२०८२ पुष ११

राजनीति

पार्टी विभाजनले एमालेलाई देशव्यापी रूपमा जम्मा ९ प्रतिशतमात्र असर परेको छ: ईश्वर पोखरेल

पार्टी विभाजनले एमालेलाई देशव्यापी रूपमा जम्मा ९ प्रतिशतमात्र असर परेको छ: ईश्वर पोखरेल

राजनीति
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी विभाजनले एमालेलाई देशव्यापी रूपमा जम्मा ९ प्रतिशतमात्र असर परेको बताएका छन्। शनिबार काठमाडौंमा नेकपा एमाले दोलखा-काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित बृहत् प्रशिक्षण भेला तथा शपथ ग्रहण कार्यक्रममा महासचिव पोखरेलले पार्टी विभाजनले एमालेलाई देशव्यापी रूपमा जम्मा ९ प्रतिशत मात्र असर गरेको बताएका हुन्। Advertisement उनले नेकपा एमालेले देशव्यापी रूपमा अभियान चलाउने बेलासम्म यो ९ प्रतिशत पनि खिइएर २ प्रतिशतमा झर्ने बताए। महासचिव पोखरेलले नेकपा एमाले अब हिजो भन्दा अझै सरिक भएर अगाडि बढ्ने बताए। महासचिव पोखरेलले भने, ‘केहीले कति असर पर्‍यो पार्टी विभाजन हुँदा भन्नुभएको छ, हामीले अध्ययन गर्दा यसको असर ९ र धेरैमा १० प्रतिशतमात्रै परेको देखेका छौं, तर अब नेकपा एमालेले देशव्यापी रूपमा अभियान चलाए यो २/३ प्रतिशतमा आइ...
एमालेको विधान महाधिवेशन मिति संशोधन, अब असोज १५ देखि

एमालेको विधान महाधिवेशन मिति संशोधन, अब असोज १५ देखि

राजनीति
नेकपा एमालेको विधान महाधिवेशन मिति संशोधन गरिएको छ। Advertisement यसअघि तोकिएको मिति संशोधन गर्दै शनिबार बसेको स्थायी कमिटीको दोस्रो बैठकले विधान महाधिवेशन असोज १५, १६ र १७ गते काठमाडौंमा हुने निर्णय गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए। यसअघि विधान महाधिवेशन असोजको ४, ५ र ६ गते गर्ने भनिएको थियो। समय अपुगले र छलफल बाँकी नै रहेकोले मिति सार्नुपरेको उनले जानकारी दिए। यस्तै, स्थायी कमिटी बैठक असोज ३ र ४ बस्नेछ भने केन्द्रीय कमिटी बैठक ८ र ९ गते हुने उनले जानकारी दिए। यस्तै, बैठकले भोलि १२ बजे संसदीय दलको बैठक राख्ने निर्णय गरिएको उनले बताए। ...
अर्थमन्त्री जनार्दन शर्मालाई भेटिन् एमसिसी उपाध्यक्ष सुमारले

अर्थमन्त्री जनार्दन शर्मालाई भेटिन् एमसिसी उपाध्यक्ष सुमारले

राजनीति
मिलेनियम च्यालेन्ज कर्पोरेसनकी उपाध्यक्ष फतिमा सुमारले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेकी छन्। Advertisement नेपाल भ्रमणमा रहेका मिलेनियम च्यालेन्ज कर्पोरेसन उपाध्यक्ष फतिमा सुमारको नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री जनार्दन शर्मासँग आज अर्थ मन्त्रालयमा भेटेको हो। भेटका क्रममा अर्थमन्त्री  शर्माले नेपाल र मिलेनियम च्यालेन्ज कर्पोरेसनबीच सन् २०१७ मा सम्पन्न मिलेनियम च्यालेन्ज कम्प्याक्टका विषयमा राजनीतिकस्तरमा छलफल भइरहेको बताए। सो अवसरमा उपाध्यक्ष सुमारले कम्प्याक्टलाई संसदबाट शीघ्र अनुमोदन गरी कार्यान्वयनमा लैजान आग्रह गरिन्। यसअघि सुमारले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, ऊर्जा मन्त्री पम्फा भुसाललाई भेटिसकेकी छन्। ...
जापानका प्रधानमन्त्री पार्टीको निर्वाचनमा मौन रहने

जापानका प्रधानमन्त्री पार्टीको निर्वाचनमा मौन रहने

राजनीति
जापानका प्रधानमन्त्री योशिहिडे सुगा आफ्नो पार्टीको आन्तरिक निर्वाचनमा मौन रहने भएका छन्। नेतृत्वका लागि आफूले फेरि उम्मेदवारी नदिने बताइसकेका सुगाले उत्तराधिकारी बन्न आकांक्षीमध्ये कसैको पक्षमा नखुल्ने भएका हुन्। सत्तारुढ दल लिवरल डेमोक्र्याटिक पार्टी (एलडिपी) को नेतृत्वका लागि यही सेप्टेम्बर १७ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुने भएको छ। उम्मेदवारको अन्तिम सूची प्रकाशित भएपछि निर्वाचनको दौड सुरु हुने र यही सेप्टेम्बरको २९ तारिखका दिन मतदान हुने निर्वाचन तालिका रहेको छ। Advertisement जापानको राज्यद्धारा सञ्चालित टेलिभिजनबाट प्रसारण भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री सुगाले आफू कुनै पनि उम्मेदवारको पक्षमा खुलेर नलाग्ने स्पष्ट पारे। प्रधानमन्त्री सुगाले भने,'निर्वाचनमा अहिलेसम्म १७ उम्मेदवार देखिनुभएको छ, उनीहरूमध्ये मैले कुनै उम्मेदवारको प...
उपाध्यक्षलाई नै गाउँपालिकाले उपलब्ध गराएन सूचना, जिल्ला प्रशासनमा निवेदन दर्ता

उपाध्यक्षलाई नै गाउँपालिकाले उपलब्ध गराएन सूचना, जिल्ला प्रशासनमा निवेदन दर्ता

देश, राजनीति, समाचार
सिरहाको औरही गाउँपालिका उपाध्यक्ष सीताकुमारी यादवले आफ्नै गाउँपालिकाबाट सूचना उपलब्ध नगराइएको भन्दै प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन दिएकी छन् । पटक पटक लिखित रुपमा माग गर्दा पनि आफूलाई सूचना नदिइएको भन्दै उनले जिल्ला प्रशासन कार्यालय, सिरहा पुगेर सिडिओसमक्ष निवेदन दिएकी हुन् । उपाध्यक्ष यादवले बुधबार जिल्ला प्रशासन कार्यालयमा निवदेन दिएलगत्तै जिल्ला प्रशासन कार्यालयले उक्त गाउँपालिकाका प्रशासकीय अधिकृतलाई पत्र लेखेको छ । उपाध्यक्ष यादवले यसअघि पनि गाउँपालिकाले सूचना उपलब्ध नगराएको भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएकी थिइन् । Advertisement सो निवेदन अनुसार सूचना उपलब्ध गराउनू भनि जिल्ला प्रशासन कार्यालयले भदौ ११ गते पनि गाउँपालिकाका प्रशासकीय अधिकृतलाई पत्र पठाएको थियो । तर त्यसका बाबजुद पनि आफूलाई सूचना नदिइएको भन्दै उपाध्यक्ष यादव बुधबा...
प्रदेश २ का सभामुख सरोज यादवले पनि छाडे राजेन्द्र महतोको साथ

प्रदेश २ का सभामुख सरोज यादवले पनि छाडे राजेन्द्र महतोको साथ

देश, राजनीति, समाचार
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतो निकट मानिएका नेताहरुले धमाधम उनको साथ छाड्न थालेका छन् । पछिल्लो समय प्रदेश २ का सभामुख सरोज यादवले उनको साथ छाडेका छन् । जसपा विभाजनपछि महन्थ ठाकुर नेतृत्वको लोसपा गठन भएको छ । लोसपामा राजेन्द्र महतोलाई वरिष्ठ नेताको दर्जामा राखिएको छ । तर महतो निकट मानिएका प्रदेशसभा सभामुख यादव भने जसपामै रहे । निर्वाचन आयोगले तोकेको समयसीमा भित्र यादवले लोसपाका पक्षमा सनाखत नगरेका कारण उनी जसपामै रहेको मानिन्छ । Advertisement त्यसो त, सभामुख भएपछि कुनै दलगत गतिविधि गर्न मिल्दैन । त्यही भएर पनि उनले सनाखत नगरेको बताइन्छ । तर निर्वाचन आयोगका सहायक प्रवक्ता एवं उपसचिव कोमल प्रसाद धमलाले प्रदेशसभा सदस्य भएकै कारण सभामुख चयन गरिएको हुनाले विभाजित दलका प्रदेशसभा सदस्यले नयाँ दलमा सामेल हुन चाहेमा सनाखत...
माधव नेपालको पार्टीमा सनाखत गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन

माधव नेपालको पार्टीमा सनाखत गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन

देश, राजनीति, समाचार
माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गराउन माग गर्दै दुई सांसदले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रिय सभा सदस्यका शारदादेवी भट्टले नेकपा नेपालको पार्टीमा सनाखत गराउन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।  Advertisement माधव नेपाल नेतृत्वको पार्टी दर्ताका लागि निवेदन दिँदा हस्ताक्षर नगरेका उनीहरुले सनाखत गर्नका लागि पछि निवेदन दिएका थिए। तर निर्वाचन आयोगले सनाखत गराएको थिएन।  समाजवादीमा सनाखत गर्न नपाउँदा एमाले छाडे सांसद पद गुम्ने भएपछि उनीहरु बुधबार सर्वोच्च पुगेका हुन्। सर्वोच्चले बिहीबारका लागि पेशी तोकेको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए।  साभार: रातोपाटी ...
विधेयकहरु पास गर्न पहल गर्ने माओवादी केन्द्रको निर्णय

विधेयकहरु पास गर्न पहल गर्ने माओवादी केन्द्रको निर्णय

देश, राजनीति, समाचार
सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) ले बजेट लगायत संसदमा बाँकी रहेका अध्यादेशहरू पारित गर्नुपर्नेमा जोड दिएको छ ।  सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधवार बसेको सो पार्टीको संसदीय दलको बैठकले सत्तापक्ष र प्रतिपक्षको सहमतिमा संसदलाई निर्वाध रुपमा चल्न दिदैँ बजेट लगायत संसदमा पारित गर्नुपर्ने अध्यादेशहरू पास गराउन पहल गर्ने निर्णय गरेको हो । Advertisement तोकिएको समयावधिभित्र अध्यादेशहरू पारित गर्नुपर्नेमा माओवादीको जोड रहेको प्रमुख सचेतक देव गुरुङले बताए । ‘अध्यादेशहरूलाई अगाडि बढाउनुपर्छ । र त्यसलाई तोकिएकै समय अवधिभरमा, ३० ग तोकिएको समयावधिभित्र अध्यादेशहरू पारित गर्नुपर्नेमा माओवादीको जोड रहेको प्रमुख सचेतक देव गुरुङले बताए । ‘अध्यादेशहरूलाई अगाडि बढाउनुपर्छ । र त्यसलाई तोकिएकै समय अवधिभरमा, ३० गते त्यसको समय सकिन्छ । ३० गतेकै समय अवधि...
देशभर प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिको सनाखत सम्पन्न

देशभर प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिको सनाखत सम्पन्न

देश, राजनीति, समाचार
नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा प्रवेश गर्न चाहने प्रदेश र स्थानीय तहका सदस्यबाट निर्वाचन कार्यालयमा सनाखत भएको छ । Advertisement निर्वाचित प्रदेशसभा सदस्य तथा स्थानीय तहका सदस्यले  नेकपा एमाले र जसपा नेपालबाट छुट्टिई गठन भएको नयाँ दलमा प्रवेश गर्न चाहना राख्नेलाई नयाँ दल गठन भएको मितिले २१ दिनभित्र सनाखत गर्न निर्वाचन आयोगले निर्देशन दिएको थियो । प्रदेशसभाका सदस्यलाई सम्बन्धित प्रदेश निर्वाचन कार्यालय र स्थानीय तहका सदस्यलाई सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भई सनाखत गर्ने गराउने व्यवस्था गरिएको थियो । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ (दोस्रो संशोधन अध्यादेश, २०७८) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ (दोस्रो संशोधन) बमोजिम आयोगले नेकपा एमाले र जसपाबाट छुट्टिई बनेका नयाँ दलमा प्रवेश गर्न चाहने जनप्रतिनि...
सिरहामा एमालेका ६१ र जसपाका १२ जनप्रतिनिधिले नयाँ पार्टी रोजे

सिरहामा एमालेका ६१ र जसपाका १२ जनप्रतिनिधिले नयाँ पार्टी रोजे

देश, राजनीति, समाचार
सिरहा जिल्लामा नेकपा एमालेबाट विजयी ६१ जना स्थानीय तहका जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । सखुवा नन्कारकट्टी गाउँपालिका अध्यक्ष केदार यादवसहित नेकपा एमालेबाट विजयी सबै जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टीका पक्षमा सनाखत गराएका छन् । जिल्लाका अन्य स्थानीय तहबाट ४३ जनाले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका हुन् । Advertisement सखुवा नन्कारकट्टी गाउँपालिकामा अध्यक्ष र तीन वडाध्यक्षसहित १८ जनप्रतिनिधि नेकपा एमालेबाट निर्वाचित भएका थिए । उनीहरु सबैले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेको नेकपा एकीकृत समाजवादीका स्थानीय नेता योगेन्द्र सिंहले जानकारी दिए । त्यसैगरी, जनता समाजवादी पार्टी नेपाल परित्याग गरी १२ जना स्थानीय तहका जनप्रतिनिधिले लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन् । जिल्ला निर्वाचन अधिकृ...