देश, राजनीति
नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक सुरू भएको छ। बुधबार बिहान साढे ८ बजे बोलाइएको बैठक एक घन्टा ढिला सुरू भएको एमाले सुदूरपश्चिमका सचेतक तारा लामा तामाङले बताए। बैठकमा २० जना सासंद सहभागी छन्। सभामुखबाहेक अरू तीन जना सांसद बैठकमा उपस्थित भएका छैनन्। आजको बैठकमा ओली पक्षका रतन थापा, ग्याल्बु बोहरा र लीलाधर भट्ट अनुपस्थित छन्।  संसदीय दलका नेता प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले बैठक आह्वान गरेका हुन्। सोमबार प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिने निर्णय केन्द्रले गरेपछि दलको बैठक बसेको छ। बैठकले वर्तमान प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने/नलिने विषयमा निर्णय गर्ने अपेक्षा गरिएको छ। Advertisement केन्द्रले समर्थन फिर्ता लिने निर्णय गरिसकेको भए पनि प्रदेशमा एमालेका बहुमत सांसद माधव नेपाल पक्ष...
सर्वोच्च अदालतले भन्यो : प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच भेट भएको छैन

सर्वोच्च अदालतले भन्यो : प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच भेट भएको छैन

देश, राजनीति, समाचार
११ जेठ, काठमाडौं । सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीसँग हालै भेट नगरेको स्पष्टीकरण दिएको छ । मंगलबार सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले विज्ञप्ति जारी गरी प्रधानन्यायाधीश र प्रधानमन्त्रीबीच भेट भएको भनी सञ्चार माध्यममा आएको समाचारमा सत्यता नरहेको बताएका छन् । Advertisement विज्ञप्तिमा स्वतन्त्र, निष्पक्ष, सुदृढ र सक्षम न्यायपालिका एवं विधिको शासनको सुनिश्चितता तथा न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धिमा सर्वोच्च अदालत सदैव गम्भीर, सचेत र संवेदनशील एवं पूर्ण प्रतिवद्ध रहेको पनि उल्लेख गरिएको छ । जेठ १० गते प्रधानमन्त्री ओली र प्रधानन्यायाधीश जबराबीच प्रधानमन्त्री निवासमा भेट भएको समाचार सार्वजनिक भएका थिए । सर्वोच्चले समाचार असत्य भन्दै यसले न्यायपालिकाको स्वच्छता र यसप्रतिको आस्...
सिंहदरबारमा विपक्षी गठबन्धनका नेताहरुको छलफल सुरु

सिंहदरबारमा विपक्षी गठबन्धनका नेताहरुको छलफल सुरु

देश, राजनीति, समाचार
११ जेठ, काठमाडौं । संसद विघटनपछिको अवस्थाबारे विपक्षी दलका नेताहरु छलफलमा जुटेका छन् । Advertisement नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव छलफलमा जुटेका हुन् । सिंहदरबारमा भएको छलफलको विषय खुलाइएको छैन । यद्यपि समसामयिक राजनीतिक अवस्था, संसद विघटनलगायतका विषयमा छलफल भएको हुन सक्ने स्रोतको भनाइ छ । Credit: OnlineKhabar ...
माधव नेपालको अपिल- ओली सरकारलाई बढारेर मुलुकमा कानुनी राजको स्थापना गरौं

माधव नेपालको अपिल- ओली सरकारलाई बढारेर मुलुकमा कानुनी राजको स्थापना गरौं

देश, राजनीति
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहले पार्टीबाट निष्काशन गरेका वरिष्ठ नेता माधवकुमार नेपालले ओली सरकारालई बढारेर मुलुकमा कानुनी राजको स्थापना गर्न अपिल गरेका छन्। मंगलबार दिउँसो सामाजिक सञ्जालमा अपिल जारी गर्दै नेपालले ओली समूहले आफूहरूलाई गरेको कारबाही औचित्यहीन, अनाधिकारिक र अर्थहीन रहेको बताएका छन्। उनले आफूले पार्टी एकतालाई कायम राख्न सकेजति प्रयास गरे पनि ओलीले प्रतिशोध साँधेको बताए। ओलीले व्यक्तिगत स्वार्थ पूरा गर्न सरकारको चरम दुरूपयोग गरेको पनि बताएका छन्। यस्तो छ नेपालको अपिलको पूर्ण पाठ: कम्युनिष्ट पार्टीलाई माया गर्ने तमाम नेपाली जनता - नेपालका कम्युनिष्ट पार्टीहरू एक हुन्, कम्युनिस्ट आन्दोलन एक र सशक्त होस् , जनजीविका, जनताको हित, स्वार्थ र सरोकार तथा सुशासनका पक्षमा एवम् समाजवाद उन्मुख काम गरून् भन्ने चाहन्छन्। तर जनअपेक्षा विपरीत केपी ओल...
कोरोना नियन्त्रणका लागि यस्तो छ माओवादी केन्द्रको १५ बुँदे नीति, कार्यक्रम र संरचना

कोरोना नियन्त्रणका लागि यस्तो छ माओवादी केन्द्रको १५ बुँदे नीति, कार्यक्रम र संरचना

देश, राजनीति, समाचार
नेकपा माओवादी केन्द्रले कोरोना नियन्त्रणका लागि पार्टीको नीति, कार्यक्रम र संरचना सार्वजनिक गरेको छ ।  गत जेठ ५ र ६ गते बसेको स्थायी समिति बैठकमा भएको छलफल र निर्णयअनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार कार्यक्रम सार्वजनिक गरेका हुन् ।  Advertisement प्रचण्डले जारी गरेको १५ बुँदे कार्यक्रममा सर्वदलीय र सर्वपक्षीय संयन्त्र गठन गर्नुपर्ने आवश्यक्ता औंल्याउंदै पार्टीको नेतृत्वमा केन्द्र, प्रदेश र स्थानीय तहसम्म कोभिड स्वास्थ्य इकाइ गठन गर्ने र जनतालाई सुसूचित गर्ने उल्लेख छ । केन्द्रमा भने अध्यक्ष प्रचण्डको नेतृत्वमा यस्तो इकाइ गठन हुनेछ ।  सबै तहका इकाइहरुले कोभिडसँग सम्बन्धित आवश्यक उपचार गर्न सहयोग गर्नुका साथै हवाई एम्बुलेन्सको व्यवस्था गर्न सरकारसँग माग गर्ने भएको छ । त्यसैगरी माओवादीले सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गरी अक्स...
देउवालाई प्रधानमन्त्री नियुक्त गर्नेलगायत विपक्षी दलले सर्वोच्चसँग राखे चार माग

देउवालाई प्रधानमन्त्री नियुक्त गर्नेलगायत विपक्षी दलले सर्वोच्चसँग राखे चार माग

देश, राजनीति
विपक्षी पाँच राजनीतिक दलका सांसदहरूले प्रतिनिधिसभा पुनर्स्थापनालगायत चार वटा माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका छन्। विपक्षीका १४६ सांसद आफैं पुगेर सोमबार सर्वोच्च अदालतमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गरेका छन्। रिटमा जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीसामु पेश गरिएको हस्ताक्षरको आधारमा देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गरेका छन्। सांसदहरू अहिले सर्वोच्च अदालतमा आफ्नो हस्ताक्षर सनाखत गरिरहेका छन्।  निवेदनमा प्रतिनिधि सभा पुनर्स्थापनाको माग गरिएको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले जेठ ८ गते प्रतिनिधि सभा विघटन गरेकी थिइन्। निवेदकहरूले समर्थन गरेको प्रतिनिधि सभा सदस्यमध्येका शेरबहादुर देउवालाई नेपालको संविधानको धारा ७६ (५) अन्तर्गत प्रधानमन्त्री नियुक्त गर्नु पर्नेमा राष्ट्रपतिद्वारा दुबैको दाबी नपुग्ने ...
सर्वोच्चले लामबद्ध सांसदको फोटो खिचेर राख्यो रेकर्ड

सर्वोच्चले लामबद्ध सांसदको फोटो खिचेर राख्यो रेकर्ड

देश, राजनीति
सोमबार, आफूले समर्थन गरेका प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतमा १ सय ४६ सांसद आफैं लामबद्ध भए। नेपाली इतिहासमै पहिलो पटक बहुमत सांसद सरकार गठनका लागि सर्वोच्च अदालतको रिट दर्ता शाखा अघि लामबद्ध भएको यो दृष्य विरलै देख्न पाइन्छ। यसको तस्बिर सर्वोच्च अदालत आफैंले पनि खिचेर राखेको छ। सासंदहरू रिट दर्ता शाखा अघि हस्ताक्षर सनाखत गर्न लाइनबद्ध भएपछि अधिकृत प्रह्लाद भण्डारी क्यामेरा लिएर सर्वोच्च परिसरमा निस्किए। उनी सर्वोच्च अदालतका फोटोग्राफर नै हुन्। सर्वोच्च अदालतले आयोजना गरेका कार्यक्रमदेखि  विशेष समारोहमा उनले फोटो खिच्ने गर्छन्।  सोमबार उनले सर्वोच्च अदालत अघिको बगैँचाबाट लामबद्ध सांसदको फोटो खिचे। ‘यसरी सांसदहरू लाइन लागेको पहिलो पटक होला। यस्तो फोटो त कहिले खिच्न पाइन्छ र?,’ उनले त्यहाँ वरिपरि उभिएका मान्छेसँग भनिरहेका थ...
एसईई भौतिक उपस्थितिमै गर्ने सम्भावना न्युन छ : शिक्षामन्त्री श्रेष्ठ

एसईई भौतिक उपस्थितिमै गर्ने सम्भावना न्युन छ : शिक्षामन्त्री श्रेष्ठ

देश, राजनीति, समाचार
१० जेठ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले यो वर्षको एसईई परीक्षा भौतिक रुपमा गर्ने सम्भावना न्युन रहेको बताएका छन् । उनले यसको विकल्पका विषयमा छलफल भइरहेको बताए । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको ज्ञापनपत्र बुझ्दै मन्त्री श्रेष्ठले एसईई र कक्षा १२ को परीक्षाको विषयमा मन्त्रालयले यही महिनाभित्र निर्णय लिने बताए । Advertisement उनले आर्थिक वर्ष २०७८–०७९ मा शिक्षा क्षेत्रमा बजेट बढ्न सक्ने बताए । ‘तपाईंहरुले शिक्षामा २० प्रतिशत बजेट आवश्यक रहेको उल्लेख गर्नुभएको छ । सरकारले यो विष्यायमा सोच विचार गरिरहेको छ उनले ज्ञापनपत्र बुझाउन आउने विद्यार्थीहरुलाई भने । अनेरास्ववियुले ज्ञापनपत्रमा विद्यालय तहको परीक्षा वैकल्पिक विधिबाट तत्काल सम्पन्न गरी असार १ गतेदेखि नया शैक्षिकसत्र शुरु गर्न माग गरेको छ । त्...
आगामी चार सातामा संक्रमण क्रमशः घट्छ : स्वास्थ्यमन्त्री

आगामी चार सातामा संक्रमण क्रमशः घट्छ : स्वास्थ्यमन्त्री

देश, राजनीति, समाचार
१० जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना संक्रमणको दर अपेक्षाकृत रुपमा कम नभएको बताएका छन् । पछिल्लो एक साताको तथ्यांक हेर्दा औसतमा दैनिक २० हजार नमुना परीक्षण गर्दा ८ हजार ३०० जनामा संक्रमण पुष्टि हुने गरेको छ । Advertisement सोमबार पत्रकार सम्मेलन गरी मन्त्री त्रिपाठीले व्यक्तिहरुको आवतजावतमा प्रभावकारी नियन्त्रणमा नआएको र केही सेवा सुचारु रहेकाले संक्रमण दर अपेक्षाकृत रुपमा नियन्त्रणमा आउन नसकेको बताए । उनले अघि भने, ‘संक्रमण आगामी चार सातामा क्रमशः घट्दै जानसक्ने देखिन्छ ।’ अहिले बी १.६१७.२ भेरियन्ट मुख्य रुपमा फैलिएको छ, जसलाई भारतीय भेरियन्ट पनि भनिन्छ । Credit: OnlineKhabar ...