२०८२ चैत्र १७

राजनीति

आगामी निर्वाचन जित्ने गरी महाधिवेशनले पार्टीलाई नयाँ ऊर्जा दिन्छ: प्रवक्ता शर्मा

आगामी निर्वाचन जित्ने गरी महाधिवेशनले पार्टीलाई नयाँ ऊर्जा दिन्छ: प्रवक्ता शर्मा

देश, राजनीति
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महाधिवेशनबाट पार्टीमा नयाँ ऊर्जा प्राप्त हुने र त्यसले आगामी निर्वाचन जित्न थप सहयोग पुग्ने बताएका छन्। Advertisement मंसिरमा हुने महाधिवेशनबाट निर्वाचन जित्ने गरी नयाँ ऊर्जा लिएर आउनुपर्ने पनि उनले बताए। झापाको दमक नगर समितिको कार्यालयमा शनिबार अगुवा कार्यकर्ता भेटघाटमा प्रवक्ता शर्माले पार्टी महाधिवेशनमा होमिइसकेको बताए। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशको प्राथमिकता नबुझेकोले सरकारबाट बाहिरिनुपरेको शर्माको भनाइ थियो। कांग्रेसलाई जनताले ५ वर्ष प्रतिपक्षमा बस्न भने पनि सरकार चलाउनुपर्नेले नचलाएपछि देश चलाउने जिम्मेवारी कांग्रेसमा आइपुगेको उनको भनाइ थियो। ‘कांग्रेसलाई जनताले पाँच वर्षको लागि प्रतिपक्षमा बस्ने म्यान्डेट दिएको मैले बारम्बार भन्दै आएको हो तर पनि देश ...
क्रियाशील सदस्यको नाम सार्वजनिक गर्दै जिल्लाहरूमा निर्वाचन अधिकृत खटाउँदै कांग्रेस

क्रियाशील सदस्यको नाम सार्वजनिक गर्दै जिल्लाहरूमा निर्वाचन अधिकृत खटाउँदै कांग्रेस

राजनीति
नेपाली कांग्रेसले क्रियाशील सदस्यको नामावली धमाधम पार्टीको वेबसाइटबाट सार्वजनिक गरिरहेको छ। Advertisement सुरूमा ३८ जिल्लाको नामावली राखेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले अहिले ५३ जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशित गरिसकेको छ। केन्द्रीय निर्वाचन समितिले निर्वाचन निर्देशिका २०७८ को दफा १ (ख) बमोजिम शनिबार थप पाँच जिल्लाको नामावली प्रकाशित गरेको थियो। नुवाकोट, धादिङ, चितवन, ललितपुर र अर्घाखाँचीका क्रियाशील सदस्यको नामावली सार्वजनिक गरिएको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए। उनकाअनुसार क्रियाशील सार्वजनिक भइसकेका जिल्लामा निर्वाचन अधिकृत पनि खटाइसकिएको छ। निर्वाचन अधिकृत जिल्ला जाँदा क्रियाशील सदस्यको सूचीसमेत लैजान्छन्। कांग्रेसले यही भदौ १८ गते देशैभर वडा अधिवेशन गर्ने बताएको छ। छ हजार सात सय ४३ ...
वाईसीएलको राष्ट्रिय भेला : काँग्रेसलाई पाठ !

वाईसीएलको राष्ट्रिय भेला : काँग्रेसलाई पाठ !

देश, राजनीति, समाचार
माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएलले शनिबारदेखि सुरु भएको भेला हाईटेक प्रविधिमार्फत गरेको छ । वाईसीएलले सबै प्रदेशका नेता कार्यकर्तालाई प्रविधिमार्फत जोडेर भेलामा हाइटेक प्रविधि अपनाएको हो ।  काठमाडौंमा केन्द्रीय नेताहरुको उपस्थिति र सबै प्रदेशका नेता कार्यकर्तालाई प्रविधिमार्फत जोडिएको कार्यक्रमको प्रशंशा भएको छ ।  कार्यक्रमको उद्घाटन समारोहमा शुभकामना गन्तब्य दिँदै नेपाल तरुण दलका उपाध्यक्ष उत्तम चापागाईँले वाईसीएलले अपनाएको प्रविधि काँग्रेसको लागि पनि पाठ भएको बताए ।  Advertisement उनले भने, ‘हाम्रो पनि अधिवेशन हुने कि नहुने हुने कि नहुने भनेर तंग्रिरहेको अवस्था छ, म नेपाली काँग्रेसको महासमिति सदस्य पनि हुँ । जुन माध्यमबाट तपाईँहरुले यो भेला सम्पन्न गर्न गइरहनुभएको छ । हामीलाई पनि तपाईँहरुले एउटा पाठ सिकाइरहनुभएको छ । आज हाम्रो सभापति र नेताहरु...
अझै खुलेन पूर्व–पश्चिम राजमार्ग

अझै खुलेन पूर्व–पश्चिम राजमार्ग

देश, राजनीति, समाचार
शुक्रबारदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्ग अझै खुलेको छैन । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाको बडेरा र बनकट्टीमा रहेको डाईभर्शन बाढीले बगाएपछि राजमार्ग अवरुद्ध भएको हो । शुक्रबार बिहानै बाढीले ती दुबै डाइभर्सन बगाएपछि भुमहीदेखि सुनवल पुग्ने ६ किलोमिटर दुरीको बाटो अवरुद्ध भएको छ भने सुनवल नगरपालिका ४ स्थित तुरिया पुल पनि क्षति भएपछि सुनवलदेखि खैरेनी पुग्ने बाटो पनि अवरुद्ध छ । पूर्वपश्चिम यात्रा गर्ने यात्री एवं सवारी साधनहरु अहिले जिल्लाको वैकल्पिक बाटो भुमही–भैरहवा बाइपास हुँदै आवतजावत गरिरहेका छन् । Advertisement हिजो दिनभर बाढी डाइभर्सन हुँदै बगेकोले काम हुन नसकेको प्रहरीले जनाएको छ । आज बिहादेखि दाउन्नेको एस मोड र खुर्सानी खोलाको पहिरो पन्छाइएको प्रहरीले जानकारी दिएको छ । त्यस्तै बर्दघाटको लण्डन ब्रिजमा अवरुद्ध भएको बाटो खुलाएर भूमहीसम्म सवारी सा...
बाढीपहिरो पीडितलाई तत्काल उद्धार, राहत र बसोबासको व्यवस्था मिलाउन गृहमन्त्री खाणको निर्देशन

बाढीपहिरो पीडितलाई तत्काल उद्धार, राहत र बसोबासको व्यवस्था मिलाउन गृहमन्त्री खाणको निर्देशन

राजनीति
बाढीपहिरो प्रभावितलाई तत्काल उद्धार गरी राहत तथा बसोबासको व्यवस्था मिलाउन गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएका छन्। आज मन्त्रालयमा विपद व्यवस्थापन सम्बन्धी बैठकमा गृहमन्त्री खाणले अविरल वर्षापछि बाढी पहिरोबाट पीडित भएकाहरूलाई सहयोग गर्न निर्देशन दिएका हुन्। Advertisement बाढीपहिरोले बस्ती नै स्थानान्तरण गर्नुपर्ने अवस्था देखिए सोअनुसार काम गर्न पनि सम्बन्धित निकायलाई गृहमन्त्री खाणले निर्देशन दिएका छन्। बाढीले पुलहरूसमेत क्षति पुर्‍याएकोले वैकल्पिक व्यवस्था गर्न पनि गृहमन्त्री खाणको निर्देशन छ। ‘अवरूद्ध सडक खुलाउन डाइभर्सन बनाउने, पुल भासिएका छन् भने बेलिबृज निर्माण गर्न जनशक्ति परिचालन गर्नुपर्छ,’ खाणले भने। गृहसचिव टेकनारायण पाण्डेले ‘विपदमा परेकालाई सुरक्षित स्थानमा ल्याउने, अस्थायी बसोबास निर्माण गर्ने कार्य एकीकृत रूपमा समन्वयात्म...

प्रधानमन्त्रीले सोध्नुभयो भने सरकारबारे निर्णय गरौंला : ठाकुर

देश, राजनीति, समाचार
११ भदौ, काठमाडौं । नवगठित लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारमा जाने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग कुनै छलफल नभएको बताएका छन् । शुक्रबार बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरु कुरा गर्दै ठाकुरले प्रधानमन्त्री देउवाले सोधे मात्रै सरकारमा जाने विषयमा आवश्यक निर्णय गर्ने बताए । हालसम्म कुनै छलफल नभएको भन्दै उनले भने, ‘पार्टी दर्ता भर्खर भएको छ । (प्रधानमन्त्रीले) हामीलाई बोलाउनु होला, सोध्नु होला, अनि कुरा राख्छौं ।’ Advertisement सत्तारुढ गठबन्धनसँग चुनावी तालमेल गर्ने वा नगर्ने विषयमा पनि पार्टीले धारणा तय गरिनसकेको स्पष्ट पारे । Credit: OnlineKhabar ...
पशुपतिसहित विभिन्न मन्दिरका पूजारी ल्याएर निधिले खोले सम्पर्क कार्यालय, बैंक्वेट नै भाडामा

पशुपतिसहित विभिन्न मन्दिरका पूजारी ल्याएर निधिले खोले सम्पर्क कार्यालय, बैंक्वेट नै भाडामा

राजनीति
नेपाली कांग्रेसको सभापतिमा उम्मेदवारी दिने तयारी गरिरहेका उपसभापति विमलेन्द्र निधिले चुनावी अभियानका लागि सम्पर्क कार्यालय खोलेका छन्। शुक्रबार दिउँसो थापागाउँस्थित नयाँ बानेश्वर बैंक्वेटमा निधिले सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन्। बिहान नौ बजेको शुभसाइतमा उनले विभिन्न मन्दिरका पूजारी ल्याएर २१ ताराको पूजा गरेका थिए। Advertisement निधिको सचिवालयका अनुसार  पशुपतिनाथ, जानकी, दक्षिणकाली, बगलामुखी, डोलेश्वरलगायत विभिन्न पवित्र मन्दिरका पूजारी तथा पण्डितबाट पूजा गरिएको थियो। उनलाई विभिन्न ज्योतिष, पञ्चाङ्ग निर्णायक समिति, बौद्ध धर्मका लामा र मुस्लिम धर्मका मौलनाहरूले पनि विजयको आशिर्वाद दिएका थिए। निधिले दिउँसो सम्पर्क कार्यालयको उद्घाटन गरेका छन्।  सम्पर्क कार्यालयमा निधिका समर्थक/शुभेच्छुक नेता/कार्यकर्ताको उपस्थित थिए। न...
कांग्रेसले खटायो ३८ जिल्लामा निर्वाचन अधिकृत, क्रियाशील सदस्यको नाम वेबसाइटमा

कांग्रेसले खटायो ३८ जिल्लामा निर्वाचन अधिकृत, क्रियाशील सदस्यको नाम वेबसाइटमा

देश, राजनीति
नेपाली कांग्रेसले ३८ जिल्लामा निर्वाचन प्रतिनिधि खटाएको छ। भदौ १८ गते वडा अधिवेशन गर्न कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ३८ जिल्लामा निर्वाचन अधिकृत खटाइसकेको हो। निर्वाचन अधिकृतहरू आजदेखि आफूले जिम्मेवारी पाएको जिल्ला जानेछन्। निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले ३८ जिल्लामा निर्वाचन अधिकृत खटाइएको बताए। ‘३८ जिल्लामा निर्वाचन अधिकृत तोकिइसकेको छ, उहाँहरू अब जिल्लामा जानुहुन्छ,’ उनले भने, ‘बाँकी जिल्लामा पनि हामी एक/दुई दिनमा निर्वाचन अधिकृत खटाउँछौं।’ Advertisement कांग्रेसले अधिकांश ठाउँमा कानुन व्यवसायीहरूलाई निर्वाचन अधिकृत बनाएको छ भने केही ठाउँमा प्राध्यापक र नेपाल शिक्षक संघका प्रतिनिधिलाई पनि जिम्मेवारी दिइएको छ। यादवका अनुसार ३८ जिल्लाको क्रियाशील सदस्यको सूची पनि सार्वजनिक गरिएको छ। पार्टीको वेबसाइटमा गएर सार्वजनि...
काबुल बिस्फोटमा कम्तीमा १३ अमेरिकी सैनिकको मृत्यु, बाइडेनले भने- माफ गर्नेवाला छैनौं

काबुल बिस्फोटमा कम्तीमा १३ अमेरिकी सैनिकको मृत्यु, बाइडेनले भने- माफ गर्नेवाला छैनौं

राजनीति
बिहीबार साँझ अफगानिस्तानको राजधानी काबुलमा रहेको हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलको गेटमा भएका आत्मघाती हमलामा कम्तीमा १३ अमेरिकी सैनिकसहित दर्जनौं मानिसको मृत्यु भएको छ। न्युयोर्क टाइम्सका अनुसार उद्धारका लागि विमानस्थल पुगेका विदेशी नागरिक र विशेष गरी अमेरिकी सैनिकलाई लक्षित गरी भएका यी दुई बिस्फोटमा मृत्यु हुने अमेरिकी सैनिकको संख्या १३ पुगेको हो। Advertisement अगस्ट ३१ मा अफगानिस्तानबाट फिर्ता हुन लागेको अमेरिकी सैनिकले जाँदाजाँदै भोगेको यो वर्षौंपछिको ठूलो मानवीय क्षति हो। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले १३ जना सैनिकको मृत्यु भएको र  १५ जना घाइते भएको जनाएको छ। सन् २०११ को अगस्टमा अमेरिकी सैनिकको एक हेलिकप्टर खसाल्दा ३० सैनिकले ज्यान गुमाएका थिए। त्यसपछि अफगानिस्तानमा कुनै एउटै घटनामा यति धेरै अमेरिकी सैनिकको मृत्यु भएको थ...
पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारको स्थायित्वमा असर गर्दैन : मुख्यमन्त्री भट्ट

पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारको स्थायित्वमा असर गर्दैन : मुख्यमन्त्री भट्ट

देश, राजनीति, समाचार
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले हालै विकसित राजनीतिक घटनाक्रमले प्रदेश सरकारको स्थायित्वमा कुनै असर नपर्ने बताएका छन् । बिहीबार प्रेस संगठन नेपालका सुदूरपश्चिम प्रदेश समिति र कैलाली जिल्लाका पदाधिकारीहरूसँगको भेटमा मुख्यमन्त्री भट्टले पछिल्लो राजनीतिक घटनाक्रमसँग जोडेर सुदूरपश्चिम प्रदेश सरकार परिवर्तन हुने भ्रम फैलाउने काम भइरहेको आरोप लगाए । उनले पछिल्लो राजनीतिक परिवर्तनले सुदूरपश्चिम प्रदेश सरकारलाई कुनै असर नगर्ने प्रस्ट पारे । नेकपा एमालेको अन्तरपार्टी संघर्षले नेकपा माओवादी केन्द्र नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई असर नपर्ने उनको भनाइ थियो । उनले विगतका कमजोरीहरूलाई सच्याउँदै प्रदेश सरकार अगाडि बढेको बताए ।  मुख्यमन्त्री भट्टले विकास विरोधी तत्वहरुले प्रदेश सरकारविरुद्ध विभिन्न प्रपञ्च रचेको भए पनि त्यसलाई चिर्दै आफू अगाडि बढिरहेको बताए । प्रदे...