२०८१ जेष्ठ ५

एमाले कार्यदलको बैठक सिंहदरबारमा जारी

सत्तारूढ नेकपा एमालेको विवाद मिलाउन गठन गरिएको कार्यदलको बैठक आज पनि बसेको छ।

आइतबार बिहान दुबै पक्षका कार्यदल सदस्यहरूले आन्तरिक छलफल गरेपछि केहीबेरअघि सिंहदरबारस्थित अर्थ मन्त्रालयमा कार्यदलको बैठक सुरू भएको हो।


Advertisement


बैठकअघि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यदल सदस्यले उनीसँग कोटेश्वरमा छलफल गरेका थिए।

दुबै पक्षका कार्यदल सदस्यले आज निष्कर्षमा पुग्ने तयारी भइरहेको बताएका छन्। यसअघि शनिबार पनि कार्यदलको बैठक बसेको थियो।

कार्यदलमा नेपाल पक्षले सर्वोच्च अदालतमा बुझाएको हस्ताक्षरबारे फैसला कुर्ने, पार्टीका सबै निर्णयहरू  सहमतिका आधारमा हुनुपर्नेलगायत कुरालाई बटम लाइन बनाएका छन्।

नेताहरूले आज सहमति हुने बताएकाले यो बैठकलाई निकै चासोका साथ हेरिकएको छ। 

Copy link
Powered by Social Snap