२०८१ जेष्ठ ८

आफूले बनाएको घर छाडेर हिँड्न मन हुन्न तर अपमान सहेर बस्न सकिन्न : माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अपमान सहेर कोही बस्न नसक्ने बताएका छन्। 

बिहीबार पुष्पलाल स्मृति दिवसको अवसरमा काठमाडौंको चम्पादेवीमा आयोजित कार्यक्रममा बोल्दै नेता नेपालले अपमान सहेर बस्न पनि नसकिने र आफूले बनाएको घर छाडेर हिँड्न पनि मुश्किल पर्ने बताए।


Advertisement


‘कसैलाई आफूले बनाएको घर छाडेर हिँड्ने मन हुन्न तर अपमान सहेर कोही पनि बस्दैन्,’ नेपालले भने, ‘गलत कुकर्म सहेर कोही पनि बस्न हुन्न । त्यो प्रशीक्षण हामीले पाएका छैनौं ।’

अरूको अपमान गर्नेले समाज र राष्ट्रको अपमान पनि गर्ने भन्दै उनले प्रवृत्तिलाई निरुसाहन गनुपर्ने बताए।

कम्युनिष्ट आन्दोलनलाई बलियो बनाएर अगाडि बढ्नु पर्ने बताउँदै उनले कम्युनिस्ट आन्दोलन सही दिशामा लिएर जाने क्रान्तिकारी पार्टीलाई बलियो बनाउन चाहेको बताए।

‘यो कम्युनिष्ट आन्दोलनलाई बलियो बनाएर हामी राजनीति गर्छौं, आन्दोलनलाई सही दिशामा लिएर जाने क्रान्तिकारी पार्टीलाई हामी बलियो बनाउन चाहन्छौं’,  उनले भने।

‘पार्टी कसरी अगाडि बढ्छ भनेर हेरिरहेका छौ। त्यहि अनुसार अगाडीको बाटो तय गर्छौ,’ उनले भने।

यस्तै नेता नेपालले आफूविरुद्ध पार्टी भित्रैबाट भइरहेको प्रदर्शन र आलोचनालाई नाटक भन्दै यस्तो काम गर्नेहरू अपराधी र फटाहा भएको टिप्पणी गरेका छन्।

‘अपराधिक, शोषक, सामन्ती, जाली-झेली, फटाहा तत्वहरूले कहिले स्याल हुइयाँ, कहिले बाँदर जुलुस, कहिले बरण्डामा उफ्रिने नाटक मञ्चन भइरहेको छ,’ उनले भने। 

उनले पार्टीभित्र घाउखटिरालाई औषधिसँगै आत्मबलले निको पार्नुपर्ने पनि बताए। ‘कम्युनिष्ट आन्दोलनलाई सही दिशामा लैजाने क्रान्तिकारी पार्टीको स्वरुप लिएर एमाले अघि बढोस् भन्ने हामी चाहन्छौं, त्यो रुपमा एमाले अघि बढ्छ कि बढ्दैन, हामी हेरिरहेका छौं,’ उनले भने।

Copy link
Powered by Social Snap