२०८१ जेष्ठ ६

प्रधानमन्त्रीले सोध्नुभयो भने सरकारबारे निर्णय गरौंला : ठाकुर

११ भदौ, काठमाडौं । नवगठित लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारमा जाने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग कुनै छलफल नभएको बताएका छन् ।

शुक्रबार बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरु कुरा गर्दै ठाकुरले प्रधानमन्त्री देउवाले सोधे मात्रै सरकारमा जाने विषयमा आवश्यक निर्णय गर्ने बताए । हालसम्म कुनै छलफल नभएको भन्दै उनले भने, ‘पार्टी दर्ता भर्खर भएको छ । (प्रधानमन्त्रीले) हामीलाई बोलाउनु होला, सोध्नु होला, अनि कुरा राख्छौं ।’


Advertisement


सत्तारुढ गठबन्धनसँग चुनावी तालमेल गर्ने वा नगर्ने विषयमा पनि पार्टीले धारणा तय गरिनसकेको स्पष्ट पारे ।

Credit: OnlineKhabar

Copy link
Powered by Social Snap