संसदीय समिति सभापति निर्वाचनबारे छलफल गर्न रास्वपाले बाेलायाे संसदीय दलको बैठक
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय समिति सभापतिको निर्वाचनबारे छलफल गर्नका लागि संसदीय दलकाे बैठक बाेलाएकाे छ । रास्वपा संसदीय दलकाे बैठक शुक्रबार साँझ ५ बजे सिंहदरबारस्थित संसदीय दलकाे कार्यालयमा बाेलाइएकाे सचेतक निशा डाँगीले जानकारी दिइन् ।
सत्तारूढ र प्रमुख प्रतिपक्ष एमालेबीच प्रतिनिधिसभाका १० र संयुक्त दुईवटा संसदीय समिति सभापतिमा भागबन्डा मिलेकाे छ । दलहरूबीच भागबन्डामा सहमति भएपछि सभामुख देवराज घिमिरेले भदौ ११ मा प्रतिनिधिसभाका समिति सभापतिहरूकाे निर्वाचन मिति ताेकेका छन् ।
'संसदका विषयगत समिति सभापतिहरूकाे निर्वाचन र संसद्मा पार्टीका सांसदहरूले दर्ता गराएका संकल्प र सार्वजनिक महत्त्वका प्रस्तावबारे छलफल गर्न संसदीय दलकाे बैठक बाेलाइएकाे हाे,' सचेतक डाँगीले भनिन् ।
संसदको चाैथाे ठूलो दल रास्वपा र पाँचौ ठूलो दल राप्रपालाई संसदीय समितिको नेतृत्व नद...









