२०८२ चैत्र १५

राजनीति

हामी तीनमध्ये एक जना लडेर मात्रै पुग्दैन, रामचन्द्र र शेखर दाइ पनि हुनुहुन्छ : शशांक कोइराला

हामी तीनमध्ये एक जना लडेर मात्रै पुग्दैन, रामचन्द्र र शेखर दाइ पनि हुनुहुन्छ : शशांक कोइराला

देश, राजनीति
नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइरालाले पार्टीको आगामी नेतृत्व दोस्रो पुस्ताका नेताले गर्ने बताएका छन्। कुराकानी गर्दै उनले पार्टी नेतृत्व हस्तान्तरण हुने बेला आइसकेकाले अबको नेतृत्व आफू, बिमलेन्द्र निधि र प्रकाशमान सिंहमध्ये एक जनाले लिने दाबी गरे। पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले अभिभावकत्वको भूमिका निर्वाह गर्नुपर्ने भन्दै उनले नेताद्वयलाई आफूले त्यस किसिमको भूमिकाका लागि आग्रह गर्ने बताए। तेरो-मेरो भन्ने स्वभावका कारण सभापति देउवा पार्टीको सफल सभापति बन्न नसकेको टिप्पणी उनले गरे। प्रस्तुत छ, आसन्न महाधिवेशन, क्रियाशिल सदस्यता तथा नयाँ नेतृत्वका सम्बन्धमा कोइरालासँग गरिएको कुराकानी : Advertisement आसन्न महाधिवेशनको तयारी कहाँसम्म पुगेको छ, व्यक्तिगत र संस्थागत रुपमा? सबैभन्दा पहिला म पार्टीकै तयारीको कुरा ...
अन्तिम रूप दिइने भन्दै आज पनि एमाले कार्यदल बैठक बस्दै

अन्तिम रूप दिइने भन्दै आज पनि एमाले कार्यदल बैठक बस्दै

देश, राजनीति
नेकपा एमालको विवाद मिलाउन गठित कार्यदलमा सहमति नजिक पुगेको नेताहरूले दाबी गरेका छन्। सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शुक्रबार करिब ७ घण्टा बसेको कार्यदलको बैठकमा नेताहरुले सहमतिको नजिक पुगेको दाबी गरे पनि टुंगोमा पुर्‍याउन भने सकेनन्। बैठकपछि बाहिरिँदै नेताहरुले सहमतिनजिक पुगेको दावी गरेका छन्। अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीनिकटका नेता प्रदीप ज्ञवालीले धेरै विषय सहमति नजिक पुगेको र केही भाषा मिलाउन बाँकी रहेकाले आज पुनः बैठक बस्ने जानकारी गराए। Advertisement त्यस्तै माधवकुमार नेपाल पक्षका नेता गोकर्ण विष्टले पनि केही विषयमा सहमतिनजिक पुगिएको जानकारी दिए। नेकपा एमालेभित्रको विवाद मिलाउन कार्यदलका सदस्यहरू विगत १० दिनयता निरन्तर छलफलमा छन्। एमालेले आन्तरिक विवाद मिलाउन अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र वरिष्ठ नेता माध...
कार्यदल बैठकबाट निस्किएका शंकर पोखरेलले भने- सम्भवत: आजै टुंग्याउँछौं

कार्यदल बैठकबाट निस्किएका शंकर पोखरेलले भने- सम्भवत: आजै टुंग्याउँछौं

देश, राजनीति
नेकपा (एमाले) को विवाद मिलाउन गठित कार्यदलको बैठक अहिले सिंहदरबारमा जारी छ। केही घन्टादेखि जारी छलफलमा आज सहमति खोज्ने प्रयास भइरहेको छ। Advertisement केहीबेरअघि बैठकबाट निस्किएका कार्यदलका सदस्य लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले आजै टुंग्याउने गरी छलफल भइरहेको बताए। ‘बैठक बसिरहेको छ। सम्भवत: आजै टुंग्याउँछौं,’ उनले भने। पार्टीभित्र देखिएका विवाद समाधान गर्न पटक-पटक कार्यदलको बैठक बसिरहेको छ। बिहीबार पनि कार्यदलको बैठक बसेको थियो भने सहमति नजिक पुगेको नेताहरूले प्रतिक्रिया दिएका थिए। नेता सुवास नेम्वाङले सहमति नजिक पुगेको बताए पनि घनश्याम भुसालले भने १० दिनदेखि खासै प्रगति हुन नसकेको बताएका थिए।  ...
नेपालसँग ओलीले विपक्षी गठबन्धन छोडेर आफूलाई सहयोग गर्न भने, जेठ २ मा फर्किने कुरै गरेनन्

नेपालसँग ओलीले विपक्षी गठबन्धन छोडेर आफूलाई सहयोग गर्न भने, जेठ २ मा फर्किने कुरै गरेनन्

देश, राजनीति, समाचार
नेकपा एमालेकाअध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार भेटवार्ता भएको छ। उनीहरूको भेटअघि पार्टीभित्रको विवाद समाधानका लागि बनाइएको कार्यदल ब्युँताएर दोस्रो तहका नेताबीच लगातार तीन दिन छलफल भएको थियो। समस्याबारे कार्यदलमा विस्तृत छलफलप भएपछि ओली र नेपालबीच बुधबार साँझ राजधानीको मेरियट होटलमा भेटवार्ता भएको हो। भेटवार्तामा दुबै नेताले आ-आफ्नो अडान नछोडेकाले कुनै ठोस सहमति हुन नसकेको स्रोतले जानकारी दियो। Advertisement भेटमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले नेपाललाई विपक्षी गठबन्धन छोडेर आफूलाई निःशर्त सहयोग गर्न भनेका थिए। उनले  पार्टीलाई २०७५ जेठ २ अघिकै अवस्थामा फर्काउने विषयमा कुनै प्रस्ताव नराखेपछि नेता नेपाल सहमत नभएको स्रोतले बतायो। ‘तपाईंहरू विपक्षी गठबन्धनमा लाग्नुभयो। त्यसलाई छोड्नुपर्छ। ...
प्रदेश २ सभाको बैठक पुनः सारियो

प्रदेश २ सभाको बैठक पुनः सारियो

देश, राजनीति, समाचार
२३ असार, जनकपुरधाम । प्रदेश २ सभाको बैठक पुनः सारिएको छ । असार २३ गते बुधबारका लागि बोलाइएको प्रदेश सभाको बैठक असार २५ गतेका लागि सारिएको प्रदेश सभा सचिवालयका सचिव रंजित यादवले जानकारी दिए । गत असार १ गते प्रस्तुत भएको आर्थिक बर्ष २०७८/७९ को बजेटमा प्रदेश सभा बैठक बस्न नसक्दा छलफल शुरु हुन सकेको छैन । बजेट प्रस्तुत भएकै दिन बसेको दोस्रो बैठक नेकपा एमाले र माओवादी केन्द्रका सासदले अवरुद्ध गरेका थिए । Advertisement उनीहरुले संसदीय विकास क्षेत्रको बजेट बढाउनुपर्ने माग राख्दै बैठक अवरुद्ध गर्दा असार १५ गतेका लागि बैठक तय गरिएको थियो । तर, कुरा नमिल्दा १५ गतेको बैठकलाई २३ गतेका लागि सारिएको थियो । अब २५ गते बैठक बस्नेछ । चालु आर्थिक बर्षको बजेट खर्च गर्ने अन्तिम समय रहेकाले सबै सांसद आफ्ना योजनालाई हेर्ने र कार्यालयमा पनि चाप रहने भएकाले बैठक सार...
पार्टी विभाजनका लागि जसपाका दुवै पक्ष सहमत

पार्टी विभाजनका लागि जसपाका दुवै पक्ष सहमत

देश, राजनीति
काठमाडौँ — पार्टी विभाजनका लागि जसपाका दुवै पक्ष सहमत भएको छ । मंगलबार निर्वाचन आयोगमा जसपाको महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव पक्षबीच भएको छलफलमा जसपाको विभाजन सम्बन्धी प्रक्रियामा अगाडी बढ्न दुवै पक्ष सहमत भएका हुन् । जसपाको उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन अयोगमा निवेदन पेस गरेको थियो । सोही निवेदनको आधारमा निर्वाचन आयोगले दुवै पक्षलाई सहमति जुटाउनको लागि भन्दै छलफलमा राखेको थियो । तर जसपाको दुवै पक्ष पार्टी एक गराउनको निम्ति सहमत नभएपछि निर्वाचन आयोगको प्रक्रिया अनुरुप आ–आफ्नो बाटो लाग्न तयार भएका हुन् । छलफलपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जसपा विवादको समाधान सहमतिबाट हुन नसकेको बताए । अब नियमानुसार जसपा आधिकारिकताको विवाद टुंग्याउन निर्वाचन आयोगमा एउटा इजलास गठन हुने इजलासले सुनुवाइको प्रक्...
तामाकोशीको सफलताले आत्मविश्वास बढायोः ओली

तामाकोशीको सफलताले आत्मविश्वास बढायोः ओली

देश, राजनीति, समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सफलताले मुलुकको ऊर्जा क्षेत्रको थप विकासका लागि आत्मविश्वास बढाएको बताएका छन् ।  कूल ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको आज उद्घाटन गँर्दै प्रधानमन्त्रीले आफनै बलबूतामा विकासका थुप्रै काम गर्न सक्छौ भन्ने विश्वासमा अभिवृद्धि भएको उल्लेख गरे ।  हरेक क्षेत्रमा बाह्य देशको भर पर्नुपर्ने अवस्थाको अन्त्य गर्ने दिशामा आयोजनाले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उनले ज्ञान, प्रविधिको विकास र विस्तारलगायतका क्षेत्रमा समेत महत्वपूर्ण योगदान गर्ने स्पष्ट पारे । जलविद्युत् क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउनेतर्फ पनि आयोजनाले विशेष योगदान गर्ने प्रधानमन्त्रीको भनाइ थियो ।  Advertisement आयोजना सम्पन्न हुनु ज्यादै खुसीको कुरा भएको जानकारी दिँदै प्रधानमन्त्रीले यसले स...
विघटन मुद्दामा एमिकस क्यूरीको दुईथरी राय

विघटन मुद्दामा एमिकस क्यूरीको दुईथरी राय

देश, राजनीति, समाचार
' प्रतिनिधिसभा विघटन मुद्दामा अदालतका साथी (एमिकस क्युरी)ले दुईथरी राय दिएका छन् । नेपाल बारबाट एमिकस क्यूरीमा राय दिन गएकी उषा मल्ल पाठक र सर्वोच्च बारबाट गएका प्रकाश बहादुर केसीले विघटन संविधान बमोजिम नै भएको राय दिएका छन् । नेपाल बारले पठाएका अर्का वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र सर्वोच्च बारले पठाएका कोमल प्रकाश घिमिरेले चाहिँ विघटन संविधान विपरीत भएको राय दिएका छन् । Advertisement स्वतन्त्र राय दिन लयर्स पोडियममा उपस्थित वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकेले रिट खारेज गर्न माग गर्दै कोभिड–१९ को खोप लगाएर चुनाव गराउनुपर्ने राय दिएकी छिन् । वरिष्ठ अधिवक्ता प्रकाश बहादुर केसी र पाठकले धारा ७६ (५)अनुसार सांसदहरू दलीय नियन्त्रणबाट बाहिर जान नसक्ने राय दिएका छन् । वरिष्ठ अधिवक्ता वैद्य र घिमिरेले चाहिँ विघटन असंवैधानिक भएको बताउँदै धारा ७६ (५)मा दलीय नियन्त्...
दलहरूलाई बाँदरको संज्ञा दिँदै कोमल ओलीको कविता बाचन

दलहरूलाई बाँदरको संज्ञा दिँदै कोमल ओलीको कविता बाचन

देश, राजनीति, समाचार
राष्ट्रियसभा सदस्य कोमल ओलीले राष्ट्रियसभाको बैठकमा सरकार विरोधी मोर्चामा सहभागी राजनीतिक दलहरूलाई बाँदरको संज्ञा दिदै व्यंग्यात्मक कविता बाचन गरेकी छन् । राष्ट्रियसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य ओलीले मुलुकको कोरोना महामारीको चपेटामा देश र देशवासी परेका बेला सबै राजनीतिक दलहरु एकजुट हुनुपर्नेमा फुटको राजनीतितर्फ उन्मुख भएको बताइन् । धार्मिक, सांस्कृति र प्राकृतिक सम्पत्तिको चर्चा गर्दै उनले नेपाली जनतालाई व्यवहारिक शिक्षा नदिन तथा जलस्रोतको धनी भइकन जनतालाई जलश्रोतसँग जोड्न नसक्नुको दोषी वर्तमान सरकार नभई विगतका सरकारहरु भएको बताइन् । Advertisement उनले भनिन्– ‘यो बेलामा राष्ट्रका सबै शक्तिहरु एक ठाउँमा उभिनुपर्दैन ? कुन बेला झगडा गर्ने कुन बेलामा मिल्ने भन्ने प्राथमिकता हुँदैन ? यो भन्दा बाँदर चरित्र के हुन्छ ? न आफ्नो घर...
एमाले कार्यदल व्यूँतिदै, आजै बैठक बस्ने तयारी

एमाले कार्यदल व्यूँतिदै, आजै बैठक बस्ने तयारी

देश, राजनीति, समाचार
नेकपा एमालेको विवाद मिलाउन गठित कार्यदल व्यूँतिने भएको छ। कार्यदलको बैठक सोमबारनै बस्ने तयारी भएको स्रोतले जानकारी दियो। कार्यदलमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल र शंकर पोखरेल छन्। Advertisement यस्तै वरिष्ठ नेता माधव नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त र सुरेन्द्र पाण्डे छन्। जेठ ७ गतेदेखि कार्यदलको बैठक बस्न सकेको छैन। यद्यपी त्यसयता दुवै पक्षका नेताहरु अनौपचारिक रुपमा छलफल गर्दै आएका थिए। कार्यदलको औपचारिक बैठक आजै सिंहदरबारमा बस्ने तयारी रहेको कार्यदलका एक सदस्यले बताए। आइतबार राती प्रधानमन्त्री ओली र उपाध्यक्ष रावलबीच कुराकानी भएको थियो। बालुवाटारमा भएको छलफलमा रावलले कार्यदल व्यूउँताउन सुझाव दिएका थिए। प्रधानमन्त...