२०८३ असार २०

राजनीति

एमाले कार्यदलको बैठक सिंहदरबारमा जारी

एमाले कार्यदलको बैठक सिंहदरबारमा जारी

देश, राजनीति
सत्तारूढ नेकपा एमालेको विवाद मिलाउन गठन गरिएको कार्यदलको बैठक आज पनि बसेको छ। आइतबार बिहान दुबै पक्षका कार्यदल सदस्यहरूले आन्तरिक छलफल गरेपछि केहीबेरअघि सिंहदरबारस्थित अर्थ मन्त्रालयमा कार्यदलको बैठक सुरू भएको हो। Advertisement बैठकअघि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यदल सदस्यले उनीसँग कोटेश्वरमा छलफल गरेका थिए। दुबै पक्षका कार्यदल सदस्यले आज निष्कर्षमा पुग्ने तयारी भइरहेको बताएका छन्। यसअघि शनिबार पनि कार्यदलको बैठक बसेको थियो। कार्यदलमा नेपाल पक्षले सर्वोच्च अदालतमा बुझाएको हस्ताक्षरबारे फैसला कुर्ने, पार्टीका सबै निर्णयहरू  सहमतिका आधारमा हुनुपर्नेलगायत कुरालाई बटम लाइन बनाएका छन्। नेताहरूले आज सहमति हुने बताएकाले यो बैठकलाई निकै चासोका साथ हेरिकएको छ।  ...
बुढानिलकण्ठमा प्रचण्ड-देउवाबीच भेट

बुढानिलकण्ठमा प्रचण्ड-देउवाबीच भेट

देश, राजनीति
नेकपा माओादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल' प्रचण्ड' ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन्। Advertisement शनिबार दिउँसो देउवा निवास बुढानिलकण्ठमा उनीहरूबीच भेट भएको हो। उनीहरूबीच राजनीतिक छलफल भएको बताइएको छ। यसअघि उनले माधवकुमार नेपाललाई पनि भेटेका थिए।  जनैखटिरा आएर घरमै आराम गरिरहेका नेपाललाई भेट्न प्रचण्ड उनको निवासमा गएका हुन्। प्रचण्ड स्वास्थ्य लाभ गरी राजनीतिक विषयमा प्रवेशनै नगरी उनी फर्किएका थिए। ...
एमाले कार्यदलको बैठक सकियो, सुवास नेम्वाङ भन्छन्- भोलि बिहान सुखद् समाचार सुन्न पाउनुहुन्छ

एमाले कार्यदलको बैठक सकियो, सुवास नेम्वाङ भन्छन्- भोलि बिहान सुखद् समाचार सुन्न पाउनुहुन्छ

देश, राजनीति
नेकपा एमाले विवाद हल गर्नको लागि गठन भएको कार्यदलको बैठक सकिएको छ। Advertisement शनिबार निर्धारित समयभन्दा ढिला गरी सिंहदरबारमा बैठक बसेको थियो। कार्यदल सदस्य सुवास नेम्वाङले कार्यदलको काम टुंग्याए बराबर भएको भन्दै भोलि बिहान सुखद् समाचार सुन्न पाइने बताए। बैठकपछि सञ्चारकर्मीहरूसँग उनले भने, ‘हामीले साह्रै मेहनतका साथ तपाईंहरूको शुभकामनाले हामीले काम टुंग्याए बराबर छ। भोलि बिहान ८ बजे तपाईंहरूले सुखद् समाचार सुन्न पाउनु हुनेछ।’ कार्यदलले सबै विवादित विषय टुंगो लगाएको हो? भन्ने प्रश्नमा उनले भने,‘ अब त्यो सबै कुरा भोलि बिहान भन्ने छ।’ ...
माधव नेपाल भन्छन्- हस्ताक्षर फिर्ता हुँदैन, अदालतको निर्णयलाई प्रभावित गर्न पाइँदैन

माधव नेपाल भन्छन्- हस्ताक्षर फिर्ता हुँदैन, अदालतको निर्णयलाई प्रभावित गर्न पाइँदैन

देश, राजनीति
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा भएको हस्ताक्षर फिर्ता नहुने स्पष्ट पारेका छन्। कुराकानी गर्दै वरिष्ठ नेता नेपालले अदालतको निर्णयलाई प्रभावित पार्ने गरी कुनै काम नहुने समेत बताए। ‘हस्ताक्षर फिर्ता हुँदैन। अदालतको निर्णयलाई प्रभावित गर्न पाइँदैन। सहमतिमा बेइमानी र धोकाधडी हुँदैन,’ उनले भने, ‘पार्टी एकताको लागि सहमति हुनसक्छ। तर विगतमा भएको सहमतिबाट पछि हट्न सकिँदैन। मेरो बटमलाइन यही हो।’ उनले अरूलाई धोका दिएर कुनै सहमति नहुने समेत बताए। Advertisement एमाले एकताका लागि गठित कार्यदलका सदस्यहरूले आफूहरू सहमतिको नजिक पुगेको दाबी गरिरहेका बेला नेपालको यस्तो प्रतिक्रिया आएको हो। कांग्रेस सभापति देउवाको पक्षमा भएको हस्ताक्षर फिर्ता लिनुपर्ने अडान प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले लिँदै आए...
हामी तीनमध्ये एक जना लडेर मात्रै पुग्दैन, रामचन्द्र र शेखर दाइ पनि हुनुहुन्छ : शशांक कोइराला

हामी तीनमध्ये एक जना लडेर मात्रै पुग्दैन, रामचन्द्र र शेखर दाइ पनि हुनुहुन्छ : शशांक कोइराला

देश, राजनीति
नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइरालाले पार्टीको आगामी नेतृत्व दोस्रो पुस्ताका नेताले गर्ने बताएका छन्। कुराकानी गर्दै उनले पार्टी नेतृत्व हस्तान्तरण हुने बेला आइसकेकाले अबको नेतृत्व आफू, बिमलेन्द्र निधि र प्रकाशमान सिंहमध्ये एक जनाले लिने दाबी गरे। पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले अभिभावकत्वको भूमिका निर्वाह गर्नुपर्ने भन्दै उनले नेताद्वयलाई आफूले त्यस किसिमको भूमिकाका लागि आग्रह गर्ने बताए। तेरो-मेरो भन्ने स्वभावका कारण सभापति देउवा पार्टीको सफल सभापति बन्न नसकेको टिप्पणी उनले गरे। प्रस्तुत छ, आसन्न महाधिवेशन, क्रियाशिल सदस्यता तथा नयाँ नेतृत्वका सम्बन्धमा कोइरालासँग गरिएको कुराकानी : Advertisement आसन्न महाधिवेशनको तयारी कहाँसम्म पुगेको छ, व्यक्तिगत र संस्थागत रुपमा? सबैभन्दा पहिला म पार्टीकै तयारीको कुरा ...
अन्तिम रूप दिइने भन्दै आज पनि एमाले कार्यदल बैठक बस्दै

अन्तिम रूप दिइने भन्दै आज पनि एमाले कार्यदल बैठक बस्दै

देश, राजनीति
नेकपा एमालको विवाद मिलाउन गठित कार्यदलमा सहमति नजिक पुगेको नेताहरूले दाबी गरेका छन्। सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शुक्रबार करिब ७ घण्टा बसेको कार्यदलको बैठकमा नेताहरुले सहमतिको नजिक पुगेको दाबी गरे पनि टुंगोमा पुर्‍याउन भने सकेनन्। बैठकपछि बाहिरिँदै नेताहरुले सहमतिनजिक पुगेको दावी गरेका छन्। अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीनिकटका नेता प्रदीप ज्ञवालीले धेरै विषय सहमति नजिक पुगेको र केही भाषा मिलाउन बाँकी रहेकाले आज पुनः बैठक बस्ने जानकारी गराए। Advertisement त्यस्तै माधवकुमार नेपाल पक्षका नेता गोकर्ण विष्टले पनि केही विषयमा सहमतिनजिक पुगिएको जानकारी दिए। नेकपा एमालेभित्रको विवाद मिलाउन कार्यदलका सदस्यहरू विगत १० दिनयता निरन्तर छलफलमा छन्। एमालेले आन्तरिक विवाद मिलाउन अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र वरिष्ठ नेता माध...
कार्यदल बैठकबाट निस्किएका शंकर पोखरेलले भने- सम्भवत: आजै टुंग्याउँछौं

कार्यदल बैठकबाट निस्किएका शंकर पोखरेलले भने- सम्भवत: आजै टुंग्याउँछौं

देश, राजनीति
नेकपा (एमाले) को विवाद मिलाउन गठित कार्यदलको बैठक अहिले सिंहदरबारमा जारी छ। केही घन्टादेखि जारी छलफलमा आज सहमति खोज्ने प्रयास भइरहेको छ। Advertisement केहीबेरअघि बैठकबाट निस्किएका कार्यदलका सदस्य लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले आजै टुंग्याउने गरी छलफल भइरहेको बताए। ‘बैठक बसिरहेको छ। सम्भवत: आजै टुंग्याउँछौं,’ उनले भने। पार्टीभित्र देखिएका विवाद समाधान गर्न पटक-पटक कार्यदलको बैठक बसिरहेको छ। बिहीबार पनि कार्यदलको बैठक बसेको थियो भने सहमति नजिक पुगेको नेताहरूले प्रतिक्रिया दिएका थिए। नेता सुवास नेम्वाङले सहमति नजिक पुगेको बताए पनि घनश्याम भुसालले भने १० दिनदेखि खासै प्रगति हुन नसकेको बताएका थिए।  ...
नेपालसँग ओलीले विपक्षी गठबन्धन छोडेर आफूलाई सहयोग गर्न भने, जेठ २ मा फर्किने कुरै गरेनन्

नेपालसँग ओलीले विपक्षी गठबन्धन छोडेर आफूलाई सहयोग गर्न भने, जेठ २ मा फर्किने कुरै गरेनन्

देश, राजनीति, समाचार
नेकपा एमालेकाअध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार भेटवार्ता भएको छ। उनीहरूको भेटअघि पार्टीभित्रको विवाद समाधानका लागि बनाइएको कार्यदल ब्युँताएर दोस्रो तहका नेताबीच लगातार तीन दिन छलफल भएको थियो। समस्याबारे कार्यदलमा विस्तृत छलफलप भएपछि ओली र नेपालबीच बुधबार साँझ राजधानीको मेरियट होटलमा भेटवार्ता भएको हो। भेटवार्तामा दुबै नेताले आ-आफ्नो अडान नछोडेकाले कुनै ठोस सहमति हुन नसकेको स्रोतले जानकारी दियो। Advertisement भेटमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले नेपाललाई विपक्षी गठबन्धन छोडेर आफूलाई निःशर्त सहयोग गर्न भनेका थिए। उनले  पार्टीलाई २०७५ जेठ २ अघिकै अवस्थामा फर्काउने विषयमा कुनै प्रस्ताव नराखेपछि नेता नेपाल सहमत नभएको स्रोतले बतायो। ‘तपाईंहरू विपक्षी गठबन्धनमा लाग्नुभयो। त्यसलाई छोड्नुपर्छ। ...
प्रदेश २ सभाको बैठक पुनः सारियो

प्रदेश २ सभाको बैठक पुनः सारियो

देश, राजनीति, समाचार
२३ असार, जनकपुरधाम । प्रदेश २ सभाको बैठक पुनः सारिएको छ । असार २३ गते बुधबारका लागि बोलाइएको प्रदेश सभाको बैठक असार २५ गतेका लागि सारिएको प्रदेश सभा सचिवालयका सचिव रंजित यादवले जानकारी दिए । गत असार १ गते प्रस्तुत भएको आर्थिक बर्ष २०७८/७९ को बजेटमा प्रदेश सभा बैठक बस्न नसक्दा छलफल शुरु हुन सकेको छैन । बजेट प्रस्तुत भएकै दिन बसेको दोस्रो बैठक नेकपा एमाले र माओवादी केन्द्रका सासदले अवरुद्ध गरेका थिए । Advertisement उनीहरुले संसदीय विकास क्षेत्रको बजेट बढाउनुपर्ने माग राख्दै बैठक अवरुद्ध गर्दा असार १५ गतेका लागि बैठक तय गरिएको थियो । तर, कुरा नमिल्दा १५ गतेको बैठकलाई २३ गतेका लागि सारिएको थियो । अब २५ गते बैठक बस्नेछ । चालु आर्थिक बर्षको बजेट खर्च गर्ने अन्तिम समय रहेकाले सबै सांसद आफ्ना योजनालाई हेर्ने र कार्यालयमा पनि चाप रहने भएकाले बैठक सार...
पार्टी विभाजनका लागि जसपाका दुवै पक्ष सहमत

पार्टी विभाजनका लागि जसपाका दुवै पक्ष सहमत

देश, राजनीति
काठमाडौँ — पार्टी विभाजनका लागि जसपाका दुवै पक्ष सहमत भएको छ । मंगलबार निर्वाचन आयोगमा जसपाको महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव पक्षबीच भएको छलफलमा जसपाको विभाजन सम्बन्धी प्रक्रियामा अगाडी बढ्न दुवै पक्ष सहमत भएका हुन् । जसपाको उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन अयोगमा निवेदन पेस गरेको थियो । सोही निवेदनको आधारमा निर्वाचन आयोगले दुवै पक्षलाई सहमति जुटाउनको लागि भन्दै छलफलमा राखेको थियो । तर जसपाको दुवै पक्ष पार्टी एक गराउनको निम्ति सहमत नभएपछि निर्वाचन आयोगको प्रक्रिया अनुरुप आ–आफ्नो बाटो लाग्न तयार भएका हुन् । छलफलपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जसपा विवादको समाधान सहमतिबाट हुन नसकेको बताए । अब नियमानुसार जसपा आधिकारिकताको विवाद टुंग्याउन निर्वाचन आयोगमा एउटा इजलास गठन हुने इजलासले सुनुवाइको प्रक्...