२०८१ बैशाख १४

तोकिएको मितिमा एनआरएनए महाधिवेशन नहुने निश्चित, परराष्ट्रद्वारा फेरि अर्को पत्र

एनआरएनएको आसन्न महाधिवेशन समयमै नहुने निश्चित भएको छ। 

विवादले उग्र रूप लिएपछि परराष्ट्र मन्त्रालयले यसअघिनै निर्वाचनका गतिविधि रोक्न भनेको थियो। यद्यपी निर्वाचन समयमै हुने दाबी हुँदै आएको थियो। 


Advertisement


यसैबीच परराष्ट्र मन्त्रालयले पुनः अध्यक्ष कुमार पन्तलाई ६५ प्रतिशत पुरानो समितिलेले चयन गर्न पाउने प्रावधान विधान अनुरूप नभएको भन्दै पुनः पत्र पठाएपछि थप अन्यौल भएको हो।

परराष्ट्रले पठाएको पत्रमा मुख्य तीन कुरालाई जोड दिइएको एनआरएनका महासचिव हेमराज शर्माले जानकारी दिए। परराष्ट्रको पत्र सार्वजनिक नभए पनि  आफूले अध्यक्ष कुमार पन्तसँग टेलिफोनमार्फत कुराकानी गरेर परराष्ट्रको पत्रबारे जानकारी लिएको बताए।

पत्रमा ६५% महाधिवेशन प्रतिनिधि नयाँ वा पुरानो कार्यसमिति कसले छान्ने विधानमा उल्लेख नभएकोले पूर्व अभ्यास अनुसार गर्ने भनिएको छ। यस्तै एनसिसिको महाधिवेशन अनिवार्य रूपमा जुलाई १-३१ तारिख सम्म सम्पन्न हुनुपर्ने र महाधिवेशन प्रतिनिधिको विवरण अगष्ट १५ सम्म सचिवालयमा पठाउनु पर्नेसमेत बताएको छ।

यस्तै पत्रमा विधार्थीहरू सदस्य बनेका छन् भने त्यसको पुनरावलोक गर्नेसमेत भनिएको छ।

६५ प्रतिशत पुरानो समितिलेले चयन गर्न पाउने प्रावधान विधान अनुरुप भएन र यो प्रावधान विधानमा कतै नदेखिएको भनेर परराष्ट्रले स्पस्ट रूपमा भनेको छ। 

एनआरएनका महासचिव हेमराज शर्माले ६५ प्रतिशत पुरानो कार्यसमितिलेले चयन गर्न पाउने प्रावधान विधान अनुरूप भएन र यो प्रावधान विधानमा कतै देखिएन भन्ने परराष्ट्र  मन्त्रालयलको पत्रबारे आपत्ती जनाए।

‘६५% महाधिवेशन प्रतिनिधि नयाँ वा पुरानो कार्यसमिति कसले छान्ने विधानमा उल्लेख नभएको भन्ने परराष्ट्र मन्त्रालयको भनाईमा सत्यता छैन। किनभने विधानको अनुसूची ६ (क) मा  उल्लेख गरिएको छ ‘प्राथमिकताको सूचीमा रहेका व्यक्तिले (अर्थात ६५% मा पर्ने योग्यता भएका व्यक्तीले) ले राष्ट्रिय समन्वय परिषदको निर्वाचन पूर्व तोकिएको प्रणालीमा आफ्नो नाम दर्ता गराउनु पर्नेछ’। ‘राष्ट्रिय समन्वय परिषदको निर्वाचन पूर्व’ कुन कार्यसमिति हुन्छ भन्ने उल्लेख गर्नु पर्दैन । निर्वाचन भन्दा पहिले पुरानो कार्यसमिति नै अस्थित्वमा रहेको हुन्छ । अतः नयाँ कार्यसमितिले ६५% प्रतिनिधि छान्न पाउनु पर्छ भन्ने तर्क विधान विपरित छ’, उनले भने।

परराष्ट्र  मन्त्रालयलको पत्रमा एनसिसिको महाधिवेशन अनिवार्य रूपमा जुलाई १-३१ तारिखसम्म सम्पन्न हुनुपर्छ भनेर विधानमा नै तोकिएको हुनाले जुलाई अघि वा पछि गरिएको  चुनाब अवैध घोषणा गरि  पुन गराउन निर्देशन समेत दिइएको छ। 

जसले गर्दा  जुलाईमा निर्वाचन हुन नसकेका एनसिसिलाई स्वतः बदर भएका छन्। जुलाई ७ मा निर्वाचन भएको डेनमार्क, अमेरिका, बेलायत, पोर्चुगल, फ्रान्स, साइप्रस,  ओमानलगायतका एनसिसीको निर्वाचन अब पुनः गर्नुपर्ने भएको छ।

कुल आचार्य समूहको मुख्य माग पनि ६५ प्रतिशत प्रतिनिधि छनोट पुरानो कार्य समितिले नगरी नयाँ निर्वाचित कार्य समितिले गर्न पाउनुपर्छ भन्ने नै हो।

परराष्ट्रको पत्र आएकोबारे अध्यक्षका उमेद्वार कुल आचार्यसँग सम्पर्क गर्दा उनले पत्र आएकोबारे आफूले जानकारी पाए पनि पत्रमा के छ भन्नेबारे जानकारी नभएको बताए।

‘पत्र आएको छ भन्ने सुनेको छु। तर पत्रमा के छ भन्नेबारे हेर्न पाएको छैन’, उनले भने।

परराष्ट्रले यसअघि भएका अनियमितता खारेज गर्दै विधान अनुरूप निर्णय गर्नेमा आफू ढुक्क रहेको उनले बताए।

अध्यक्षका अर्का उमेद्वार बद्री केसीले पत्रनै आइसकेकोले उक्त पत्र हेरि केहि दिनमा नै अन्तर्राष्ट्रिय समितिले बैठक बसि निर्णय गर्ने बताए।

अध्यक्ष कुमार पन्तसँग कुरा गर्न खोज्दा सम्पर्क हुन सकेन। उनी निकट स्रोतले दिएको जानकारी अनुसार परराष्ट्रको पत्र आएलगत्तै अध्यक्ष  पन्त   काठमाडौंको लागि उडिसकेका छन्।

Copy link
Powered by Social Snap