भ्रष्टाचारविरुद्ध नागरिक आन्दोलनले प्रदर्शन गर्ने
काठमाडौँ — बृहत् नागरिक आन्दोलनले भ्रष्टाचार र संगठित अपराधविरुद्धको अनुसन्धान प्रभावकारी नभएको भन्दै खबरदारीस्वरुप प्रदर्शन गर्ने भएको छ । पछिल्लो समय चर्चामा रहेका ललिता निवास, नक्कली शरणार्थी, सुन तस्करी प्रकरणमा चयनात्मक अनुसन्धान र अभियोजन भएकाले नागरिक आन्दोलनले शनिबार काठमाडौँको भद्रकालीमा खबरदारी कार्यक्रम गर्ने भएको हो ।
आन्दोलनले विज्ञप्तिमार्फत यी प्रकरणमा गरिएको चयनात्मक अनुसन्धान र अभियोजनले सरकार नै भ्रष्टाचार र संगठित अपराधलाई प्रश्रय दिन उद्यत रहेको पुष्टि हुने जनाएको छ ।
ललिता निवास प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई छानबिनको दायरामा ल्याउन, सर्वोच्च अदालतले दिएको आदेशको यान्त्रिक पालना गरेको देखाउन बयान लिने औपचारिकता पूरा गरेर उनीहरूलाई अभियोजन नगरी साक्षीका रूपमा उन्मुक्ति दिएको आन्दोलनको दाबी छ ।
यस्तै, स...









