लम्पी स्किन नियन्त्रणका लागि ४७ करोड रुपैयाँ विनियोजन गरिएको छ : कृषिमन्त्री भुसाल
काठमाडौँ — कृषि तथा पशुपंक्षी विकासमन्त्री वेदुराम भुसालले लम्पी स्किन रोगको महामारी नियन्त्रणका लागि ४७ करोड रुपैयाँ रकम विनियोजन गरेको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री भुसालले चालु आर्थिक वर्षमा महामारी नियन्त्रणका लागि प्रत्येक स्थानीय तहमा संघीय ससर्त अनुदानअन्तर्गत जानेगरी ४७ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी गराएका हुन्।
त्यस्तै महामारी नियन्त्रणका लागि खोप कार्यक्रम सञ्चालन गर्न ५ करोड ६० लाख रुपैयाँ रकम विनियोजन गरिएको उनले बताए । उनले प्रदेशहरूले पनि खोप खरिदका लागि बजेट विनियोजन गरेका र कतिले विनियोजन गर्ने प्रक्रिया अगाडि बढाएको जानकारी दिए ।
मन्त्री भुसालले विगत ५ महिनामा लम्पिस्किन रोगबाट १४ लाख ४६ हजार ४५९ पशु बिरामी परेको बताए । त्यसमध्ये १२ लाख ८८ हजार ७५९ निको भएका र ५२ हजार ४४८ पशुको मृत्यु भएको उनले बताए । हाल १ ल...









