२०८३ असार २२

राजनीति

नेपाल बारले प्रधानन्यायाधीशको राजीनामा मागेको छैन, हामी भोलि भेट्दैछौं: अध्यक्ष श्रेष्ठ

नेपाल बारले प्रधानन्यायाधीशको राजीनामा मागेको छैन, हामी भोलि भेट्दैछौं: अध्यक्ष श्रेष्ठ

राजनीति
नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूहरू अहिले पनि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा नमागेको स्पष्ट पारेका छन्। उनले भने,‘हामीले अहिले प्रधानन्यायाधीशको राजीनामा मागेको छैनौं। हामी छलफलमै छौं। भोलि उहाँलाई भेट्ने कार्यक्रम छ। उहाँसँग भेटेपछि रिपोर्ट कार्यान्वयनमा हाम्रो जोड हुनेछ, उहाँसँग भोलि छलफल भएपछि बारको बैठक बस्छ। महाभियोगको प्रश्न त पार्लियामेन्टको विषय हो।’ आज राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै अध्यक्ष श्रेष्ठले विगतमा भागबण्डाको आधारमा न्यायाधीश नियुक्ति गरिएको हुनाले अहिले समस्या उत्पन्न भएको टिप्पणी गरेका छन्।  Advertisement उनले भने,‘उच्चतम योग्यताको आधारमा न्यायाधीश नियुक्ति भएन, भागबण्डाको आधारमा न्यायाधीश नियुक्ति गरिने काम भए, त्यो बेलादेखि नै हामीले यस किसिमको नियुक्ति ठिक भएन भनेर पटक-पटक भन्दै ...
साझा सहमतिमा एमसिसी पास हुन्छ: परराष्ट्र मन्त्री

साझा सहमतिमा एमसिसी पास हुन्छ: परराष्ट्र मन्त्री

राजनीति
परराष्ट्र मन्त्री नारायण खड्काले नेपाली कांग्रेसको नेतृत्वमा प्रदेश नं १ मा सरकार गठनको सम्भावना रहेको बताएका छन्। Advertisement विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले आइतबार विश्वासको मतदानपछि कसको नेतृत्वमा सरकार गठन गर्ने सम्बन्धमा निर्णय गरिने जानकारी दिए। मन्त्री खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा सहभागी गठबन्धन दलबीच छलफल एवं सहमतिका आधारमा  प्रदेश सरकारका सम्बन्धमा (प्याकेज) मा निर्णय गरिने बताए।  उनले प्रदेश नं १ र बागमतीमा आधा/आधा कार्यकाल नेतृत्व गर्ने सम्बन्धमा प्रस्ताव आएको तर अहिलेसम्म निर्णय नभएको जानकारी दिए। मन्त्री खड्काले नेपाली कांग्रेसको बहुमत नभएकाले सबै दलबीच आपसी छलफल गरी साझा सहमतिमा एमसिसी पास हुने बताए। मन्त्री खड्काले राष्ट्रिय जनगणना कार्यालयले लिपुले...
‘शक्तिशाली’ एमाले अब सातै प्रदेश र संघमा विपक्षमा पुग्दै

‘शक्तिशाली’ एमाले अब सातै प्रदेश र संघमा विपक्षमा पुग्दै

राजनीति
२०७४ मंसिरमा आम निर्वाचनको नतिजा धमाधम आउँदै थियो। गृहजिल्ला झापाको अन्तिम नतिजा सार्वजनिक हुनै लाग्दा एमाले अध्यक्ष केपी ओली यति एयरको चाटर्ड विमानमार्फत दलबलसहित चन्द्रगढी विमानस्थल उत्रिए। कार्यकर्ता र सञ्चारकर्मीले घेरिएका ओलीले त्यसबेला घोषणा गरेका थिए, ‘अब केन्द्रदेखि सातै वटा प्रदेशमा वामपन्थी सरकार बन्छ। अहिलेलाई होइन, आउँदो धेरै कार्यकाललाई बन्छ। अब सबैले यसो भन्ने बानी नगरी सुखै छैन।’ चार वर्षअघि सार्वजनिक रुपमा यसरी खुला ‘हाँक’ दिएका उनै ओली यतिबेला आफ्नै दल नेतृत्वको अर्को दुईटा सरकार गुमाउने अवस्थामा पुगेका छन्। Advertisement यसअघि नै गण्डकी र लुम्बिनी प्रदेश सरकार तथा आफ्नै  नेतृत्वको संघीय सरकार गुमाएका ओली र एमालेले आइतबारबाट प्रदेश १ सरकारको नेतृत्व पनि गुमाउने निश्चित भएको छ। कात्तिक १० मा वागमती प्रदेश सरकार पनि एमालेले ग...
एकीकृत समाजवादीको कर्णाली प्रदेश अध्यक्षमा थापा

एकीकृत समाजवादीको कर्णाली प्रदेश अध्यक्षमा थापा

राजनीति
नेकपा एकीकृत समाजवादीको कर्णाली प्रदेश अध्यक्षको जिम्मा दैलेखका अम्मरबहादुर थापाले पाएका छन्।  Advertisement पार्टीको शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकबाट थापालाई कर्णाली प्रदेश अध्यक्षको जिम्मेवारी दिईएको हो। दैलेखबाट प्रदेश सभा सदस्यमा निर्वाचित थापाले गएको वैशाखमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गर्न फ्लोर क्रस गरेका थिए। त्यसपछि उनीसहित फ्लोर क्रस गरेका चार जनाको सांसद पद गएको छ। एमालेभित्रको समूहगत विभाजनका क्रममा कर्णालीमा फ्लोर क्रस गरेका सबै नेकपा (एस)मा लागेका छन्। कर्णाली प्रदेश अध्यक्ष थापा मुख्यमन्त्री शाही नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री छन् । उनी हाल सांसद नरहेकाले मन्त्री पदको समयावधि भने केही दिनमा सकिँदैछ। ...
नेकपा एमालेको वडा अधिवेशन आज, अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्दै

नेकपा एमालेको वडा अधिवेशन आज, अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्दै

राजनीति
नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडा अधिवेशन हुँदैछन्। Advertisement वडा अधिवेशनलाई अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने र इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा त्यसलाई ‘डिस्प्ले’ गरिने भएको छ। एमाले केन्द्रीय कार्यालयले त्यसका लागि तयारी पूरा गरिसकेकामा हालैको बाढी पहिरोबाट प्रभावित जिल्लामा भने केही समयपछि अधिवेशन हुने जनाइएको छ। यस्तै यही कात्तिक ९ गते सबै पालिकास्तरमा अधिवेशन हुनेछ। एमालेले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गर्न सो पार्टीले यही कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ । विसं २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएकालाई महाधिवेशन प्रतिनिधि बन्न योग्य बनाइएको छ। आगामी मङ्सिर १० देखि १२ गतेसम्म एमालेको दशौँ महाधिवेशन वाग्मती प्रदेशको चि...
चितवनमा राष्ट्रिय महाधिवेशनको तयारी सुरु भयो: एमाले

चितवनमा राष्ट्रिय महाधिवेशनको तयारी सुरु भयो: एमाले

राजनीति
नेकपा एमालेले चितवनमा पार्टीको दशौं राष्ट्रिय महाधिवेशन गर्न तयारी सुरु भएको बताएको छ। पार्टीको जिल्ला समितिले भरतपुरमा आज पत्रकार सम्मेलन गरेर महाधिवेशनको तयारी सुरु भएको बताएको हो। यसअघि महाधिवेशन वुटवलमा गर्ने घोषणा गरिएकोमा बिहीबारको स्थायी समिति बैठकले स्थान परिवर्तन गर्दै चितवनमा गर्ने निर्णय गरेको थियो। Advertisement पत्रकार सम्मेलनमा एमाले बागमती प्रदेश अध्यक्ष आनन्द पोखरेलले चितवनमा सम्पन्न हुने महाधिवेशनले पार्टीलाई २०७४ सालको चुनावबाट बनेको भन्दा पनि ठूलो पार्टी बनाउने दाबी गरे। उनले पाँच दलीय गठबन्धन एकतर्फ हुँदा पनि पहिलो पार्टी बन्नेगरी महाधिवेशनले उर्जा दिने दाबी उनले गरे। नेकपा एमाले बागमती प्रदेशका सह-इन्चार्ज काशीनाथ अधिकारीले चितवनमा हुने महाधिवेशनबाट पार्टीलाई थप सशक्त बनाउने बताए। एमालेकी जिल्ला अध्यक्ष पार्वती ...
बार्बाडोसले बेलायती महारानीलाई राष्ट्रप्रमुख नमान्ने, चुन्यो राष्ट्रपति

बार्बाडोसले बेलायती महारानीलाई राष्ट्रप्रमुख नमान्ने, चुन्यो राष्ट्रपति

राजनीति
क्यारेबियन टापु मुलुक बार्बाडोसले पहिलो पटक  राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति निर्वाचित गरेको छ। Advertisement बिबिसीका अनुसार कुनैबेला बेलायतको उपनिवेश रहेको बार्बाडोसले अहिलेसम्म बेलायती महारानी एलिजावेथलाई राष्ट्रप्रमुख मान्दै आएको थियो। ७२ वर्षीया डाम सान्द्रा मासोन राष्ट्रपति निर्वाचित भएसँगै बार्बाडोस अब गणतान्त्रिक मुलुक बन्ने भएको छ। बेलायतबाट स्वतन्त्र भएको ५५ औं वार्षिकोत्सवका अवसर पारेर आगामी नोभेम्बर ३० मा मासोनले राष्ट्रपतिको सपथ लिनेछन्। बार्बाडोसले गत वर्ष नै आफूले गणतान्त्रिक प्रणाली अपनाउने योजना सार्वजनिक गरेको थियो। २ लाख ८५ हजार जनसंख्या भएको बार्बाडोस क्यारेबियन आइल्यान्डहरूमा सबैभन्दा जनसंख्या भएको समृद्ध मुलुक हो। बेलायती महारानीलाई राष्ट्रप्रमुखबाट हटाउने बार्बाडोस पहिलो क्यारेबियन टापु राष्ट्र भने होइन। यसअघि गुया...
प्रधानमन्त्री देउवा बिहीबार दिनभर सुदूरपश्चिमका बाढीपहिरो प्रभावित क्षेत्रमा

प्रधानमन्त्री देउवा बिहीबार दिनभर सुदूरपश्चिमका बाढीपहिरो प्रभावित क्षेत्रमा

राजनीति
प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार सुदूरपश्चिम प्रदेशमा बाढी, पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका क्रममा कञ्चनपुरको दोधारा चादँनीमा आयोजित कार्यक्रममा सहभागी हुँदै। प्रधानमन्त्री देउवासँगै अर्थमन्त्री जर्नाजन शर्मा र पर्यटन मन्त्री प्रेमबहादुर आले समेत सहभागी थिए। तस्बिर : शेरबहादुर सिंह/रासस प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिममा बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका छन्। Advertisement प्रधानमन्त्री देउवाले बिहीबार सुदूरपश्चिमका पाँच जिल्लाका बाढीपहिरोपीडितको अवस्थाबारे जानकारी लिएका हुन्। देउवाले डोटी, बझाङ, बैतडी, डडेल्धुरा र कञ्चनपुरमा हेलिकप्टरमार्फत पुगेर प्रभावितहरूको अवस्थाबारे जानकारी लिएको उनको सचिवालयले जनाएको छ। प्रधानमन्त्री देउवा बिहान ८ बजे काठमाडौंबाट सुर्खेतका आएका थिए। सुर्खेतबाट डोटीको दीपायल पुगेका उन...
रक्षा मन्त्री रिजाललाई भेटे भारतीय राजदूत क्वात्राले

रक्षा मन्त्री रिजाललाई भेटे भारतीय राजदूत क्वात्राले

राजनीति
तस्बिर स्रोत: रिजालको फेसबुकबाट। रक्षा मन्त्री मिनेन्द्र रिजाल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ।    Advertisement बिहीबार उनीहरूबीच रक्षा मन्त्रालयमा भेट भएको हो। मन्त्री रिजालले आफूलाई भारतीय राजदूत क्वात्राले भेटेकोबारे सामाजिक सञ्जालमार्फत् जानकारी गराएका हुन्। उनले एक तस्वीर राख्दै क्वात्रासँग भेट भएकोबारे उल्लेख गरेका हुन्।  उनीहरूबीच के विषयमा छलफल भएको थियो भन्ने खुलाइएको छैन।     https://twitter.com/MinendraRijal/status/1451164413445038081?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1451164413445038081%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.setopati.com%2Fpolitics%2F251828 ...
मन्त्रीहरू लिएर प्रधानमन्त्री सुदूरपश्चिमका बाढीपहिरो प्रभावित क्षेत्र निरीक्षणमा

मन्त्रीहरू लिएर प्रधानमन्त्री सुदूरपश्चिमका बाढीपहिरो प्रभावित क्षेत्र निरीक्षणमा

राजनीति
प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न सुदूरपश्चिम गएका छन्। Advertisement बालुवाटारबाट हेलिकप्टरमार्फत् प्रधानमन्त्री देउवा आज बिहान सुदूरपश्चिमस्थित धनगढी गएका हुन्। सुदूरपश्चिम क्षेत्रको निरीक्षणमा प्रधानमन्त्री देउवासँगै अर्थमन्त्री जनार्दन शर्मा, पर्यटन मन्त्री प्रेम आले, नेपाली कांग्रेसका नेताहरू एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायरलगायत पनि सुदूरपश्चिम गएका छन्। प्रधानमन्त्रीसहित उक्त टोली आज बझाङ, बैतडीलगायत जिल्ला पनि पुग्ने कार्यक्रम छ। प्रधानमन्त्री देउवा शुक्रबार काठमाडौं फर्कने उनको सचिवालय स्रोतले बताएको छ। ...