२०८२ चैत्र १७

राजनीति

मेरै सरकारमा आउनुस्, नभए दसैंपछि छलफल गरौंला : प्रदेश-१ मुख्यमन्त्री आचार्य

मेरै सरकारमा आउनुस्, नभए दसैंपछि छलफल गरौंला : प्रदेश-१ मुख्यमन्त्री आचार्य

देश, राजनीति, समाचार
संविधानको आफूअनुकूल व्याख्या गर्दै  प्रदेश सरकारको आयु लम्ब्याउँदै आएका प्रदेश-१ का मुख्यमन्त्री भीम आचार्यले सजिलै सत्ता हस्तान्तरण नगर्ने संकेत गरेका छन्। यसले प्रदेशमा थप राजनीतिक द्वन्द्व बढाउने सम्भावना देखिएको छ।  मुख्यमन्त्री आचार्यले बुधबार प्रदेश सभाको नयाँ भवन उद्घाटन गर्दै सकेसम्म सबै दल सहभागी भएर सहमतिको सरकार बनाउने नभए दसैंपछि मात्रै विश्वासको मत लिने योजना रहेको खुलाएका छन्।  संसद भवन उद्घाटनमा सहभागी सबै विपक्षी दलका नेताहरूले अल्पमतमा परेका कारण मुख्यमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने बताएका थिए। उनीहरूले संविधान मिचेर सरकारको आयु लम्ब्याउने प्रयास नगर्न मुख्यमन्त्रीलाई चेतावनी दिएका थिए।  Advertisement आफू अघि बोलेका नेताहरूलाई जवाफ दिँदै मुख्यमन्त्री आचार्यले भने, ‘म संविधान र यही व्यवस्थाका लागि लडेको व्यक्ति हुँ। संव...
चाडपर्वको बेलामा उपभोग्य सामग्री सुपथ मूल्यमा उपलब्ध गराउन निर्देशन

चाडपर्वको बेलामा उपभोग्य सामग्री सुपथ मूल्यमा उपलब्ध गराउन निर्देशन

राजनीति
प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चाडपर्वको बेलामा दैनिक खाद्यान्न र उपभोग्य सामग्री उपभोक्तालाई सर्वसुलभ र सुपथ मूल्यमा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ।  मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले चाडपर्वको बेलामा दैनिक खाद्यान्न र उपभोग्य सामग्री उपभोक्तालाई सर्वसुलभ र सुपथ मूल्यमा उपलब्ध गराउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो। Advertisement समितिको निर्णय सुनाउँदै समितिका सभापति विमलप्रसाद श्रीवास्तवले चाडवाडको बेला कुनै पनि सामग्री अभाव हुन नदिन उद्योग मन्त्रालयलाई निर्देशन दिए। उनले काठमाडौं, भक्तपुर र ललितपुर तीन जिल्लाका सिडिओहरूले अनुगमन गर्ने भन्ने कुरा भइरहेकोले यस्तो अनुगमन अन्य जिल्लामा पनि लागू गर्न उनले मन्त्रालयलाई निर्देशन दिए। सभापति श्रीवास्तवले अहि...
कंग्रेस पार्टीमा प्रवेश गरे कन्हैया कुमार

कंग्रेस पार्टीमा प्रवेश गरे कन्हैया कुमार

राजनीति
भारतका चर्चित युवा कम्युनिष्ट नेता कन्हैया कुमारले भारतीय कंग्रेस पार्टी प्रवेश गरेका छन्। उनीसँगै गुजरातका विधानसभा सदस्य जिग्नेश मेवानीले पनि कंग्रेस पार्टी प्रवेश गरेका हुन्।  Advertisement मंगलबार दिल्लीमा राहुल गान्धी सहभागी कार्यक्रममा उनीहरूले पार्टी प्रवेश गरेका हुन्।  पार्टी प्रवेश कार्यक्रममा कंग्रेसका महासचिव केसी भेनुगोपाल र गुजरात कंग्रेसका निमित्त अध्यक्ष हार्दिक पटेल सहभागी थिए।  कार्यक्रमपछि भेनुगोपालले पत्रकारलाई सम्बोधन गरेका थिए।  'कन्हैया कुमार यो देशमा अभिव्यक्ति स्वतन्त्रताको लागि लड्ने प्रतीक हुन्। उनले विद्यार्थी नेता भएर कट्टरपन्थीवादविरूद्ध लडेका छन्,' उनले भने, 'उनीजस्तो गतिशील व्यक्तित्व कंग्रेसमा जोडिँदा कार्यकर्ताहरू जोशिनेछन्।'   कन्हैया कुमार जवाहारलाल नेहरू विश्वविद्यालयको विद्यार्थी युनि...
परराष्ट्र मन्त्री खड्काको शपथ बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

परराष्ट्र मन्त्री खड्काको शपथ बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

राजनीति
परराष्ट्र मन्त्री नारायण खड्काले राष्ट्रपतिबाट लिएको सपथ बदर गर्न माग गर्दे सर्वोच्च अदालतमा रिट दायर भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्र मन्त्रीमा नियुक्त गरेपछि असोज ६ गते खड्काले राष्ट्रपतिबाट शपथ लिएका थिए।  Advertisement कानुनले परिकल्पना गरेको कुनै ढाँचा बिना असंवैधानिक तवरले गराइएको शपथ बदर गर्न माग गर्दै अधिवक्ता विशाल न्यौपानेले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। उनको रिट दर्ता भइसकेको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए।  उनले शपथसम्बन्धी कानुन निर्माण नगरी कसैलाई मन्त्रीको हैसियतमा सपथ नगर्न/नगराउन आदेश पनि मागेका छन्।  'यो मुद्दाको अन्तिम टुंगो नलागेसम्मको लागि मिति २०७८/०६/०६ मा नियुक्त परराष्ट्र मन्त्री नारायण खड्कालाई परराष्ट्र मन्त्रीको हैसियतमा संविधान बमोजिम कानुन बनाई सपथ ग...
यी जिल्लामा असोज १८ मा हुँदैछ कांग्रेसको जिल्ला अधिवेशन

यी जिल्लामा असोज १८ मा हुँदैछ कांग्रेसको जिल्ला अधिवेशन

राजनीति
नेपाली कांग्रेसले २१ हिमाली जिल्लामा यही असोज १८ गते जिल्ला अधिवेशन गर्ने भएको छ। हिउँ पर्ने र चिसो पनि बढ्ने सम्भावना रहेकोले दसैंअगाडि नै २१ हिमाली जिल्लामा अधिवेशन गर्न लागिएको हो। Advertisement कांग्रेस पदाधिकारी बैठकले हिमाली जिल्लामा जिल्ला अधिवेशन गर्ने र पहाडी तथा तराईका जिल्लामा दसैंलगत्तै अधिवेशन गर्ने तयारी गरेको छ। जिल्ला अधिवेशन हुनुअगाडि वडा, पालिका, प्रदेश सभा र प्रतिनिधि सभा क्षेत्रको अधिवेशन गरिसक्नुपर्ने हुन्छ। यीमध्ये अधिकांशमा वडा अधिवेशन सकेर पालिका अधिवेशन पनि भइरहेका छन् भने प्रदेश सभा क्षेत्रीय र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन हुने तयारी छ। गोरखालगायत जिल्लामा मंगलबार प्रदेश सभा क्षेत्रीय अधिवेशन हुन लागेको छ। असोज १५ मा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन गर्ने र असोज १८ मा जिल्ला अधिवेशन गर्ने तयारी छ। दुई निर...
एमालेको अवरोधबीच बसेको संसद बैठक बिहीबारसम्म स्थगित

एमालेको अवरोधबीच बसेको संसद बैठक बिहीबारसम्म स्थगित

राजनीति
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बाबजुत सोमबार बसेको प्रतिनिधिसभा बैठकमा पनि केही बेर बसेर स्थगित भएको छ। Advertisement दिउँसो सवा २ बजे नयाँ बानेश्वरमा बसेको बैठकको सुरूमै उठेर एमाले सांसदहरुले रोष्ट्रम अगाडि उभिँदै नाराबाजी गरेका थिए।  तर एमाले सांसदको नाराबाजीबीच सभामुख अग्नि सापकोटाले राष्ट्रपतिको कार्यालयबाट आएको विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाए।   त्यसपछि प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले 'आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ बारे राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराए। एमाले सांसदको नाराबाजीबीच तीन वटा कार्यसूचीमा प्रवेश गरेको बैठक सभामुख सापकोटाले असोज १४ गते बिहीबार दिउँसो १ बजेसम्मलाई स्थगित गरेका छन्।  ...
सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको छ: प्रधानमन्त्री देउवा

सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको छ: प्रधानमन्त्री देउवा

राजनीति
प्रधानमन्त्री शेरबहादुर देउवाले विविधताको समुचित संरक्षण, सम्वर्द्धन र उपयोगबाट नेपाललाई सुरक्षित भरपर्दाे पर्यटन गन्तव्यका रुपमा विश्वसामु थप स्थापित गर्नु यस क्षेत्रमा लागेका सरोकारवाला सबैको साझा लक्ष्य भएको बताएका छन्। ४२ औँ विश्व पर्यटन दिवसका अवसरमा आज शुभकामना दिँदै प्रधानमन्त्री देउवाले पर्यटकीय गन्तव्यको पहिचान, विकास र प्रबर्द्धनका माध्यमबाट आय तथा रोजगारी सृजना गरी लाभको वितरण स्थानीय समुदायसम्म पुर्‍याउन सके आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन्। Advertisement सरकारले आर्थिक वृद्धि र विकासका लागि पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखी विभिन्न कार्यक्रम कार्यान्वयन गर्दै आएको पनि प्रधानमन्त्री देउवाको भनाइ छ। प्रधानमन्त्री देउवाले नेपालको पर्यटन क्षेत्रको विकास र प्रबर्द्धनमा निजी क्षेत्रको प्रयास प्रशंसनीय रहेको उल्लेख गर्दै यस क्ष...
ऋषी धमला र प्रचण्ड : मध्य रात २ बजे भएको पहिलो भेट (रोचक भिडिओ)

ऋषी धमला र प्रचण्ड : मध्य रात २ बजे भएको पहिलो भेट (रोचक भिडिओ)

अन्तर्वार्ता, देश, मनोरञ्जन / कला, राजनीति, समाचार
नेपाली पत्रकारिता क्षेत्र मा ऋषि धमला निक्कै पुरानो तथा कहिले लायिमलाइट बाट नहराउने पत्रकर मध्ये एक हुन्। केहि दिन अघाडी संजय सिलवाल गुप्त द्वारा आयोजन गरिने साप्ताहिक कुराकानी संस्करणमा ऋषिले रोक्चक प्रसङ्ग हरु चर्चा गरे। ति प्रसस्न्गा हरु मध्ये एक निक्कै रोचक प्रसंग प्रचण्ड संग को पहिलो भेट र अन्तरवार्ता बारे थियो। Advertisement ऋषिले त्यो मध्यरात्री अन्तरवार्ता सम्झिदै प्रचण्ड द्वारा गरिएको आफ्नो प्रसंसा बारे सम्झिए। प्रचण्ड ले उनको तत्कालिन समयमा नेपाल १ टेलिभिजन मा आउने गरेको कार्यक्रम हेर्ने गरको उनले बताए। ऋषि धमला को कपाल कोर्ने अन्दाज पहिले को प्रचण्ड संग मिल्दछ। स्वाही कुरा लाइ एङ्कित गर्दै ऋषि ले भन, " धेरैले मैले प्रचण्ड को सिको गरेको भन्थ्ये। तर यो सन्जोग मात्र हो र सधै एउटा हासो ठट्टाका रुपमै चलिआएको छ। स्वाही अन्त...
असत्य सन्देश सम्प्रेषण गर्ने व्यक्तिविरुद्ध एमसीए–नेपालद्वारा प्रहरीमा उजुरी दर्ता

असत्य सन्देश सम्प्रेषण गर्ने व्यक्तिविरुद्ध एमसीए–नेपालद्वारा प्रहरीमा उजुरी दर्ता

देश, राजनीति, समाचार
मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसीए–नेपाल) बारे अतिरञ्जित तथा असत्य सन्देशहरू सामाजिक सञ्जालबाट सम्प्रेषण भइरहेकोप्रति एमसीए–नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।  यही भदौ २३ गते ट्वीटर सामाजिक सञ्जालमार्फत एमसीए–नेपाल विकास समितिका कार्यकारी निर्देशक खड्ग बहादुर विष्टको नक्कली तवरको हस्ताक्षर प्रयोग गरी एक सामग्री सम्प्रेषण गरिएको थियो । उक्त सामग्रीमा एमसीए–नेपाल, एमसीसी र अमेरिकी राजदूतावासका अधिकारीहरूबीच भएको भच्र्युयल बैठकमा कम्प्याक्ट अनुमोदनको पक्षमा प्रचार अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिइएको कपोलकल्पित कुरा उल्लेख गरिएको थियो । सोही सामग्रीमा केही अखबार तथा टीभीलाई परिचालन गरिनुपर्ने झुठो दाबी र  नेपाल सरकार, एमसीए–नेपाल र एमसीसीको छापको पनि दुरुपयोग गरिएको एमसीए नेपालको भनाइ छ ।  Advertisement ‘उक्त सामग्रीमा उल्लेख गरिएक...
बालबालिकालाई कोभिड खोप उपलब्ध गराउन सरकार पूर्ण प्रयासरत छ : प्रधानमन्त्री देउवा

बालबालिकालाई कोभिड खोप उपलब्ध गराउन सरकार पूर्ण प्रयासरत छ : प्रधानमन्त्री देउवा

देश, राजनीति, समाचार
प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाका लागि कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने सम्बन्धमा नेपाल सरकार पूर्ण प्रयासरत रहेको बताएका छन् ।  सन्ताउन्नौं राष्ट्रिय बाल दिवसको अवसरमा देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपाली बालबालिका एवं अभिभावकहरूमा शुभकामना व्यक्त गर्दै उनले कोभिड–१९ बाट प्रभावित बालबालिकाका लागि प्रत्येक कोभिड अस्पतालमा कम्तीमा २० प्रतिशत श्ययाको व्यवस्था गरिएको बताए । कोभिड–१९ को नकारात्मक प्रभावबाट बालबालिकालाई जोगाउन बालबालिकाको शिक्षा, स्वास्थ्य तथा संरक्षणका विषयहरूमा थप प्रयास गर्न आवश्यक रहेको प्रधानमन्त्री देउवाको भनाइ छ । नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकका रूपमा आत्मसात गरेको छ । Advertisement संविधानको धारा ३९ ले प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण तथा उचित स्याहारसहित सर्वाङ...