२०८२ चैत्र १५

राजनीति

निर्वाचन आयोग प्रचण्डको पिछलग्गू भयो : मेयर कुश्वाह

निर्वाचन आयोग प्रचण्डको पिछलग्गू भयो : मेयर कुश्वाह

देश, राजनीति, समाचार
रौतहटको कटहरिया नगरपालिकाको  मेयर सियाराम कुश्वाहले निर्वाचन आयोग प्रचण्डको पिछलग्गू बनेको कारण जनताको अभिमतबाट निर्वाचित जनप्रतिनिधिहरुले दु:ख पाउनु परेको टिप्पणी गरेका छन् । सर्वोच्च अदालतले पद बहाली गरेपछि मेयर कुश्वाहले  पुनः पदभार ग्रहण गर्दै संविधानमा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको कार्यकाल सकेमा मृत्यु भएमा अथवा राजीनामा दिएमा मात्र पद रिक्त हुने व्यवस्था रहेको जिकिर गरे । प्रचण्डले चितवनमा आफ्नो छोरी जिताउन काँग्रेससँग सहकार्य गर्दा दलबदल कानुन नलाग्ने तर २४ औँ घण्टा जनताको सेवामा लाग्ने जनप्रतिनिधि माथि उक्त कानुन किन लाग्ने भन्दै कुश्वाहाले प्रश्न गरे । आफूले एमालेसँग सहकार्य गर्दा दलबदल आरोप लगाउनु पूर्वाग्रही भएको मेयर कुश्वाहाले गुनासो गरे । Advertisement पदभार ग्रहण गर्नेको अवसरमा नगर प्रवक्ता चन्दन कुश्वाहा, प्रमुख प्रशासकीय अध...
दुई ठेकेदारको विवादमा सेनाका उच्च अधिकृतको प्रवेश !

दुई ठेकेदारको विवादमा सेनाका उच्च अधिकृतको प्रवेश !

देश, राजनीति, समाचार
नेपाली सेनाका सहायक रथी हेमराज केसी ठेकेदारबीचको विवादमा मुछिएका छन् । रथी केसीमाथि शक्तिको आडमा धाक धम्की दिएको आरोप लागेको छ । तर केसीले भने आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । Advertisement ठेकेदारहरू राजकिशोर साह र प्रेमकुमार मल्लबीचको विवादमा रथी केसी मुछिन पुगेका हुन् । ठेकेदार मल्ल रथी केसीका नातामा सम्धी पर्छन् । साह र मल्लबीच जग्गा विवादमा साहले मल्लमाथि ठगीको मुद्दा हालेको तर उक्त मुद्दा फिर्ता लिन केसीले दवाव दिएको ठेकेदार साहको भनाइ छ ।  सिरहाको चोहर्वास्थित नेपाली सेनाको २७ नम्बर बाहिनीका सहायक रथी केसीले धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटसँग मिलेर सरकारी वकिल सीताराम अर्याललाई समेत दबाव र प्रभावमा पार्दै ठगी मुद्दाका अभियुक्त प्रेमकुमार मल्ललाई उन्मुक्ति दिलाउन खोजेको आरोप ठेकेदार साहको आरोप छ । ठेकेदार मल्ल ललितपुर सा...
ओमसतियाको बजेट विवादमा अदालतले दुवै पक्षलाई बोलायो

ओमसतियाको बजेट विवादमा अदालतले दुवै पक्षलाई बोलायो

देश, राजनीति, समाचार
१५ असार, बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिकाको गाउँसभा असार २३ गतेसम्म रोक्न अदालतले अन्तरिम आदेश दिएको छ । जनप्रतिनिधिबीच बजेट बाँडफाँटलगायतका विषयमा विवाद भएपछि बहुमत कार्यपालिका सदस्यहरु अदालत पुगेका थिए । बहुमत कार्यपालिका सदस्यहरुको माग अनुसार उच्च अदालत तुल्सीपुर बुटवल इजलासले ओमसतिया गाउँपालिकाको गाउँसभा असार २३ गतेसम्म सञ्चालन नगर्न अन्तरिम आदेश दिएको हो । Advertisement न्यायाधीश शिवराज अधिकारीको एकल इजलासले गाउँसभासम्बन्धी विवादमा दुबै पक्षको कुरा सुनेर निर्णयमा पुग्नुपर्ने भएकाले असार २३ गते दुबै पक्षलाई अदालत उपस्थित हुन आदेश दिएको छ । आपसी विवादले गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट पारित गर्न सकेको छैन । बहुमत कार्यपालिका सदस्यहरुले स्थानीय सरकार सञ्चालन ऐन अनुसार नीति तथा कार्यक्रम र बजेट कार्यपालिकाको वहुमतले अनुमोदन गरेपश्च...
आयोजक कमिटी लगत्तै एमाले केन्द्रीय कमिटी बैठक बस्ने

आयोजक कमिटी लगत्तै एमाले केन्द्रीय कमिटी बैठक बस्ने

देश, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेले महाधिवेशन आयोजक कमिटी लगत्तै पर्सी बिहीबार २०७५ जेठ २ को पार्टी संरचना अनुसारको केन्द्रीय समिति बैठक बोलाउने भएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बिहीबार पार्टी एकता पूर्वको एमाले केन्द्रीय समिति बैठक बोलाउने तयारी भैरहेको बताए । ‘बुधबार बस्ने महाधिवेशन आयोजक कमिटि लगत्तै बिहीबार केन्द्रीय समिति बैठक बोलाउने तयारी भइरहेको छ’, तामाङको भनाई छ ।   Advertisement एमाले नेताहरुका अनुसार बुधबार बस्ने आयोजक कमिटीको बैठकले उक्त कमिटीलाई कमिटीमा रुपान्तरणको घोषणा गर्नेछ । एमाले संसदीय दलका उपनेता समेत रहेका स्थायी समिति सदस्य सुवास नेम्वाङले बुधबार बोलाइएको आयोजक कमिटीको बैठकको तयारीबारे छलफल गर्न मंगलबार बेलुका ५ बजे स्थायी समिति बैठक बोलाएको जानकारी दिए । ‘बुधबारको बैठकको तयारीबारे छलफल गर्न आज साँझ स...
कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

देश, राजनीति, समाचार
१४ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारले असार १५ अर्थात् धान दिवसको दिन सार्वजनिक बिदा दिने भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सोमबार सूचना जारी गर्दै मंगलबार जुम्लाबाहेकका जिल्लामा सार्वजनिक बिदा हुने जनाएको छ । Advertisement वैशाख १७ गतेको प्रदेश मन्त्रिपरिषद्को निर्णय अनुसार असार १५ गते धान दिवसको अवसरमा सार्वजनिक बिदा दिइएको मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले बताए । उनका अनुसार प्रदेशका १० जिल्लामध्ये जुम्लाबाहेकका सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थाहरु बन्द हुनेछन् । असार १५ दही–चिउरा  खाएर मनाउने चलन छ । यस दिनलाई मानो रोपेर मुरी उब्जाउने दिनका रुपमा समेत लिइन्छ । धान दिवसको दिनमा कृषिलाई प्रवर्द्धन गर्नका लागि पनि सार्वजनिक बिदा दिइएको प्रवक्ता खड्का बताउँछन् । Credit: On...
संवैधानिक इजलासमा विपक्षीको बहस सुरु

संवैधानिक इजलासमा विपक्षीको बहस सुरु

देश, राजनीति, समाचार
१४ असार, काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरुमा विपक्षीको तर्फबाट बहस सुरु भएको छ । विपक्षीहरुको तर्फबाट महान्यायाधीवक्ता रमेश बडालले बहस सुरु गरेका छन् । बडाललाई बहस गर्न तीन घण्टा समय दिइएको छ । Advertisement संवैधानिक इजलासमा आइतबार रिट निवेदक पक्षको बहस सकिएकाले सोमबारदेखि विपक्षीको तर्फबाट सरकारी वकिल र कानुन व्यवसायीहरुले बहस सुरु गरेका हुन् । रिटमा विपक्षी बनाइएका राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको तर्फबाट बहस गर्नका लागि १५ घण्टाको समय छुट्याइएको छ । त्यसपछि रिट निवेदक पक्षले थप ३ घण्टा जवाफी बहस गर्न पाउने छ । जवाफी बहसपछि एमिकस क्युरीमा रहेका वरिष्ठ अधिवक्ताहरु राघवलाल वैद्य, उषा मल्ल पाठक, कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीले आ–आफ्नो राय दिनेछन् । अन्तमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलास...
प्रश्न गर्ने सांसदमाथि नै खनिए प्रदेश १ का मन्त्री

प्रश्न गर्ने सांसदमाथि नै खनिए प्रदेश १ का मन्त्री

देश, राजनीति, समाचार
१३ जेठ, विराटनगर । प्रदेश १ का भौतिक पूर्वाधारमन्त्री अम्बिरबाबु गुरुङ प्रदेशसभामा आफूलाई प्रश्न गर्ने सांसदमाथि व्यक्तिगत रुपमै खनिएका छन् । आइतबार मन्त्रालयगत बजेट विनियोजनमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले आफ्नै जिल्ला ओखलढुंगाबाट निर्वाचित माओवादी केन्द्रका सांसद मोहन खड्कालाई व्यक्तिगत रुपमै गालीगलौच गरेका हुन् । खड्कालाई मन्त्री गुरुङले भने, ‘तपाईसँग अलिकति पनि भिजन छैन भन्ने बुझेको छु ।’ Advertisement ‘जनताबाट अनुमोदिन, सरकारको संयन्त्रमा पनि रहेको माननीय, एउटै जिल्लाबाट निर्वाचित, म (क) बाट उहाँ (ख) बाट,’ आलोचनाका क्रममा उनले भने, ‘विना आधार, केही कुरा नबुझी बोल्नुभो ।’ व्यक्तिगत आलोचनामा उत्रिएपछि सभामुख प्रदीपकुमार भण्डारीले गुरुङलाई रुलिङ गरे । तर सम्बोधनका क्रममा मन्त्री गुरुङले आफ्नै जिल्लाका सांसद मोहनकुमार खड्कालाई सुध्रिएर आ...
धारा ७६ (५) को सरकार नबनी संसद विघटन हुँदैन : वरिष्ठ अधिवक्ता भण्डारी

धारा ७६ (५) को सरकार नबनी संसद विघटन हुँदैन : वरिष्ठ अधिवक्ता भण्डारी

देश, राजनीति, समाचार
१३ असार, काठमाडौं । वरिष्ठ अधिवक्ता सविता भण्डारीले धारा ७६ (५) अनुसारको प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष शेरबहादुर देउवाले पेश गरेको आधार वैधानिक रहेकाले उनलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने बताएकी छन् । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आइतबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस गर्दै धारा ७६ (५) को प्रधानमन्त्रीका लागि देउवाको आधार बलियो भएकाले उनलाई नियुक्त नगरी प्रतिनिधिसभा विघटन हुन नसक्ने बताएकी हुन् । Advertisement ‘केपी ओलीलाई संसद विघटनको सिफारिस गर्ने अधिकार छैन । ७६(५) को सरकार नबनी विघटन हुनै सक्दैन’ उनले भनिन् । दलहरू मिलेर सरकार बनाउन नसकेपछि संविधानको धारा ७६(५) सांसदहरुले सरकार बनाउने व्यवस्था हो भन्दै उनले अदालतले त्यही अनुसार फैसला गर्नुपर्ने दावी गरिन् । ‘इतिहास रच्न बसेकाहरूले इतिहास भत्काए । अब अदालत...
ताजा जनादेशको अर्को विकल्प छैन : गृहमन्त्री पौडेल

ताजा जनादेशको अर्को विकल्प छैन : गृहमन्त्री पौडेल

देश, राजनीति, समाचार
गृह तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले ताजा जनादेशको विकल्प नरहेको दावी गरेका छन् । उनले निर्वाचन अगाडि सवै नेपालीलाई खोप उपलव्ध गराउने भन्दै  जनता भोट हाल्न जाँदा मास्क खोलेर जान सक्ने वातावरण बनाउने समेत दावी गरे ।  Advertisement गृहजिल्ला रुपन्देहीको बुटवलमा आज कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यालयको बुटवलमा उद्घाटन गर्दै पौडेलले निर्वाचन नै अबको निकास भएको जिकिर गरेका हुन् ।  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि अन्य दलले वैकल्पिक सरकार बनाउन नसक्दा प्रतिनिधिसभा विघटन गर्नुपरेको  जिकिर गर्दै मन्त्री पौडेलले लोकतन्त्रको प्राण निर्वाचन भएकाले ताजा जनादेशबाटै मुलुकले निकास पाउने तर्क गरे ।  संविधान निर्माणपछि राजनीतिक मुद्दामा नभई विकास र समृद्धिमा लाग्ने अठोट गरिएपनि अनपेक्षित दृश्य देखा प...
संसद पुनर्स्थापना हुन्छ, देउवा प्रधानमन्त्री बन्छन् : उपेन्द्र यादव

संसद पुनर्स्थापना हुन्छ, देउवा प्रधानमन्त्री बन्छन् : उपेन्द्र यादव

देश, राजनीति, समाचार
१२ असार, सप्तरी । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा पुनर्स्थापना हुने र शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताएका छन् । शनिबार सप्तरीमा पत्रकारसँग कुरा गर्दै उनले सर्वाेच्च अदालतले देउवालाई प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गराउन परमादेश जारी गर्ने विश्वास व्यक्त गरे । ‘संसदको पनि पुर्नस्थापना हुन्छ । लोकतन्त्रको पनि रक्षा हुन्छ । हामी यसमा ढुक्क छौं’ उनले भने । Advertisement अध्यक्ष यादवले सरकारले कुनै माग पूरा नगर्दा पनि जसपाका कतिपय नेताहरु सरकारमा गएको टिप्पणी गरे । ‘कसैको मुद्दा फिर्ता भएको छैन, कुनै माग पूरा भएको छैन’ अध्यक्ष यादवले भने, ‘केपी ओलीले त मधेशको माग सुन्नै चाहेका छैनन् । माग कसरी पूरा गर्छन् ?’ मधेशको माग जनसंख्याको आधारमा समावेशी समानुपातिक प्रतिनिधित्व, भाषाको अधिकार, ७ प्रदेशको सट्टा गरी १० ...