२०८१ बैशाख २०

चुनावबारे सत्ता गठबन्धन छलफलमा, अपराह्न फेरि बैठक

सत्तारूढ गठबन्धनका चार दलको बैठक शनिबार अपराह्न ४ बजे फेरि बस्ने भएको छ।


Advertisement


बिहान गठबन्धनका नेताहरूबीच स्थानीय निकायको निर्वाचनबारे बैठक बसेको थियो। तर, बैठक ठोस निष्कर्षमा पुग्न नसकेको नेताहरूले बताएका छन्।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको वैशाखमा गर्नुपर्ने प्रस्ताव गरेपछि त्यसबारे छलफल गर्न बैठक बसेको हो।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनबारे प्रस्ताव राखेको भए पनि सहमति नजुटेको बालुवाटार स्रोतले बतायो।

चुनाव कहिले गर्ने भन्नेबारे गठबन्धनले कानुनविद्सँग छलफल गरी अपराह्न फेरि बैठक बस्ने स्रोतले बतायो।

बैठकमा जनमोर्चाबाहेक सबै सत्तारुढ दलका शीर्ष नेता सहभागी थिए।

Copy link
Powered by Social Snap