२०८२ चैत्र १५

राजनीति

देउवा सरकारको पहिलो निर्णय- यो वर्षभित्र सबै नागरिकलाई कोरोना खोप उपलब्ध गराउने

देउवा सरकारको पहिलो निर्णय- यो वर्षभित्र सबै नागरिकलाई कोरोना खोप उपलब्ध गराउने

देश, राजनीति, समाचार
प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको पहिलो मन्त्रिपरिषद बैठकले यो वर्षभित्र सबै नागरिकलाई कोरोना खोप उपलब्ध गराउने निर्णय गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीबाट मंगलबार बेलुकी ८ बजेर २५ मिनेटमा पद तथा गोपनीयताको सपथग्रहण गरेपछि सिंहदरबारमा देउवा सरकारको पहिलो मन्त्रिपरिषद बैठक बसेको थियो। पाँच सदस्यीय मन्त्रिपरिषद बैठकले नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सरकारको प्रवक्ता तोक्ने निर्णय गरेको छ। Advertisement पहिलो बैठकको निर्णयबारे जानकारी दिँदै मन्त्री कार्कीले असोज मसान्तभित्र एकतिहाइ र चैतभित्र सबै नागरिकलाई कोरोना खोप उपलब्ध गराउने निर्णय भएको बताए। कोरोनाविरूद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भक्ता एक साताभित्र उपलब्ध गराउने पनि मन्त्रिपरिषदले निर्णय गरेको उ...
निर्वाचन आयोगको मध्यावधि चुनाव कार्यतालिका रद्द

निर्वाचन आयोगको मध्यावधि चुनाव कार्यतालिका रद्द

देश, राजनीति, समाचार
३० असार, काठमाडौं । निर्वाचन आयोगले मध्यावधि निर्वाचनका लागि सार्वजनिक गरेको निर्वाचन कार्यतालिका रद्द गरेको छ । Advertisement सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि आयोगले मध्यावधि निर्वाचनको तयारीका लागि सार्वजनिक गरेको कार्यतालिका रद्द गरेको हो । सर्वोच्चको आदेशअनुसार निर्वाचन कार्यतालिका रद्द गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । गत जेठ ७ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी कात्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचन घोषणा गरेकी थिइन् । त्यसका लागि आयोगले असार २१ गते निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो । Credit: OnlineKhabar ...
विशेष अदालतमा हाजिर भए विजय गच्छदार

विशेष अदालतमा हाजिर भए विजय गच्छदार

देश, राजनीति, समाचार
३० असार, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर भएका छन् । ललिता निवास जग्गा प्रकरणमा मुछिएका उनी बुधबार अदालतमा हाजिर भएको उपरजिष्टार पुष्पराज पाण्डेयले अनलाइनखबरलाई बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ माघ २०७६ मा गच्छेदारसहित १७५ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार मुद्दा दायर गरेको थियो । Advertisement गच्छेदारसँगै पूर्वमन्त्रीद्वय चन्द्रदेव जोशी र डम्बर श्रेष्ठलाई पनि मुद्दा दायर गरिएको थियो । श्रेष्ठ ५ हजार रुपैयाँ धरौटीमा छुनेका छन् भने जोशीलाई साधारण तारेखमा अदालतले छाडेको छ । प्रतिवादीमध्ये तीन जना पूर्वसचिव थिए । उनीहरूमध्ये पूर्वसचिव दीप बस्न्यातलाई अदालतले थुनामा पठाएको थियो । पूर्वसचिवद्वय दिनेशहरी अधिकारी र छविराज पन्तलाई पाँच/पाँच लाख रुपैयाँ धरौटीमा छ...
देउवाको सपथअघि शितल निवासमा के भएको थियो, केमा मिल्यो कुरा?

देउवाको सपथअघि शितल निवासमा के भएको थियो, केमा मिल्यो कुरा?

देश, राजनीति
पूर्वप्रधानमन्त्रीहरू तथा अन्य विशिष्ट पाहुनाहरू पुगको धेरै समय भइसक्दा पनि मंगलबार साँझ नवनियुक्त प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति निवास शितलनिवास पुग्न ढिलाइ गरे। साँझ ६ बजे सपथ ग्रहण गर्ने कार्यक्रम थियो। उक्त समय घर्किसक्दा पनि बुढानिलकण्ठस्थित निवासबाट हिँडेका थिएनन्। Advertisement देउवाको सचिवालयले पार्टीका नेताहरूमार्फत् राष्ट्रपतिका सञ्चार विज्ञ टीका ढकाललाई सम्पर्क गरेर नियुक्तिमा संविधानको धारा उल्लेख गर्न भनेका थिए। केहीबेर पर्खँदा पनि नियुक्तिको भाषा सच्चिएको खबर नआएपछि सरकारका मुख्यसचिव शंकरदास बैरागीलाई बोलाएर नियुक्तिको भाषा बदल्न देउवाले आग्रह गरेको स्रोत बताउँछ। राष्ट्रपति कार्यालयले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको विज्ञप्ति सार्वजनिक गरेको थियो। उक्त विज्...
विनोद चौधरी: पाए अर्थमन्त्री, नभए उद्योग वा परराष्ट्र

विनोद चौधरी: पाए अर्थमन्त्री, नभए उद्योग वा परराष्ट्र

राजनीति
काठमाण्डौ । सर्वोच्च अदालतको परमादेशसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छिन् ।  नवनियुक्त प्रधानमन्त्री देउवाको सपथ ग्रहण कार्यक्रम शितल निवासमा आज साँझ ६ बजे राखिएको छ ।  Advertisement प्रधानमन्त्रीको नियुक्तिसँगै नयाँ बन्ने सरकारमा मन्त्री बन्नसक्नेहरुको चर्चा भइरहेको छ । केही आकर्षक मन्त्रालयहरुमा कुन कुन नेताले अवसर पाउँछन् भन्ने विषयमा पनि राजनीतिक वृत्तमा चर्चा चलिरहेको छ ।  पैंतीस लाख बढी लगानीकर्ताको सहभागिता रहेको सेयर बजारमा पनि अब बन्ने अर्थमन्त्रीको विषयमा अड्कलबाजी भइरहेको छ । योसँगै देशकै एक मात्र डलर अर्बपति विनोद चौधरी समेत मन्त्री बन्ने चर्चाले बजार तताएको छ ।  के विनोद चौधरी अर्थमन्त्री बन्दैछन् त ? हामीले यो विषयमा कांग्रेस र चौधरी निकट स्रोत...
माओवादीबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल उर्जा मन्त्री बन्ने, आजै सपथ

माओवादीबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल उर्जा मन्त्री बन्ने, आजै सपथ

देश, राजनीति
नेकपा माओवादी केन्द्रले नेता जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बन्ने भएका छन्। शर्मा अर्थ र भुसाल उर्जा मन्त्री बन्न लागेका हुन्।  Advertisement स्रोतका अुनसार उनीहरू सपथका लागि राष्ट्रपति कार्यालय शितल निवास जाँदै छन्।  आज साँझ प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ ग्रहण गर्ने कार्यक्रम छ। देउवाले आज सानो आकारमा मन्त्रिमण्डल बनाउन लागेका छन्। उनीहरूले देउवासँगै मन्त्रीको सपथ लिन लागेका हुन्।  ...
एमाले स्थायी कमिटी बैठक स्थगित

एमाले स्थायी कमिटी बैठक स्थगित

देश, राजनीति, समाचार
२९ असार, काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ । Advertisement आज मंगलबार दिउँसो एक बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो दुई बजे देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेकाले स्थायी कमिटी बैठक स्थगन भएको हो । Credit: OnlineKhabar ...
‘राष्ट्रिय जनमोर्चा आजै सरकारमा जाने सम्भावना कम’

‘राष्ट्रिय जनमोर्चा आजै सरकारमा जाने सम्भावना कम’

देश, राजनीति, समाचार
२९ असार, काठमाडौं । राष्ट्रिय जनमोर्चा आजै सरकारमा सहभागी हुने सम्भावना कम रहेको सो पार्टीकी उपाध्यक्ष दूर्गा पौडेलले बताएकी छन् । पार्टीको बैठक नै नबसेकाले सरकारमा सहभागी हुने सम्भावना कम रहेको उनको भनाइ छ । उपाध्यक्ष पौडेलले अनलाइनखबरसँग भनिन्, ‘पार्टीको बैठक सायद भोलि बस्छ होला । त्यसपछि संस्थागत निर्णय होला । आजै चाहिं सरकारमा जाने सम्भावना कम छ ।’ सोमबार बसेको विपक्षी गठधबन्धनको बैठकमा पनि उपाध्यक्ष पौडेलले सरकारमा सहभागी हुने/नहुने भनेर पार्टीले केही निर्णय नगरेको बताएकी थिइन् । Advertisement कांग्रेस सभापति शेरबहादुर देउवाले आजै सानो आकारको मन्त्रीमण्डलसहित प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने तयारी गरेका छन् । पार्टीबाट सरकारमा जाने मन्त्रीहरुको बारेमा देउवा बिहानैदेखि परामर्शमा व्यस्त छन् । विपक्षी गठबन्धनको माओवादी केन्द्रले पनि स्था...
बालुवाटार छाड्नुअघि प्रधानमन्त्री ओलीले २ बजे सम्बोधन गर्दै

बालुवाटार छाड्नुअघि प्रधानमन्त्री ओलीले २ बजे सम्बोधन गर्दै

देश, राजनीति
प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छाड्नुअघि देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्। Advertisement प्रधानमन्त्री ओलीले दिउँसो २ बजे सम्बोधन गर्ने तयारी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई आज ५ बजेसम्मको समय दिएको छ। त्यसअघि नै प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी गरेका हुन्। यसैबीच आजै दिउँसो १ बजे बालुवाटारमा बस्ने भनिएको नेकपा एमालेको स्थायी समिति बैठक स्थगित भएको एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। ...
देउवा प्रधानमन्त्री बन्नुअघि मन्त्री छान्न आन्तरिक छलफलमा दलहरू

देउवा प्रधानमन्त्री बन्नुअघि मन्त्री छान्न आन्तरिक छलफलमा दलहरू

देश, राजनीति
सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि आज विपक्षी गठबन्धनमा रहेका दलहरूले आन्तरिक छलफललाई तीव्रता दिएका छन्।  देउवा नेतृत्वको सरकारमा सहभागी हुने/नहुने, भए क-कसलाई मन्त्री बनाउनेबारे उनीहरूको छलफल केन्द्रीत छ। राष्ट्रपति कार्यालयका अनुसार सर्वोच्चको परमादेशअनुसार आज साँझ ५ बजेसम्म देउवा प्रधानमन्त्री नियुक्त हुनेछन्। उनको सपथको भने टुंगो भइसकेको छैन।  Advertisement सर्वोच्चको फैसलापछि सोमबार अपरान्ह विपक्षी गठबन्धनको बैठक बसेको थियो। नेकपा एमालेका नेता माधवकुमार नेपालको आयोजनामा कोटेश्वरमा बसेको उक्त बैठकमा नेता नेपालले आफूहरू अब विपक्षी गठबन्धनमा रहिरहन नसक्ने जानकारी गराएका थिए। उक्त बैठकले तत्कालका लागि सानो मन्त्रिपरिषद बनाउने पनि निर्णय गरेको थियो। साथै मन्त्रीहरूको नाम दिन ...