२०८१ बैशाख १४

काठमाडौं उपत्यकामा २३८८ कोरोना संक्रमित थपिए

बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा २३८८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये काठमाडौंका २ हजार ८,  ललितपुरका २८१ र भक्तपुरका ९९ जनामा संक्रमण पुष्टि भएको  हो । 

यस्तै बितेको २४ घण्टामा देशभर भने ३ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ । 


Advertisement


यस्तै पछिल्लो २४ घण्टामा २,३३५ जना संक्रमणमुक्त भएसँगै निको हुनेको कुल संख्या ९४ हजार ५०१ पुगेको गौतमले बताए । 

यसैबीच देशभर कोरोना भाइरसको संक्रमित संक्रमितको संख्या ४० हजार नाघेको छ। मन्त्रालयका अनुसार सोमबारसम्म देशभर सक्रिय संक्रमितको संख्या  ४० हजार ७७८ पुगेको हो । 

साभार: रातोपाटी

Copy link
Powered by Social Snap