२०८२ पुष ४

राजनीति

एमालेको ध्यान सत्तातिर छैन : ओली

एमालेको ध्यान सत्तातिर छैन : ओली

राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीले सत्तातिर ध्यान नदिएको बताएका छन् । शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले देशको इज्जतका लागि, मुलुकको अर्थतन्त्रको उन्नतिका लागि आफ्नो पार्टीले सुन तस्करी प्रकरण नियन्त्रणका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठनका लागि पहल गरेकाले यसलाई सत्तातिर जोडेर हेर्न नहुने बताए । एमालेले मुलुकमा विद्यमान भ्रष्टाचार नियन्त्रण र आर्थिक विकासमा जोड दिएको उनले बताए । ओलीले सत्तारुढ गठबन्धनको कुबुद्धिका कारण कोसी प्रदेश सरकारमा अस्थिरता आएको आरोप लगाए । “कोसी प्रदेश सरकार त बनेकै थियो । यो त सत्तारुढ गठबन्धनको कुबुद्धि र अलोकतान्त्रिक, असंवैधानिक क्रियाकलापको कारणले यो अस्थिरता आएको न हो,” उनले भने, “नत्र भने नबनेको सरकार बनाए भन्ने । ...
विश्व सम्मेलन आयोजनाका लागि उच्चस्तरीय आयोजक समिति गठन गर्न परराष्ट्रमन्त्रीको निर्देशन 

विश्व सम्मेलन आयोजनाका लागि उच्चस्तरीय आयोजक समिति गठन गर्न परराष्ट्रमन्त्रीको निर्देशन 

राजनीति
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले गैरआवासीय नेपाली संघको आगामी अक्टोबरमा हुने विश्व सम्मेलन आयोजनाका लागि उच्चस्तरीय आयोजक समिति गठनका लागि निर्देशन दिएका छन् । संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा शुक्रबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको बैठकमा संघका अध्यक्ष डा. केसीले आगामी अक्टोबरमा हुने विश्व सम्मेलन आयोजनाका लागि नेपाल सरकार, सम्बन्धित मन्त्रालय, सरकारी तथा नीजि संघसंस्थासहितको उच्चस्तरीय आयोजक समिति गठनका लागि अनुरोध गरेका थिए ।  लगत्तै परराष्ट्रमन्त्री एनपी साउदले मन्त्रीस्तरीय उच्चस्तरीय आयोजक समिति बनाउन आवश्यक प्रक्रिया अघि बढाउन सम्बन्धित महाशाखालाई निर्देशन दिएका हुन् ।   गैरआवासीय नेपाली संघको सम्मेलनमा सरकारको तर्फबाट परराष्ट्रमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय आयोजक समिति हुने परम्परा रहँदै आएको छ ।  ...
एमालेको सचिवालय बैठक स्थगित

एमालेको सचिवालय बैठक स्थगित

राजनीति
काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक स्थगित भएको छ ।  शनिबार सिरहाको विष्णुपुरकट्टीमा बस्ने गरी तय भएको बैठक स्थगित भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । अविरल वर्षाका कारण बैठक स्थगित गरिएको उनले बताए ।  “बैठक स्थगित भएको छ,” उनले भने, “मौसम सफा भएपछि बैठकको मिति तय हुन्छ ।” एमालेले चौथो महाधिवेशन भएको स्थानमा सचिवालय बैठक आयोजना गरेको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार सिरहामा पछिल्लो केही घण्टा यता अविरल वर्षा भइरहेको छ ।  ...
ओलीको उदयसँगै राजनीतिमा घृणा सुरु भयो : घनश्याम भुसाल

ओलीको उदयसँगै राजनीतिमा घृणा सुरु भयो : घनश्याम भुसाल

राजनीति
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक उदयसँगै राजनीतिमा घृणा सुरु भएको आरोप लगाएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिमा ओलीको उदयसँगै निन्दा, खुट्टा तानाताने, भत्र्सना र गालीको परम्परा र संस्कृति हाबी हुँदै गएको उल्लेख गरे ।  उनले नयाँ पार्टीहरूप्रति लक्षित गर्दै उनले अहिले ओली भन्दा पनि १० हातमाथि गएर निन्दा भत्र्सनामा उत्रिनेहरू आएको उल्लेख गरे ।  उनले ओलीका कारण नेपालको शिक्षामा हुनुपर्ने उल्लेख्य प्रगति हुन नसकेको आरोप लगाए । उनले अध्यक्ष ओलीका कारण बाम आन्दोलनको सबै सम्भापना टुटेको उल्लेख गरे । उनले भने, "राजनीतिमा जब हाम्रो ओली कमरेडको उदय सुरु भयो, त्यसपछि नेपालको राजनीतिमा घृणाको, निन्दाको, खुट्टा तानातानको, भत्र्सनाको गालीको यो एउटा परम्पर...
कोसीमा एमालेकै सरकार बन्छ : ओली

कोसीमा एमालेकै सरकार बन्छ : ओली

राजनीति
विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोसी प्रदेशमा नेकपा एमालेकै सरकार बन्ने बताएका छन् ।  विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग कुराकानी गर्दै ओलीले कोसी प्रदेमा  नेपाली कांग्रेसले गैरसंविधानिक काम गर्दा आफू अचम्ममा परेको बताएका छन् । उनले भने"संविधान मान्ने र लोकतान्त्रिक भनिने कांग्रेस जस्तो पुरानो पार्टीले संविधान नमान्दा अचम्म लागेको छ।"  संविधान नमान्ने भनेर हिंडेको माओवादी भन्दा पनि कांग्रेसको क्रियाकलापले नियमको खिल्ली उडेको बताए ।‌ गठबन्धनले असंवैधानिक गतिविधि गरेको भनदै ओलीले गठबंधनले गर्ने गलत कामको एमालेले समर्थन गर्न नसक्ने बताए । उनले कोसी प्रदेशमा एमालेको सरकार बन्ने र ५० सांसदले समर्थन गर्ने बताए ।  ...
संयमित र संवेदनशील हुन धरानका मेयर हर्क साम्पाङको अपिल

संयमित र संवेदनशील हुन धरानका मेयर हर्क साम्पाङको अपिल

देश, राजनीति, समाचार
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले संयमित र संवेदनशील हुन अपिल गरेका छन्। धरानमा केही दिनदेखि धार्मिक तथा सामाजिक विवादले यस क्षेत्रलाई अति संवेदनशील बनाइरहेको राईको भनाइ छ। ‘हाल देखिएको अशान्तिमय वातावरणमा सबैले संयमित र संवेदनशील भएर सबै पक्ष, समुदाय र हरेक नागरिकका भावना प्रतिविम्बित हुने गरी आपसी सद्भाव, भाइचारा र एकता कायमका लागि सम्पूर्ण धरान नगरवासीहरूमा हार्दिक अपिल गर्दछु,’ शुक्रबार अपिल जारी गर्दै राईले भनेका छन्। समाजमा देखिने अशान्ति र विभेदले विचार, विधि र व्यवहारमा स्थान पाउँदै गएमा सामाजिक अन्तरसम्बन्ध खलबलिने, अन्तर विरोध बढाउने, प्रतिशोध र द्वन्द्वलाई निम्त्याउने भएकोले यस प्रकारको विविधताको नकरात्मकतालाई सकरात्मकतामा परिणत गर्न संयमित र संवेदनशील हुन उनले अपिल गरेका छन्। यस्तो छ अपिल: ...
राष्ट्र बैंकका गभर्नर अधिकारीले भेटे राष्ट्रपतिलाई

राष्ट्र बैंकका गभर्नर अधिकारीले भेटे राष्ट्रपतिलाई

देश, राजनीति, समाचार
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। शितल निवासमा शुक्रबार राष्ट्रपति पौडेल र गभर्नर अधिकारीबीच कुराकानी भएको हो। गभर्नर अधिकारीले राष्ट्रपति पौडेललाई मुलुकको अर्थतन्त्रका समग्र विषयमा जानकारी गराएको राष्ट्रपति पौडेलको सचिवालयले जानकारी दिएको छ।  ...
जिइएफको उपाध्यक्ष निर्वाचित भए अर्थमन्त्री महत

जिइएफको उपाध्यक्ष निर्वाचित भए अर्थमन्त्री महत

राजनीति
ग्लोबल इनभारोमेन्ट फ्यासिलिटी (जिइएफ)को सातौं विश्व सम्मेलनको प्लेनरी सेसनले नेपालका अर्थमन्त्री प्रकाशशरण महतलाई उपाध्यक्ष पदमा निर्वाचित गरेको छ। आज एसेम्वलीको जारी बैठकमा गणतन्त्र पानामाको प्रस्ताव तथा नेदरल्याडको समर्थनमा मन्त्री महत उपाध्यक्षमा निर्वाचित भएको उनको सचिवालयले जनाएको छ। यस अगाडि उनले विश्ववातावरण कोषको एसेम्वली बैठकलाई  सम्बोधन गर्दै नेपालले कूल क्षेत्रफलको ४५ प्रतिशत वन संरक्षण गरी समग्र मानव समुदायका लागि स्वच्छ अक्सिजन प्रवाह भइरहेको बताए। मन्त्री महतले नेपालले जैविक विविधताको संरक्षणमा इमान्दार प्रयत्न गरिरहेको साथै दुर्लभ तथा सङ्कटापन्न जङ्गली जनावर तथा प्रजातिको संरक्षण गरेको र सोको नतिजास्वरुप बाघ तथा गैँडाको सङ्ख्यामा उल्लेख्यरूपमा वृद्धि भएको उनले बताए। यस्ता वन तथा वन्यजन्य सम्पदा नेपालका लागि मात्र नभई विश्वमानव समुदायकै सम्पदाका रु...
भ्रष्टाचारविरुद्ध नागरिक आन्दोलनले प्रदर्शन गर्ने

भ्रष्टाचारविरुद्ध नागरिक आन्दोलनले प्रदर्शन गर्ने

राजनीति
काठमाडौँ — बृहत् नागरिक आन्दोलनले भ्रष्टाचार र संगठित अपराधविरुद्धको अनुसन्धान प्रभावकारी नभएको भन्दै खबरदारीस्वरुप प्रदर्शन गर्ने भएको छ । पछिल्लो समय चर्चामा रहेका ललिता निवास, नक्कली शरणार्थी, सुन तस्करी प्रकरणमा चयनात्मक अनुसन्धान र अभियोजन भएकाले नागरिक आन्दोलनले शनिबार काठमाडौँको भद्रकालीमा खबरदारी कार्यक्रम गर्ने भएको हो ।  आन्दोलनले विज्ञप्तिमार्फत यी प्रकरणमा गरिएको चयनात्मक अनुसन्धान र अभियोजनले सरकार नै भ्रष्टाचार र संगठित अपराधलाई प्रश्रय दिन उद्यत रहेको पुष्टि हुने जनाएको छ । ललिता निवास प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई छानबिनको दायरामा ल्याउन, सर्वोच्च अदालतले दिएको आदेशको यान्त्रिक पालना गरेको देखाउन बयान लिने औपचारिकता पूरा गरेर उनीहरूलाई अभियोजन नगरी साक्षीका रूपमा उन्मुक्ति दिएको आन्दोलनको दाबी छ । यस्तै, स...
संसदीय समिति सभापति निर्वाचनबारे छलफल गर्न रास्वपाले बाेलायाे संसदीय दलको बैठक 

संसदीय समिति सभापति निर्वाचनबारे छलफल गर्न रास्वपाले बाेलायाे संसदीय दलको बैठक 

राजनीति
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय समिति सभापतिको निर्वाचनबारे छलफल गर्नका लागि संसदीय दलकाे बैठक बाेलाएकाे छ । रास्वपा संसदीय दलकाे बैठक शुक्रबार साँझ ५ बजे सिंहदरबारस्थित संसदीय दलकाे कार्यालयमा बाेलाइएकाे सचेतक निशा डाँगीले जानकारी दिइन् ।  सत्तारूढ र प्रमुख प्रतिपक्ष एमालेबीच प्रतिनिधिसभाका १० र संयुक्त दुईवटा संसदीय समिति सभापतिमा भागबन्डा मिलेकाे छ । दलहरूबीच भागबन्डामा सहमति भएपछि सभामुख देवराज घिमिरेले भदौ ११ मा प्रतिनिधिसभाका समिति सभापतिहरूकाे निर्वाचन मिति ताेकेका छन् । 'संसदका विषयगत समिति सभापतिहरूकाे निर्वाचन र संसद्मा पार्टीका सांसदहरूले दर्ता गराएका संकल्प र सार्वजनिक महत्त्वका प्रस्तावबारे छलफल गर्न संसदीय दलकाे बैठक बाेलाइएकाे हाे,' सचेतक डाँगीले भनिन् । संसदको चाैथाे ठूलो दल रास्वपा र पाँचौ ठूलो दल राप्रपालाई संसदीय समितिको नेतृत्व नद...