तालिबान मन्त्रीले गरे आत्मघाती हमलाकारीको प्रशंसा, परिवारलाई पैसा र जग्गा दिने
अफगानिस्तानमा सरकार चलाइरहेको तालिबानका एक जना मन्त्रीले आत्मघाती हमलाकारीको प्रशंसा गरेका छन्।
Advertisement
अफगानिस्तानको सरकारी प्रसारण संस्था आरटिएलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएअनुसार सोमबार आत्मघाती हमलाकारीका परिवारसँग भेटेका कार्यवाहक आन्तरिक मामिला मन्त्री सिराजुद्दिन हक्वानीले अमेरिकी सेना हुँदा तत्कालीन अफगान सरकार र उसका पश्चिमा सहयोगीविरूद्ध आत्मघाती हमला गर्नेहरू नायक भएको बताएका थिए। आफूहरूको सरकारले उनीहरूको बहादुरीलाई सम्मान गर्ने उनको भनाइ थियो।
सन् २०१८ मा आत्मघाती हमला भएको एक होटलमा भएको उक्त कार्यक्रममा हक्वानीले आत्मघाती हमलाकारीका परिवारलाई १२५ अमेरिकी डलर र जग्गा दिने वाचा गरेका छन्।
हक्वानी समूहका नेता रहेका हक्वानीलाई अमेरिकाले मोस्ट वान्डेट सूचीमा राखेको थियो र उनको टाउकाको मूल्य १ करोड डलर तोकिएको थि...









