प्रदेश २ को नाम र राजधानी तोक्न आज मतदान हुँदै, मधेस र जनकपुरका लागि कसरत जारी
प्रदेश २ को स्थायी राजधानी र नामाकरणका लागि सोमबार मतदान हुन लागेको छ।
सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष समितिले साझा प्रस्ताव ल्याउन विफल भएपछि दोस्रो पटक नाम र राजधानी टुंगो लगाउन मतदान प्रक्रिया अपनाउन लागिएको हो।
दल तथा सांसदको आ-आफ्नै अडानका कारण समितिले नाम र राजधानी सम्बन्धी केही प्रस्ताव परिमार्जन गरेर घटाए पनि सहमती जुट्न सकेन।
Advertisement
आइतबार बसेको प्रदेशसभा बैठकमा विशेष समितिको तर्फबाट प्रतिवेदन सार्वजनिक गर्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रमुख सचेतक परमेश्वर साहले गोप्य मतदानमा जानुपर्ने सहितका ६ वटा निष्कर्ष निकालेको जानकारी दिए।
प्रतिवेदनमा पुस १५ देखि २७ गतेसम्म चलेको समितिको ८ वटा बैठकमा छलफलको माध्यमबाट ६ वटा नामको प्रस्तावलाई चार वटा र ६ वटा राजधानीको प्रस्तावलाई तीन वटामा सि...









