२०८२ पुष ९

राजनीति

एमाले स्थायी कमिटी बैठक स्थगित

एमाले स्थायी कमिटी बैठक स्थगित

देश, राजनीति, समाचार
२९ असार, काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ । Advertisement आज मंगलबार दिउँसो एक बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो दुई बजे देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेकाले स्थायी कमिटी बैठक स्थगन भएको हो । Credit: OnlineKhabar ...
‘राष्ट्रिय जनमोर्चा आजै सरकारमा जाने सम्भावना कम’

‘राष्ट्रिय जनमोर्चा आजै सरकारमा जाने सम्भावना कम’

देश, राजनीति, समाचार
२९ असार, काठमाडौं । राष्ट्रिय जनमोर्चा आजै सरकारमा सहभागी हुने सम्भावना कम रहेको सो पार्टीकी उपाध्यक्ष दूर्गा पौडेलले बताएकी छन् । पार्टीको बैठक नै नबसेकाले सरकारमा सहभागी हुने सम्भावना कम रहेको उनको भनाइ छ । उपाध्यक्ष पौडेलले अनलाइनखबरसँग भनिन्, ‘पार्टीको बैठक सायद भोलि बस्छ होला । त्यसपछि संस्थागत निर्णय होला । आजै चाहिं सरकारमा जाने सम्भावना कम छ ।’ सोमबार बसेको विपक्षी गठधबन्धनको बैठकमा पनि उपाध्यक्ष पौडेलले सरकारमा सहभागी हुने/नहुने भनेर पार्टीले केही निर्णय नगरेको बताएकी थिइन् । Advertisement कांग्रेस सभापति शेरबहादुर देउवाले आजै सानो आकारको मन्त्रीमण्डलसहित प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने तयारी गरेका छन् । पार्टीबाट सरकारमा जाने मन्त्रीहरुको बारेमा देउवा बिहानैदेखि परामर्शमा व्यस्त छन् । विपक्षी गठबन्धनको माओवादी केन्द्रले पनि स्था...
बालुवाटार छाड्नुअघि प्रधानमन्त्री ओलीले २ बजे सम्बोधन गर्दै

बालुवाटार छाड्नुअघि प्रधानमन्त्री ओलीले २ बजे सम्बोधन गर्दै

देश, राजनीति
प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छाड्नुअघि देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्। Advertisement प्रधानमन्त्री ओलीले दिउँसो २ बजे सम्बोधन गर्ने तयारी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई आज ५ बजेसम्मको समय दिएको छ। त्यसअघि नै प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी गरेका हुन्। यसैबीच आजै दिउँसो १ बजे बालुवाटारमा बस्ने भनिएको नेकपा एमालेको स्थायी समिति बैठक स्थगित भएको एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। ...
देउवा प्रधानमन्त्री बन्नुअघि मन्त्री छान्न आन्तरिक छलफलमा दलहरू

देउवा प्रधानमन्त्री बन्नुअघि मन्त्री छान्न आन्तरिक छलफलमा दलहरू

देश, राजनीति
सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि आज विपक्षी गठबन्धनमा रहेका दलहरूले आन्तरिक छलफललाई तीव्रता दिएका छन्।  देउवा नेतृत्वको सरकारमा सहभागी हुने/नहुने, भए क-कसलाई मन्त्री बनाउनेबारे उनीहरूको छलफल केन्द्रीत छ। राष्ट्रपति कार्यालयका अनुसार सर्वोच्चको परमादेशअनुसार आज साँझ ५ बजेसम्म देउवा प्रधानमन्त्री नियुक्त हुनेछन्। उनको सपथको भने टुंगो भइसकेको छैन।  Advertisement सर्वोच्चको फैसलापछि सोमबार अपरान्ह विपक्षी गठबन्धनको बैठक बसेको थियो। नेकपा एमालेका नेता माधवकुमार नेपालको आयोजनामा कोटेश्वरमा बसेको उक्त बैठकमा नेता नेपालले आफूहरू अब विपक्षी गठबन्धनमा रहिरहन नसक्ने जानकारी गराएका थिए। उक्त बैठकले तत्कालका लागि सानो मन्त्रिपरिषद बनाउने पनि निर्णय गरेको थियो। साथै मन्त्रीहरूको नाम दिन ...
धनगढीमा सर्वोच्च अदालतको फैसलाविरुद्ध राँके जुलुस

धनगढीमा सर्वोच्च अदालतको फैसलाविरुद्ध राँके जुलुस

देश, राजनीति, समाचार
२८ असार, धनगढी । धनगढीमा सर्वोच्च अदालतको फैसलाविरुद्ध राँके जुलुससहित प्रर्दशन गरिएको छ । नेकपा एमाले निकट युवा संघ नेपाल र अनेरास्ववियु कैलालीले प्रतिनिधिसभा विघटन पुनःस्थापना गर्ने सर्वोच्चको फैसलाविरुद्ध राँके जुलुससहित प्रर्दशन गरेको हो । सो क्रममा उनीहरुले प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराविरुद्ध नाराबाजी गर्दै पुतला समेत दहन गरेका छन् । Advertisement सर्वोच्च अदालतले सोमबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटनलाई बदर गर्दै काँग्रेस सभापति समेत रहेका शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो । अदालतले प्रधानमन्त्रीमा केपी शर्मा ओलीको दाबी नपुग्ने ठहर गरेको छ । Credit: OnlineKhabar ...
माधव नेपालले प्रचण्ड-देउवासँगको बैठकमा भने- अब म विपक्षी गठबन्धनमा रहन्नँ

माधव नेपालले प्रचण्ड-देउवासँगको बैठकमा भने- अब म विपक्षी गठबन्धनमा रहन्नँ

देश, राजनीति
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको विपक्षी गठबन्धनमा नरहने स्पष्ट पारेका छन्। कोटेश्वरस्थित आफ्नै निवासनजिकै बसेको विपक्षी गठबन्धनको बैठकमा वरिष्ठ नेता नेपालले अब आफू फरक भूमिकामा रहने समेत बताएका थिए। Advertisement बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल,जसपा अध्यक्षहरू बाबुराम भट्टराई र उपेन्द्र यादव तथा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत उपस्थित थिए। बैठकमा वरिष्ठ नेता नेपालले सर्वोच्च अदालतको फैसलासँगै सहकार्यको एउटा चरण पूरा भएको बताएको एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिए। 'संविधान, लोकतन्त्र र गणतन्त्रका लागि म गठबन्धनमा आबद्ध भएको हो। प्रतिनिधि सभा पुनर्स्थापना भएसँगै त्यो अध्याय अहिलेका लागि सकिएको छ। हा...
विपक्षी गठबन्धनको बैठक सकियो, सानो मन्त्रिपरिषद् भोलि बनाउने

विपक्षी गठबन्धनको बैठक सकियो, सानो मन्त्रिपरिषद् भोलि बनाउने

देश, राजनीति
कोटेश्वरमा बसेको विपक्षी गठबन्धनको बैठक सकिएको छ। सानो मन्त्रिपरिषद् भोलि बनाउने र पछि थप गर्दै जाने बैठकले निष्कर्ष निकालेको नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए।  ‘सानो मन्त्रिपरिषद् भोलि बनाउने र पछि थप गर्दै लैजाने कुरा भएको छ’, छलफलपछि  खाँणले भने,  ‘भोलि बिहान फेरि शीर्ष नेताको बैठक बस्नेछ।’ यस्तै बैठकले अदालतको फैसलामा सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ। Advertisement सर्वोच्चले आज प्रतिनिधिसभा पुनर्स्थापना गर्दै दुई दिनभित्र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको छ। देउवाले गठबन्धनमा छलफल गरेरै अगाडि बढ्ने बताइसकेका छन्। यस्तै बैठकमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको बैठकमा अ...
ओली-नेपाल भेटको तयारी

ओली-नेपाल भेटको तयारी

राजनीति
नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ताको तयारी भएको छ। एमालेको आन्तरिक विवाद समाधान गर्न कार्यदलबीच १० बुँदे सहमति भएको र उक्त प्रस्ताव अनुमोदनलगायत विषयमा छलफल गर्न ओली-नेपालबीच भेटवार्ताको तयारी छ। Advertisement नेता सुवास नेम्वाङका अनुसार अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ताको तयारी छ। ‘हामीले तपाईंहरू भेटेर कुरा गर्नुस् भनेका छौं। उहाँहरू कतिबेला भेट गर्नुहुन्छ समय टुंगो भइसकेको छैन,’ नेम्वाङले भने। साथै कार्यदलबीच सहमति भएका १० बुँदाबारे स्थायी कमिटी बैठक गरी अनुमोदन गर्ने तयारी छ। साथै नेता नेपालले कार्यदलबीच भएको सहमतिलाई गलत व्याख्या गरेर अदालतमा विचाराधीन मुद्दा प्रभावित गर्न नमिल्ने बताइरहेका छन्। एमालेमा पुरानै संरचनाअनुसार पार्टी सञ्चालन गर्नेलगायत सहमतिमा ...
स्थायी कमिटि बैठक स्थगित गरेर ओलीले मंगलबार बिहान ११ बजेका लागि बोलाए केन्द्रीय कमिटी बैठक

स्थायी कमिटि बैठक स्थगित गरेर ओलीले मंगलबार बिहान ११ बजेका लागि बोलाए केन्द्रीय कमिटी बैठक

देश, राजनीति
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजका लागि बोलाएको स्थायी कमिटि बैठक स्थगित गरेका छन्। Advertisement आज साँझका लागि बोलाइएको बैठक अध्यक्ष ओलीले भोलि सोमबार अपरान्ह ५ बजे बस्ने गरि स्थगित गरेका छ। यस्तै असार २९ गते (मंगलबार) बिहान ११ केन्द्रीय कमिटि बैठक बस्ने भएको छ। स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा माओवादी परित्याग गरी एमाले प्रवेश गरेका रामबहादुर थापा (बादल) सहितका नेताहरुलाई पनि बोलाइएको जनाइएको छ। ...
माओवादी छाडेर एमालेमा गएकाहरूले दिएको निवेदन आयोगले गरिदियो खारेज

माओवादी छाडेर एमालेमा गएकाहरूले दिएको निवेदन आयोगले गरिदियो खारेज

राजनीति
नेकपा माओवादी केन्द्रको दल दर्ता खारेजीसहित माग गर्दै निर्वाचन आयोगमा परेको निवेदन खारेज भएको छ। रामबहादुर थापा बादललगायत माओवादी केन्द्र छाडेर एमालेमा गएका नेताहरू निकट समूहले आयोगमा माओवादीको हैसियत गुमिसकेको भन्दै दल दर्ता खारेजी माग गरेका थिए। Advertisement आज बसेको आयोगको बैठकले निवेदनअनुसार दाबी नपुगेको भन्दै उक्त निवेदन खारेज गरिदिएको छ। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निवेदनमा भनेजस्तो दाबी नपुगेकोले निवेदन नै खारेज भएको बताए। गत असार २३ गते सरोज बुढाथोकीले माओवादी केन्द्रको दल दर्ता खारेजीलगायत माग गर्दै आयोगमा निवेदन दिएका थिए भने नेताहरू मणि थापा, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीलगायत आयोग पुगेर उक्त निवेदनबारे के भइरहेको छ भन्ने बुझेका थिए। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र चारै जना आयुक्तहरूको बैठक...