२०८२ चैत्र २४

राजनीति

सुरक्षा समितिका पदाधिकारीसँग गृह मन्त्रीको छलफल

सुरक्षा समितिका पदाधिकारीसँग गृह मन्त्रीको छलफल

राजनीति
गृह मन्त्री बालकृष्ण खाणले केन्द्रीय सुरक्षा समितिका पदाधिकारीहरूसँग छलफल गरेका छन्। मन्त्री खाणले समसामयिक सुरक्षाको अवस्था र आगामी दिनका सुरक्षाका चुनौतीका विषयमा छलफल गरेका हुन्। Advertisement बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै गृह मन्त्रालयका सह-सचिव प्रदीपकुमार कोइरालाले बैठकमा राष्ट्रिय सभाको निर्वाचन तथा आसन्न स्थानीय निर्वाचनमा गरिने सुरक्षा तयारीको विषयमा समेत अद्यावधिक छलफल भएको समेत बताए। सहसचिव कोइरालाले भने, ‘बैठकमा समसामयिक सुरक्षाको अवस्था र आगामी दिनका सुरक्षा चुनौतीका विषयमा छलफल गरियो। यसका साथै राष्ट्रिय सभाको निर्वाचन तथा आसन्न स्थानीय निर्वाचनमा गरिने सुरक्षा तयारीको विषयमा समेत अद्यावधिक छलफल भयो। सुरक्षाको विस्तृतीकरण गर्ने विषयमा छलफल भएको छ। त्यो विषय हामी सार्वजनिक गर्दैनौं।’ सह-सचिव कोइरालाले बैठकमा सुरक्षाको विस्...
प्रधानमन्त्री देउवा सहभागी हुने भनिएको भाइब्रेन्ट गुजरात सम्मेलन स्थगित

प्रधानमन्त्री देउवा सहभागी हुने भनिएको भाइब्रेन्ट गुजरात सम्मेलन स्थगित

राजनीति
प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भनिएको भारतको गुजरात राज्यमा हुन लागेको ‘भाइब्रेन्ट गुजरात’ समिट तत्काललाई स्थगित भएको छ। भारतीय पत्रिका द हिन्दुका अनुसार कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको भन्दै जनवरी १० देखि हुने भनिएको समिट गुजरात सरकारले  सारेको हो। गुजरात सरकारले  समिटको अर्को मिति तय गरेको छैन।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने भनिएको समिटमा सहभागी हुन प्रधानमन्त्री देउवा पुस २५ गते भारत जाने तयारी भइरहेको थियो। Advertisement समिट स्थगित भएपछि प्रधानमन्त्री देउवा भारत जाने/नजानेबारे निर्णय भएको छैन। अब प्रधानमन्त्रीको भ्रमण हुने/नहुनेबारे साँझसम्म जानकारी दिने परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ।  भारतमा बिहीबार एकैदिन ९० हजार मानिसमा कोरोनाको संक्रमण भएको थियो। भारतमा प...
भारतमा छेकियो मोदीको बाटो, कार्यक्रममा नगई फर्किए बीचबाटै

भारतमा छेकियो मोदीको बाटो, कार्यक्रममा नगई फर्किए बीचबाटै

राजनीति
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुधबार एउटा कार्यक्रममा जाने बाटो नपाएपछि फर्किएका छन्। समाचार पत्र द हिन्दुका अनुसार मोदी बुधबार पन्जाब राज्यमा गएका थिए। केही महिनापछि विधान सभा चुनाव हुन लागेको पन्जाबको राष्ट्रिय शहिद मेमोरियल जान लाग्दा उनलाई अवरोध भएको हो। Advertisement मोदी बुधबार बिहान बाथिन्डा विमानस्थलमा पुगेका थिए। त्यहाँबाट उनी हेलिकप्टरमा राष्ट्रिय शहिद मेमोरियल जाने कार्यक्रम थियो। मौसम खराब भएपछि हेलिकप्टर उड्न सकेन। मौसम खुल्ने आशमा मोदी २० मिनेट जति कुरे। तैपनि मौसममा सुधार नभएपछि उनले झन्डै दुई घन्टाको सडक मार्गबाट जाने निर्णय गरे। गन्तब्यमा पुग्न झन्डै ३० किलोमिटर बाँकी रहँदा भने मोदीको सवारी अघि बढ्न सकेन। मोदी भ्रमणको विरोध गरिरहेका किसानहरूले आन्दोलन गरेर सडक बन्द गरेका थिए। मोदीको सवारी १५-२० मिनेट त्यहा...
देउवालाई शेखर कोइरालाको प्रश्न- के मापदण्ड अपनाएर केन्द्रीय सदस्य नियुक्त गरिएको हो?

देउवालाई शेखर कोइरालाको प्रश्न- के मापदण्ड अपनाएर केन्द्रीय सदस्य नियुक्त गरिएको हो?

राजनीति
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले हालै नियुक्त गरेको केन्द्रीय सदस्यमा प्रश्न गरेका छन्।  बुधबार आफू निकट नेताहरूसँग छलफल गर्दै नेता कोइरालाले पाटी सभापतिले गरेको केन्द्रीय सदस्य नियुक्तको विषयमा कुन मापदण्ड अपनाएर छनोट गरिएको हो भनि प्रश्न गरेका हुन्। ‘नियुक्ति पाउनुभएका सबै साथीहरू योग्य नै हुनुहुन्छ तर के ‘मापदण्ड’ अपनाएर उहाँहरू नियुक्त हुनुभएको हो? हामी जान्न चाहन्छौं। पार्टीमा न्यायोचित अवसरको वितरण व्यवस्थापन हुन जरूरी छ। नभए कार्यकर्ता किन कांग्रेसमा बस्ने भन्ने प्रश्न उठ्न सक्छ’, उनले भनेका छन्। Advertisement नेता कोइरालाले सभापतिको लाइक र डिसलाइकमा व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना हुनसक्ने बताए। ‘विधि र विधान बाहिर गएर गरिने सबै कामहरू बन्द गर्न हामी एक ढिक्का भएर पर्यत्न गर्ने कि नगर्ने?’, उनले...
बिमस्टेक प्रक्रियालाई थप सुदृढ बनाउन नेपालको प्रतिबद्धता

बिमस्टेक प्रक्रियालाई थप सुदृढ बनाउन नेपालको प्रतिबद्धता

राजनीति
प्रधानमन्त्री शेरबहादुर देउवासँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक)का महासचिव तेन्जिङ लेकफेलले शिष्टाचार भेट गरेका छन्। Advertisement बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटमा बिमस्टेकमा हालसम्म भएका प्रगतिलाई कसरी अघि बढाउने तथा बिमस्टेक प्रक्रियालाई थप सुदृढ बनाउने विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।  नेपालको चार दिने परिचयात्मक भ्रमणमा रहेका महासचिव लेकफेललाई प्रधानमन्त्रीले बिमस्टेकजस्ता क्षेत्रीय संगठनमा नेपालको रचनात्मक संलग्नता रहिरहने तथा बिमस्टेक प्रक्रियाप्रति नेपालको पूर्ण प्रतिबद्धता रहेको बताए। बिमस्टेकलाई थप प्रगति गर्न सघाउन नेपालले रचनात्मक योगदान गर्ने दृढता पनि उनले व्यक्त गरे। बिमस्टेकले हालसम्मका प्रगतिलाई सुदृढ तुल्याउन तथा क्षेत्रीय सहयोगको आक...
कांग्रेसले फेरि सार्‍यो १६ जिल्लाको अधिवेशन

कांग्रेसले फेरि सार्‍यो १६ जिल्लाको अधिवेशन

राजनीति
नेपाली कांग्रेसले १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशन गर्न बाँकी रहेका १६ जिल्लाको अधिवेशन फेरि सारेको छ। Advertisement यही पुस २७ गते जिल्ला अधिवेशन गर्ने भने पनि आज बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले माघ १५ गतेका लागि जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो। निर्वाचन समितिका सचिव केशव रिजालका अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचन पछि मात्रै जिल्ला अधिवेशन गर्ने निर्णय भएको छ। राष्ट्रिय सभामा रिक्त १९ सदस्यका लागि माघ १२ मा निर्वाचन हुँदैछ। कांग्रेसले प्रदेश नम्बर २ का ८ जिल्ला, बागमतीका मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, गण्डकीको नवलपुर, लुम्बिनीको बाँके र सुदूरपश्चिमको कैलाली र अछाममा जिल्ला अधिवेशन गर्न बाँकी छ। हेर्नुस् विज्ञप्ति: ...
निर्मला कुर्मीको जाहेरी अनुसन्धान गर्न गृह मन्त्रालयद्वारा प्रहरीलाई पत्राचार

निर्मला कुर्मीको जाहेरी अनुसन्धान गर्न गृह मन्त्रालयद्वारा प्रहरीलाई पत्राचार

राजनीति
गृह मन्त्रालयले नेपालगञ्जकी एकल महिला निर्मला कुर्मीको जाहेरीमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार गरेको छ। मंगलबार गृह मन्त्रालयले कुर्मीको जाहेरीमा औंल्याइएको विषयमा केन्द्रीय अनुसन्धान ब्युरोमार्फत अनुसन्धान गर्न आदेशसहित प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको हो। Advertisement नेपालगञ्ज उपमहानगरपालिका-१७ की एकल महिला कुर्मीले जानकी गाउँपालिका-२ नेवाजी गाउँका नन्कुनी धोबीको हत्या सम्बन्धमा जाहेरी दिएकी थिइन्। तर, जाहेरीमाथि कारबाही नभएपछि उनी माइतीघर मण्डलामा अनसन बस्दै आएकी छिन्। मंगलबार गृह मन्त्रालयमा दुबै पक्षबीच वार्ता भएपछि मन्त्रालयले अनुसन्धान गर्ने प्रतिवद्धता जनाएको थियो। सहमतिलगत्तै मन्त्रालयले प्रहरीलाई पत्राचार गरेको हो। नन्कुनीको हत्या सम्बन्धमा गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वको छानबिन समितिले...
एन्फा कार्यसमिति बैठकमा धारणा राख्न माग गर्दै पूर्वअध्यक्ष गणेश थापाले लेखे पत्र

एन्फा कार्यसमिति बैठकमा धारणा राख्न माग गर्दै पूर्वअध्यक्ष गणेश थापाले लेखे पत्र

राजनीति
अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष गणेश थापाले एन्फा कार्यसमितिको बैठकमा धारणा राख्न माग गर्दै एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई पत्र लेखेका छन्। Advertisement उनले यसअघि आफूमाथि लागेको आरोपको विषयमा स्पष्ट पार्न भन्दै कार्यसमितिको बैठकमा धारणा राख्न माग गर्दै पत्र लेखेको बताएका छन्। एन्फाको कार्यसमितिको बैठक आगामी पुस २२ गते बस्दैछ। थापालाई फिफाले फुटबल गतिविधिमा संलग्न हुन नपाउने गरि १० वर्ष प्रतिबन्ध लगाएको थियो। सो प्रतिबन्धको अवधि बाँकी नै रहे पनि एन्फा कार्यसमितिको बैठक कुनै फुटबलको गतिविधि नभएको र आफ्नो व्यक्तिगत विषयमा धारणा राख्नका निमित्त अवसर मिलाइदिन थापाले आग्रह गरेका छन्। थापाले लेखेको पत्र : श्री कर्मा छिरिङ शेर्पा ज्यू,अध्यक्ष, अखिल नेपाल फुटबल संघ,सातदोबाटो, ललितपुर। विषय : व्यक्तिगत धारणा राख्ने सम्बन्धमा...
फेरिए सैनिक प्रवक्ता

फेरिए सैनिक प्रवक्ता

राजनीति
नेपाली सेनाले प्रवक्ताको जिम्मेवारी सहायक रथी नारायण सिल्वाललाई तोकेको छ। Advertisement उनले यही पुस अन्तिम सातादेखि औपचारिक रूपमा आफ्नो जिम्मेवारी सम्हाल्नेछन्। उनी हाल बालाजुस्थित १ नं बाहिनीपतिका रूपमा कार्यरत छन्। प्रवक्ताको जिम्मेवारी हस्तान्तरण गर्ने क्रममा कमाण्ड बुझबुझारथको क्रम चलिरहेको छ। हालका प्रवक्ता सन्तोषवल्लभ पौडेलको शान्ति कार्य निर्देशनालयमा सरूवा भएको छ। ...
प्रचण्डलाई दियो अमेरिकाले बधाई

प्रचण्डलाई दियो अमेरिकाले बधाई

राजनीति
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अमेरिकाले बधाई दिएको छ। माओवादीको आठौं महाधिवेशनबाट अध्यक्षमा प्रचण्ड पुन: अध्यक्ष चयन भएका थिए। उनलाई सोमबार माओवादीको केन्द्रीय कमिटीले निर्विरोध अध्यक्ष चयन गरेको थियो।  Advertisement काठमाडौंस्थित अमेरिकी दुतावासले मंगलबार ट्वीटरमार्फत् प्रचण्डलाई पुन: अध्यक्ष भएकोमा बधाई दिएको हो। ‘नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुन: चयन हुनु भएकोमा प्रचण्डलाई बधाई! अमेरिका संसारभर प्रजातन्त्र र नेपालको प्रजातान्त्रिक प्रक्रियाका लागि प्रतिवद्ध छ,’ ट्वीटमा भनिएको छ। https://twitter.com/USEmbassyNepal/status/1478217572994613248?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1478217572994613248%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.setopati.com%2F य...