२०८१ बैशाख ७

देश

कोभिड–१९ बाट २१ जनाको मृत्यु: सुदूरपश्चिम

कोभिड–१९ बाट २१ जनाको मृत्यु: सुदूरपश्चिम

देश, समाचार, स्वास्थ्य
सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमण (कोभिड–१९) बाट हालसम्म २१ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा कैलालीका सबैभन्दा बढी १० जना रहेका छन् ।  यस्तै बझाङ, अछाम र बाजुरामा दुई÷दुई तथा कञ्चनपुर, डोटी, दार्चुला र डडेल्धुरामा एक÷एक जनाको मृत्यु भएको छ ।  सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्र्पक व्यक्ति हेमराज जोशीले पछिल्लो समय सुदूरपश्चिममा सक्रिय सङ्क्रमितको संख्या बढ्दै गएको बताए।  Advertisement “अरु प्रदेशको तुलनामा सुदूरपश्चिममा मृत्युदर कम छ”, उनले भने, “कोरोनाबाट निको हुने दर पनि बढी नै छ ।” शुक्रबार साँझसम्म सुदूरपश्चिममा नौ हजार ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सात हजार ४४३ सङ्क्रमित निको भएर घर फर्किएका छन् ।  बिरामीको प्रभावकारी व्यवस्थापनका का...
युवतीमाथि सामूहिक बलात्कारको प्रयास : कपिलवस्तुमा

युवतीमाथि सामूहिक बलात्कारको प्रयास : कपिलवस्तुमा

देश, समाचार, सामाजिक
कपिलबस्तुमा एक बालिकामाथि सामूहिक बलात्कारको असफल प्रयास भएको छ । स्थानीयले दिएको जानकारी अनुसार कपिलबस्तुको शुद्धोधन गाँउ पालिका वडा नं. ६ स्थित एक गाँउमा शुक्रवार साँझ साढे ६ बजे बाख्रा चराउन गएकी १९ वर्षीया युवतीमाथि दुई युवाहरुद्वारा सामूहिक बलात्कारको असफल प्रयास भएको हो । निज युवती गाँउ नजिकै सीमानामा बाख्रा चराइरहेको बेला एकान्तको मौका छोपी सोही ठाँउ बस्ने २१ वर्षीय रोजन मुसलमान र भारतीय नागरिक निजको फुपुको छोरा २० वर्षीय कल्लु मुसलमानले दुपट्टाले मुख छोपी सामूहिक बलात्कार गरेका थिए । प्रतिकारको क्रममा उनी गम्भीर घाइते भएको वडा अध्यक्ष बिजयबहादुर यादवले जानकारी गराए । Advertisement आरोपितहरुलाई गाउँलेहरुको सहयोगमा प्रहरी नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान कार्य अगाडी बढाइएको कपिलवस्तु प्रहरी प्रवक्ता डीएसपी धर्मबहादुर भण्डारीले जानकारी ग...
जडिबुटी राख्ने भण्डार बन्दै अतिसंवेदनशील सिमकोट विमानस्थल

जडिबुटी राख्ने भण्डार बन्दै अतिसंवेदनशील सिमकोट विमानस्थल

देश, समाचार, सामाजिक, स्वास्थ्य
अतिसंवेदनशील हुम्लाको सिमकोट विमानस्थल क्षेत्रमा व्यापारीको जडिबुटी राख्ने भण्डार बनेको छ । सर्वसाधारणले विमानस्थलको निश्चित क्षेत्रबाहेक अन्यत्र जान पाउँदैनन् तर  व्यापारीको जडिबुटी ओसारपसार र भण्डारण गर्ने काम चलिरहेको छ । सिमकोट विमानस्थलको मूल प्रवेशद्वारदेखि संवेदनशील क्षेत्रसम्म व्यापारीले जडिबुटी थुपार्दा फोहोर देखिएको छ ।   विमानस्थलको खाली क्षेत्रमा जडिबुटी जिल्ला बाहिर निकासी गर्नका लागि सजिलो हुने जनाउँदै  विमानस्थलमा थुपारिएको छ । प्रत्येक दिन बिहान ७ देखि १० बजेसम्म हवाइजहाजले उडान भर्ने भएका कारण विमानस्थल क्षेत्रमा घोडा र खच्चर जान नपाए पनि त्यसपछि विमानस्थलभित्र सजिलै प्रवेश गर्ने गरेका छन् ।  जहाजको उडान १० बजे सकिएलगत्तै व्यापारीले प्रवेशद्वारको ढोका क्षेत्रभित्रको खाली ठाउँमा प्लाष्टिकमा जडिबुटी सुकाउने गरेका छन् ।  यसबाट आवतजावत गर्नसमेत अप्ठ्यारो भएक...
प्रधानमन्त्रीको प्रतिरक्षात्मक अभिव्यक्ति, उल्टियो उपचार सम्बन्धी निर्णय

प्रधानमन्त्रीको प्रतिरक्षात्मक अभिव्यक्ति, उल्टियो उपचार सम्बन्धी निर्णय

देश, समाचार, सामाजिक, स्वास्थ्य
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्दै प्रतिरक्षात्मक अभिव्यक्ति दिएका छन् । यसअघि सरकारले कोरोना लागेको बिरामी आफैले आफ्नो उपचार गर्नु भनेको थियो । तर प्रधानमन्त्री ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै भने ‘सरकारले सके आफै बाँच नसके जे सुकै गर भनेर राज्यले भनेको छैन, सरकारले सबैको उपचार गर्ने छ ।’ सरकारले कोरोना संक्रमितको उपचारमा सबैको समान पहुँच स्थापित गराउने बताए । उपचार गर्न नसक्नेलाई सरकारले उपचार गर्ने प्रतिबद्धता समेत जनाए । उनले कोरोना संक्रमतिलाई घरेलु औषधी प्रयोग बढाउन समेत आग्रह गरेका छन् । Advertisement कोरोनाको कारण अहिले चाहेर पनि घर फर्कन नसक्ने अवस्था रहेको स्मरण गराए ।प्रम ओलीले जेष्ठ नागरिक र बालबालिमाका संक्रमण बढी हुने भएकोले सचेत बन्न सबैलाई आग्रह गरेका छन् । काठमाडौं संक्रमणको केन्द्...
रअ प्रमुखको नेपाल भ्रमण : “अर्को गम्भीर राष्ट्रघातको तयारी हुँदैछ।” : मोहन वैद्य

रअ प्रमुखको नेपाल भ्रमण : “अर्को गम्भीर राष्ट्रघातको तयारी हुँदैछ।” : मोहन वैद्य

देश, राजनीति, समाचार
नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले प्रधानमन्त्री केपी शर्मा ओली र भारतको रिसर्च एण्ड एनालिसिस विङ्गका प्रमुख सामन्त गोयलबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटबारे पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘यो घटनाले नेपालका प्रधानमन्त्रीलाई भारतको गुप्तचर विभागका प्रमुखको हैसियतमा गिराएर कुटनीतिक मर्यादाको मात्र होइन राष्ट्रिय स्वाभिमान समेतको खिल्ली उडाएको छ ।’ Advertisement ‘भारतीय विस्तारवादी अतिक्रमणले सीमा नाघेको बेला नेपालका प्रधानमन्त्रीले भारतको एकजना गुप्तचरलाई एकान्तमा भेटने र त्यसको महिमामण्डन गर्ने कामले देशमा फेरि अर्को गंभीर राष्ट्रघातको तयारी हुँदैछ भन्ने आभाष दिन्छ,’ किरणद्वारा जारी विज्ञप्तिमा भनिएको छ । पार्टीले यसको घोर बिरोध र तीव्र भत्र्सना गर्दै आम देशभक्त नेपाली जन...
कोरोना सङ्क्रमणबाट कर्मचारीको मृत्यु

कोरोना सङ्क्रमणबाट कर्मचारीको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
कोरोना सङ्क्रमणका कारण दाङमा आज एक  कर्मचारीको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दका अनुसार मृत्यु हुनेमा  भूमिसुधार तथा मालपोत कार्यालय, घोराहीमा कार्यरत तुलसीपुर उपमहानगरपालिका १७ दूधरास निवासी ५३ वर्षीय नायब सुब्बा हीराबहादुर डाँगी  छन् । Advertisement उनलाई यही कात्तिक ४ गते  सङ्क्रमण देखिएको र आज श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि कोरोना विशेष  अस्पताल बेलझुण्डी लगिएको थियो । साभार: रातोपाटी ...
खसीबोका बेच्न काठमाडौं आउने किसान घटे

खसीबोका बेच्न काठमाडौं आउने किसान घटे

अन्तर्वार्ता, कर्पोरेट, देश, समाचार
७ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकामा यसपटक किसानले ल्याएको खसीबोका न्यून देखिएको छ । कोभिड १९ संक्रमणको जोखिमका कारण यसपटक किसानहरुले प्रयाप्त संख्यामा खसीबोका बिक्रीका लागि ल्याउन सकेका छैनन् । काठमाडौंमा नजिकका जिल्लाहरु धादिङ, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, काभ्रेपलान्चोक लगायतका जिल्लाबाट किसानहरुले सिधै खसीबोका ल्याएर बिक्री गर्ने गरेका छन् । आजको दिन काठमाडौंका मुख्य चोकहरुमा पुग्दा किसानहरुले खसीबोका बिक्रीका लागि राखेको देखिन्छ । तर यसपटक गत वर्ष जस्तो व्यापार नभएको किसानहरुले बताएका छन् । Advertisement कोरोना संक्रमणको जोखिमका कारण पर्याप्त संख्यामा खसीबोका ल्याउन समेत नसकेको उनीहरुले बताए । यसरी काठमाडौं आइपुग्ने खसीबोकाको बिक्री वितरण अनौपचारिक रुपमा हुने र अन्य व्यवसायीहरुले काठमाडौंमा ल्याएर बिक्री गर्नेभन्दा सस्तोमा ...
थप ४४९९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या डेढ लाख नाघ्यो

थप ४४९९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या डेढ लाख नाघ्यो

देश, समाचार, स्वास्थ्य
७ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार ४९९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ८६३ नमुना परीक्षण गर्दा १६९० महिला र २८०९ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ । उनीहरुमध्ये ८२९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म १ लाख ५ हजार ४८८ जना संक्रमणमुक्त भएका छन् भने ४६ हजार ६९१ संक्रिय संक्रमित छन् । संक्रिय संक्रमितमध्ये ३१ हजार ७२७ जना होम आइसोलेसनमा छन् भने २९० जनाको आईसीयू र ६९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । Advertisement कहाँ कति थपिए संक्रमित ? मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र २७२० संक्रमित थपिएका छन्,नसमध्ये काठमाडौंका २३५७, ललितपुरका २३६ र भक्तपुरका १२७ जना छन् । यस्तै मोरङका ...
करेन्ट लागेर  एक सैनिक जवानको मृत्यु

करेन्ट लागेर एक सैनिक जवानको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
तेह्रथुमको आठराई गाउँपालिकामा करेन्ट लागेर एक सैनिक जवानको मृत्यु भएको छ । नेपाली सेनाको सिरहास्थित शेर गणमा कार्यरत तेह्रथुमको आठराई गाउँपालिका–५ होडाका २६ वर्षीय राजन बराइलीको हिजो साँझ करेन्ट लागेर ज्यान गएको हो । आफ्नै घरअगाडि रहेको बिजुलीको ट्रान्समिटरबाट आफूखुशी कालो तार जोड्ने क्रममा करेन्ट लागेर बराइली जमिनमा पछारिएका थिए । Advertisement गम्भीर घाइते भएका उनलाई उपचारका लागि पाँचथरको फिदिमस्थित जिल्ला अस्पताल ल्याउने क्रममा साँझ पौने ८ बजेट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । सैनिक जवान बराइली दशैँ विदा मनाउन केही दिनअघि घर आएको खुलेको छ ।  ...
दसैँमा डेरी उद्योग पनि बन्द गरिँदै, २ दिन किसानको दुध नउठ्ने

दसैँमा डेरी उद्योग पनि बन्द गरिँदै, २ दिन किसानको दुध नउठ्ने

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
काठमाडौं । यो वर्षको दसैँमा डेरी उद्योगहरु समेत बन्द हुने भएका छन् । अत्यावश्यक मानिएका र विगतका वर्षहरुमा दसैँ तिहारमा समेत खुला हुने सेवाहरु धमाधम बन्द गर्ने निर्णय भएसँगै डेरी उद्योग पनि बन्द गर्ने तयारी गरिएको हो ।  नेपाल डेरी उद्योग संघले आइतबार र सोमबार (नवमी र विजयादशमी) को दिन आफ्ना सबै उत्पादनहरु बन्द गर्ने तयारी गरेको अध्यक्ष राधाकृष्ण सापकोटाले जानकारी दिए । यो निर्णयका लागि संघले शुक्रबार दिउँसो कार्यसमितिको बैठक डाकेको छ । सो बैठकले यसबारे औपचारिक निर्णय गर्ने अध्यक्ष सापकोटाले जानकारी दिए । संघले त्यस्तो निर्णय गरेका निजी क्षेत्रबाट सञ्चालित कुनै पनि डेरीका उत्पादन २ दिनसम्म ठप्प हुनेछन् । यो अवधिमा औपचारिक क्षेत्रले किसानबाट किन्दै आएको दुध बजारबाट उठाइने छैन । स्थानीय डेरी फर्महरुले भने स्टक सामानको बिक्री भने निरन्तर रुपमा गर्न सक्नेछन् । Advertis...