२०८१ जेष्ठ ५

राजनीति

कालीगण्डकी-तिनाउ डाइभर्सन मदन भण्डारीको सपना हो, पूरा गरेरै छाड्छौं- विष्णु पौडेल

कालीगण्डकी-तिनाउ डाइभर्सन मदन भण्डारीको सपना हो, पूरा गरेरै छाड्छौं- विष्णु पौडेल

राजनीति
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजना बन्दैन कि भनेर कसैले आशंका गर्नुपर्ने जरूरी नभएको बताएका छन्। कालीगण्डकी तिनाउ डाइभर्सन आयोजना जननेता मदन भण्डारीको सपना भएको उल्लेख गर्दै उनले यो आयोजना पूरा गरेरै छाड्ने दाबी गरे। Advertisement नेकपा एमाले बुटवल उपमहानगर कमिटीले सोमबार आयोजना गरेको स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले भने,‘यो आयोजना विष्णु पौडेलले देखेको सपना होइन, जननेता मदन भण्डारीले देखेको सपनालाई विष्णु पौडेलले पछ्याएको योजना हो, एमालेले पछ्याएको योजना हो।’ पौडेलले एमालेको पाँचौं महाधिवेशनमै मदन भण्डारीले प्रस्तुत गरेको जनताको बहुदलीय जनवादमा कालीगण्डकीको पानी तिनाउमा खसाउनका लागि डाइभर्सन आयोजना कार्यान्वयन गरिने छ भनेर उल्लेख गरिएको ...
जसपाले बनायो तीन सदस्यीय पार्टी हेडक्वार्टर

जसपाले बनायो तीन सदस्यीय पार्टी हेडक्वार्टर

राजनीति
जनता समाजवादी पार्टी नेपाल (जसपा) ले तीन सदस्यीय पार्टी हेडक्वार्टर गठन गरेको छ। कार्यकारिणी वा केन्द्रीय समिति बैठक बस्न नसक्ने र तत्काल पार्टीले निर्णय लिनुपर्ने अवस्थामा यो हेडक्वार्टरले आवश्यक निर्णय गर्नेछ। Advertisement आज बसेको केन्द्रीय समिति बैठकले संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई रहने गरी पार्टी हेडक्वार्टर गठन गरेको हो। पार्टीका एक नेताले दिएको जानकारीअनुसार केन्द्रीय समितिले पार्टी हेडक्वार्टर गठन गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ। साथै स्थानीय तह निर्वाचनका लागि वरिष्ठ नेता अशोक राईको हस्ताक्षर चलाउने निर्णय पनि भएको छ। ...
प्रधानमन्त्री देउवाले फेरि भने- भीम रावलले एमसिसीको विरोध गरेको सुहाउँदैन

प्रधानमन्त्री देउवाले फेरि भने- भीम रावलले एमसिसीको विरोध गरेको सुहाउँदैन

राजनीति
प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी परियोजनाबारे नेकपा एमालेका नेता भीम रावलले विरोध गर्न नसुहाउने बताएका छन्। केपी शर्मा ओली प्रधानमन्त्री हुँदा एमसिसी संसदमा प्रस्ताव गएको र त्यही प्रस्तावलाई अहिले अनुमोदन गरिएको देउवाको भनाइ छ। Advertisement रावल मन्त्री हुँदा एमसिसीबारे विरोध नगरे पनि अहिले विरोध गरेकोमा त्यो सुहाउने कार्य नभएको देउवा बताउँछन्। आज नुवाकोटको तादी गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्दै देउवाले एमसिसी नेपालको हितमा भएको बताए। ‘एमसिसी राष्ट्रको हितमा छ। यो अनुदान हो ऋण होइन,’ उनले भने, ‘यसले विकासमा फड्को मार्न सहयोग गर्छ। अमेरिकी सेना आउँछ भनेर झुठा प्रचार भएका छन् भ्रममा नपर्नू।’ रावलसमेत सहभागी मन्त्रिपरिषदले एमसिसी अगाडि बढाएकोले विरोध गर्न नमिल्ने उनले बताए। ‘भीम रावलजी ओलीको पार्टीको नेता हो। ओली क्याबिनेटले ...
हिन्दु राष्ट्र पुन:स्थापनाको लागि आन्दोलनमा होमिन्छ : कमल थापा

हिन्दु राष्ट्र पुन:स्थापनाको लागि आन्दोलनमा होमिन्छ : कमल थापा

राजनीति
राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र पुनःस्थापनाको लागि आन्दोलनमा होमिने बताएका छन्। राप्रपा नेपालको भ्रातृ संगठन राष्ट्रिय युवा मोर्चाको घोषणा सभालाई सम्बोधन गर्दै शनिबार थापाले सम्पूर्ण नेपालीहरूलाई एउटै सुत्रमा बाँधेर हिँडाउन सनातन धर्म, संस्कृतिको रक्षा गर्नु पहिलो आवश्यकता भएको बताए। Advertisement थापाले हिन्दु राष्ट्र पुनःस्थापनाको लागि आन्दोलनमा उत्रिने उद्घोष गरे। सनातन धर्म, संस्कृति र परम्पराको जग धरापमा पर्न थालेकोले राष्ट्रिय अखण्डता तथा राष्ट्रियताको जग बलियो बनाउन राप्रपा नेपालले संगठन विस्तार सँगसँगै चाँडै आन्दोलनका कार्यक्रम घोषणा गर्ने उनले बताए। नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको रणनीतिक प्रतिस्पर्धास्थल बन्दै गएको दाबी उनले गरे। अध्यक्ष थापाले यसको सम्पूर्ण दोषी ‘विदेशी प्रभुहरू’का अगाडि लम्पसार पर्ने प्रमुख र...
एकीकृत समाजवादी एक्लै चुनाव लड्न तयार छः मन्त्री आले

एकीकृत समाजवादी एक्लै चुनाव लड्न तयार छः मन्त्री आले

राजनीति
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) एक्लै चुनाव लड्न तयार रहेको बताएका छन्। Advertisement आज धनगढी विमानस्थानमा आयोजित पत्रकार सम्मेलनमा उनले चुनावमा गठबन्धन भए पनि नभए पनि आफ्नो पार्टी एक्लै चुनाव लड्न तयार रहेको बताए। गठबन्धन आजको आवश्यकता भएको उल्लेख गर्दै उनले आगामी तीन वटै तहको निर्वाचनमा गठबन्धन गरेर जान सकिने बाटो खुला रहेको बताए। मन्त्री आलेले स्थानीय तहको निर्वाचनका लागि आफ्नो पार्टी तयारीमा जुटिसकेको पनि बताए। ...
कांग्रेस र एमालेले सबै ठाउँमा जित्छ भन्नु पैसाको धाक्: झलनाथ खनाल

कांग्रेस र एमालेले सबै ठाउँमा जित्छ भन्नु पैसाको धाक्: झलनाथ खनाल

राजनीति
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाली कांग्रेस र एमालेले सबै ठाउँमा जित्छ भन्नु पैसाको धाक् भएको आरोप लगाएका छन्। शनिबार नेकपा (एकीकृत समाजवादी) इलाम–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेसका गठबन्धनसँग मिलेर चुनावमा नजाने पक्षमा रहेका नेताहरूले पैसाको धाक् लगाएर पहिलो नम्बरमा आफूलाई निर्वाचनमा हराउने निर्णय गरेको आरोप लगाए।  Advertisement खनालले नेपाली कांग्रेस र नेकपा एमाले पार्टी निर्वाचनमा पैसाको बोरा लिएर जाने पार्टी भएको आरोपसमेत लगाए। उनले आफ्नो पार्टीसँग कुनै पैसा नभएको बताउँदै जनता र सर्वहारा वर्गको पार्टीको रूपमा नेकपा एकीकृत समाजवादी रहेको दाबी गरे। खनालले निर्वाचनका लागि आफ्नो पार्टीले विचार, नीति, प्रतिबद्धताको कुरा अघि सारेर व्यवहारिक रूपले अघि बढ्ने बताए। खना...
निर्वाचनका लागि तयार रहन सशस्त्र प्रहरी महानिरीक्षक खनालको निर्देशन

निर्वाचनका लागि तयार रहन सशस्त्र प्रहरी महानिरीक्षक खनालको निर्देशन

राजनीति
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले आसन्‍न स्थानीय निर्वाचनलाई निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गराउन मानसिक र शारीरिक रूपमा तयार रहन मातहत कर्मचारीलाई निर्देशन दिएका छन्। सशस्त्र प्रहरी बल, नेपाल नं. १ गण हे.क्वा., श्रीअन्तु इलामको नवनिर्मित भवनको उद्‍घाटन गर्दै महानिरीक्षक खनालले निर्वाचनको समयमा विभिन्‍न किसिमका सुरक्षा चुनौती आउन सक्ने भएकोले उत्कृष्‍ट ढंगले जिम्मेवारी पूरा गर्नसमेत निर्देशन दिए। बुधबार खनालले नं. ३८ रिजर्भ गण हेडक्वाटर र लखनपुर झापाको समेत उद्घाटन गरेका थिए।फौजको महत्वपूर्ण गहना भनेको अनुशासन भएकोले अनुशासनमा नै फौजको व्यावसायिकता झल्कने हुँदा सबैलाई आफ्नो अन्तस्करणदेखि संगठन र राष्‍ट्रप्रति इमान्दार, बफादार, नैतिकवान, अनुशासित हुन खनालले निर्देशन दिए। Advertisement कोभिड-१९ नियन्त्रण र रोकथामम...
एमाले प्रवेश गर्दै करिश्मा मानन्धर!

एमाले प्रवेश गर्दै करिश्मा मानन्धर!

राजनीति
अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गर्नेबारे छलफलमा जुटेकी छन्।  नेपाली सिने क्षेत्रकी चर्चित नायिका मानन्धर एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बिहीबार बालकोट पुगिन्।  Advertisement ललितपुर क्षेत्र नम्बर १ का सांसद नवराज सिलवाल र दाङकी समानुपातिक सांसद गंगा चौधरीका साथमा मानन्धर एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेकी थिइन्।  गोदावरी-३ वडामा बसोबास रहेकी मानन्धरलाई सांसद सिलवालले ओलीकहाँ पुर्‍याएका थिए। चिनजानको आधारमा चौधरी पनि साथमै गएकी थिइन्।  बालकोटमा ओली र मानन्धरबीच केही समय कुराकानी भएको सांसद सिलवालले बताए।  ‘मेरो वडाबासी हुनुहुन्छ, कलाकारिता क्षेत्रमा लामो योगदान भएको मान्छे हो, पार्टीमा आएर काम गर्ने इच्छा देखाउनुभएको छ,’ सिलवालले भने।  सिलवालका अनुसार अहिले पार्टीमा आबद्ध हुने विषयमा मात्रै छलफल ...
पन्जाबमा पराजित भए सिद्धु

पन्जाबमा पराजित भए सिद्धु

राजनीति
भारतीय पूर्वक्रिकेटर नवोजित सिंह सिद्धु पन्जाबको विधान सभा चुनावमा पराजित भएका छन्। Advertisement अमृतसर पूर्वबाट उम्मेदवार बनेका सिद्धु बिहीबार भएको मतगणनामा पराजित भएको हिन्दुस्तान टाइम्सले जनाएको छ। त्यहाँ आम आदमी पार्टीका जीवन ज्योत कौर निर्वाचित भएका छन्। सिद्धु पन्जाबमा कंग्रेस आईका अध्यक्षसमेत थिए। अघिल्लो विधान सभा चुनावमा बहुमत ल्याएको कंग्रेस आई यही बीचमा विभाजन भएको थियो। विभाजित भएपछि कांग्रेसले १९ सिटमात्र जित्ने देखिएको छ। ११७ सदस्यीय विधान सभामा आपका उम्मेदवार ९१ सिटमा अगाडि रहेको टाइम्स अफ इन्डियाले जनाएको छ। ...
पन्जाबमा आम आदमीले भारी बहुमत पाउने भएपछि भागवन्त मानले भने- यो बेरोजगारीविरूद्धको मत हो

पन्जाबमा आम आदमीले भारी बहुमत पाउने भएपछि भागवन्त मानले भने- यो बेरोजगारीविरूद्धको मत हो

राजनीति
भारतीय राज्य पन्जाबमा आम आदमी पार्टी (आप)ले भारी बहुमत पाउने भएपछि मुख्यमन्त्रीका उम्मेदवार भागवन्त मानले यसलाई बेरोजगारी विरूद्धको मत भनेका छन्। Advertisement बिहीबार दिउँसोसम्म जारी मतगणनामा आपका उम्मेदवार ८९ सिटमा अग्रता लिइरहेका छन्। ११७ सिटको पन्जाब विधान सभामा ५९ सिट ल्याए बहुमत पुग्छ। पार्टीले भारी बहुमत ल्याउने रूझान देखिएपछि मानले जसले आपलाई मत दिएनन् उनीहरूलाई पनि आफूले स्वागत गर्ने बताए। ‘विरोधी पार्टीका नेताले अरबिन्द केजरीवाल र मेराबारे निजी टिप्पणी गरे। गलत शब्द प्रयोग गरे। उनीहरूलाई माफ गरिदिऊँ तर अब सबैले पौने तीन करोड पन्जाबीको इज्जत गर्नुपर्छ,’ मानले भनेका छन्,‘हामीले मिलेर पन्जाब चलाउनुछ। पहिला पन्जाब ठूला ठूला झ्यालढोका भएका घरबाट चल्थ्यो आजदेखि पन्जाब गाउँबाट चल्छ, वडाबाट चल्छ, सहरबाट चल्छ।’ ...