प्रश्न गर्ने सांसदमाथि नै खनिए प्रदेश १ का मन्त्री
१३ जेठ, विराटनगर । प्रदेश १ का भौतिक पूर्वाधारमन्त्री अम्बिरबाबु गुरुङ प्रदेशसभामा आफूलाई प्रश्न गर्ने सांसदमाथि व्यक्तिगत रुपमै खनिएका छन् । आइतबार मन्त्रालयगत बजेट विनियोजनमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले आफ्नै जिल्ला ओखलढुंगाबाट निर्वाचित माओवादी केन्द्रका सांसद मोहन खड्कालाई व्यक्तिगत रुपमै गालीगलौच गरेका हुन् ।
खड्कालाई मन्त्री गुरुङले भने, ‘तपाईसँग अलिकति पनि भिजन छैन भन्ने बुझेको छु ।’
Advertisement
‘जनताबाट अनुमोदिन, सरकारको संयन्त्रमा पनि रहेको माननीय, एउटै जिल्लाबाट निर्वाचित, म (क) बाट उहाँ (ख) बाट,’ आलोचनाका क्रममा उनले भने, ‘विना आधार, केही कुरा नबुझी बोल्नुभो ।’
व्यक्तिगत आलोचनामा उत्रिएपछि सभामुख प्रदीपकुमार भण्डारीले गुरुङलाई रुलिङ गरे । तर सम्बोधनका क्रममा मन्त्री गुरुङले आफ्नै जिल्लाका सांसद मोहनकुमार खड्कालाई सुध्रिएर आ...









