२०८२ चैत्र २६

राजनीति

वीरगञ्जमा गठबन्धनका उमेदवार फराकिलो मतले अगाडि, राजेशमानको जित सुनिश्चित !

वीरगञ्जमा गठबन्धनका उमेदवार फराकिलो मतले अगाडि, राजेशमानको जित सुनिश्चित !

राजनीति
वीरगञ्ज । मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्जमा पाँच दलीय गठबन्धनका उमेदवार जितको नजिक पुगेका छन् । पाँच दलीय गठबन्धनबाट प्रमुखका उमेदवार जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंह र उपप्रमुखका उमेदवार कांग्रेसका इम्तियाज आलम जितको नजिक पुगेका हुन् । Advertisement ३२ वडा रहेको महानगरपालिकाका २९ वडाको ६९ हजार ४७५ मत गणना गर्दासम्म गठबन्धनका दुवै उमेदवारले लिएको अग्रता हेर्दा दुवै जनाको जित सुनिश्चितजस्तै छ । हालसम्म जसपाका राजेशमान एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को गठबन्धनबाट मेयरका उमेदवार विजयकुमार सरावगीभन्दा १६ हजार १११ मतले अगाडि छन् । सिंहले ३३ हजार ९१९ मत ल्याउँदा सरावगीले १७ हजार ८०८ मत प्राप्त गरेको वीरगञ्ज महानगरपालिकाका प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए । राष्ट्रिय प्रजातन्...
ललितपुरमा २२,०३५ मत गन्न बाँकी, चिरिबाबुको फराकिलो अग्रता

ललितपुरमा २२,०३५ मत गन्न बाँकी, चिरिबाबुको फराकिलो अग्रता

राजनीति
काठमाडौ ।  स्थानीय तह निर्वाचनअन्तर्गत ललितपुर महानगरपालिकामा अहिलेसम्म ६३ हजार ८२६ मतगणना सकिएको छ । यहाँ ८५ हजार ८६१ मत खसेको छ । Advertisement पछिल्लो गणनाअनुसार प्रमुख पदमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेदवार चिरिबाबु महर्जनको ३२ हजार ३७८ मतसहित अग्रता कायमै छ । नेकपा (एमाले)का उमेदवार हरिकृष्ण व्यञ्जनकारले १८ हजार ८८६ मत ल्याएका छन् । उपप्रमुखमा एमालेकी मन्जली शाक्य १८ हजार ३०९ मतसहित अगाडि छिन् । गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उमेदवार बाबुराज बज्राचार्यले १३ हजार ४७२ मत पाएका छन् । अब ललितपुर महानगरमा २२ हजार ३५ मतगणना गर्न बाँकी छ । ...
चंखेलीका नवनिर्वाचित अध्यक्षले हेलिकोप्टरमा सदरमुकाम पुगेर लिए शपथ

चंखेलीका नवनिर्वाचित अध्यक्षले हेलिकोप्टरमा सदरमुकाम पुगेर लिए शपथ

राजनीति
काठमाडौं । हुम्लाको चंखेली गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष प्यारीलाल शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार जिल्ला निर्वाचन अधिकृतको कार्यालय हुम्लाका अधिकृत जगतबहादुुर पौडेलले शपथ गराएका हुन् । Advertisement उनले चंखेली गाउँपालिकाबाट हेलिकोप्टरमाफत जिल्ला सदरमुकाम सिमकोट पुगेर शपथ लिएको अधिकृतको कार्यालयले जनाएको छ ।  स्वतन्त्र रूपमा प्रतिस्पर्धा गरेर उनले सत्ता गठबन्धनतर्फका साझा उमेदवार नेकपा (माओवादी केन्द्र)का गोविन्द शाहीलाई पराजित गरेका थिए । कांग्रेसनिकट शाहीलाई पाटीले टिकट नदिएपछि स्वतन्त्र चुनाव लडेका थिए । स्थानीय तह निर्वाचनअन्तर्गत गएको वैशाख ३० गते भएको मतदानमा शाही एक ६९५ मत पाएर विजयी भएका थिए । यसअघि, जिल्लाका ६ वटै गाउँपालिकाका नवनिर्वाचित अध्यक्षहरूले शपथ लिइसकेका छन् । ...
महाेत्तरीकाे जलेश्वरमा जसपा विजयी

महाेत्तरीकाे जलेश्वरमा जसपा विजयी

राजनीति
काठमाडाैं । महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिकाको प्रमुख र उपप्रमुखमा जनता समाजवादी पार्टी नेपालले विजय हासिल गरेको छ । Advertisement मुख्य निर्वाचन अधिकृत दीपककुमार खरेलका अनुसार शनिबार अबेर साँझ सम्पन्न अन्तिम मतगणना परिणामअनुसार जलेश्वरको प्रमुखमा जसपा नेपालका सुरेश साह सोनारले सात हजार ३०४ मत ल्याएर विजय प्राप्त गरेका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी लोसपा नेपालका रामशंकर मिश्रले पाँच हजार ४३० मत ल्याए ।  त्यसैगरी जलेश्वरको उपप्रमुखमा पनि जसपा नेपालकै रौशन खातुनले पाँच हजार ८२१ मत ल्याएर विजयी भए भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)की मुनचुन देवीले चार हजार ८९३ मत प्राप्त गरिन् ।  जलेश्वरका १२ वडामध्ये जसपा नेपालले प्रमुख, उपप्रमुखसहित पाँच वडामा विजय प्राप्त गरेको छ भने एमालेले छ वडा जितेको छ । त्यस्तै एउटा वडामा ...
बाराको कलैयाका नवनिर्वाचित मेयरलाई उनको तौल बराबर लड्डुले स्वागत

बाराको कलैयाका नवनिर्वाचित मेयरलाई उनको तौल बराबर लड्डुले स्वागत

राजनीति
जनकपुरधाम । बाराको कलैया उपमहानगरपालिकाका नवनिर्वाचित मेयरलाई उनको तौल बराबरको लड्डुले स्वागत गरिएको छ । मेयर विनोद साह, उपमेयर रौशन प्रवीणसहित १० नम्बर का वडाध्यक्ष मोहमद सबिरलाई समर्थकले तौल बराबरको लड्डुले स्वागत गरेका हुन । Advertisement विजयी जुलुसको क्रममा वडा नम्बर १० पुग्दा स्थानीय महमद गजनी ठकुराईले जनप्रतिनिधिलाई काँटामा राखेर उनीहरूकै तौल बराबरको लड्डुले स्वागत गरेका हुन् । मेयरमा साह २४ हजार १३९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजेश राय यादवले १८ हजार ५४० मत ल्याए । ०७४ सालको निर्वाचनमा साहलाई हाल पराजित भएका नेपाली कांग्रेसका यादवले हराएका थिए । उपमेयरमा परविनले १९ हजार २५१ मत प्राप्त गरी विजयी भएकी हुन् । उपमेयरमा निकटतम प्रतिद्वन्द्वी प्रमोद गुप्ताले ८ हजार ३०२ मत पाए । ...
पोखराको प्रमुखमा एकीकृत समाजवादीका आचार्य ३२७२ मतले अगाडि

पोखराको प्रमुखमा एकीकृत समाजवादीका आचार्य ३२७२ मतले अगाडि

राजनीति
पोखरा ।  कास्कीको पोखरा महानगरपालिकामा ९२ हजार ५६१ मत गणना भएको छ । जसमा प्रमुख पदमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले ३७ हजार १२२ मत पाएका छन् । Advertisement आचार्य ३,२७२ मतले अगाडि छन् । उनलाई पछ्याइरहेका नेकपा (एमाले)का कृष्ण थापाले ३३ हजार ८५० मत ल्याएका छन् । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का शंकर खरालले चार हजार २२८ मत ल्याएका छन् । उपप्रमुखमा नेकपा (एमाले)की उमेदवार मञ्जु गुरुङ ३८ हजार ५७६ मत ल्याएर अगाडि छन् । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी कोपिला रानाभाटले ३७ हजार ५४५ मत ल्याएकी छन् । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की रन्जना सेनले चारहजार १३१ मत ल्याएकी छन् । ...
धनगढीमा स्वतन्त्र उमेदवार हमाल १२ हजार मतले अगाडि

धनगढीमा स्वतन्त्र उमेदवार हमाल १२ हजार मतले अगाडि

राजनीति
​काठमाडौं । धनगढी उपमहानगरपालिकामा ५७,४१८ मत गणना भएको छ । पछिल्लो विवरणअनुसार मेयरका स्वतन्त्र उमेदवार गोपाल हमालले २५,०२१ ल्याएर अग्रता कायमै राखेका छन् । उनी ११,९७० मतले अगाडि छन् । Advertisement कांग्रेसका नृपबहादुर वडले १३,०५१ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका एमालेका रणबहादुर चन्दले ७,५६१ मत ल्याएका छन् । उपमेयरमा एमालेकी कन्दकला राना १२,९३६ मतसहित अगाडि छिन् । उनलाई पछ्याइरहेकी माओवादी केन्द्रकी शान्ती अधिकारीले ११,७०४ मत ल्याएकी छन् ।  उपमेयरका स्वतन्त्र उमेदवार प्रभाकर भण्डारीले ६,३७७ मत ल्याएका छन्  ...
पोखरामा ९०,५६१ मतगणना : प्रमुख, उपप्रमुखमा कसको मत कति ? (सूचीसहित)

पोखरामा ९०,५६१ मतगणना : प्रमुख, उपप्रमुखमा कसको मत कति ? (सूचीसहित)

राजनीति
पोखरा । स्थानीय तह निर्वाचअन्तर्गत कास्कीको पोखरा महानगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म ९० हजार ५६१ मतगणना गरिएको छ । Advertisement पछिल्लो गणनाअनुसार प्रमुख पदमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का उमेदवार धनराज आचार्यको अग्रता कायमै छ । उनले ३६ हजार ४२६ मत पाएका छन् । नेकपा (एमाले)का उमेदवार कृष्ण थापाले ३३ हजार १०३ मत ल्याएका छन् । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार शंकर खरालले चार हजार १०६ मत प्राप्त गरेका छन् । लौरो चुनाव चिह्नबाट स्वतन्त्र उमेदवार खडकराज पौडेल (गनेस) दुई हजार ४०९ मतसहित चौथो स्थानमा छन् । उपप्रमुखमा नेकपा (एमाले)की उमेदवार मञ्जु गुरुङको अग्रता छ । उनले ३७ हजार ७१६ मत पाएकी छन् । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी उमेदवार कोपिला रानाभाटले ३६ हजार ८८४  मत ल्...
भरतपुरमा ६३ हजार मतगणना, कसले कति मत पाए ?

भरतपुरमा ६३ हजार मतगणना, कसले कति मत पाए ?

राजनीति
भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा अहिलेसम्म ६३ हजार मतगणना भएको छ ।  Advertisement प्रमुखमा नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले २४ हजार १०७ मत ल्याएर अग्रता कायम गरेकी छन् । उनलाई पछ्याइरहेका नेकपा (एमाले)का विजय सुवेदीले २० हजार ३५० मत ल्याएका छन् । रेनु विजयभन्दा ३ हजार ७५७ मत अघि छन् ।  यस्तै स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ८ हजार ७१५ मत पाएका छन् । उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले २६ हजार २७१ मत ल्याएका छन् । राप्रपाकी हिमला गुरुङले १५ हजार ९५० मत पाएकी छन् । भरतपुरको दुई वडामा कांग्रेस र माओवादीको अग्रता भरतपुरको वडा नम्बर १३ मा १,६०२ मतगणना हुँदा वडाध्यक्षमा माओवादी उमेदवारले ७२८ मत ल्याएका छन् । एमालेका उमेदवारले ५९१ मत ल्याएका छन् । यस्तै, वडा नम्बर १,६७३ मतगणना हुँदा कांग्रेसका उमेदवारले ७३७ ...
कर्णालीको अन्तिम नजिता : एमालेलाई धक्का, कांग्रेसले थप्यो ७ पालिका (सूचीसहित)

कर्णालीको अन्तिम नजिता : एमालेलाई धक्का, कांग्रेसले थप्यो ७ पालिका (सूचीसहित)

राजनीति
काठमाडौं । कर्णाली प्रदेशका १३७ पालिकाकै मत परिणामको अन्तिम सार्वजनिक भइसकेको छ । Advertisement जसमा नेपाली कांग्रेस ३२ पालिकामा निर्वाचित हुँदै पहिलो दल बनेको छ । २०७४ को निर्वाचनमा २५ पालिका मात्रै जितेको कांग्रेसलाई ७ पालिका फाइदा भयो । कर्णालीमा नेकपा (माओवादी केन्द्र) २३ पालिकामा विजयी हुँदै दोस्रो पार्टी बनेको छ । तर, अघिल्लो निर्वाचनमा २५ पालिका जितेको माओवादी दुई पालिका गुमाउँदै २३ पालिकामा खुम्चिन पुगेको छ ।  त्यसैगरी मुलुकका अन्य प्रदेशमाजस्तै यसपटक नेकपा (एमाले)लाई कर्णालीमा पनि धक्का लागेको छ । ०७४ को निर्वाचनमा २७ पालिका जितेको एमालेले विरासत जोगाउन सकेन । एमाले यसपटक १२ पालिका गुमाउँदै १५ पालिकामा खुम्चिन बाध्य भएको छ । एमाले कर्णालीमा पहिलो पार्टीबाट तेस्रो पार्टी खस्किएको हो ।  माओवादी र एमालेले सि...