२०८२ चैत्र १६

राजनीति

गण्डकीमा संसदीय समितिको सभापति बने खिमबिक्रम

गण्डकीमा संसदीय समितिको सभापति बने खिमबिक्रम

देश, राजनीति, समाचार
५ साउन, पोखरा । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा पदमुक्त भएपछि रिक्त रहेको गण्डकी प्रदेश सभाको प्रदेश मामिला समिति सभापतिमा खिमबिक्रम शाही निर्वाचित भएका छन् । समितिमा मंगलबार भएको निर्वाचनमा सर्वसम्मत रुपमा शाही सभापतिमा चयन भएका हुन् । १३ सदस्यीय समितिमा ६ जना सदस्य रहेको एमालेका उम्मेदवार इन्द्रधारा विष्टले शाहीलाई नै समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएकी थिइन् । Advertisement समितिमा अल्पमतमा रहेको प्रतिपक्षी दल एमालेले सार्वजनिक लेखा समिति सभापति पाउने भएपछि विष्टले उम्मेदवारी फिर्ता लिएकी हुन् । शाहीलाई मंगलबारै सभामुख नेत्रनाथ अधिकारीले पद तथा गोपनीयताको शपथ गराएका छन् र शाहीले कार्यभार पनि सम्हालेका छन् । तत्कालिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले वैशाख १५ गते विश्वासको मत लिने भनिएको दिन एकाएक हराएको भनेर चर्चामा आएका शाही आफ्नै पार...
रेशम चौधरीलाई छोड्ने कुरामा सकारात्मक छु : प्रधानमन्त्री देउवा

रेशम चौधरीलाई छोड्ने कुरामा सकारात्मक छु : प्रधानमन्त्री देउवा

देश, राजनीति, समाचार
प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका निलम्बित सांसद रेशम चौधरीलाई छोड्ने कुरामा सकारात्मक रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने क्रममा उनले भने, ‘मैले उहाँलाई सांसद हुनुभन्दा पहिलेदेखि चिन्छु । उहाँलाई छाड्नुपर्छ भन्ने कुरा मैले पहिले पनि भन्दै आएको छु । उहाँ छुट्नुपर्छ भन्ने व्यक्ति हुँ ।’ Advertisement यद्यपि चौधरीको मुद्दा अदालतका भएकाले केही पर्खिनुपर्ने देउवाको भनाइ छ । उनले भने, ‘राजा वीरेन्द्रले  आममाफी दिँदा पनि काँग्रेसका नेता कार्यकर्ता २० वर्ष रहेका थिए । अदालतका आफ्नो कुरा छ । अदालतमा हस्तक्षेप गर्नु हुँदैन भन्ने हाम्रो कुरा छ ।’ साभार: रातोपाटी ...
उपेन्द्र यादव पक्षले बोलायो संसदीय दलको बैठक

उपेन्द्र यादव पक्षले बोलायो संसदीय दलको बैठक

देश, राजनीति, समाचार
जनता समाजवादी पार्टी नेपाल (उपेन्द्र यादव पक्ष) को संसदीय दलको बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक बस्नु अघि जसपाका अध्यक्ष उपेन्द्र यादवले आफ्ना पार्टीका सांसदहरूलाई छलफलका लागि १ बजे पार्टी कार्यालय बालकुमारीमा बोलाएका छन् ।  प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको जसपाले संसदहरूलाई सोही अनुसार ‘ब्रिफिङ’ गरेर त्यहाँबाट सिधै बानेश्वरस्थित संसद् भवन लगिने जसपाका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य इस्तियाक राइले बताए ।  Advertisement ‘प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय भइसकेपछि आज हुने मतदानमा कसरी प्रस्तुत हुने विषयमा छलफल हुन्छ,’ उनले भने, ‘हिजोसम्म १९ जना सांसद यो पक्षमा थिए आज त्यसमा बढ्न सक्ने सम्भावना रहेको छ । त्यसको लागि पनि बैठक बोलाइएको छ ।’ संसदीय दलको नेतापछि चयन गर्ने जसपाको आध...
माधवलाई भेटेपछि शंकरले भने –तीन महिनाको मेहनत खेर गयो

माधवलाई भेटेपछि शंकरले भने –तीन महिनाको मेहनत खेर गयो

देश, राजनीति, समाचार
ओली पक्षका एमाले नेता शङ्कर पोखरेलले १० सदस्यीय कार्यदलले प्रस्ताव गरेको प्रतिवेदन वरिष्ठ नेता माधवकुमार नेपालले अस्वीकार गरेपछि पार्टी एकताका लागि गरेको तीन महिनाको मेहनत खेर गएको बताएका छन् । Advertisement आइतबार बिहान कार्यदलका सदस्यहरू नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए । कोटेश्वरबाट फर्किए लगत्तै नेता पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा नेता नेपालले कार्यदलको प्रस्ताव अस्वीकार गरेको जनाएका हुन् । ‘माधव नेपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएसँगै तीन महिनाको मेहनत खेर गयो’, पोखरेलले भनेका छन् ।  साभार: रातोपाटी ...
प्रदेश २ मा माओवादीका मन्त्रीले लिए शपथ

प्रदेश २ मा माओवादीका मन्त्रीले लिए शपथ

देश, राजनीति, समाचार
प्रदेश नम्बर २ मा नेकपा माओवादी केन्द्र सरकारमा सहभागी भएको छ । शनिबार माओवादीबाट मन्त्री भएका भरतप्रसाद साह र रुवी कर्णले पद तथा गोपनीयताको सपथ लिएका छन् । आन्तारिक मामिला तथा सञ्चारमन्त्रीको जिम्मेवारी पाएका साहलाई प्रदेश प्रमुख राजेश झा अहिराजले शपथ ग्रहण गराएका छन् भने राज्यमन्त्री बनेकी कर्णलाई मुख्यमन्त्री लालबाबु राउतले सपथ ग्रहण गराएका छन् । कर्णलाई पनि आन्तारिक मामिला तथा सञ्चार राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । नवनियुक्त मन्त्रीद्वयले शहीदको नाममा सपथ लिएका छन् ।  Advertisement भाषाको विवादले डेढ घण्टा ढिलो सपथ सपथ ग्रहणको समय अपरान्ह ३ बजे निर्धारण गरिएपनि डेढ घण्टा पछि सुरु भएको थियो । मन्त्रीद्वयले मातृभाषा मैथिलीमा सपथ लिने अडान लिएका कारण ढिलो गरि सपथ ग्रहणको कार्यक्रम सुरु भएको थियो । तर कानून अभावका कारण नेपाली भाषामा सपथ लिनु प...
गण्डकी मुख्यमन्त्रीको उडान : कहिले गोरखा, कहिले मनाङ !

गण्डकी मुख्यमन्त्रीको उडान : कहिले गोरखा, कहिले मनाङ !

देश, राजनीति, समाचार
२ साउन, पोखरा । असारको पहिलो हप्ता मनाङवासीले प्राकृतिक ठूलो विपत्तिको अकल्पनीय सामना गर्नुपर्‍यो । मनसुनको सुरुमै आएको भीषण वर्षाले मनाङमा ठूलो धनजनको क्षति पुर्‍यायो । हजारौं विस्थापित हुनुपर्‍यो । बाढी, पहिरोले क्षति पुर्‍याएको ३ दिनपछिमात्रै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली (पोखरले )को जम्बो टोली उद्धार गर्न भन्दै मनाङ लागे । तर, मौसममा खराबी आएको भन्दै टोलीउद्धारै नगरी फर्कियो । Advertisement यता, ४ गते संसदमा विश्वासको मत लिने समय घोषणा भइसकेको अवस्थामा मुख्यमन्त्री नेपालीलाई उद्धारमा लाग्नुभन्दा पोखरा फर्किन हतार भयो । नेपाली सेनाको हेलिकप्टरमा मनाङ गएका मुख्यमन्त्री ३ गते नै पोखरा फर्किने प्रयास पटकपटकअसफल भयो । मनाङ पुगेकै दिन पोखराबाट हेली बोलाएर फर्किने योजना मौसममा खराबी आएकै कारण उडेको हेलीसमेत एक्लै पोखरा फर्कियो ।अर...
कोरोना नियन्त्रण र बाढी प्रभावितलाई राहतमा केन्द्रीत हुन प्रधानमन्त्रीलाई सुझाव

कोरोना नियन्त्रण र बाढी प्रभावितलाई राहतमा केन्द्रीत हुन प्रधानमन्त्रीलाई सुझाव

देश, राजनीति, समाचार
३१ असार, काठमाडौं । सत्तारुढ गठबन्धनका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई कोरोना महामारी नियन्त्रण र बाढी तथा पहिरो प्रभावितहरुको राहतमा केन्द्रीत हुन सुझाव दिएका छन् । Advertisement प्रधानमन्त्री देउवालाई सरकार गठनमा सहयोग गर्ने दलका नेताहरुलाई सिंहदरबारमा बोलाएर छलफल गरेका थिए । अरु दलका शीर्ष नेताहरु सहभागी यो छलफलमा नेकपा एमालेको माधवकुमार नेपाल समूहका डा. विजय पौडेल सहभागी भएका थिए । नेता नेपालले आफू नगएर डा. पौडेललाई पठाएका हुन् । प्रधानमन्त्री देउवालाई सरकार गठनमा सहयोग गर्ने दलका नेताहरुलाई सिंहदरबारमा बोलाएर छलफल गरेका थिए । अरु दलका शीर्ष नेताहरु सहभागी यो छलफलमा नेकपा एमालेको माधवकुमार नेपाल समूहका डा. विजय पौडेल सहभागी भएका थिए । नेता नेपालले आफू नगएर डा. पौडेललाई पठाएका हुन् । आफू लगायत सबैले कोरोना महामारी नियन्त्रण र ब...
एमाले अध्यक्ष ओलीले बोलाए संसदीय दलको बैठक

एमाले अध्यक्ष ओलीले बोलाए संसदीय दलको बैठक

देश, राजनीति, समाचार
३० असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । Advertisement संसद पुनर्स्थापना भएसँगै ओलीले संसदीय दलको बैठक बोलाएका हुन् । शुक्रबार ११ बजेका लागि बैठक बोलाइएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । उनले भने, ‘संसद बैठक बस्नुअघिको नियमित बैठक हो ।’ Credit: OnlineKhabar ...
अख्तियारको डीएसपी हुँ भनी धम्क्याएको आरोपमा पक्राउ

अख्तियारको डीएसपी हुँ भनी धम्क्याएको आरोपमा पक्राउ

देश, राजनीति, समाचार
३० असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एग्रोमार्ट नेपाल प्रालि भैसेपाटीका अध्यक्ष अर्जुन भट्टलाई पक्राउ गरेको छ । एमपी ईन्टरप्राइजेज ललितपुरको पुँजी वृद्धि गर्नका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहलमा पुगेका उनले आफूलाई अख्तियारको कर्मचारी (डि.एस.पी) हुँ भनी महानिर्देशक तथा अन्य कर्मचारीहरुलाई धम्की दिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । Advertisement विभागमा काम गर्न अनावश्यक दवाव दिएको, विभिन्न स्थानमा नेपाल चेम्बर अफ कर्मशको अध्यक्ष, राष्ट्रिय कृषि बिकास कम्पनीको सिईओ एवं माथिल्लो तहका व्यक्तिहरुसँग सम्पर्क छ भनी प्रभावमा पार्दै हिँडेको भन्ने सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिएको उनले बताए । भट्टमाथि थप अनुसन्धान तथा कारवाहीको लागि महानगरीय अपराध महाशाखामा बुझाइएको अख्तियारले जनाएक...
बालकोट पुगेर ओलीले भने- माधव नेपाललाई एमालेमा ठाउँ छैन

बालकोट पुगेर ओलीले भने- माधव नेपाललाई एमालेमा ठाउँ छैन

राजनीति
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई एमालेमा ठाउँ नभएको बताएका छन्। Advertisement आज सरकारी निवास बालुवाटार छाडेर निजी निवास बालकोट पुगेपछि निर्वतमान प्रधानमन्त्री ओलीले गल्ती, कमीकमजोरी सच्याएर आउनेलाई पार्टीमा काम गर्ने मौका दिए पनि माधव नेपाललाई स्वीकार गर्न भने नसकिने बताए। ‘आफ्नो पार्टीको सरकार ढाल्ने माधव नेपालजस्ता लाजशरम् हराएका मानिसहरू,’ नेपालप्रति टिप्पणी गर्दै ओलीले भने, ‘पछिपछि लाग्ने उहाँहरूले कमीकमजोरी महसुस गरेर पार्टीमा आए काम गर्न मौका दिन्छौं। तर माधव नेपालको हकमा गल्ती कमीकमजोरी स्वीकार गर्ने कुनै ठाउँ छैन।’ नेता नेपालकै कारण आफू नेतृत्वको सरकार ढलेको पनि उनको भनाइ थियो। विकासप्रेमी सरकार ढाल्ने अगुवाइ नेता नेपालले गरेको उनको भनाइ छ। साथै प्रधानमन्त्री शेरबहादुर देउवाको सपथ ग्रहण कार्यक...