२०८२ पुष ११

राजनीति

संविधानको आफूअनुकूल व्याख्या गर्दै एमालेका मुख्यमन्त्री

संविधानको आफूअनुकूल व्याख्या गर्दै एमालेका मुख्यमन्त्री

राजनीति
नेकपा एमाले र जनता समाजवादी पार्टी एकैदिन विभाजित हुँदा समान राजनीतिक घटना क्रमबाट गुज्रिएका तीन वटा प्रदेश सरकारमध्ये प्रदेश २ का मुख्यमन्त्रीले विश्वासको मत लिइसकेका छन्। एमाले नेतृत्वमा रहेका दुई वटा प्रदेश सरकार भने विश्वासको मत लिने दिन पर धकेलेर आफ्नो आयु दसैंपछिसम्म पुर्‍याउन लागिपरेका छन्। यसको पुष्टि दुबै प्रदेश सरकारले गरिसकेका छन्। प्रदेश १  संसद्को हिउँदे एवं नवौं अधिवेशन शुक्रबार (आज) सुरू हुँदैछ। तर, अधिवेशन प्रारम्भ हुने दिनसम्म पनि सरकारले विश्वासको मत लिन चाहेको सूचना प्रदेश सभामा पठाएको छैन। कहिले प्रस्ताव पठाउँछ भन्नेबारे केही खुलाएको पनि छैन। मन्त्रीहरू नै यसबारे बेखबर छन्। प्रदेश १ को प्रदेशसभा नियमावलीअनुसार विश्वासको मतमा छलफल हुनुभन्दा दुई दिनअघि नै संसदमा सरकारले प्रस्ताव पठाउनु पर्ने उल्लेख छ। Advertisement एमाल...
चुनाव जित्ने नेताको समर्थनले होइन भोटले हो, एसपालिको नेतृत्व महिलाकै हुन्छ- रविना थापा

चुनाव जित्ने नेताको समर्थनले होइन भोटले हो, एसपालिको नेतृत्व महिलाकै हुन्छ- रविना थापा

राजनीति
आगामी गैर आवासीय नेपाली संघको नेतृत्वको लागि दाबी गरेकी वर्तमान उपाध्यक्ष रविना थापाले  चुनाव जित्न नेताको समर्थन नभएर एनआरएनको भोट आवश्यक हुने स्पष्ट पारिन्। अध्यक्षमा उम्मेदवारी घोषणा गरेकी रविना थापाले आफ्नो उम्मेदवारीको औचित्त्य  प्रस्ट्याउँदै कुराकानीमा परराष्ट्रमा परेको उजुरीले  एनआरएन भित्र हुने राजनीतिक चलखेल र दाउपेच छताछुल्ल भएको बताइन्।   Advertisement ‘समयमा नै चुनाव नहुने भइगयो। परराष्ट्रमा परेको उजुरीले  एनआरएन भित्र हुने राजनैतिक चलखेल र दाउपेच  छताछुल्ल भएको छ।  अन्य उमेद्वारहरू नेताको दैलो ढुक्ने अनि आफ्ना पक्षमा नेताहरुको समर्थन जुटाउन हिँडेका छन्, पार्टीबाटै आधिकारिक उमेद्वार घोषणासमेत गराएका छन्’, उनले भनिन्, ‘जता जता नेता मिडिया पनि उतै लागेका छन्। त्यसैले मेरो सक्रियता कम देखिएको हो। तर चुनाव जित्ने नेताको समर्...
रावल भए कांग्रेस बाजुरा सभापति

रावल भए कांग्रेस बाजुरा सभापति

देश, राजनीति
नेपाली कांग्रेस बाजुरा सभापतिमा रामसिंह रावल निर्वाचित भएका छन्। गए राति आएको मतपरिणामअनुसार रावलले ६०५ मतसहित विजयी भए भने अर्का उम्मेदवार कविराज पण्डितले ५६६ मत मात्रै ल्याएका थिए। Advertisement निर्वाचन अधिकृत सन्तोष भण्डारीका अनुसार कूल ११८२ मत खसेकोमा ११७१ मत सदर र ११ मत बदर भएको थियो। सभापतिमा विजयी भएका रावल कांग्रेस नेता बद्री पाण्डेनिकट हुन्। उनी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका मानिन्छन्। यस्तै बाजुरा उपसभापतिमा पदम बडुवाल र नारायण पाध्याय निर्वाचित भएका छन्। सचिवमा तिलक पुरी, भरतबहादुर रोकाया निर्वाचित भए भने सहसचिवमा सुरेन्द्रबहादुर सिंह र कृष्णराज पाध्याय निर्वाचित भएको नेता योगेन्द्र रावलले जानकारी दिए। कांग्रेसले अहिलेसम्म १२ जिल्लामा जिल्ला अधिवेशन सकेको छ। ...
मेरै सरकारमा आउनुस्, नभए दसैंपछि छलफल गरौंला : प्रदेश-१ मुख्यमन्त्री आचार्य

मेरै सरकारमा आउनुस्, नभए दसैंपछि छलफल गरौंला : प्रदेश-१ मुख्यमन्त्री आचार्य

देश, राजनीति, समाचार
संविधानको आफूअनुकूल व्याख्या गर्दै  प्रदेश सरकारको आयु लम्ब्याउँदै आएका प्रदेश-१ का मुख्यमन्त्री भीम आचार्यले सजिलै सत्ता हस्तान्तरण नगर्ने संकेत गरेका छन्। यसले प्रदेशमा थप राजनीतिक द्वन्द्व बढाउने सम्भावना देखिएको छ।  मुख्यमन्त्री आचार्यले बुधबार प्रदेश सभाको नयाँ भवन उद्घाटन गर्दै सकेसम्म सबै दल सहभागी भएर सहमतिको सरकार बनाउने नभए दसैंपछि मात्रै विश्वासको मत लिने योजना रहेको खुलाएका छन्।  संसद भवन उद्घाटनमा सहभागी सबै विपक्षी दलका नेताहरूले अल्पमतमा परेका कारण मुख्यमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने बताएका थिए। उनीहरूले संविधान मिचेर सरकारको आयु लम्ब्याउने प्रयास नगर्न मुख्यमन्त्रीलाई चेतावनी दिएका थिए।  Advertisement आफू अघि बोलेका नेताहरूलाई जवाफ दिँदै मुख्यमन्त्री आचार्यले भने, ‘म संविधान र यही व्यवस्थाका लागि लडेको व्यक्ति हुँ। संव...
चाडपर्वको बेलामा उपभोग्य सामग्री सुपथ मूल्यमा उपलब्ध गराउन निर्देशन

चाडपर्वको बेलामा उपभोग्य सामग्री सुपथ मूल्यमा उपलब्ध गराउन निर्देशन

राजनीति
प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चाडपर्वको बेलामा दैनिक खाद्यान्न र उपभोग्य सामग्री उपभोक्तालाई सर्वसुलभ र सुपथ मूल्यमा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ।  मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले चाडपर्वको बेलामा दैनिक खाद्यान्न र उपभोग्य सामग्री उपभोक्तालाई सर्वसुलभ र सुपथ मूल्यमा उपलब्ध गराउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो। Advertisement समितिको निर्णय सुनाउँदै समितिका सभापति विमलप्रसाद श्रीवास्तवले चाडवाडको बेला कुनै पनि सामग्री अभाव हुन नदिन उद्योग मन्त्रालयलाई निर्देशन दिए। उनले काठमाडौं, भक्तपुर र ललितपुर तीन जिल्लाका सिडिओहरूले अनुगमन गर्ने भन्ने कुरा भइरहेकोले यस्तो अनुगमन अन्य जिल्लामा पनि लागू गर्न उनले मन्त्रालयलाई निर्देशन दिए। सभापति श्रीवास्तवले अहि...
कंग्रेस पार्टीमा प्रवेश गरे कन्हैया कुमार

कंग्रेस पार्टीमा प्रवेश गरे कन्हैया कुमार

राजनीति
भारतका चर्चित युवा कम्युनिष्ट नेता कन्हैया कुमारले भारतीय कंग्रेस पार्टी प्रवेश गरेका छन्। उनीसँगै गुजरातका विधानसभा सदस्य जिग्नेश मेवानीले पनि कंग्रेस पार्टी प्रवेश गरेका हुन्।  Advertisement मंगलबार दिल्लीमा राहुल गान्धी सहभागी कार्यक्रममा उनीहरूले पार्टी प्रवेश गरेका हुन्।  पार्टी प्रवेश कार्यक्रममा कंग्रेसका महासचिव केसी भेनुगोपाल र गुजरात कंग्रेसका निमित्त अध्यक्ष हार्दिक पटेल सहभागी थिए।  कार्यक्रमपछि भेनुगोपालले पत्रकारलाई सम्बोधन गरेका थिए।  'कन्हैया कुमार यो देशमा अभिव्यक्ति स्वतन्त्रताको लागि लड्ने प्रतीक हुन्। उनले विद्यार्थी नेता भएर कट्टरपन्थीवादविरूद्ध लडेका छन्,' उनले भने, 'उनीजस्तो गतिशील व्यक्तित्व कंग्रेसमा जोडिँदा कार्यकर्ताहरू जोशिनेछन्।'   कन्हैया कुमार जवाहारलाल नेहरू विश्वविद्यालयको विद्यार्थी युनि...
परराष्ट्र मन्त्री खड्काको शपथ बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

परराष्ट्र मन्त्री खड्काको शपथ बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

राजनीति
परराष्ट्र मन्त्री नारायण खड्काले राष्ट्रपतिबाट लिएको सपथ बदर गर्न माग गर्दे सर्वोच्च अदालतमा रिट दायर भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्र मन्त्रीमा नियुक्त गरेपछि असोज ६ गते खड्काले राष्ट्रपतिबाट शपथ लिएका थिए।  Advertisement कानुनले परिकल्पना गरेको कुनै ढाँचा बिना असंवैधानिक तवरले गराइएको शपथ बदर गर्न माग गर्दै अधिवक्ता विशाल न्यौपानेले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। उनको रिट दर्ता भइसकेको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए।  उनले शपथसम्बन्धी कानुन निर्माण नगरी कसैलाई मन्त्रीको हैसियतमा सपथ नगर्न/नगराउन आदेश पनि मागेका छन्।  'यो मुद्दाको अन्तिम टुंगो नलागेसम्मको लागि मिति २०७८/०६/०६ मा नियुक्त परराष्ट्र मन्त्री नारायण खड्कालाई परराष्ट्र मन्त्रीको हैसियतमा संविधान बमोजिम कानुन बनाई सपथ ग...
यी जिल्लामा असोज १८ मा हुँदैछ कांग्रेसको जिल्ला अधिवेशन

यी जिल्लामा असोज १८ मा हुँदैछ कांग्रेसको जिल्ला अधिवेशन

राजनीति
नेपाली कांग्रेसले २१ हिमाली जिल्लामा यही असोज १८ गते जिल्ला अधिवेशन गर्ने भएको छ। हिउँ पर्ने र चिसो पनि बढ्ने सम्भावना रहेकोले दसैंअगाडि नै २१ हिमाली जिल्लामा अधिवेशन गर्न लागिएको हो। Advertisement कांग्रेस पदाधिकारी बैठकले हिमाली जिल्लामा जिल्ला अधिवेशन गर्ने र पहाडी तथा तराईका जिल्लामा दसैंलगत्तै अधिवेशन गर्ने तयारी गरेको छ। जिल्ला अधिवेशन हुनुअगाडि वडा, पालिका, प्रदेश सभा र प्रतिनिधि सभा क्षेत्रको अधिवेशन गरिसक्नुपर्ने हुन्छ। यीमध्ये अधिकांशमा वडा अधिवेशन सकेर पालिका अधिवेशन पनि भइरहेका छन् भने प्रदेश सभा क्षेत्रीय र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन हुने तयारी छ। गोरखालगायत जिल्लामा मंगलबार प्रदेश सभा क्षेत्रीय अधिवेशन हुन लागेको छ। असोज १५ मा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन गर्ने र असोज १८ मा जिल्ला अधिवेशन गर्ने तयारी छ। दुई निर...
एमालेको अवरोधबीच बसेको संसद बैठक बिहीबारसम्म स्थगित

एमालेको अवरोधबीच बसेको संसद बैठक बिहीबारसम्म स्थगित

राजनीति
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बाबजुत सोमबार बसेको प्रतिनिधिसभा बैठकमा पनि केही बेर बसेर स्थगित भएको छ। Advertisement दिउँसो सवा २ बजे नयाँ बानेश्वरमा बसेको बैठकको सुरूमै उठेर एमाले सांसदहरुले रोष्ट्रम अगाडि उभिँदै नाराबाजी गरेका थिए।  तर एमाले सांसदको नाराबाजीबीच सभामुख अग्नि सापकोटाले राष्ट्रपतिको कार्यालयबाट आएको विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाए।   त्यसपछि प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले 'आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ बारे राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराए। एमाले सांसदको नाराबाजीबीच तीन वटा कार्यसूचीमा प्रवेश गरेको बैठक सभामुख सापकोटाले असोज १४ गते बिहीबार दिउँसो १ बजेसम्मलाई स्थगित गरेका छन्।  ...
सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको छ: प्रधानमन्त्री देउवा

सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको छ: प्रधानमन्त्री देउवा

राजनीति
प्रधानमन्त्री शेरबहादुर देउवाले विविधताको समुचित संरक्षण, सम्वर्द्धन र उपयोगबाट नेपाललाई सुरक्षित भरपर्दाे पर्यटन गन्तव्यका रुपमा विश्वसामु थप स्थापित गर्नु यस क्षेत्रमा लागेका सरोकारवाला सबैको साझा लक्ष्य भएको बताएका छन्। ४२ औँ विश्व पर्यटन दिवसका अवसरमा आज शुभकामना दिँदै प्रधानमन्त्री देउवाले पर्यटकीय गन्तव्यको पहिचान, विकास र प्रबर्द्धनका माध्यमबाट आय तथा रोजगारी सृजना गरी लाभको वितरण स्थानीय समुदायसम्म पुर्‍याउन सके आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन्। Advertisement सरकारले आर्थिक वृद्धि र विकासका लागि पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखी विभिन्न कार्यक्रम कार्यान्वयन गर्दै आएको पनि प्रधानमन्त्री देउवाको भनाइ छ। प्रधानमन्त्री देउवाले नेपालको पर्यटन क्षेत्रको विकास र प्रबर्द्धनमा निजी क्षेत्रको प्रयास प्रशंसनीय रहेको उल्लेख गर्दै यस क्ष...