२०८२ पुष ९

राजनीति

प्रधानमन्त्रीद्वारा समुन्द्रटार–त्रिसूली ३ बी हब प्रसारण लाइनको उद्घाटन

प्रधानमन्त्रीद्वारा समुन्द्रटार–त्रिसूली ३ बी हब प्रसारण लाइनको उद्घाटन

देश, राजनीति, समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको समुन्द्रटार–त्रिसूली ३ बी हब १३२ केभी डबल प्रसारण लाइन र सबस्टेसनको उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले शनिबार प्रधानमन्त्री निवास बालुवाटारबाट नुवाकोटमा निर्माण भएको प्रसारण लाइन र १३२÷३३ केभी समुद्रटार सबस्टेसनको भर्चुअल माध्यमबाट उद्घाटन गरेका हुन् । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको समुन्द्रटारबाट सुरु भई किस्पाङ गाउँपालिकामा निर्माणाधीन त्रिसूली ३ हब सबस्टेसनसम्मको २६ किलोमिटर  प्रसारण लाइनले २७० मेगावाटसम्म विद्युत् प्रवाह गर्न सक्ने छ । यस लाइनमा जोडिने गरी तादी खोला र यसका सहायक खोलाहरूमा निजी लगानीमा ६० मेगावाटका १० जलविद्युत आयोजनाहरू निर्माणको विभिन्न चरणमा छन् । Advertisement २६ किलोमिटर प्रसारण लाइनमध्ये ३ किलोमिटर खण्ड मल्टिसर्किट छ । जसमध्ये २ सर्किट लाइन जनत...
एमालेका दोस्रो तहका नेताबीचको छलफल सकियो, नेपाल पक्षीय नेताको बैठक नराख्न सुझाव

एमालेका दोस्रो तहका नेताबीचको छलफल सकियो, नेपाल पक्षीय नेताको बैठक नराख्न सुझाव

देश, राजनीति
सत्तारूढ नेकपा(एमाले)का दुवै पक्षका दोस्रो तहका नेताबीच भएको छलफल सकिएको छ। शनिबार ललितपुरमा भएको छलफलमा एकताको प्रयास भइरहेकोबेला बैठक नगर्न आफूहरूले आग्रह गरेको नेपाल पक्षीय एक नेता जानकारी दिए। Advertisement ‘एकताको प्रयास भइरहेको बेला बैठक नराख्न हामीले सुझाव दिएका छौं’, ती नेताले भने,‘ उहाँहरूले अध्यक्षलाई भन्छौं भन्नुभएको छ।’ हिजो केहीबेर केन्द्रीय कमिटीको बैठक बसेर आजको लागि स्थगित भएको थियो। देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षरबारे भने छलफल नभएको ती नेताले बताए। र आफूहरूले हस्ताक्षर फिर्ता पनि नगर्ने नेपाल पक्षीय नेताहरूले बताएका छन्।। उक्त छलफलमा ओली समूहका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल र  शंकर पोखरेल सहभागी छन् भने खनाल-नेपाल समूहबाट घनश्याम भुसाल, गोकर्ण विष्ट, भीम आचार्य र सुरेन्द्र पाण्डे स...
कांग्रेस पदाधिकारी बैठक अझै सुरु भएन

कांग्रेस पदाधिकारी बैठक अझै सुरु भएन

देश, राजनीति, समाचार
१८ असार, काठमाडौं । क्रियाशील सदस्यता छानविनका लागि मापदण्ड बनाउन बोलाइएको नेपाली कांग्रेस पदाधिकारी बैठक अझै सुरु भएको छैन । दिउँसो 2 बजेका लागि बोलाइएको बैठक पाँच बज्दा समेत सुरु भएको छैन । शीर्ष नेताहरुसहित पूर्वपदाधिकारी र क्रियाशील सदस्यता छानबिन समितिका सदस्यलाई पनि बोलाएको बैठकमा नेताहरु पार्टी कार्यालय सानेपामा आन्तरिक छलफलमै छन् । क्रियाशील सदस्यता छानविनका लागि मापदण्ड नहुँदा समितिको काम प्रभावित भएको छ । असार २० गतेसम्म काम सक्नुपर्ने जिम्मेवारी पाएको समितिले मापदण्ड नहुँदा विवादित जिल्लाका क्रियाशील सदस्यता छानविनको काम अगाडि बढाउन सकेको छैन । Advertisement मापदण्ड बनाउने जिम्मा पार्टी पदाधिकारीलाई दिइएपनि शीर्ष नेताहरुबीच साझा धारणा बन्न नसकेको हो । अहिले पार्टी कार्यालयमा नेताहरु आ–आफ्नो समूहसँग छलफलमा रहेको एक नेताले बताए । नेताहर...
राष्ट्रपतिको निर्णय पुनरावलोकन हुनै सक्दैन : अधिवक्ता दाहाल

राष्ट्रपतिको निर्णय पुनरावलोकन हुनै सक्दैन : अधिवक्ता दाहाल

देश, राजनीति, समाचार
१८ असार, काठमाडौं । अधिवक्ता बाबुराम दाहालले राष्ट्रपतिको निर्णय पुनरावलोकन हुनै नसक्ने दाबी गरेका छन् । संसद विघटन खारेजको माग गर्दै परेको रिटमा प्रधानमन्त्रीको तर्फबाट बहस गरेका अधिवक्ता दाहालले अदालतले संविधानको धारा ७६(५) को व्याख्या गर्न जरुरी रहेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीका कानूनी सल्लाहकार समेत रहेका दाहालले भने, ‘व्याख्या गर्दा संविधानले दिएको अधिकार छेक्ने गरी हुन सक्दैन ।’ Advertisement यो रिटमा राष्ट्रपतिलाई विपक्षी नबनाइएको भन्दै उनले अदालतले ७६(५) को व्याख्या गर्दा आगामी दिनका लागि हुने गरी मात्र व्याख्या गर्नुपर्ने दाबी गरे । Credit: OnlineKhabar ...
निर्वाचन आयोग प्रचण्डको पिछलग्गू भयो : मेयर कुश्वाह

निर्वाचन आयोग प्रचण्डको पिछलग्गू भयो : मेयर कुश्वाह

देश, राजनीति, समाचार
रौतहटको कटहरिया नगरपालिकाको  मेयर सियाराम कुश्वाहले निर्वाचन आयोग प्रचण्डको पिछलग्गू बनेको कारण जनताको अभिमतबाट निर्वाचित जनप्रतिनिधिहरुले दु:ख पाउनु परेको टिप्पणी गरेका छन् । सर्वोच्च अदालतले पद बहाली गरेपछि मेयर कुश्वाहले  पुनः पदभार ग्रहण गर्दै संविधानमा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको कार्यकाल सकेमा मृत्यु भएमा अथवा राजीनामा दिएमा मात्र पद रिक्त हुने व्यवस्था रहेको जिकिर गरे । प्रचण्डले चितवनमा आफ्नो छोरी जिताउन काँग्रेससँग सहकार्य गर्दा दलबदल कानुन नलाग्ने तर २४ औँ घण्टा जनताको सेवामा लाग्ने जनप्रतिनिधि माथि उक्त कानुन किन लाग्ने भन्दै कुश्वाहाले प्रश्न गरे । आफूले एमालेसँग सहकार्य गर्दा दलबदल आरोप लगाउनु पूर्वाग्रही भएको मेयर कुश्वाहाले गुनासो गरे । Advertisement पदभार ग्रहण गर्नेको अवसरमा नगर प्रवक्ता चन्दन कुश्वाहा, प्रमुख प्रशासकीय अध...
दुई ठेकेदारको विवादमा सेनाका उच्च अधिकृतको प्रवेश !

दुई ठेकेदारको विवादमा सेनाका उच्च अधिकृतको प्रवेश !

देश, राजनीति, समाचार
नेपाली सेनाका सहायक रथी हेमराज केसी ठेकेदारबीचको विवादमा मुछिएका छन् । रथी केसीमाथि शक्तिको आडमा धाक धम्की दिएको आरोप लागेको छ । तर केसीले भने आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । Advertisement ठेकेदारहरू राजकिशोर साह र प्रेमकुमार मल्लबीचको विवादमा रथी केसी मुछिन पुगेका हुन् । ठेकेदार मल्ल रथी केसीका नातामा सम्धी पर्छन् । साह र मल्लबीच जग्गा विवादमा साहले मल्लमाथि ठगीको मुद्दा हालेको तर उक्त मुद्दा फिर्ता लिन केसीले दवाव दिएको ठेकेदार साहको भनाइ छ ।  सिरहाको चोहर्वास्थित नेपाली सेनाको २७ नम्बर बाहिनीका सहायक रथी केसीले धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटसँग मिलेर सरकारी वकिल सीताराम अर्याललाई समेत दबाव र प्रभावमा पार्दै ठगी मुद्दाका अभियुक्त प्रेमकुमार मल्ललाई उन्मुक्ति दिलाउन खोजेको आरोप ठेकेदार साहको आरोप छ । ठेकेदार मल्ल ललितपुर सा...
ओमसतियाको बजेट विवादमा अदालतले दुवै पक्षलाई बोलायो

ओमसतियाको बजेट विवादमा अदालतले दुवै पक्षलाई बोलायो

देश, राजनीति, समाचार
१५ असार, बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिकाको गाउँसभा असार २३ गतेसम्म रोक्न अदालतले अन्तरिम आदेश दिएको छ । जनप्रतिनिधिबीच बजेट बाँडफाँटलगायतका विषयमा विवाद भएपछि बहुमत कार्यपालिका सदस्यहरु अदालत पुगेका थिए । बहुमत कार्यपालिका सदस्यहरुको माग अनुसार उच्च अदालत तुल्सीपुर बुटवल इजलासले ओमसतिया गाउँपालिकाको गाउँसभा असार २३ गतेसम्म सञ्चालन नगर्न अन्तरिम आदेश दिएको हो । Advertisement न्यायाधीश शिवराज अधिकारीको एकल इजलासले गाउँसभासम्बन्धी विवादमा दुबै पक्षको कुरा सुनेर निर्णयमा पुग्नुपर्ने भएकाले असार २३ गते दुबै पक्षलाई अदालत उपस्थित हुन आदेश दिएको छ । आपसी विवादले गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट पारित गर्न सकेको छैन । बहुमत कार्यपालिका सदस्यहरुले स्थानीय सरकार सञ्चालन ऐन अनुसार नीति तथा कार्यक्रम र बजेट कार्यपालिकाको वहुमतले अनुमोदन गरेपश्च...
आयोजक कमिटी लगत्तै एमाले केन्द्रीय कमिटी बैठक बस्ने

आयोजक कमिटी लगत्तै एमाले केन्द्रीय कमिटी बैठक बस्ने

देश, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेले महाधिवेशन आयोजक कमिटी लगत्तै पर्सी बिहीबार २०७५ जेठ २ को पार्टी संरचना अनुसारको केन्द्रीय समिति बैठक बोलाउने भएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बिहीबार पार्टी एकता पूर्वको एमाले केन्द्रीय समिति बैठक बोलाउने तयारी भैरहेको बताए । ‘बुधबार बस्ने महाधिवेशन आयोजक कमिटि लगत्तै बिहीबार केन्द्रीय समिति बैठक बोलाउने तयारी भइरहेको छ’, तामाङको भनाई छ ।   Advertisement एमाले नेताहरुका अनुसार बुधबार बस्ने आयोजक कमिटीको बैठकले उक्त कमिटीलाई कमिटीमा रुपान्तरणको घोषणा गर्नेछ । एमाले संसदीय दलका उपनेता समेत रहेका स्थायी समिति सदस्य सुवास नेम्वाङले बुधबार बोलाइएको आयोजक कमिटीको बैठकको तयारीबारे छलफल गर्न मंगलबार बेलुका ५ बजे स्थायी समिति बैठक बोलाएको जानकारी दिए । ‘बुधबारको बैठकको तयारीबारे छलफल गर्न आज साँझ स...
कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

देश, राजनीति, समाचार
१४ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारले असार १५ अर्थात् धान दिवसको दिन सार्वजनिक बिदा दिने भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सोमबार सूचना जारी गर्दै मंगलबार जुम्लाबाहेकका जिल्लामा सार्वजनिक बिदा हुने जनाएको छ । Advertisement वैशाख १७ गतेको प्रदेश मन्त्रिपरिषद्को निर्णय अनुसार असार १५ गते धान दिवसको अवसरमा सार्वजनिक बिदा दिइएको मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले बताए । उनका अनुसार प्रदेशका १० जिल्लामध्ये जुम्लाबाहेकका सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थाहरु बन्द हुनेछन् । असार १५ दही–चिउरा  खाएर मनाउने चलन छ । यस दिनलाई मानो रोपेर मुरी उब्जाउने दिनका रुपमा समेत लिइन्छ । धान दिवसको दिनमा कृषिलाई प्रवर्द्धन गर्नका लागि पनि सार्वजनिक बिदा दिइएको प्रवक्ता खड्का बताउँछन् । Credit: On...
संवैधानिक इजलासमा विपक्षीको बहस सुरु

संवैधानिक इजलासमा विपक्षीको बहस सुरु

देश, राजनीति, समाचार
१४ असार, काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरुमा विपक्षीको तर्फबाट बहस सुरु भएको छ । विपक्षीहरुको तर्फबाट महान्यायाधीवक्ता रमेश बडालले बहस सुरु गरेका छन् । बडाललाई बहस गर्न तीन घण्टा समय दिइएको छ । Advertisement संवैधानिक इजलासमा आइतबार रिट निवेदक पक्षको बहस सकिएकाले सोमबारदेखि विपक्षीको तर्फबाट सरकारी वकिल र कानुन व्यवसायीहरुले बहस सुरु गरेका हुन् । रिटमा विपक्षी बनाइएका राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको तर्फबाट बहस गर्नका लागि १५ घण्टाको समय छुट्याइएको छ । त्यसपछि रिट निवेदक पक्षले थप ३ घण्टा जवाफी बहस गर्न पाउने छ । जवाफी बहसपछि एमिकस क्युरीमा रहेका वरिष्ठ अधिवक्ताहरु राघवलाल वैद्य, उषा मल्ल पाठक, कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीले आ–आफ्नो राय दिनेछन् । अन्तमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलास...