चार वर्षमा आठ पटक सरुवा भएर अवकाश पाएका सचिव मैनाली
सोमबार उपराष्ट्रपति कार्यालयबाट विदाइ हुँदै सचिव मैनाली।
निजामती सेवामा ३९ वर्ष ८ महिना १९ दिन काम गरेपछि सचिव गोपीनाथ मैनालीले सोमबार अवकाश पाएका छन्।
मैनालीलाई अवकाशको मुखमा शिक्षा मन्त्रालयबाट उपराष्ट्रपतिको कार्यालय पठाइएको थियो। त्यहाँ चार महिना काम गरेपछि उनी सोमबार निवृत्त भएका हुन्।
मैनाली चार वर्षमा आठ पटक सरुवा पाउने बिरलै सचिवमध्ये पर्छन्। जबकि, एउटा सचिवलाई कुनै मन्त्रालयमा काम गर्न सामान्यता दुई वर्ष दिनुपर्ने मान्यता छ।
प्रतिकूल परिस्थिति हुँदा पनि मैनालीले निर्वाचन आयोग, शिक्षा मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयमा सुशासन ल्याउन भूमिका खेलेका थिए।
प्रशासनयन्त्रमा ‘ल्याकत’को मूल्यांकन हुने थिति थियो भने मैनालीजतिका सचिवमाथि पटक-पटक सरुवाको दण्ड चल्दैनथियो। ‘यस म्यान’ नभएकैले उनी राजनीतिको ऐनामा ‘आँखाको कसिंगर’ बनेको कर्मचारीहरू नै बत...









