२०८२ पुष ८

राजनीति

मन्त्रीले कठालो समानुभयो, केस फाइल गर्न जिल्ला प्रशासन जाँदै छु : राजेन्द्र रावल

मन्त्रीले कठालो समानुभयो, केस फाइल गर्न जिल्ला प्रशासन जाँदै छु : राजेन्द्र रावल

राजनीति, समाचार
काठमाडौं । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीका सचिव राजेन्द्र रावलले प्रदेशका भौतिक पूर्वाधारमन्त्री दीर्घ सोडारीले आफूमाथि हातपार गरेको आरोप लगाएका छन् । उनले पार्टीको निर्देशनानुसार पत्र बुझाउन जाँदा सोमबार मन्त्री सोडारीले आफूमाथि दुर्व्यवहार गरेको बताए । सोडारीले पनि आफूमाथि दुर्व्यवहार भएको दाबी गरेका छन् । उनीहरुबीच आरोप–प्रत्यारोप चलिरहेको छ । “सुदूरपश्चिम सरकारले विश्वासको मत लिने कुरा अकस्मात् अस्ति साँझ प्रदेशसभा सचिवालयमा दर्ता भएछ । त्यसबारे हिजो पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश इन्चार्ज लेखराज भट्टसँग कुरा भयो । मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिएको र मन्त्रीहरुलाई फिर्ता बोलाएको सन्दर्भमा संसदीय दलका नेता र प्रमुख सचेतकलाई पार्टीको ह्वीप जारी गर्न निर्देशन दिने र प्रत्येक सदस्यलाई पार्टीको तर्फबाट छुट्टै पत्र द...
सवा ३ वर्षपछि सत्तामा उक्लियो कांग्रेस, कर्णालीमा दुई मन्त्री

सवा ३ वर्षपछि सत्तामा उक्लियो कांग्रेस, कर्णालीमा दुई मन्त्री

देश, राजनीति
आइतबार प्रदेश प्रमुख गोविन्द कलौनीबाट मन्त्रीको सपथ लिँदै कांग्रेस सांसद श्रेष्ठ र बिसी। २०७४ मा आफ्नै नेतृत्वमा स्थानीय, प्रदेश र प्रतिनिधि सभाको चुनाव गराएको नेपाली कांग्रेस सवा तीन वर्षपछि पहिलो पटक सत्तामा गएको छ।  निर्वाचनपछि कुनै पनि प्रदेश र केन्द्र सरकारमा कांग्रेसका मन्त्री थिएनन्। आइतबार पहिलो पटक कांग्रेस कर्णालीको प्रदेश सरकारमा उक्लिएको हो। माओवादी केन्द्रका कर्णाली प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा कांग्रेस प्रदेश संसदीय दलबाट दुई जना सांसद मन्त्री बनेका छन्। जलस्रोत तथा उर्जा विकास मन्त्रीमा जुम्लाका सांसद दिनबन्धु श्रेष्ठ र सामाजिक विकास मन्त्रीमा सुर्खेतका यज्ञबहादुर बिसी नियुक्त भएका हुन्। उनीहरूलाई आइतबार दिउँसो २ बजे प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले पद तथा गोपनीयताको सपथ खुवाएका छन्। ...
भारतलाई रिझाउन गिट्टी, बालुवा निकासीको राष्ट्रघाती निर्णय : विपक्षी गठबन्धन

भारतलाई रिझाउन गिट्टी, बालुवा निकासीको राष्ट्रघाती निर्णय : विपक्षी गठबन्धन

देश, राजनीति, समाचार
२२ जेठ, काठमाडौं । विपक्षी गठबन्धनले गिट्टी, बालुवा र ढुंगा निकासी खुला गर्ने सरकारको निर्णय तत्काल खारेज गर्न माग गरेका छन् । यो सत्ता टिकाउन भारतलाई रिझाउने राष्ट्रहित विरोधी कदम भएको उनीहरुको ठहर छ । गठबन्धनका शीर्ष नेताहरुले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै ढुंगा, बालुवा र गिट्टीको निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने बजेट घोषणाको विरोध गरेका हुन् । Advertisement नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘यो नेपालको तराई क्षेत्रलाई मरुभूमिकरण गर्ने र त्यहाँका वासिन्दाहरुलाई बाढी, डुबान र पानीको श्रोत सुक्ने समस्यामा पार्दै जनजीवनलाई...
उपप्रधानमन्त्री महतोको अभिव्यक्ति अराजक र संविधान विरोधी : गोकर्ण विष्ट

उपप्रधानमन्त्री महतोको अभिव्यक्ति अराजक र संविधान विरोधी : गोकर्ण विष्ट

देश, राजनीति, समाचार
२२ जेठ, काठमाडौं । नेकपा एमालेका नेता गोकर्ण विष्टले नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्ति अराजक र संविधान विरोधी भएको बताएका छन् । पूर्वमन्त्री समेत रहेका विष्टले राज्यको जिम्मेवार पदमा बसेको व्यक्तिबाट भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकूल अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण रहेको बताएका हुन् । Advertisement ‘उपप्रधानमन्त्री राजेन्द्र महतोले ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने’ भनी दिएको अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकूल छ,’ विष्टले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘जिम्मेवार पदमा रहेका व्यक्तिबाट यसप्रकारको अराजक र संविधान विरोधी अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण छ ।’ शुक्रबार नियुक्त भएका उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले पदभार ग्रहण लगत्तै बहुराष्ट्र र ...
ओलीको राष्ट्रहितविरोधी, स्वेच्छाचारी र अनुत्तरदायी चरित्र छताछुल्ल भएको छ- भीम रावल

ओलीको राष्ट्रहितविरोधी, स्वेच्छाचारी र अनुत्तरदायी चरित्र छताछुल्ल भएको छ- भीम रावल

देश, राजनीति
नेकपा एमालेका  नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीलाई सरकारमा सहभागी गराउँदै मन्त्रिपरिषद पुनर्गठन गरिनु लोकतन्त्र र संविधानविपरीत रहेको प्रतिक्रिया दिएका छन्। Advertisement सामाजिक सञ्जालमार्फत आफ्ना धारणा राख्दै रावलले ओलीको संवैधानिक र लोकतान्त्रिक मान्यता एवं राष्ट्रहितविरोधी, स्वेच्छाचारी र अनुत्तरदायी चरित्र र कार्य जेठ २१ को मन्त्रिपरिषदको हेरफेरमा अझ छताछुल्ल भएको बताएका छन्। ‘ओलीको संवैधानिक र लोकतान्त्रिक मान्यता एवं राष्ट्रहितविरोधी, स्वेच्छाचारी र अनुत्तरदायी चरित्र र कार्य जेठ २१ को मन्त्रिपरिषदको हेरफेरमा अझ छताछुल्ल भएको छ,’ उनले भनेका छन्। रावलले ओलीको निर्णय गत आमनिर्वाचनमा जनताले दिएको जनादेशविपरीत रहेको प्रतिक्रिया दिएका छन्। उनले दुई पटक स‌ंविधानसभाको निर्वाचन भई जनाताले ठूलो मूल्य ...
संवैधानिक इजलासमाथि सरकारी पक्षको पनि प्रश्न

संवैधानिक इजलासमाथि सरकारी पक्षको पनि प्रश्न

देश, राजनीति, समाचार
२१ जेठ, काठमाडौं । सर्वोच्च अदालत संवैधानिक इजलासको संरचनामाथि प्रधानमन्त्री केपी शर्मा ओली पक्षका कानुन व्यवसायीले पनि प्रश्न उठाएका छन् । संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्ति गर्नुपर्ने माग गर्दै रिट दर्ता गरेका अधिवक्ता राजाराम घिमिरेले संवैधानिक इजलासमा रहने न्यायाधीशको रोष्टरमा रहेका १२ न्यायाधीशमध्ये ११ जना संवैधानिक इजलासमा बस्न नमिल्ने भनेर निवेदन दिएका छन् । Advertisement संवैधानिक इजलासमा रहन सक्ने भनेर न्यायपरिषद्ले न्यायाधीशहरूको सूची (रोष्टर) बनाउने र प्रधानन्यायाधीशले तिनै मध्येबाट चयन गरेर राख्ने अभ्यास छ । रोष्टरमा प्रधानन्यायाधीश स्वयं पनि हुन्छन् । बाँकी १३ मध्ये एक जना न्यायाधीशले अवकाश पाएका छन् । हाल १२ जनाबाट चार जना तोकेर प्रधानन्यायाधीशले आफू समेतको पाँच सदस्यीय संवैधानिक इजलास ग...
पार्टीलाई जेठ २ मा फर्काउन अन्तिमसम्म लागिरहनेछौं: गोकर्ण विष्ट

पार्टीलाई जेठ २ मा फर्काउन अन्तिमसम्म लागिरहनेछौं: गोकर्ण विष्ट

देश, राजनीति
नेकपा एमालेका नेता गोकर्ण विष्टले पार्टीलाई २०७५ जेठ २ कै संरचनाअनुसार अगाडि बढाउन आफू लागिरहने बताएका छन्। पार्टी एकता जोगाउन भइरहेका प्रयासलाई कमजोर पार्ने दुरासयले आफ्नो नामसमेत जोडर सञ्चार माध्यमहरूमा खबर आइरहेको उल्लेख गर्दै उनले एकीकृत कम्युनिष्ट पार्टी निर्माण गर्ने आफूहरूको चाहना भएको बताएका छन्। Advertisement विष्टसहित नेता माधवकुमार नेपाल पक्षका केही नेताले अध्यक्ष केपी शर्मा ओली पक्षका केही नेतासँग संवाद गरिरहेको र नेपाल पक्षकै नेताहरूले विष्ट ओलीतर्फ नै लाग्न सक्ने संकेत गरेका खबर आएका थिए। यसबारे प्रष्टाउन विष्टले बिहीबार फेसवुकमा आफ्ना धारणा राखेका छन्। ‘पार्टीका सबै कमिटीलाई २०७५ जेठ २ गते पूर्ववत अवस्थामा फर्काएर कम्युनिष्ट आन्दोलनको हितमा सही विचार र कार्यदिशा सहित सबल एवं एकिकृत कम्युनिष्ट पार्टी निर्माण गर्ने हाम्रो चाहना ह...
निर्वाचन आयोगले महन्थ र उपन्द्रलाई भन्यो – कारवाही पत्रको ढाँचा मिलेन

निर्वाचन आयोगले महन्थ र उपन्द्रलाई भन्यो – कारवाही पत्रको ढाँचा मिलेन

देश, राजनीति, समाचार
निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालका दुवै अध्यक्षले पठाएको कारवाहीसम्बन्धी पत्रको नियमावलीको अनुसूचीकाे ढाँचाअनुसार नमिलेको बताएको छ । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले एक अर्कालाई पार्टीबाट निष्कासन गर्दै कारवाही गरेको पत्र निर्वाचन आयोगमा पठाएका थिए । Advertisement आयोगले अध्यक्ष ठाकुरसँग केन्द्रीय समितिको निर्णयको प्रतिलिपि प्रस्तुत गर्न माग गर्दै पत्र पठाएको छ । अध्यक्ष ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको जानकारी निर्वाचन आयोगलाई गराउँदै पार्टी दर्ता किताबबाट उपेन्द्र यादवको नाम हटाउन गरेको आग्रह गरेकोमा छानविन आयोगले केन्द्रीय समितिमा भएको निर्णयको हस्ताक्षरसहित प्रतिलिपि राजनीतिक दल दर्ता सम्बन्धी उप नियमावलीको अनुसूची १८ को ढाँचा अनुसार प्रस्तुत गर्न पत्र पठाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठ...
गण्डकी प्रदेशसभामा राष्ट्रिय जनमोर्चाका ३ सांसदको ३ थरि कुरा !

गण्डकी प्रदेशसभामा राष्ट्रिय जनमोर्चाका ३ सांसदको ३ थरि कुरा !

देश, राजनीति, समाचार
१९ जेठ, पोखरा । गण्डकी प्रदेश सभामा भइरहेको विनियोजन विधेयकमाथिको छलफलमा राष्ट्रिय जनमोर्चाका ३ सांसदले तीनथरि धारणा राखे । अधिवेशनको पहिलो दिन बोलेकी संसदीय दलकी नेता पियारी थापाले एमाले नेतृत्वको सरकारको विरोध गरिन् । अल्पमतको सरकारले बजेट ल्याउन लागेको भन्दै उनले सुझाव दिनै अस्वीकार गरिन् । बरु केन्द्र सरकारले ल्याएको बजेटमाथि समीक्षा गरिन् र कोभिड महामारी नियन्त्रणमा प्रदेश सरकार चुकेको धारणा राखिन् । Advertisement सभा सुरु भएको तेस्रो दिनमा दलका नेताबाट निलम्बित सांसद कृष्ण थापाले भनाइ राखे । उनले पनि विनियोजन विधेयकमाथि धारणा रखेनन् बरु सरकारको बचाउ गर्दै विपक्षी गठबन्धनमाथि खनिए । उनले विपक्षीहरु सत्तामा जान प्रदेशलाई निर्दलीयतातर्फ लगेको आरोप लगाए । ‘गण्डकी प्रदेशमा आफू सत्तामा जानको लागि अर्को पक्षलाई हटाउन निर्दलीययता अपनाउँदै हुनुहुन्...
धारा ७६ (५) कसरी, कहिले राखियो संविधानमा?

धारा ७६ (५) कसरी, कहिले राखियो संविधानमा?

देश, राजनीति
संविधानको धारा ७६ (५) अहिले चर्चामा छ। सर्वोच्च अदालतले यो धाराको कसरी व्याख्या गर्छ, त्यसले आगामी राजनीतिको दिशा तय गर्नेछ।  संविधान निर्माणका बेला भने यो धारा कसरी राखिएको थियो, त्यो बेलाका विधायकहरूको मनसाय के थियो, प्रमुख नेताहरूले यो धाराबारे के भनेका थिए, के-कस्ता परिवर्तन गरेका थिए भन्ने कुराले यो धाराबारे बुझ्न सघाउँछ।  पहिलो संविधानसभा संविधान निर्माण नगरी सर्वोच्च अदालतको आदेश अनुसार विघटन भएपछि दोश्रो संविधानसभाको निर्वाचन भयो। तर त्यसले पनि लामो समयसम्म संविधानका राज्य पुनर्संरचना, शासकीय स्वरूप र प्रदेश निर्माणको विषयमा सहमति जुटाउन सकेन। त्यसैबीच २०७१, कात्तिक १७ गते नेकपा एमालेका अध्यक्ष समेत रहेका केपी शर्मा ओलीले बाबुराम भट्टराई सभापति रहेको संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा एउटा अवधारणा प्रस्तुत गरे।  नेपाली ...