२०८२ पुष ८

राजनीति

‘प्रधानमन्त्री उदार भएपछि राजकिशोरलाई मन्त्री बनाउनु के ठूलो कुरा हो र!’

‘प्रधानमन्त्री उदार भएपछि राजकिशोरलाई मन्त्री बनाउनु के ठूलो कुरा हो र!’

देश, राजनीति
बिहीबार राष्ट्रपतिबाट सपथ लिँदै नवनियुक्त मन्त्रीहरू। तस्बिर: प्रधानमन्त्रीको सचिवालय बिहीबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बिस्तार गर्न खबर बाहिरियो। ओली मन्त्रिपरिषदमा सात मन्त्रालय खाली थिए त्यसैका लागि उनले एमालेका नेताहरूलाई मन्त्री बनाउन लागेका होलान् भन्ने धेरैको आँकलन थियो। किनकी सत्ता साझेदार जनता समाजवादी पार्टीको महन्थ-राजेन्द्र समूहबाट अघिल्लो साता नै मन्त्री भइसकेका थिए। महन्थ ठाकुर पक्षका १० जना नेतालाई मन्त्री बनाएका थिए। विघटित प्रतिनिधि सभाका २० जना सांसद आफ्नो पक्षमा भएकै आधारमा ठाकुरको भागमा ८ मन्त्री र २ राज्यमन्त्री परेका थिए। ओलीले बिहीबार थप्न लागेका मन्त्रीमध्ये उद्योग वार्णिज्य तथा आपुर्ति मन्त्रीमा जसपा नेता राजकिशोर यादवको नाम आएपछि धेरैलाई आश्चर्य लाग्यो। मन्त्रिपरिषद् बिस्तार हुने क्रममा यादवको नामबाहिर आएलगत्तै प्रधान...
बादललाई पुरस्कार- श्रीमती सञ्चार मन्त्री नियुक्त

बादललाई पुरस्कार- श्रीमती सञ्चार मन्त्री नियुक्त

देश, राजनीति
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार फेरि मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। अघिल्लो साता मन्त्रिपरिषद पुनर्गठन गरेका प्रधानमन्त्री ओलीले नेकपा एमालेमा आफ्नो समूहका सदस्यहरूलाई बिहीबार मन्त्रिमण्डलमा समावेश गर्न लागेका हुन्। प्रधानमन्त्री ओलीले विस्तार गर्न लागेको मन्त्रिमण्डलमा नैनकला थापा सञ्चार तथा सूचना प्रविधि मन्त्री नियुक्त भएकी छन्। उनी पूर्वगृहमन्त्री रामबहादुर थापा 'बादल' की श्रीमती हुन्। सर्वोच्च अदालतले जेठ ६ गते दिएको आदेशअनुसार सांसद रहेका बादलको पद खारेज भएको थियो। Advertisement नेकपा एकता खारेज भएपछि अन्तिम समयमा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेका बादललाई ओलीले यसअघि राष्ट्रिय सभा सदस्य पनि बनाउन खोजेका थिए। तर बागमती प्रदेश सभामा भएको राष्ट्रिय सभा उपनिर्वाचनमा बादल पराजित भएपछि उनको सांसद र मन्त्री पद गएको ...
आज ८ मन्त्री थप्दै प्रधानमन्त्री ओली, खगराज अधिकारी गृहमन्त्री

आज ८ मन्त्री थप्दै प्रधानमन्त्री ओली, खगराज अधिकारी गृहमन्त्री

देश, राजनीति
प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि मन्त्रिमण्डल विस्तार गर्दै छन्। खाली रहेका मन्त्रालयहरूमा प्रधानमन्त्री ओलीले बिहीबार सात मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्न लागेका हुन्। गृह, सञ्चार, कृषि, उद्योग, सामान्य प्रशासन मन्त्रालय प्रधानमन्त्री ओलीले मन्त्री नियुक्त गर्न लागेका हुन्। Advertisement स्रोतका अनुसार गृह मन्त्रीमा खगराज अधिकारी नियुक्त हुन लागेका छन्। त्यस्तै नैनकला थापा- सञ्चार तथा सूचना प्रविधि मन्त्री, ज्वालाकुमारी साह- कृषि मन्त्री, नारदमुनी राना- वनमन्त्री, मोहन बाँनिया- विना विभागीय, राजकिशोर यादव-उद्योग मन्त्री, गणेश पहाडी- सामान्य प्रशासन मन्त्री र आशा बिक वन राज्यमन्त्री हुने भएका छन्।   नवनियुक्त मन्त्रीहरूले आजै साँझ सपथ लिने जनाएको छ।  यसअघि अघिल्लो साता प्रधानमन्त्री ओलीले पुरानो मन्त्रिमण्डलका चार जनाब...
मागेको जति मन्त्रालय नपाएपछि भड्कियो माओवादी, सरकारमा सहभागी नहुने

मागेको जति मन्त्रालय नपाएपछि भड्कियो माओवादी, सरकारमा सहभागी नहुने

देश, राजनीति, समाचार
मागेको जति मन्त्रालय नपाउने भएपछि प्रदेश नम्बर २ सरकारमा नेकपा माओवादी केन्द्र सहभागी नहुने भएको छ ।  Advertisement माओवादी २ मन्त्रालय मागेकोमा जसपाले अन्तिम समयमा १ मन्त्रालय मात्रै दिन सकिने बताएपछि आक्रोशित बनेको माओवादी सरकारमा नजाने भएको हो।   माओवादी केन्द्रका सांसद जगत यादवले पार्टी सरकारमा सहभागी नहुने बताए ।  उनले सामाजिक सञ्जालमार्फत पार्टी सरकारमा सहभागी हुने जानकारी गराएका हुन् । जसपासँगको वार्ताका लागि कार्यदलका सदस्य समेत रहेका उनले पार्टीले दुई मन्त्रालय मागेकोमा अहिले एउटामात्रै दिने भनिएकाले त्यसमा आफूहरुको असहमति भएको बताए ।   आजै काँग्रेस र जसपाबीच सरकारमा जान दुई बुँदे सहमति भएपनि माओवादीसँग भने त्यस्तो कुनै लिखित सहमति भएको छैन । माओवादीसँग कुरा नमिल्दा काँग्रेसतर्फका मन्त्रीहरुको शपथमा पनि ढिलाइ भएको छ । साभार: र...
कर्णाली प्रदेशसभा : बुधबारको बैठक पनि एमालेद्वारा अबरुद्ध

कर्णाली प्रदेशसभा : बुधबारको बैठक पनि एमालेद्वारा अबरुद्ध

देश, राजनीति, समाचार
कर्णाली प्रदेशसभाको आठौँ अधिवेशनको तेस्रो बैठक पनि प्रतिपक्षी दल नेकपा एमालेले अवरुद्घ गरेको छ ।  फौजदारी अभियोग लागेका भौतिक पूर्वाधार विकास मन्त्री अमरबहादुर थापालाई बर्खास्त नगरेसम्म संसद चल्न नदिने अडान एमालेले लिएको छ । Advertisement मंगलबार बैठक नै नबसेर सुचना टाँस गरी स्थगित गरिएको थियो । आजपनि एमाले  संसदीय दलका नेता यामलाल कँडेलले सुरुमै मुख्यमन्त्री महेन्द्रबहादुर शाही बैठकमा सहभागी नभएको भन्दै आक्रोश पोखे । प्रदेशसभाको बैठक सोमबार दिउँसो २ बजे र बेलुका ५ बजे बसेको थियो। पहिलो बैठकमा प्रारम्भमै एमाले कँडेलले फौजदारी अभियोग लागेका व्यक्तिलाई प्रदेश सरकारको मन्त्रीमा राखेकामा आक्रोश पाखेका थिए। दोषी करार व्यक्ति सभामा राख्ने स्थितिको अन्त्य र सुधार नगरेसम्म बैठक चल्न नदिने बताएका थिए। सोही अनुसार आज पनि प्रतिपक्षले सदन चल्न नदिएपछि स...
प्रतिनिधिसभा विघटन मुद्दामा अन्तरिम आदेश भएन, सरकारसँग लिखित जवाफ माग

प्रतिनिधिसभा विघटन मुद्दामा अन्तरिम आदेश भएन, सरकारसँग लिखित जवाफ माग

देश, राजनीति, समाचार
प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा संवैधानिक इजलासको अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सुनुवाइका क्रममा वरिष्ठ अधिवक्ता शम्भु थापालाई न्यायाधीश ईश्वर खतिवडाले साोधेका थिए–‘अन्तरिमा आदेश पनि माग्नुभएको छ, आधार के छन् ?’ Advertisement थापाले प्रधानमन्त्री संवैधानिक रुपमा पदमुक्त भएको दावी गर्दै अन्तरिम आदेश हुनुपर्ने जिकिर गरेका थिए । तर, संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।  संवैधानिक इजलासले प्रधानमन्त्री, प्रधानमन्त्रीको कार्यालय र राष्ट्रपति कार्यालयसँग विघटन गर्नुपर्ने कारण माग गर्दै असार ८ गतेभित्र लिखित जवाफ मागेको छ । लिखित जवाफ आएपछि निरन्तर सुनुवाई गरिने प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले इजलासमा जानकारी गराएका छन् । यसैबीच न्यायाधीश ईश्वर खतिवडाले विघटन विरुद्धका  २९ वटा रिट एकातिर र शेरबहादुर देउवासहितका ...
कानुनविपरीत कुनै काम नगर्न गण्डकी प्रदेश प्रमुखलाई विपक्षी गठबन्धनको ध्यानाकर्षण

कानुनविपरीत कुनै काम नगर्न गण्डकी प्रदेश प्रमुखलाई विपक्षी गठबन्धनको ध्यानाकर्षण

देश, राजनीति, समाचार
गण्डकी प्रदेशसभाका विपक्षी गठबन्धनका सांसदहरुले प्रदेश प्रमुख सीताकुमारी पौडेलसँग भेट गरेका छन् । बुधबार प्रदेशसभामा विपक्षी काँग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीका सांसदले प्रदेश प्रमुख पौडेललाई भेट गरेका हुन् । यसअघि विपक्षी गठबन्धनले संविधानको धारा १८४ (२) अनुसार सरकार गठनका लागि दाबी पेस गरेको थियो.। तर राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाहीको नक्कली हस्ताक्षर भएको विज्ञप्ति आएपछि त्यसैलाई आधार मानेर प्रदेश प्रमुख पौडेलले मुख्यमन्त्री नियुक्त नगरेको प्रति विपक्षी दलले ध्यानाकर्षण गराएको बताएका छन् । Advertisement बिहीबार गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिदै छन् । मुख्यमन्त्री गुरुङले विश्वासको मत लिन डाकिएको प्रदेशसभा बैठकको पूर्वसन्ध्यामा विपक्षी दलहरुले प्रदेश प्रमुखलाई भेटेर...
संवैधानिक इजलासबाट दुई न्यायाधीश भट्टराई र कार्की नहट्ने निर्णय

संवैधानिक इजलासबाट दुई न्यायाधीश भट्टराई र कार्की नहट्ने निर्णय

देश, राजनीति, समाचार
संवैधानिक इजलासबाट सरकारी वकिलले प्रश्न उठाएका दुई न्यायाधीश नहट्ने भएका छन् । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र दीपक कुमार कार्की नहट्ने भएका हु्न् ।  Advertisement आजको इजलास सुरु हुनेबित्तिकै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आइतबार गठन भएकै इजलासलाई निरन्तरता दिने जानकारी गराएका हुन् । यसअघि कार्की र भट्टराईले बस्ने नबस्ने बारे राय दिने भनिएपनि सोअघि नै राणाले दुई न्यायाधीशलाई नै निरन्तरता दिने निर्णय लिएका हुन् ।  यससँगै प्रतिनिधिसभा विघटनविरुद्धको शेर बहादुर देउवा लगायतको रिट निवेदनमा बहस शुरु भएको छ । निवेदकको तर्फबाट बहस गर्ने कानुन व्यवसायीलाई  आधा घण्टाको समय दिइएको छ ।  साभार: रातोपाटी ...
संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइ सुरु

संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइ सुरु

देश, राजनीति, समाचार
प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ ।  संवैधानिक इजलासमा प्रधान न्यायाधीशको नेतृत्वमा पाँचजना न्यायाधीश छन् । प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई सम्मिलित इजलासमा सुनुवाई शुरु भएको हो ।  Advertisement आजको इजलासमा न्यायाधीश कार्की र भट्टराईले इजलासबाट बाहेक हुने वा नहुने भन्नेबारे राय दिनेछन् । इजलासमा सम्मिलित न्यायाधीश संवैधानिक इजलासको रोष्टरमा रहेका मध्येका बरिष्ठ हुन् ।  सरकार पक्षका कानुन व्यवसायीले वैशाख जेठ १८ मा कार्की र भट्टराईले आफुलाई बाहेक गर्ने निर्णय गरेको हुनाले फेरी सुनुवाइमा सहभागी नहुन दबाव दिएका थिए ।   विघटन बिरुद्ध परेका ३० वटा रिट परेका छन् । रिट, निवेदकले तत्काल संसद पुनः स...
लुम्बिनीको नीति तथा कार्यक्रममा विपक्षीको टिप्पणी : हावा भरिएको आकर्षक बेलुन

लुम्बिनीको नीति तथा कार्यक्रममा विपक्षीको टिप्पणी : हावा भरिएको आकर्षक बेलुन

देश, राजनीति, समाचार
२५ जेठ, बुटवल । लुम्बिनी प्रदेश सरकारले मंगलबार सार्वजनिक गरेको नीति तथा कार्यक्रमलाई विपक्षी दलहरुले ‘हावा भरिएको आकर्षक बेलुन’ को संज्ञा दिएका छन् । सरकार अल्पमतमा परिसकेको र वैधानिकता गुमाइसकेकाले नीति तथा कार्यक्रम कार्यान्वयन हुने आधार नै नभएको विपक्षीहरुको टिप्पणी छ । माओवादी केन्द्रकी सांसद दामा शर्माले अल्पमतमा पर्दापर्दै कीर्ते र जालसाजी गरेर बनेको सरकारले ल्याएको नीति तथा कार्यक्रम अवैध रहेको टिप्पणी गरिन् । Advertisement उनले नीति तथा कार्यक्रमबारे टिप्पणी गर्नुको अर्थ र औचित्य नभएको बताइन् । ‘गत वैशाख १९ गते कीर्ते र जालसाजी गरेर बनेको सरकारले ल्याएको नीति तथा कार्यक्रमको प्रस्तुति नै अवैध छ’ सांसद शर्माले भनिन्–‘बहुमत सिद्ध नगरी ल्याइएको अवैध नीति तथा कार्यक्रमको भित्रको विषयवस्तुबारे टिप्पणी गर्न आवश्यक छैन ।’ नेपाली कांग्रेसका प्र...