२०८१ बैशाख २१

समाचार

पछिल्लो २४ घण्टामा थप १ हजार ३५६ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा थप १ हजार ३५६ जनामा कोरोना पुष्टि

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: सेतोपाटी पछिल्लो २४ घण्टामा थप १ हजार ३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्गर गौतमका अनुसार मंगलबार थपिएकासहित हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ६६ हजार ६३२ पुगेको छ। त्यस्तै सोही अवधिमा जना कोरोनाबाट ८२३ मुक्त भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ४८ हजार ६१ पुगेको छ। Advertisement कोरोनाबाट निको हुनेको दर ७२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा मृतक थप २ जनामा कोरोना पुष्टि भएको छ। हालसम्म मृतक ४२९ जनामा कोरोना पुष्टि भएको छ। ...
नेकपा बैठक : संवैधानिक आयोगमा छिटो पदपूर्ति गर्न सरकारलाई आग्रह

नेकपा बैठक : संवैधानिक आयोगमा छिटो पदपूर्ति गर्न सरकारलाई आग्रह

देश, राजनीति, समाचार
साभार: रातोपाटी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले तत्काल संवैधानिक आयोगमा पदपूर्ति गर्न सरकारलाई आग्रह गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले संवैधानिक आयोगमा तत्काल पदपूर्ति गर्न प्रधानमन्त्रीलाई आग्रह गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।  बैठकले तत्काल संवैधानिक परिषदको बैठक बोलाएर पदपूर्ति प्रक्रिया अघि बढाउन भनेको उनको भनाइ छ ।  Advertisement प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्रीको अनिच्छाका कारण संवैधानिक आयोगमा पदमापूर्ति हुन नसकेको आरोप लगाइरहँदा सत्तारुढ दलले पनि पदपूर्तिका लागि आग्रह गरेको हो ।  १३ वटा संवैधानिक आयोगमध्ये अहिले १० वटा आयोगमा ३९ पद रिक्त रहेका छन् । प्रतिपक्षी दलसँगको भागबण्डा नमिलेकै कारण नियुक्तिमा ढिलाइ भएको बताइन्छ ।  ...
सामूहिक बलात्कार गरी फरार रहेका १२ वर्षपछि पक्राउ

सामूहिक बलात्कार गरी फरार रहेका १२ वर्षपछि पक्राउ

देश, समाचार, सामाजिक
साभार: रातोपाटी इलाममा जबर्जस्ती करणी गरी फरार रहेका दुई अभियुक्त १२ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय इलामले चुलाचुली–३ का ३० वर्षीय मिलन भनिने अनिश राई र ३१ वर्षीय जितकुमार भनिने निश्चल राईलाई पक्राउ गरेको हो ।  फैसला कार्यान्वयन प्रक्रियालाई तीव्रता दिने अभियानअन्तर्गत अदालतबाट दोषी प्रमाणित भई फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।  Advertisement विसं २०६४ मा झापा साधुहोली जङ्गलमा सामूहिकरूपमा जबर्जस्ती करणी गरी फरार रहेका इलामका उनीहरुलाई विशेष खोजी अभियान नै सञ्चालन गरेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । उनका अनुसार दुवैलाई २०६७ फागुन ११ गते जिल्ला अदालतबाट ११ वर्ष एक महिना १५ दिन कैद र जनही रु २१ हजार जरिवाना तोकिएको थियो । दुवैलाई जिल्ला अदालतम...
सचिवालय बैठकअघि बालुवाटारमा मन्त्रिपरिषद बैठक

सचिवालय बैठकअघि बालुवाटारमा मन्त्रिपरिषद बैठक

देश, राजनीति, समाचार
साभार: रातोपाटी काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकअघि मन्त्रिपरिषद बैठक बस्दैछ । मन्त्रिपरिषदको बैठक साढे नौ बजे बालुवटारमा बस्ने तय भएको एक ममन्त्रीले जानकारी दिए । आजको मन्त्रिपरिषद बैठक नियमित भएको पनि ती मन्त्रीको भनाइ छ । सोमबार बस्नुपर्ने नियमित क्याबिनेट बैठक बसेको थिएन । त्यसैले आज बस्न लागेको हो । आजको बैठकमा कोभिड १९ लगायत अन्य नियमित प्रकृयाका बारेमा छलफल हुनेछ । Advertisement  यसैबीच मंगलबारै नेकपाको सचिवालय बैठक पनि बस्दैछ । साढे १२ बजे बालुवाटारमा सचिवालय बैठक बोलाइएको छ । आइतबार बसेको सचिवालय बैठक सोमबार बस्ने गरी स्थगित भएपनि गृहकार्य नपुगेको भन्दै अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको भेटवार्तापछि सोमबार बस्ने भनिएको सचिवालय बैठक मंगलबारलाई सारिएको थियो । नेकपा सचिवालय बैठकमा मन्...
मकवानपुरमा जीप दुर्घटना, दुई बालकको मृत्यु

मकवानपुरमा जीप दुर्घटना, दुई बालकको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: रातोपाटी मकवानपुर । मकवानपुरको राक्सिराङ–३ मैनाटारमा जीप दुर्घटना हुँदा दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–३ का १३ वर्षीय रिजन तितुङ र ११ वर्षीय अनुप वाइबा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । Advertisement मनहरीबाट सरिखेत पलाँसे जाँदै गरेको ना १ ज ७१७५ नंको बोलेरो जीप आज दिउँसो दुर्घटना हुँदा दुबै बालकको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका राक्सिराङ गाउँपालिका–३ का २७ वर्षीय सुरज शाहीलाई थप उपचारका लागि भरतपुर अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए ।  जीप चालक राक्सिराङ–५ का भीषण प्रजालाई प्रहरीले नियन्त्रणमा लिइ घटनाका विषयमा थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।  ...
कोरोना परीक्षणको व्यवस्थासहित काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

कोरोना परीक्षणको व्यवस्थासहित काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

देश, राजनीति, समाचार, स्वास्थ्य
साभार: रातोपाटी काठमाडौं । नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टीको आगामी १४ औं महाधिवेशनको तयारी सन्दर्भमा छलफल गर्न असोज १९ गते दिउँसो २ बजे  पार्टी कार्यालय सानेपामा बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।  बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ । कोभिड–१९ को महामारीका कारण बैठक अगाडि काँग्रेसले  पदाधिकारी, सदस्य, आमन्त्रित केन्द्रीय सदस्य र केन्द्रीय कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको कोरोना परीक्षण पनि गर्ने भएको छ । त्यसका लागि असोज १५ गते बिहान ११ बजेबाट ३ बजेसम्म सम्पूर्ण पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य र कर्मचारीहरुलाई अनिवार्य पार्टी केन्द्रीय कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ ।  ...
अब लाइसेन्स, बिलबुक हराएमा ट्राफिक कार्यालय धाउनु नपर्ने, अनलाइनबाटै भर्न सकिन्छ फारम

अब लाइसेन्स, बिलबुक हराएमा ट्राफिक कार्यालय धाउनु नपर्ने, अनलाइनबाटै भर्न सकिन्छ फारम

देश, समाचार, सामाजिक
साभार: सेतोपाटी हराएको सवारी चालक अनुमति पत्र (लाइसेन्स), सवारी दर्ता किताब र सवारी इजाजत पत्रको सिफारिस लिन ट्राफिक कार्यालय धाउन नपर्ने भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्रहरी प्रधान कार्यालयसँग समन्वय गरी सोमबारदेखि हराएको सिफारिस पत्र लिन अनलाइनबाट नै फारम भर्न सक्ने बनाएको हो। महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीम ढकालले हराएको लाइसेन्स, बिलबुक र पर्मिटको लागि धेरै दिन लगाएर सेवाग्राही ट्राफिक प्रहरी कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गरिएको बताए। महाशाखामा कम्तिमा पनि दिनको दुई सय हराएको सिफारिस आउने गरेको जानकारी दिए। अनलाइन प्रणाली सुरू भएसँगै सेवाग्राहीले घर बसेरै सिफारिस रिपोर्ट लिन सकिने बताएका छन्। Advertisement सिफारिको लागि ट्राफिक प्रहरीको वेबसाइट traffic.nepalpolice.gov.np मा गई लस्ट डकुम...
उपमहानगरले डोम समुदायको घरमा डोजर चलाएपछि दर्जनौँको बिचल्ली

उपमहानगरले डोम समुदायको घरमा डोजर चलाएपछि दर्जनौँको बिचल्ली

देश, समाचार, सामाजिक
साभार: रातोपाटी जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाले दलित समुदायको घरमा डोजर चलाएर उनीहरुलाई विस्थापित तुल्याएको छ । उपमहानगरले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ स्थित धर्मवान टोलमा दर्जनौँ डोम परिवारको घर भत्काएको हो ।  सडक छेउको ऐलानी जग्गामा बस्दै आएका डोम समुदायलाई बस्ने ठाउँको व्यवस्थापन नै नगरी उनीहरुको घर भत्काइएको हो । घरबिहीन भएका डोम परिवारहरु अहिले बिचल्लीमा परेका छन् । सो स्थानमा लामो समयदेखि करिब एक दर्जन जति डोम परिवारले घर बनाएर बसोबास गर्दै आएका थिए । स्थानीय रिता मलिक डोमले बसोबासको व्यवस्थापन विना नै घर भत्काइएको गुनासो गरिन् । सुकुम्वासी समेत रहेका डोम परिवारलाई जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साहले जग्गा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे कोरोनाको कहरले मुलुकलाई आक्रान्त पारिरहेको समयमा विना जानकारी घर भत्काएको भन्दै पीडितहरुले आ...
सोमबार थपिए १ हजार १ सय ५४ कोरोना संक्रमित, थप १६ जनाको मृत्यु

सोमबार थपिए १ हजार १ सय ५४ कोरोना संक्रमित, थप १६ जनाको मृत्यु

देश, समाचार, स्वास्थ्य
साभार: सेतोपाटी सोमबार थप १ हजार १५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ६५ हजार २७६ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ४७ हजार २३८ पुगेको छ। Advertisement हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ६११ छ।  पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको छ। ...
सात महिनापछि खुल्यो आन्तरिक उडान

सात महिनापछि खुल्यो आन्तरिक उडान

देश, समाचार
सुरक्षाका लागि यात्रु र एयरलाइन्सले के के गर्नुपर्छ, हेर्नुस् बुद्ध एयरको भिडिओ साभार: सेतोपाटी कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि भन्दै जारी लकडाउन आदेशले बन्द भएको आन्तरिक हवाई उडान आजदेखि खुलेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वास्थ्य सुरक्षाका मापदण्ड निर्धारण गरी उडान गर्नका लागि एयरलाइन्सहरूलाई आजदेखि अनुमति दिएको छ। सोहीअनुसार एयरलाइन्सले आजदेखि उडान सुरू गरेका छन्। आजदेखि खुल्ने उडान सामान्य अवस्थाको तुलनामा २५ प्रतिशतमात्र हुने छन्। विमानस्थलको भीड व्यवस्थापन तथा मागका आधारमा उडानको कोटा निर्धारण गरिएको प्राधिकरणले जानकारी दिएको छ। Advertisement उडान गर्दा यात्रुले अनिवार्य रुपमा मास्क प्रयोग गर्नुपर्नेछ। त्यस्तै भाइजर पनि उनीहरूले अनिवार्य लगाउनुपर्ने छ तर भाइजर भने एयरलाइन्स आफैले व्यवस्था गर्नेछन्। जस...