२०८२ चैत्र १५

राजनीति

एमाले सुदूरपश्चिम प्रदेशले गर्‍यो प्रधानमन्त्री पक्षका सात सांसदलाई निलम्बन

एमाले सुदूरपश्चिम प्रदेशले गर्‍यो प्रधानमन्त्री पक्षका सात सांसदलाई निलम्बन

देश, राजनीति
नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले प्रधानमन्त्री पक्षका सात सांसदलाई निलम्बन गर्ने निर्णय गरेको छ। सोमबार बसेको दलको बैठकले तीन जनालाई सात, दुई जनालाई दस दिन र दुई जनालाई १५ का लागि निलम्बन गर्ने निर्णय गरेको हो। Advertisement एमाले सुदूरपश्चिमका प्रमुख सचेतक दुर्गा विकले रतन थापा र पठान सिंह बोहरा लाई १५ दिन, लीलाधर भट्ट र बलदेव रेग्मीलाई १० दिन र नेपालु चौधरी, माया तामाङ र बलदेव रेग्मीलाई सात दिनका लागि निलम्बन गरिएको जानकारी दिइन्। उनीहरूले प्रदेशमा मुख्यमन्त्री त्रिलोचन भट्टलाई जेठ २५ गते विश्वासको मत दिन जारी ह्वीप उल्लंघन गरेको भन्दै दलका नेता प्रकाश शाहले स्पष्टीकरण सोधेका थिए। त्यसपश्चात निलम्बनको निर्णय गरिएको विकले बताइन्। माधवकुमार नेपाल समूहको बहुमत भएको संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिन...
माओवादी नेता पाण्डेयको हत्या श्रीमतीकै योजनामा भएको प्रहरीको निष्कर्ष

माओवादी नेता पाण्डेयको हत्या श्रीमतीकै योजनामा भएको प्रहरीको निष्कर्ष

देश, राजनीति, समाचार
३१ जेठ, बुटवल । कपिलवस्तुका नेकपा माओवादी केन्द्रका नेता दीपक पाण्डेयको हत्यामा उनकै श्रीमतीको संलग्नता रहेको प्रहरीले दाबी गरेको छ । गत जेठ ५ गते राति तौलिहवा–जितपुर सडकखण्डको गोबरीमा पाण्डेयमाथि मोटरसाइकलमा आएका तीनजनाले गोली हानेका थिए । शरीरमा दुई गोली लागेका पाण्डेयको तीन दिनपछि उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको थियो । झण्डै एक महीनाको अनुसन्धानपछि प्रहरी पाण्डेयको हत्याको मुख्य योजनाकार उनकै श्रीमती महिमा पाण्डेय रहेको निष्कर्षमा पुगेको हो । Advertisement ‘दीपकको हत्यामा उनकै श्रीमती महिमाको हात रहेको पुष्टि भएको छ’ कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले भने । पाण्डेयको हत्याको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयले प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीको नेतृत्वमा टोली खटाएको थियो । पाण्डेयको हत्या आरोपमा प्रहरीले...
कांग्रेस सांसद वैद्यलाई पक्राउ गर्न गृहमन्त्रीसँग माग

कांग्रेस सांसद वैद्यलाई पक्राउ गर्न गृहमन्त्रीसँग माग

देश, राजनीति, समाचार
३१ जेठ, काठमाडौं । नेकपा एमालेको विभिन्न जनसंगठन र सामुदायिक संगठनका प्रतिनिधिले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध हिंसात्मक अभिव्यक्ति दिने नेपाली कांग्रेसका वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई तत्काल गिरफ्तार गर्न माग गरेको छ । उनीहरुले सोमबार गृहमन्त्री खगराज अधिकारीलाई भेटी वैद्ययको अभिव्यक्तिप्रति फौजदारी कानुन समेत आकर्षित हुने भन्दै उनलाई अविलम्ब पक्राउ गरी कारबाही गर्न माग गरेका हुन् । Advertisement अखिल नेपाल किसान महासंघ, अखिल नेपाल महिला संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, नेपाल उत्पीडित जातीय मुक्ति समाज, नेपाल खेलकुद महासंघ, राष्ट्रिय युवा संघ नेपाल, मुस्लिम इत्तेहाद संगठन, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, पेशागत महासंघ र नेपाल ट्रेड युनियन महासंघ जिफन्टका प्रतिनिधिले सोमबार गृहमन्त्री अधिकारीलाई ज्ञा...
पर्यटन काज सुविधा शिक्षक र प्राध्यापकलाई पनि देऊ : काँग्रेस

पर्यटन काज सुविधा शिक्षक र प्राध्यापकलाई पनि देऊ : काँग्रेस

देश, राजनीति, समाचार
३१ जेठ, काठमाडौं । नेपाली काँग्रेसले निजामती कर्मचारीको लागि दिइएको पर्यटन काज सुविधा शिक्षक र प्राध्यापकलाई पनि दिन आग्रह गरेको छ । नेपाली काँग्रेस शिक्षा विभागका सचिव डा. कृष्णप्रसाद रिजालले सोमबार विज्ञप्ति जारी गर्दै सरकारले बजेटमार्फत् निजामती कर्मचारीको लागि उक्त सुविधा दिएको भए पनि शिक्षक र पदाधिकारीको विषयमा बजेट नबोलेको भन्दै ध्यानाकर्षण गराएका छन् । Advertisement ‘अध्यादेश मार्फत् ल्याइएको आर्थिक वर्ष २०७८/७९ को बजेटमा निजामती सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई प्रदान गरिने सेवा तथा सुविधामा शिक्षक र प्राध्यापकलाई विभेद गरेको छ’ विज्ञप्तिमा भनिएको छ ‘निजामती कर्मचारीलाई १० लाखको सामूहिक दुर्घटना बिमा र एक लाख रूपैयाँको स्वास्थ्य बिमा प्रिमियम बापतको रकम नेपाल सरकारे व्यहोर्ने निर्णय गरे पनि सोबाट समेत शिक्षक र प्राध्यापकलाई बञ्चित ...
गण्डकी सरकारले पार्टीका घोषणापत्र र नयाँ नारा समेटेर नीति तथा कार्यक्रम ल्याउँदै

गण्डकी सरकारले पार्टीका घोषणापत्र र नयाँ नारा समेटेर नीति तथा कार्यक्रम ल्याउँदै

देश, राजनीति, समाचार
३१ जेठ, पोखरा । जेठ २९ गतेमात्र गठन भएको गण्डकी प्रदेशको वैकल्पिक सरकारले आज नीति तथा कार्यक्रम ल्याउन लागेको छ । आज दिउँसो ३ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ । सरकारलाई असार १ गते बजेट ल्याउनै पर्ने बाध्यता छ भने त्योभन्दा अगाडि नीति तथा कार्यक्रम ल्याउनु पर्छ । बजेट तयारी गरेको अघिल्लो सरकारले १५ दिन अगाडि नै प्रि बजेट छलफल गरेको थियो । वैकल्पिक सरकार गठन भएको २ दिनमै नीति तथा कार्यक्रम र बजेट तयार पार्नु पर्ने बाध्यता अहिलेको सरकारलाई छ । Advertisement ‘छोटो समयमा नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने भएकाले तीव्र तयारी गरिरहेका छौं । विज्ञसहितको टोली खटिएको छ,’ मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भने, ‘सबै पार्टीका घोषणा पत्रका मुख्य नीति पनि समेट्ने छौं । निर्वतनमान सरकारको नीति तथा कार्यक्रमको जग त भइहाल्यो ।’ योजना आयोगका पूर्व...
प्रदेश २ का नीति तथा कार्यक्रम पारित

प्रदेश २ का नीति तथा कार्यक्रम पारित

देश, राजनीति, समाचार
३० जेठ, जनकपुरधाम । प्रदेश २ सरकारले प्रस्तुत गरेको आर्थिक बर्ष २०७८/७९ को नीति तथा कार्यक्रम पारित भएको छ । नीति तथा कार्यक्रममाथि सांसदहरुले राखेको प्रश्नको आइतबार  मुख्यमन्त्री लालबाबु राउतले जवाफ दिएपछि पारित भएको हो । Advertisement नीति तथा कार्यक्रम पारित गराउन सत्तारुढ जनता समाजवादी पार्टीको संसदीय दलले ह्वीप लगाएको थियो । नीति तथा कार्यक्रममा शनिबार र आइतबार गरी २६ जनाले आफ्नो धारणा राखेका थिए । सांसदहरुको जिज्ञासालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले नीति तथा कार्यक्रमको कार्यान्वयन पक्ष सशक्त बनाएर लैजाने प्रतिवद्धता जनाएका थिए । माओवादी सांसदले लिएनन् संशोधन फिर्ता नीति तथा कार्यक्रममाथि नेपाली कांग्रेसका सांसद शिवचन्द्र चौधरी, एमालेकी सीता गुरुङ र सुन्दरबहादुर विश्वकर्मा तथा माओवादी केन्द्रका दिलीप साहले संशोधन प्रस्ताव दर्...
यस्तो छ कांग्रेस महाधिवेशनको प्रस्तावित कार्यतालिका

यस्तो छ कांग्रेस महाधिवेशनको प्रस्तावित कार्यतालिका

देश, राजनीति
नेपाली कांग्रेसले १४ औं महाधिवेशन एक साता पर धकेल्ने प्रस्ताव केन्द्रीय समितिमा लैजाने भएको छ। सभापति शेरबहादुर देउवाको निवासमा शनिबार बसेको पदाधिकारी बैठकले भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरेको छ। यो प्रस्तावबारे छलफल गर्न कांग्रेसले बिहीबारका लागि केन्द्रीय समिति बैठक बोलाएको छ। सम्भवत उक्त बैठकले यो प्रस्ताव अनुमोदन गर्नेछ। कांग्रेसले कोरोना महामारीले क्रियाशील सदस्ता वितरण तथा नवीकरणका काम नसकिनुलाई समयमै महाधिवेशन गर्न कठिनाइ हुने निष्कर्ष निकालेको छ। Advertisement तर कांग्रेसलाई भदौभित्रै महाधिवेशन गर्नुपर्ने बाध्यता छ। नियमित कार्यकाल चार वर्ष सकेर सभापति देउवाले डेढ वर्ष कार्यकाल थपेका थिए जुन भदौमा सकिँदैछ। कांग्रेसले कोरोना महामारीबीच नै महाधिवेशन गर्ने तयारी गरेको छ। असार २० गतेभित्र क्रियाशील बारेका बिबाद हेरेर...
पृथ्वीसुब्बाले दिए मुख्यमन्त्री पोखरेललाई बधाई

पृथ्वीसुब्बाले दिए मुख्यमन्त्री पोखरेललाई बधाई

देश, राजनीति, समाचार
२९ जेठ, पोखरा । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई बधाई दिएका छन् । गुरुङले मुख्यमन्त्री पोखरेललाई फोन गरी आफू र पार्टीको तर्फबाट बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना दिएका छन् । Advertisement विपक्षी गठबन्धनको समर्थन पाएका पोखरेललाई प्रदेश प्रमुख सीता पौडेलले शुक्रबार दिउँसो मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । त्यसअघि जनता समाजवादी पार्टी (जसपा)को प्रदेश कमिटी र राष्ट्रिय जनमोर्चाले कारबाही गरी पदमुक्त भएका कृष्ण थापाको समर्थनमा गुरुङले पनि दाबी पेश गरेका थिए । त्यसलाई लिएर विपक्षीहरुले प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएका थिए । एमाले संसदीय दलका नेता गुरुङले भने आफूले दाबी गरेको भए पोखरेलको बहुमत पुग्नै नसक्ने जिकिर गरे । ‘मेरो २७ जना थियो, कृष्णजीको ३१ जना द...
कर्णाली प्रदेशलाई केबुलकारमय बनाउने लक्ष्य

कर्णाली प्रदेशलाई केबुलकारमय बनाउने लक्ष्य

देश, राजनीति, समाचार
कर्णाली प्रदेश सरकार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पर्यटन प्रबर्द्धन, आवागमन र आर्थिक विकासका गतिविधिहरूलाई टेवा पुग्ने गरी सुर्खेत–सिद्धपाइला, कालिकोट कोटवाडा–मान्म, मुगुको रारा–मुर्माटप लगायतका स्थानहरुमा केवलकारको निर्माणको सम्भाव्यता अध्ययन गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाइने उल्लेख गरिएको छ । Advertisement त्यस्तै, सुरुङ मार्ग, जलमार्ग र रोप–वे लगायतका रणनीतिक महत्वका पूर्वाधार आयोजनाको सम्भाव्यता अध्ययन गरी सार्वजनिक–निजी साझेदारीमा सञ्चालन गने नीति तथा कार्यक्रम ल्याएको छ । साभार: रातोपाटी ...
फोन गरेर निवर्तमान मुख्यमन्त्रीले दिए नवनियुक्त मुख्यमन्त्रीलाई बधाई

फोन गरेर निवर्तमान मुख्यमन्त्रीले दिए नवनियुक्त मुख्यमन्त्रीलाई बधाई

देश, राजनीति, समाचार
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको छ । Advertisement प्रदेश प्रमुख सीता कुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा (५) बमोजिम आज नेपाली काँग्रेस प्रदेश संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेलगत्तै गुरुङले टेलिफोन गरी पोखरेललाई बधाई ज्ञापन गरेको उनका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिए । आजै मुख्यमन्त्रीसहित माओवादी केन्द्रबाट मधुमाया अधिकारी, जनता समाजवादी पार्टीबाट हरिशरण आचार्य र स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)ले मन्त्रीको शपथ ग्रहण गर्दै छन् ।  साभार: रातोपाटी ...