ओलीलाई प्रश्न नै गर्न नमिल्ने हो र? : मन्त्री झाक्री
सहरी विकासमन्त्री रामकुमारी झाक्रीले प्रमुख प्रतिपक्ष दल एमालेले सरकारको नीति तथा कार्यक्रमबारे सांसदहरूलाई आफ्नो विचार राख्न अवरोध गरेर गल्ती गरेको टिप्पणी गरेकी छन्।
Advertisement
मन्त्री झाक्रीले एमाले अध्यक्ष केपी ओलीलाई संसदमा प्रश्न गर्दा संसद अवरूद्ध पारेर सांसदहरूले सरकारको नीति तथा कार्यक्रमबारे आफ्नो विचार राख्न एमालेले नदिएको आरोप लगाइन्।
शुक्रबार एमाले अध्यक्ष ओलीले सरकारको नीति तथा कार्यक्रमबारे दिएको कतिपय अभिव्यक्ति निराधार र झूटो रहेको भन्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आपत्ति जनाएपछि त्यसको विरोधमा एमालेले प्रतिनिधि सभा अवरूद्ध पारेको थियो।
सोही प्रसंग उल्लेख गर्दै मन्त्री झाक्रीले सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै ओलीलाई प्रश्न नै गर्न नमिल्ने हो र भनि प्रश्न समेत गरिन्।
उनले...









