२०८२ चैत्र २४

राजनीति

चुनावबारे संविधानसँग बाझिएको कानुन संशोधन गर्न सरकारलाई संविधानविद्हरूको सुझाव

चुनावबारे संविधानसँग बाझिएको कानुन संशोधन गर्न सरकारलाई संविधानविद्हरूको सुझाव

राजनीति
संविधानसँग बाझिने कानुन स्थानीय तह ऐन २०७३ संशोधन गर्न संविधानविद्हरूले सुझाव दिएका छन्। बालुवाटारमा आज प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारूढ गठबन्धनका पाँच दलका शीर्ष नेताहरूसँग भएको छलफलमा संविधानविद्हरूले ऐनलाई संविधानअनुसार ढाल्न कानुन संशोधन गर्न सुझाव दिएका हुन्। Advertisement ‘हामीले प्रतिनिधिमुलक रूपमा संविधानविद्हरूसँग छलफल गर्‍यौं। संविधानसँग बाझिने स्थानीय तह ऐन संशोधन गर्न उहाँहरूले सुझाव दिनुभएको छ,’ बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकारहरूसँग भने। कार्कीका अनुसार संविधानसँग बाझिने स्थानीय तह ऐन संशोधन गर्न सुझाव आएको छ। ‘स्थानीय निर्वाचन ऐन २०७३ को दफा ३ र संविधानको धारा २२५ बाझिएको देखिएकोले संविधानसँग बाझिएको कानुन बाझिएको हकसम्म अमान्य हुने भन्ने व्यवस्था रहेकोले सोअनुसार कानुन संशोधन गर्ने सुझ...
निर्वाचन आयोगको निर्देशनविरूद्ध राप्रपाले कानुनी र राजनीतिक उपचार खोज्ने

निर्वाचन आयोगको निर्देशनविरूद्ध राप्रपाले कानुनी र राजनीतिक उपचार खोज्ने

राजनीति
राष्ट्रिय प्रजातन्त्र पार्टीले विधानबाट हिन्दु राष्ट र राजतन्त्र हटाउन निर्वाचन आयोगले दिएको निर्देशन संविधानको मर्मविपरीत र पूर्वाग्रही भएको ठहर गरेको छ। Advertisement आइतबार बसेको राप्रपा पदाधिकारी बैठकले आयोगको निर्देशनको कानुनी र राजनीतिक उपचार खोज्ने निर्णय गरेको हो। ‘विगतमा आयोगमा दर्ता भई विभिन्न तहको चुनावसमेत लडिसेकको पार्टीलाई  अहिले विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाऊ भन्नु संविधानको मर्म र भावनाविपरीत छ भन्ने बैठकले ठहर गरेको छ,’ महामन्त्री भुवन पाठकले भने,‘हाम्रो झन्डामा रहेको गाई हटाउनु भन्नु पूर्वाग्रहपूर्ण छ।’ पाठकले परामर्श गरिसकेपछि आयोगको निर्देशनबारे पार्टीले जवाफ लेखिपठाउने जानकारी दिए। राप्रपाले गत पुस १० गते आफ्नो संशोधित विधान र केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गरी आयोगमा पेश गरेको थियो। माघ २ गते रा...
अर्को फागुनमा तीनै तहका निर्वाचन सँगै गर्न गठबन्धनमा लगभग सहमति

अर्को फागुनमा तीनै तहका निर्वाचन सँगै गर्न गठबन्धनमा लगभग सहमति

राजनीति
सत्तारूढ गठबन्धनभित्र २०७९ फागुनमा तीनै तहको निर्वाचन एकै पटक गर्न लगभग सहमति जुटेको छ। गठबन्धनका एक नेताका अनुसार अब संविधानविदसँग अन्तिम परामर्श गरेर आ-आफ्ना पार्टी र सर्वदलीय बैठकमा छलफल गरेपछि निर्वाचनबारे अन्तिम टुंगो लाग्नेछ। Advertisement केही दिनअघि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षले संसद अवरोध गरिरहेकाले संसदको चुनाव यही वैशाखमा गर्ने र स्थानीय तहको चुनाव आउने कात्तिक वा मंसिरमा गर्ने प्रस्ताव गरेका थिए। ‘अर्को साल फागुनमा मात्र संसदको कार्यकाल पाँच वर्ष पुग्ने भएकाले र अदालतको फैसलाले पनि संसद पुरै अवधिसम्म चल्नुपर्ने उल्लेख गरेकाले वैशाखमा संसदीय निर्वाचन गर्न नमिल्ने निष्कर्षमा हामी पुगेका छौं,’ ती नेताले भने। उनले सम्भव भएसम्म संसद, प्रदेश सभा र स्थानीय तहको निर्वाचन अर्को फागुनमा एकै ...
ओलीको प्रश्न: ‘अर्ली इलेक्सन’ भन्नेले जनतासँग क्षमा माग्नु पर्दैन?

ओलीको प्रश्न: ‘अर्ली इलेक्सन’ भन्नेले जनतासँग क्षमा माग्नु पर्दैन?

राजनीति
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तागठबन्धनलाई कुन नैतिकताले 'अर्ली इलेक्सन' को कुरा गरेको भन्ने प्रश्न गरेका छन्। Advertisement आफूहरूले गत वर्ष नै ताजा जनादेशको माग गर्दै अनेकौं प्रहार गर्नेहरू अहिले 'अर्ली इलेक्सन' को कुरा गरिरहेको उनले बताए। अध्यक्ष ओलीले आज विज्ञप्ति जारी गर्दै जनताको बीचमा जानुलाई प्रतिगमन भन्न नमिल्ने पनि बताएका छन्। ‘गत वर्ष हामीले ताजा जनादेशको माग गर्दा हामीमाथि अनेकौं प्रहार गरिए। जनताको बीचमा जानुलाई ‘प्रतिगमन’ र जनादेशविपरीत जस्केलाबाट सरकार बनाउनुलाई ‘अग्रगमन‘ भन्ने भाष्य निर्माण गरियो,’ उनले भनेका छन्, ‘प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष नै हुनुपर्छ भन्ने तर्क गर्दै यसको पुनर्स्थापनालाई ‘संविधानको जीत’ का रुपमा व्याख्या गर्ने नेताहरु आज कुन नैतिकता, कुन तर्क र कुन आधारमा ‘अर्ली इलेक्सन’ को कुरा गर्दैछन्?’ ...
स्थानीय तहको निर्वाचनबारे के भन्छन् कानुनविद्हरू?

स्थानीय तहको निर्वाचनबारे के भन्छन् कानुनविद्हरू?

राजनीति
कानुनविद्हरूले स्थानीय तहको निर्वाचन निर्धारित मितिमा नै हुनुपर्ने बताएका छन्।  शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कानुनविद्हरूले सरकारले स्थानीय तहको निर्वाचन संविधानले तोकेको समयसीमामा नै हुनुपर्नेमा जोड दिएका हुन्।  Advertisement कार्यक्रममा वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र महतोले स्थानीय स्थानीय तह निर्वाचन ऐन प्रदेश सभाको नक्कल भएकोले त्रुटिपूर्ण रहेको बताए।  उनले स्थानीय तहमा चरणको कुनै कुरा नै नभएकोले यो स्थानीय तहमा ल्याउनु भनेको प्रदेश सभा निर्वाचन ऐन कपी पेस्ट गर्नुको परिणाम भएको बताए।  वरिष्ठ अधिवक्ता महतोले एकै पटक निर्वाचन गर्ने नाउँमा सात वटा प्रदेश सभालाई विघटन गर्ने अधिकार संघ सरकारसँग नरहेको पनि प्रष्ट पारे। वरिष्ठ अधिवक्ता महतोले भने, ‘योभन्दा अघि जुन जुन मितिमा चुनाव भएको थियो त्यही मितिमा स्थानीय...
न ढिलो न चाँडो, निर्वाचन तोकिएकै समयमा हुनुपर्छ : संविधानविद् आचार्य

न ढिलो न चाँडो, निर्वाचन तोकिएकै समयमा हुनुपर्छ : संविधानविद् आचार्य

राजनीति
संविधानविद् डा. भीमार्जुन आचार्यले निर्वाचन चाँडो वा ढिलो गर्ने छुट नरहेको बताएका छन्। उनले संविधानमा तोकिएकै समयमा निर्वाचनको परिकल्पना भएको बताएका छन्। Advertisement पाँच दलीय गठबन्धनभित्र तीनै तहको निर्वाचन कहिले गराउने भन्ने विषयमा छलफल चलिरहेका बेला आचार्यले यस्तो धारणा ल्याएका हुन्। उनका अनुसार प्रतिनिधिसभाको पाँच वर्ष ननघाइकन निर्वाचन हुनुपर्ने संविधानको व्यवस्था गरेको छ। ‘धारा ८५ ले पाँच वर्ष ननघाइकन प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्छ भनेको छ,’ उनले भने। यसैगरी, स्थानीय तहको निर्वाचन पाँच वर्ष समाप्त भएको मितिले छ महिनाभित्र गर्नुपर्ने संविधानले व्यवस्था गरेको आचार्यले बताए। ‘कुन महिना, कुन बार वा कुन साइतमा निर्वाचन भएमा कुन दलले जित्छ, संविधानले उल्लेख गरेको छैन। दलहरू यसतर्फ नलाग्ने कि?,’ उनले ट्वीटरमा लेखेका छन्। प्रधानमन्त्...
प्रधानमन्त्रीलाई विश्वप्रकाशको सुझाव : हिंसात्मक अभिव्यक्ति दिने मन्त्री यादवलाई पदमुक्त गर्नुस्

प्रधानमन्त्रीलाई विश्वप्रकाशको सुझाव : हिंसात्मक अभिव्यक्ति दिने मन्त्री यादवलाई पदमुक्त गर्नुस्

राजनीति
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई पदमुक्त गर्नुपर्ने बताएका छन्।  हिंसा भड्काउने अभिव्यक्ति दिएकाले पदीय मर्यादा विपरीत अभिव्यक्ति ठहर गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले पदमुक्त गर्नुपर्ने सुझाव दिएका हुन्। Advertisement कोरोना संक्रमण भएपछि आइसोलेसनमा बसेका महामन्त्री शर्माले ‘मन्त्रीको गैह्र जिम्मेवार अभिव्यक्ति उपचारः ३ विकल्प!’ भन्दै सामाजिक सञ्जालमार्फत पदीय मर्यादा विपरीत अभिव्यक्ति ठहर गर्दै प्रधानमन्त्रीद्वारा पदमुक्त गर्नुपर्ने सुझाव दिएका हुन्।  शर्माले तीन वटा सुझाव दिँदै यादवलाई राजीनामा दिन आग्रह समेत गरेका छन्। कोरोना संक्रमित भएर आइसोलेसनमा बसेका शर्माले सुझाव दिँदै भनेका छन्,‘ स्वयं व्यक्तिद्वारा भुल स्वीकार र क्षमा याचना वा सम्बन्धित दलद्वारा पहलकदमि र र...
५ देखि ११ वर्षसम्मका बालबालिकालाई छिट्टै खोप दिने- प्रधानमन्त्री देउवा

५ देखि ११ वर्षसम्मका बालबालिकालाई छिट्टै खोप दिने- प्रधानमन्त्री देउवा

राजनीति
प्रधानमन्त्री शेरबहादुर देउवाले ५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई चाडै नै खोप दिने सरकारको तयारी रहेको बताएका छन्। Advertisement शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले छिट्टैनै तयारी गरेर बालबालिकाहरूलाई खोपको व्यवस्था गर्न लागिएको जानकारी दिए। ‘५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई खोपको अभियान छिट्टै सुरू गरिनेछ’, प्रधानमन्त्री देउवाले भने, ‘कोभिड १९ विरूद्धको विभिन्न खोपको क्लिनिकल ट्रायल गर्न अनुमति दिइएको छ।’ प्रधानमन्त्री देउवाले संक्रामक रोगविरूद्ध खोप उत्पादन गर्ने उद्योगीलाई वित्तिय सहलियत छुट तथा सुविधा प्रदान गर्ने नीतिगत व्यवस्था कार्यान्वयनमा ल्याइएको जानकारी दिए। ...
सिंहदरबारमा शिक्षा मन्त्री पौडेल र डा. केसीबीच कुराकानी

सिंहदरबारमा शिक्षा मन्त्री पौडेल र डा. केसीबीच कुराकानी

राजनीति
तस्बिर स्रोत: शिक्षामन्त्रीको सचिवालय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल (सुनिल) र डा. गोविन्द केसीबीच छलफल भएको छ। Advertisement सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा आज मन्त्री पौडेल र केसीबीच चिकित्सा शिक्षा क्षेत्रका विद्यमान समस्याहरूबारे छलफल भएको हो। चिकित्सा क्षेत्रका विद्यमान समस्याहरूबारे डा केसीसँग गम्भीर छलफल भएको मन्त्री पौडेलले बताएका छन्। ‘चिकित्सा क्षेत्रका विद्यमान समस्याहरुबारे डा. केसीसँग आज गम्भीर छलफल भएको छ। उहाँका महत्वपूर्ण सुझावहरुप्रति हार्दिक आभार प्रकट गर्दछु,’ मन्त्री पौडेलले भनेका छन्। पछिल्लो समय मेडिकल कलेजहरूले विद्यार्थीहरूसँग अतिरिक्त शुल्क मागेको विषयमा विभिन्न कलेजहरूमा आन्दोलन भइरहेका छन्। ...
चुनावबारे छलफल गर्न सत्तारूढ राजनीतिक समन्वय समितिको बैठक बस्दै

चुनावबारे छलफल गर्न सत्तारूढ राजनीतिक समन्वय समितिको बैठक बस्दै

राजनीति
सत्तारूढ पाँच राजनीतिक दलको बैठक आज पनि बस्ने भएको छ। Advertisement नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल संयोजक रहेको सत्तारूढ राजनीतिक समन्वय समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह ४ बजे बस्ने गरी बोलाइएको हो। यसअघि बिहीबार अपरान्ह प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको थियो। वैशाखमा स्थानीय तहको चुनाव गर्ने कि तीनै तहको चुनाव एकैपटक वैशाखमा गर्ने कि वैशाखमा संघीय चुनाव गर्ने भन्ने जस्ता विभिन्न प्रस्ताव आइरहेका बेला राजनीतिक समन्वय समितिको बैठक बस्न लागेको हो। यो समितिमा सरकारका एक मन्त्रीसहित गठबन्धनका ५ दलबाट २/२ जना सदस्य छन्।  प्रमुख प्रतिपक्षी नेकपा एमालेले स्थान...