२०८२ चैत्र २६

राजनीति

नीति तथा कार्यक्रममा ओलीको टिप्पणी– सतही भयो, वास्तविकतालाई सम्बोधन गरेन

नीति तथा कार्यक्रममा ओलीको टिप्पणी– सतही भयो, वास्तविकतालाई सम्बोधन गरेन

राजनीति
काठमाडौं । नेकपा (एमाले)ले सरकारको नीति तथा कार्यक्रम सतही भएको टिप्पणी गरेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको वास्तविकतालाई सम्बोधन गर्ने भन्दा पनि सतही देखिएको बताएका हुन् । उनले नीतिमा भन्दा पनि कार्यक्रममा आधारित भएको पनि बताएको एमाले सचेतक विशाल भट्टराईले जानकारी दिए । Advertisement “नीति तथा कार्यक्रम अहिलेको वास्तविकतालाई सम्बोधन गर्ने, मुलुकको वास्तविक चित्र प्रस्तुत गर्ने भन्दा पनि ज्यादा सतही छ,” ओली भनाइ उद्धृत गर्दै भट्टराईले भने, “यो नीतिमा आधारित भन्दा पनि कार्यक्रममा आधारित जस्तो देखियो । नीतिहरू त्यसमा खुलेनन् ।” ओलीले सांसदहरूलाई व्यवस्थित, तरिकाले नीति तथा कार्यक्रमको चिरफार गरेर संसद्मा प्रस्तुत हुन पनि निर्देशन दिएका छन् । नीति तथा कार्यक्रमको छलफलमा प्रतिपक्षको तर्फबाट ओली पहिले बोल्ने भएका छन् ।  ...
मेराे कारणले महानगरवासीकाे शिर कहिल्यै झुक्न दिने छैन : चिरिबाबु महर्जन

मेराे कारणले महानगरवासीकाे शिर कहिल्यै झुक्न दिने छैन : चिरिबाबु महर्जन

राजनीति
ललितपुर । ललितपुर महानगर प्रमुखमा दाेस्राे कार्यकालका लागि निर्वाचित भएका चिरिबाबु महर्जनले आफ्नाे कारणले महानगरवासीकाे शिर कहिल्यै झुक्न नदिने प्रतिवद्धता जनाएका छन् । Advertisement जितपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै महर्जनले आफूले नगरवासीका लागि गरेकाे सकारात्मक कामकै कारण दाेस्राेपटक नगरप्रमुख बन्ने माैका पाएकाे भन्दै नगरवासीलाई धन्यवाद समेत दिए । महर्जनले अघिल्लो कार्यकालमा पूरा गर्न बाँकी रहेका याेजनाहरूलाई पूरा गर्दै नयाँ याेजनाका साथ अघि बढ्ने पनि बताए । उनी  यसअघि ०७४ मा पनि ललितपुर महानगरको प्रमुखमा निर्वाचित भएका थिए । ...
पोखरामा नाराबाजी : मतगणना अझै सुरु भएन 

पोखरामा नाराबाजी : मतगणना अझै सुरु भएन 

राजनीति
पोखरा । पोखरा महानगरपालिकाको ९ मत हराएको भन्दै पुनः मतगणना गर्न माग गर्दै नेकपा (एमाले)ले मतगणना परिसर बाहिर नाराबाजी गरेको छ । गठबन्धनले पनि सोही स्थानमा नाराबाजी गर्दै रोकिएको मतगणना सुरु गर्न माग गरेको छ ।  Advertisement सुरक्षाकर्मी थपिएको छ भने सवारीसाधन डाइभर्ट गरिएको छ । यी सबको कारण पोखरा १८ हो । यो वडामा एमाले उमेदवार ३ मतले काङ्ग्रेस उमेदवारसँग पराजित हुन पुगे । एमालेका पुष्कल थापा काङ्ग्रेसका शिव तिमिल्सिनासँग पराजित भएका थिए । थापाले एक हजार ६४० मत ल्याउँदा तिमिल्सिनाले एक हजार ६४३ मत ल्याएका थिए । चार हजार ३४८ मत खसेकाे मतपेटिकामा चार हजार ३३९ मतमात्र भेटियो । यही ९ मत हराएको भन्दै एमालेले नाराबाजी गरेको हो । ...
सरकारको कृषि नीति : सामूहिक सहकारी खेती, कृषक संरक्षणका कार्यक्रम

सरकारको कृषि नीति : सामूहिक सहकारी खेती, कृषक संरक्षणका कार्यक्रम

राजनीति
काठमाडौं । सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति विद्या भण्डारीले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।  Advertisement “कृषिलाई आर्थिक वृद्धि र रोजगारीको प्रमुख माध्यम बनाइनेछ । नयाँ नीतिमार्फत, कृषि अनुसन्धानसहितका कार्यक्रम प्रवद्र्धन गरिनेछ । कृषि क्षेत्रको आधुनिकीकरणमार्फत आर्जनको भरपर्दो माध्यमका रूपमा विकास गरिनेछ,” राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भनिन्,। “खाद्य वस्तुको उत्पादन बढाउने र वर्णशंकरमार्फत उत्पादन बढाउने कार्यक्रम ल्याइनेछ । अग्र्यानिक खेतीलाई प्रोत्साहनका कार्यक्रम ल्याइने छ ।”  सरकारको नीति तथा कार्यक्रममा प्रविधिक र आर्थिक दृष्टिबाट सम्भाव्य बालीको पहिचान गरी सम्भाव्य प्रदेशमा हस्तान्तरण गर्ने उल्ले...
संसय र भ्रम चिर्दै निर्वाचन गराउन सरकार सफल भयो, सरकार सन्तुष्ट छ : राष्ट्रपति

संसय र भ्रम चिर्दै निर्वाचन गराउन सरकार सफल भयो, सरकार सन्तुष्ट छ : राष्ट्रपति

राजनीति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तह निर्वाचन निष्पक्ष, स्वतन्त्र शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको बताएकी छन् । मंगलबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा उनले आवधिक निर्वाचनले लोकतन्त्रलाई जगैबाट बलियो बनाएको बताइन् ।  Advertisement उनले आवधिक रूपमा लोकतान्त्रिक संस्थाहरूको निर्वाचन गर्ने कार्य चुनौतीपूर्ण हुने गरेको भन्दै सबै खाले संशय र भ्रमका बाबजुद निर्वाचन सम्पन गराउन सकेकोमा सरकारले सन्तुष्टि महसुस गरेको बताइन् ।  “स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सफल भएकोमा निर्वाचन आयोग, सहयोग पुर्‍याउने सुरक्षा निकाय तथा यसमा संलग्न राजनीतिक दल संघ संस्था तथा आम नागरिक सबैप्रति सरकार आभार व्यक्त गर्दछ,” उनले भनिन् । ...
राप्रपा नेपालले संसदीय चुनावका लागि ‘गाई’ चिह्न माग्ने, राष्ट्रिय दल बनाउन देशभर अभियान चलाउने

राप्रपा नेपालले संसदीय चुनावका लागि ‘गाई’ चिह्न माग्ने, राष्ट्रिय दल बनाउन देशभर अभियान चलाउने

राजनीति
काठमाडौं । राष्ट्रिय प्रजान्त्र पार्टी (राप्रपा) नेपालले आगामी संसदीय निर्वाचनबाट पार्टीलाई राष्ट्रिय मान्यताप्राप्त दल बनाउन विभिन्न अभियान सञ्चालन गर्ने भएको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतमा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीलाई सशक्त रूपमा संगठित गर्ने लक्ष्यका साथ कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय गरेको हो ।  Advertisement जसअनुसार आगामी भदौ तेस्रो हप्ताभित्र देशका सबै पालिकाका वडामा पार्टीको इकाई समिति गठन गरिने भनिएको छ । जेठ महिनाभित्र सातवटै प्रदेश (विराटनगर, जनकपुर, हेटौँडा, पोखरा, बुटवल, सुर्खेत र धनगढी) मा प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न गरिने राप्रपाले जनाएको छ ।  यसैगरी आगामी असारभित्र ७७ जिल्लामा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण आयोजना गरिने बताइएको छ । बैठकल...
एमाले कार्यकर्ता पक्राउ परेपछि भरतपुरको मत गणना रोकियो

एमाले कार्यकर्ता पक्राउ परेपछि भरतपुरको मत गणना रोकियो

राजनीति
काठमाडौं । भरतपुर महनगरपालिकाको मत गणना स्थलबाट नेकपा (एमाले)का कार्यकर्ता पक्राउ परेपछि मत गणना रोकिएको छ । वडा नम्बर २७ को मतपेटिका जाँचका क्रममा पुगेका एमालेका मत गणना स्थलमा प्रवेश गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।  Advertisement पक्राउपछि मतगणना कार्य अवरुद्ध भएको हो । एमालेले पक्राउ परेका कार्यकर्ता नछाडेसम्म मतगणना अगाडि बढ्न नदिने जनाएको छ ।  प्रहरी अधिकारीहरूकाअनुसार विवाद मिलिसकेको छ । केहीबेरमा मत गणना सुरु हुने छ । ...
नयाँ जनप्रतिनिधिलाई लुम्बिनीका मुख्यमन्त्रीको सुझाव : उत्कृष्ट कार्य गरेर देखाउनू

नयाँ जनप्रतिनिधिलाई लुम्बिनीका मुख्यमन्त्रीको सुझाव : उत्कृष्ट कार्य गरेर देखाउनू

राजनीति
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले चुनौतीका बिचमा स्थानीय तहका जनप्रतिनिधिहरूले उत्कृष्ट कार्य गरेर जनतालाइ अनुभूति गराउन आग्रह गरेका छन् । उनले अघिल्लोपटक तीन चरणमा स्थानीय तहको निर्वाचन भएको बताउँदै एकैपटक निर्वाचन गर्नु चुनौतीपूर्ण रहेको अवस्थामा निर्वाचन भएकाले जितेका उमेदवारले उत्कृष्ट कार्य गरेर देखाउन आग्रह गरे ।  Advertisement बुटवल उपमहानगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरूको पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री केसीले आफूहरूले संविधानलाई अक्षरस पालना गरेको बताउदै अर्को निर्वाचनपनि मंसिरमै हुनेमा ढुक्क हुन आग्रह गरे ।  उनले संघीयता कार्यान्वयन गर्न स्थानीय तहको निकै महत्त्वपूर्ण भूमिका रहेको बताउँदै प्रदेश सरकारले आवश्यकता अनुसारका सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले सुकुम्वासी समस्यालाई समयमै स...
गण्डकीमा कांग्रेसले गुमायो ६ पालिका, गोरखा र नवलपुरमा सबैभन्दा खराब

गण्डकीमा कांग्रेसले गुमायो ६ पालिका, गोरखा र नवलपुरमा सबैभन्दा खराब

राजनीति
पोखरा । तनहुँको व्यास नगरपालिकामा अहिले मत गणना चलिरहेको छ । कांग्रेसका वैकुण्ठ न्यौपाने एमाले समर्थित स्वतन्त्र उमेदवार दीपकराज जोशी भन्दा अगाडि छन् । Advertisement अघिल्लोपटक गण्डकीका ८५ मध्ये ४४ पालिका प्रमुख जितेर गण्डकीको पहिलो पार्टी बनेको कांग्रेस अहिले गठबन्धन हुँदा पनि पहिलो पार्टी बन्नेतर्फ उन्मुख छ । तर, उसले आफ्ना अघिल्लोपटक जितेका पालिका भने गुमाएको छ । निर्वाचन आयोगकाअनुसार गण्डकीमा सार्वजनिक ८३ पालिकाको नतिजामध्ये हालसम्म एमाले र कांग्रेसले समान ३५–३५ पालिका जितेका छन् । अघिल्लोपटक पाँच पालिकामात्र जितेको नेकपा (माओवादी केन्द्र)ले अहिले गोरखामा मात्रै नौवटा पालिका जितेको छ । उसले तनहुँको आबुखैरेनी र बागलुङको ताराखोला गाउँपालिकासहित कुल ११ पालिका जितेको छ । बागलुङमा जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाको प्रमुख राष्ट्रिय जनमोर्चा ...
पोखरामा एकीकृत समाजवादी आचार्य साढे तीनहजार मतले अगाडि

पोखरामा एकीकृत समाजवादी आचार्य साढे तीनहजार मतले अगाडि

राजनीति
पोखरा । पोखरा महानगरपालिकामा नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले अग्रता कायमै राखेका छन् । पछिल्लो विवरणअनुसार एक लाख १२ हजार ५८० मत गणना हुँदा गठबन्धनका उमेदवार आचार्यले ४५ हजार ०२७ मत ल्याएका छन् ।  Advertisement उनलाई पछ्याइरहेका एमालेका कृष्णबहादुर थापाले ४१ हजार ५९० मत ल्याएका छन् । आचार्य तीनहजार ४३७ मतले अगाडि छन् । उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङ अगाडि छन् । उनले ४७ हजार ३२४ मत ल्याएकी छन् । कांग्रेसकी कोपिला रानाभाटले ४४ हजार ९६४ मत ल्याएकी छन् । ...