२०८२ पुष १०

राजनीति

आफू धितोपत्र बोर्डमा नबस्ने भन्दै महासंघ अध्यक्षलाई ढकालको पत्र

आफू धितोपत्र बोर्डमा नबस्ने भन्दै महासंघ अध्यक्षलाई ढकालको पत्र

देश, राजनीति, समाचार
९ भदौ, काठमाडौं । नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिमा आफू बस्न नचाहेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अध्यक्ष गोल्छालाई पत्र लेखेका छन् । ढकाल महासंघको प्रतिनिधित्व गर्दै धितोपत्र बोर्डको सञ्चालक छन् । आफू व्यवसायमै केन्द्रित रहने भन्दै महासंघको तर्फबाट अर्को प्रतिनिधि पठाउन अध्यक्ष गोल्छालाई ढकालले पत्र लेखेको जानकारी दिए । Advertisement ‘म महासंघको वरिष्ठ उपाध्यक्ष भएको हिसाबले मलाई प्रतिनिधि पठाइएको थियो, मभन्दा अगाडि शेखर जी वरिष्ठ उपाध्यक्ष हुँदा उहाँ नै सञ्चालक हुनु भएको थियो,’ ढकालले भने, ‘मलाई पहिले पनि सञ्चालकको रुपमा काम गर्ने मन थिएन, तर वरिष्ठ उपाध्यक्ष नै प्रतिनिधिको रुपमा जाने प्रचलन भएका कारण आफू त्यहाँ गएको थिएँ ।’ सर्वोत्तम सिमेन्टको शेयर वरिष्ठ उपाध्यक्ष ढकालको भाइको नाममा समेत छ । ढ...
मेटमणिको दावी : अरु दलसँग एकता गर्छौं, चार महिनामा ठूलो पार्टी बन्छौं

मेटमणिको दावी : अरु दलसँग एकता गर्छौं, चार महिनामा ठूलो पार्टी बन्छौं

देश, राजनीति, समाचार
९ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका नेता मेटमणि चौधरीले अबको चार महिनामा आफूहरुको पार्टी सबैभन्दा ठूलो बन्ने दावी गरेका छन् । बुधबार निर्वाचन आयोगमा एकीकृत समाजवादी पार्टी दर्ताका लागि सनाखत गर्न पुगेका उनले पत्रकारसँगको कुराकानीमा उनले भने, ‘मुलुकमा यो पार्टी चार महिनापछि सबैभन्दा ठूलो पार्टी बन्दैछ । यही पार्टी वरिपरि मुलुकको राजनीति अगाडि बढ्छ ।’ Advertisement कसरी ठूलो पार्टी बन्छ भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, विप्लव, मोहन वैद्यलगायत सबै राजनीतक दलबीच एकता हुन्छ ।’ तर केपी शर्मा ओली अध्यक्ष हुँदासम्म भने एमालेसँग एकता र सहकार्य नहुने चौधरीले बताए । ‘केपी ओली अध्यक्ष रहँदासम्म एमालेसँग, सहमति, सहकार्य र एकता हुँदैन’ उनले भने । Credit: OnlineKhabar ...
काबुलमा तालिबानसँग सम्पर्क बढाउन थाल्यो चीन, राजदूतले भेटे नेताहरू

काबुलमा तालिबानसँग सम्पर्क बढाउन थाल्यो चीन, राजदूतले भेटे नेताहरू

राजनीति
अमेरिकासहित अधिकांश पश्चिमा राष्ट्रहरूले अफगानिस्तानबाट आफ्ना नागरिकहरूको उद्धार गरिरहेका बेला चीनले भने काबुलमा तालिबानहरूसँग सम्पर्क बढाउन थालेको छ। रूसी समाचार एजेन्सी स्पुतनिकले काबुलस्थित चिनियाँ राजदूत वाङ युले मंगलबार तालिबानको राजनीतिक विभागका नेताहरूसँग छलफल गरेको जनाएको छ। Advertisement छलफलका क्रममा उनीहरूबीच काबुलस्थित चिनियाँ दूतावास र कूटनीतिज्ञको सुरक्षा, अफगानको अहिलेको अवस्था र चीनले गर्न सक्ने मानवीय सहायताबारे कुराकानी भएको जनाइएको छ। अमेरिकालगायत केही देशहरूले काबुलको दूतावास बन्द गरेर कूटनीतिज्ञलाई उद्धार गरेका बेला चीनले भने काबुल दूतावासले निरन्तर काम गरिरहेको जनाएको छ। यसअघि मंगलबार नै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले अन्तर्राष्ट्रिय समुदायले तालिबानमाथि प्रतिबन्ध लगाए त्यो फलदायी नहुने बताएका थिए। तालिबानमाथि ...
संघमा समायोजन हुन नपाएका शाखा अधिकृतको पक्षमा सर्वोच्चको अन्तरिम आदेश

संघमा समायोजन हुन नपाएका शाखा अधिकृतको पक्षमा सर्वोच्चको अन्तरिम आदेश

देश, राजनीति, समाचार
८ भदौ, काठमाडौं । संघमा दरबन्दी खाली हुँदाहुँदै प्रदेश र स्थानीय तहमा समायोजन गरिएका शाखा अधिकृतलाई संघीय निजामती सेवाकै पदमा मिलान गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । समायोजनका क्रममा संघ रोजेका तर दरबन्दी खाली नभएको भन्दै प्रदेश र स्थानीय तहमा समायोजन गरिएका प्रशासन समूहका शाखा अधिकृतहरुले दिएको रिटमा सुनुवाई गर्दै न्यायाधीश कुमार चुडालको इजलासले खाली दरबन्दीमा उनीहरुलाई नै मिलान गर्न आदेश दिएको हो । Advertisement सामान्य प्रशासन मन्त्रालयले २०७५ सालमा समायोजनका क्रममा संघीय निजामती सेवा नै रोजेका ३२ औं ब्याटका ११ जना, ३३ औं ब्याटका १२० जना र नायब सुब्बाबाट बढुवा भएका ९ जना अधिकृतलाई प्रदेश र स्थानीय तहमा समायोजन गरेको थियो । तर २०७७ सालमा राष्ट्रिय किताबखानाले कर्मचारी समायोजन भएकै वर्षमा संघमा २५३ दरबन्दी खाली रहेको सार्वजनिक गर्‍यो...
काबुल पुगेर सुटुक्क तालिबान नेतालाई भेटे सिआइएका प्रमुखले

काबुल पुगेर सुटुक्क तालिबान नेतालाई भेटे सिआइएका प्रमुखले

राजनीति
अफगानिस्तान कब्जा गरेका विद्रोही समूह तालिबानका नेताहरूलाई भेट्न अमेरिकाले गुप्तचर निकाय सिआइएका प्रमुखलाई काबुल पठाएको छ। द वासिङ्टन पोष्टका अनुसार सिआइएका निर्देशक विलियम जे बर्न्सले सोमबार काबुलमा तालिबानका उच्च नेता मुल्लाह अब्दुल घानी बारादार भेटेका छन्। स्रोतलाई उल्लेख गर्दै पोष्टले उनीहरूबीच गोप्य भेटवार्ता भएको समाचारमा उल्लेख गरेको छ। अमेरिकाले अगस्ट ३१ सम्ममा आफ्ना सबै सैनिक अफगानिस्तानबाट फिर्ता लैजाने भनेको थियो। तर तालिबानहरूले सोचेभन्दा निकै चाँडो काबुल कब्जा गरेपछि राष्ट्रपति जो बाइडेनमाथि अफगानिस्तानबाट सबै अमेरिकी र अमेरिकालाई सहयोग गरेका अफगानहरूलाई उद्धार गर्न त्यसपछि पनि सैनिक राख्न दबाब परिरहेको छ। बाइडेनले पनि अगस्ट ३१ पछि पनि अमेरिकी सेना अफगानिस्तानमा रहन सक्ने बताएका छन्। अहिले काबुलस्थित हमिद कारजाई विमानस्थल अमेरिकी र नाटो सैनिकको नियन्त्रणमा छ...
सर्वोच्च अदालतले मगायो प्राधिकरणमा कुलमान नियुक्तिको सक्कल फाइल

सर्वोच्च अदालतले मगायो प्राधिकरणमा कुलमान नियुक्तिको सक्कल फाइल

देश, राजनीति
सर्वोच्च अदालतले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई गरिएको नियुक्तिको सक्कल फाइल मगाउने आदेश गरेको छ।  मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको इजलासले हितेन्द्रदेव र कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति गर्ने मन्त्रिपरिषदको निर्णयको सक्कल फाइल मगाएको हो। निर्देशक बनाएपछि शाक्य र  प्राधिकरणबीच भएको पर्फमेन्स एग्रीमेन्ट फर म्यानेजिङ डाइरेक्टर र शाक्यलाई उर्जा आयोगको विशेषज्ञ बनाउने मन्त्रिपरिषदको निर्णयको सक्कल फाइल समेत अदालतले मागेको छ। प्रधिकरणको कार्यकारी निर्देशकमा आफू बहाल रहँदा रहँदै घिसिङलाई गरिएको नियुक्ति कानून र सर्वोच्च अदालतले प्रतिपादन गरेको सिद्धान्तविपरीत भएको भन्दै हितेन्द्रदेव शाक्यले रिट दिएका थिए। Advertisement आफू पदमा रहँदा रहँदै कुलमानलाई गरिएको नियुक्ति कानूनविपरीत भएको भन्दै ...
सुदूरपश्चिममा कोरोना : संक्रमण रोक्न सरकारले बनायो द्रूत कार्ययोजना

सुदूरपश्चिममा कोरोना : संक्रमण रोक्न सरकारले बनायो द्रूत कार्ययोजना

देश, राजनीति, समाचार
८ भदौ, धनगढी । कोरोना भाइरस संक्रमणको अर्को लहरबाट हुने जोखिम रोकथाम, नियन्त्रण, उपचार तथा व्यवस्थापनका लागि सुदूरपश्चिम प्रदेश सरकारले पूर्व तयारी थालेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले पहिलो र दोस्रो लहरका कमीकमजोरीबाट पाठ सिक्दै तेस्रो लहर फैलिन नदिन तथा रोकथाम गर्न आवश्यक तयारी थालिएको जनाएको छ । Advertisement मन्त्रालयले कोभिड–१९ को सम्भावित तेस्रो लहरको महामारीमा बालबालिकासहितलाई हुनसक्ने संक्रमण, रोकथाम, उपचार तथा नियन्त्रण द्रूत कार्ययोजना तयार पारेर सोहीअनुसार पूर्व तयारी थालेको छ । सामाजिक विकास मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले द्रूत कार्ययोजनाको मस्यौदा गरेर सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको बताउँदै सहमति प्राप्त हुने बित्तिकै मन्त्रिपरिषदमा लैजाने जानकारी दिए । ‘हामीले तेस्रो लहरको संक...
लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा सुवेदी

लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा सुवेदी

देश, राजनीति, समाचार
८ भदौ, बुटवल । लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रीकृष्ण सुवेदी नियुक्त भएका छन् । प्यूठान बिजुटारटारीका सुवेदी सत्य निरूपण तथा मेलमिलाप आयोगमा मानवअधिकारका विषयमा अधिवक्ताको काम गर्दै आएका थिए । Advertisement सुवेदीले प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण गरेका छन् । उनलाई उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधीश नीता गौतम दीक्षितले शपथ ग्रहण गराएकी हुन् । निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारका बेला मुख्य न्यायाधिवक्ता रहेका ठाकुरप्रसाद डीसीले राजीनामा दिएपछि उक्त पद खाली रहेको थियो । Credit: OnlineKhabar ...
कांग्रेसको क्रियाशील सदस्यता विवाद मिल्यो, बुझाइयो देउवालाई प्रतिवेदन

कांग्रेसको क्रियाशील सदस्यता विवाद मिल्यो, बुझाइयो देउवालाई प्रतिवेदन

देश, राजनीति
नेपाली कांग्रेसमा देखिएको क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगिएको छ। बूढानिलकण्ठमा सोमबार सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच छलफल भएपछि क्रियाशील विवाद टुंग्याइएको हो। क्रियाशील सदस्यतामा देखिएका विवाद मिलेपछि पूर्वमहामन्त्री सिटौलाले सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई सोमबार बेलुकी करिब १० बजे प्रतिवेदन बुझाएका हुन्। Advertisement गत साउन ३० मा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले पूर्वमहामन्त्री सिटौला र केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल र रमेश लेखकलाई क्रियाशीलमा देखिएका विवाद सहमतिमै टुंगोमा पुर्‍याउन जिम्मेवारी दिएअनुसार उनीहरूले काम गर्दै आएका थिए। भदौ ३ गतेभित्र विवाद मिलाउन भने पनि चार दिन ढिला प्रतिवेदन बुझाइएको हो। यससँगै अब ...
कांग्रेसले टुंग्यायो क्रियाशील सदस्यता विवाद

कांग्रेसले टुंग्यायो क्रियाशील सदस्यता विवाद

देश, राजनीति, समाचार
७ भदौ काठमाडौं । नेपाली कांग्रेसमा लामो रस्साकस्सीपछि क्रियाशील सदस्यता विवाद टुंगिएको छ । क्रियाशील सदस्यताकै कारण महाधिवेशन कार्यतालिका प्रभावित हुँदै आएकोमा सोमबार नेताहरुले सहमति जुटाएका हुन् । सोमबार साँझ पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र रमेश लेखकले सदस्यता विवाद सुल्झाउँदै सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएका हुन् । देउवालाई प्रतिवेदन बुझाउँदा वरिष्ठ नेता रामचन्द्र पौडेल पनि उपस्थित थिए । देउवा निवास बुढानीलकण्ठमा प्रतिवेदन बुझ्दै सभापति देउवाले महाधिवेशन निर्धारित मितिमा हुने बताए । Advertisement साउन ३० को केन्द्रीय कार्यसमिति बैठकले भदौ २ सम्म सहमति गरी भदौ ३ मा सभापतिलाई प्रतिवेदन बुझाउन भनेको थियो । तर तीन नेता सम्मिलित कार्यदलले पाँच दिन ढिलो गरी सहमति जुटाएको हो । लेखक संयोजक रहेको...