धनगढी उपमहानगरपालिकाको बजेट संशोधन गर्न माग
१० असार, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाको नीति तथा कार्यक्रम र बजेट संशोधन गर्न नगरसभा सदस्यहरुले माग गरेका छन् ।
मंगलबार बसेको नगरसभामा प्रस्तुत गरेको एक अर्ब ८२ करोड बराबरको बजेट र नीति तथा कार्यक्रम संशोधन गर्न नगरसभा सदस्यले माग गरेका छन् ।
Advertisement
उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले छलफलका क्रममा उठेका सुझावका आधारमा प्रस्तुत नीति तथा कार्यक्रम र बजेटलाई अन्तिम रुप दिइने बताए ।
‘बुधबार र बिहीबार चलेको बैठकमा केही थप विषय समेट्नुपर्ने माग उठेको छ । ती सबै विषयलाई अन्तिम रुप दिएर बजेट पास गर्छौं’ उनले भने ।
गोदावरीको बजेट १ अर्ब १८ करोड
कैलालीको गोदावरी नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८÷७९ का लागि एक अर्ब १८ करोड रुपैयाँको बजेट ल्याएको छ । बिहीबारदेखि सुरु भएको नगरसभा बैठकमा उपप्रमुख रत्ना कडायतले नीति तथा कार्यक...









