काठमाडौं । निर्वाचन आयोगले बाजुराको बुढीगंगा नगरपालिकाको सम्पूर्ण मतदान रद्द गर्ने निर्णय गरेको छ । वैशाख ३० गते भएको मतदानमा बाजुराका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका अधिकारीले सुरक्षा व्यवस्थामा गम्भीर लापरबाही गरेको भन्दै आयोगले यस्तो निर्णय गरेको हो ।
Advertisement

आयोगले बाजुराका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल, नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक चतुर्भुज ओझा र सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक दिपक विष्टलाई तीन दिनभित्र जिम्मेवारीबाट हटाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
सुरक्षा व्यवस्थामा गम्भीर लापरबाही गरी निर्वाचनको स्वच्छता, स्वतन्त्रता तथा निष्पक्षतामा आँच आउने काम गरेकोले उनीहरूलाई तीन दिनभित्र हटाउन निर्देशन दिने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले एक विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
सो पदमा जिम्मेवार कर्मचारी खटाएर स्थानीय तह निर्वाचनको प्रक्रिया अघि बढाउन उपयुक्त वातावरण तयार गर्न गृहलाई आदेश दिने निर्णय भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै, उनीहरूलाई विभागीय कारबाही गरी तीन महिनाभित्र आयोगलाई जानकारी गराउन पनि भनिएको छ ।

साथै, आयोगले उक्त नगरपालिकाको यथाशीघ्र मतदान गर्ने मिति र समय तोकी मतदान गराउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिने समेत निर्णय गरेको छ ।