२०८१ बैशाख २१

देश

काठमाडौं उपत्यकामा १५३५ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा १५३५ जना कोरोना संक्रमित

देश, समाचार, सामाजिक, स्वास्थ्य
९ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५३५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १२२५, भक्तपुरमा १६३ र ललितपुरमा १४७ जनामा संक्रमण पुष्टि भएको छ । उपत्यकामा नयाँ पुष्टि भएका १५३५ संक्रमितमध्ये ९०६ जना पुरुष र ६२९ जना महिला रहेका छन् । Advertisement काठमाडौं जिल्लामा हालसम्म ५६ हजार ३०२ जना संक्रमित भइसकेका छन् । तीमध्ये ३६ हजार २८३ जना निको भएका छन् भने १९३ जनाको मृत्यु भएको छ । हाल १९ हजार ८२६ सक्रिय संक्रमित रहेका छन् । काठमाडौंमा होम आइसोलेसनमा १० हजार ५०१ जना रहेका छन् । ललितपुर जिल्लामा हालसम्म ७८८३ जना संक्रमित भएका छन् । तीमध्ये ५३९९ जना निको भएका छन् भने ५४ जनाको मृत्यु भएको छ । हाल सक्रिय संक्रमितको संख्या २४३० रहेको छ । ललितपुरमा २६४३ जना होम आइसोलेस...
दसैंको टीकाको साइत १० बजेर १५ मिनेटमा

दसैंको टीकाको साइत १० बजेर १५ मिनेटमा

देश, समाचार, सामाजिक
१६ असोज, काठमाडौं । यस वर्ष बिजयादशमीको टीका लगाउने साइत विहान सवा दश बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । असोज १७ गते शुक्रवार देवी विसर्जनको साइत बिहान ९ बजेर ५५ मिनेटमा रहेको छ भने टीका र प्रसाद ग्रहणका लागि बिहान १० बजेर १५ मिनेटको साइत उत्तम रहेको समितिका सभापति प्राध्यापक डा रामचन्द्र गौतमले बताए । शास्त्रीय मान्यताअनुसार सामान्य मानिसलाई टीका र प्रसाद ग्रहण गर्न साइत चाहिँदैन । Advertisement समितिका अनुसार घटस्थापनाको दिन जमरा राख्ने साइत असोज ९ गते बिहीबार बिहान १० बजेर ४५ मिनेटमा छ । यस वर्ष महानवमी र बिजया दशमी एकै दिन असोज १७ गते परेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । दशैंलाई नवरात्र भनिने गरे पनि यसपटक आठ रात्री मात्र परेको गौतमले बताए । सरकारी कार्यालयका झण्डा फेर्ने साइत असोज १० गते शुक्रबार बिहान ११ ब...
थप एक गैरआवासीय नेपालीको कोरोनाका कारण मृत्यु

थप एक गैरआवासीय नेपालीको कोरोनाका कारण मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
९ कात्तिक, काठमाडौं । विश्वव्यापी महामारी कोभिड–१९ संक्रमणबाट गत साता विदेशमा थप एक नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार साउदी अरबमा एक नेपालीको कोरोना संक्रमणबाट निधन भएको हो । एनआरएनए, स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार ४२ देशमा रहेका नेपालीमध्ये ४२ हजार ७५२ नेपाली कोरोना भाइरसको संक्रमणमा परेका छन् । तीमध्ये ३९ हजार १७९ जना अर्थात् ९२ प्रतिशत न कोरोनामुक्त भएको समितिले जनाएको छ । Advertisement गत साता भारत, कतार र स्पेनमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ । हालसम्म १९ देशका २८४ नेपालीको कोरोना संक्रमणबाट निधन भइसकेको जानकारी एनआरएन, कोभिड–१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले दिए । यस्तै नेपालमा मात्र एक लाख ५५ हजार २३३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । तीमध्ये एक लाख आ...
थरुहट तथा मधेशका युवा आन्दोलनको तयारीमा जुट्दै

थरुहट तथा मधेशका युवा आन्दोलनको तयारीमा जुट्दै

देश, समाचार, सामाजिक
काठमाडौं । थरुहट तथा मधेशका युवा विभिन्न मागसहित दसैँपछि आन्दोलनमा जाने तयारीमा जुटेका छन् । दशैंपछि एउटा भेला आयोजना गर्ने र सो भेलाबाट संघर्षका कार्यक्रम तय गर्ने उनीहरुको योजना छ । थरुहट आन्दोलनका अगुवा सुरेन्द्र चौधरीले दसैँपछि जनकपुर वा वीरगंजमा युवाहरुको वृहत भेला आयोजना गरी संघर्षका कार्यक्रम तय गरिने बताए । बैठकको तयारीमा जुट्न उनले जनता समाजवादी पार्टी नेपालका युवा नेताहरु डा. सुरेन्द्र झा, मनिष सुमन, अभियन्ताहरु विकास ठाकुर, आनन्द गुप्ता, सुनिल पटेल, कासिन्द्र यादव, अन्जु झा, पत्रकार अमरेन्द्र यादव, मधेश नागरिक समाजका अध्यक्ष गणेश मण्डल, मोनिका सिंह, प्रिती रमनलाई आग्रह गरेका छन् । Advertisement भेलामा सहभागी तराई मधेश राष्ट्रिय परिषद, जसपा, जनमत, काँग्रेस, नेकपा, थरुहट राष्ट्रिय मोर्चाका युवाहरुको नामावली पनि तयार गरिने उनले बताए । त...
सुरक्षाकर्मीलाई ७ महिना अघि दिने भनिएको भत्ता दसैंमा पनि दिइएन

सुरक्षाकर्मीलाई ७ महिना अघि दिने भनिएको भत्ता दसैंमा पनि दिइएन

देश, राजनीति, समाचार
९ कात्तिक, काठमाडौं । कोरोना (कोभिड–१९) भाइरसको महामारी नियन्त्रणका लागि फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मीलाई दिने भनिएको प्रोत्साहन भत्ता हालसम्म दिइएको छैन । मन्त्रिपरिषद्को १६ चैतमा बसेको बैठकले दैनिक ३ सय रुपैयाँदेखि शतप्रतिशतसम्म भत्ता दिने निर्णय गरेको थियो । तर, निर्णयको ७ महिना वितिसक्दा पनि उनीहरुले भत्ता पाएका छैनन् । Advertisement दसैंको मुखमा पनि भत्ता नपाउँदा सुरक्षाकर्मीको मनोबल गिरेको सुरक्षा सम्बद्ध अधिकृतहरु बताउँछन् । नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कडायतले हालसम्म सुरक्षाकर्मीलाई भत्ता बापतको रकम नआएको अनलाइनखबरलाई बताए । नेपाली सेना र सशस्त्र प्रहरी बलका कर्मचारीले पनि प्रोत्साहन भत्ता वापतको रकम पाएका छैनन् । महामारीका बेला अग्रपङ्तिमा खटिएका सुरक्षाकर्मीलाई कोरोना भत्ता दिन आनाकानी गरिरहेका बेला सांसदहरुलाई दसैं ...
३ महिनामा उठेको राजस्वबाट अर्थमन्त्री पौडेल उत्साहित

३ महिनामा उठेको राजस्वबाट अर्थमन्त्री पौडेल उत्साहित

देश, राजनीति, समाचार
अर्थमन्त्री विष्णु पौडेलले पूँजीगत खर्चको कमजोर अवस्थालाई सुधार गर्न नीतिगत प्रबन्धहरुलाई सच्याउनुपर्ने बताएका छन् । कतिपय कानूनी प्रबन्धहरुका कारण पूँजीगत खर्च कमजोर अवस्थामा रहेकोले त्यस्ता कानूनहरुलाई सुधार गर्नुपर्ने आवस्यकता रहेको अर्थमन्त्री पौडेलले बताए ।शनिबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले कतिपय कानूनी नियमगत प्रबन्धहरु अथवा अरु चिजहरुका कारण पूँजीगत खर्चमा बाधा सिर्जना गरेकोले त्यस्ता चिजहरुमा सुधार गर्दै पूँजीगत खर्चलाई बढाउने योजनामा आफु रहेको बताए । यस्तै वर्तमान अवस्थमा कोभिडले सिर्जना गरेको चुनौतिलाई समाना गर्दै कुनैपनि आयोजनालाई निरन्तरता दिई खर्च बढाउने रणनीतिमा आफु रहेको अर्थमन्त्री पौडेलले बताए । ‘अहिले तुलनात्मक रुपले अपेक्षित मात्रामा पूँजीगत खर्च हुन नसकिरहेको जुन अवस्था छ यो अवस्थामा सुधार ल्याउनका लागि हामीले कोभिडले सिर्जना गरेका चुनौ...
रुपन्देही र कपिलवस्तुमा डुबेर ३ जना निधन

रुपन्देही र कपिलवस्तुमा डुबेर ३ जना निधन

देश, समाचार, सामाजिक, स्वास्थ्य
८ कात्तिक, बुटवल । रुपन्देही र कपिलवस्तुमा खोला र पोखरीमा डुबेर तीनजनाको मृत्यु भएको छ । कपिलवस्तुमा पोखरीमा डुबेर दुई जना र रुपन्देहीमा खोलामा डुबेर एक बालकको मृत्यु भएको हो । बुटवल उपमहानगरपालिका– ८ दीपनगरका १० वर्षका निश्चल तिवारीको पौडी खेल्ने क्रममा बुटवल–७ स्थित भनभने खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले बताए । बुटवलको कालिका मानवज्ञान माविमा कक्षा ४ मा अध्ययनरत उनी शुुक्रबार बुटवलबाट हराएका थिए । Advertisement यस्तै कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नं. ५ स्थित मतखनवा पोखरीमा कमलको फूल टिप्ने क्रममा स्थानीय ३२ वर्षीय अशोक कुमार पाठक र २६ बर्षीय करमहंस पाठकको मृत्यु भएको छ । शनिबार बिहान पूजाका लागि फूल टिप्न गएका उनीहरु पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपि...
कोरोना सङ्क्रमणबाट  इलाम र सुनसरीका एक–एक जनाको मृत्यु

कोरोना सङ्क्रमणबाट इलाम र सुनसरीका एक–एक जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
विराटनगरमा आज थप दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचाररत इलाम नगरपालिका–२ का ५९ वर्षीया महिला तथा सुनसरीको गढी गाउँपालिका– ९ का ३८ वर्षीय पुरुषको मृत्यु भएको हो । Advertisement श्वास प्रश्वासमा समस्या देखिएपछि यही कात्तिक ४ गते अस्पताल भर्ना भएकी ती महिलामा सोही दिन कोरोना पुष्टि भएको थियो । त्यस्तै निमोनिया रोगबाट पीडित भएपछि यही कात्तिक ४ गते अस्पताल भर्ना भएका ती पुरुषमा पनि सोही दिन कोरोना पुष्टि भएको थियो । दुबै जनाको उपचारका क्रममा आज मृत्यु भएको अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिए । साभार: रातोपाटी ...
थप २२२५ जनामा कोरोना संक्रमण

थप २२२५ जनामा कोरोना संक्रमण

देश, समाचार, सामाजिक, स्वास्थ्य
८ कात्तिक, काठमाडौं । शनिबार थप २२२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८४६ जनाको पीसीआर परीक्षण गर्दा २२२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । Advertisement योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई २८४६ जना डिस्चार्ज भएका छन् । काठमाडौं जिल्लामा ८३२, ललितपुरमा १७६ र भक्तपुरमा १०२ गरी शनिबार काठमाडौं उपत्यकामा १११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । Credit: OnlineKhabar ...
काठमाडौंको एक मन्दिर, जहाँ सम्बन्धविच्छेदको टुंगो लगाउन निर्जला व्रत बसिन्छ

काठमाडौंको एक मन्दिर, जहाँ सम्बन्धविच्छेदको टुंगो लगाउन निर्जला व्रत बसिन्छ

देश, समाचार, सामाजिक
८ कात्तिक, काठमाडौं । मन्दिर जाने र भगवानको उपासना राम्रो र शुभ कामका लागि गरिन्छ । तर, काठमाडौंको एउटा मन्दिर जहाँ सम्बन्धविच्छेदको छिनोफानो गर्ने मेला लाग्छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । एउटा कठोर जात्रा सम्पन्न गरेपछि श्रीमान् वा श्रीमतीले चाहेमा नयाँ सम्बन्ध गाँस्नेदेखि पुरानो सम्बन्धको बिट मार्नेसम्मको माहोल एउटै जुटाउने जात्रा काठमाडौंमा हरेक वर्ष मनाउने गरिन्छ । कसैसँग सम्बन्धविच्छेद वा नयाँ सम्बन्धको गाँठो कस्नेदेखि रोगव्याधी अन्त्य हुनेसम्मको विश्वास लिएर मेला भर्न आउँछन् भक्तजन । यस्तै रोचक जात्रालाई इतिहासदेखि नै अभिछिन्न बोकेर बसेको चोभारको डाँडोमा रहेको आनन्दादि लोकेश्वर मन्दिर । भित्तैभरि थामा, पित्तल र चरेसका थालैथालले ढाकेको, एउटा तले शैलीको मन्दिर, त्यसको ठीकअघि शिखर शैलीको मन्दिर र चारैतिर सत्तलहरूले ढाकेको मन्दिर परिसर यतिबेला कात्तिक जात्राका ...